विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
अनुदीप
उच्च मनोबल भएका प्रधानमन्त्री पाएका छौँ ¤ ‘सुखी’ हुन चाहने नेपालीको लागि खुशीको कुरा हो । प्रधानमन्त्री ओलीले त आफूजस्तै सबै नेपालीलाई उच्च मनोबलका साथ कोरोना भाइरससँग लड्न उत्प्रेरणा पनि दिएका छन् । जीवन सङ्घर्षका हरेक मोडमा मनोबल चाहिन्छ । अझ बिरामी परेको बेला औषधी र चिकित्सकहरूले उपचार गर्न नसकेको अवस्थामा पनि उच्च मनोबलले चमत्कार देखाउन सक्छ । बिरामीलाई मनोबल दिने, ऊर्जा दिने र साहस दिने परिवारका सदस्यसँगै चिकित्सकले पनि हो । चिकित्सकप्रतिको विश्वास र भरोसाले जस्तै बिरामी पनि तङ्ग्रिन खोज्छन् । तर, चिकित्सक आफैमा हतोत्साहित छ भने बिरामीलाई कसरी आत्मबल बढाइदिन्छ होला ? अङ्गारमा आगो लाग्यो भने पानीले निभाउँछ तर पानी नै बल्यो भने केले निभाउने ?
कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ । त्यसैले मानिस मानिसबीच दुरी कायम गर्न भनेर नै सरकारले लकडाउन गरेको हो । सामाजिक दुरी कायम राख्न आह्वान गरेको छ । तर, उपचारमा संलग्न हुने डाक्टर र चिकित्सक त बिरामीसँग सामिप्य हुनुपर्ने हुन्छ । बिरामीको समीपमा जाँदा कोरोना भाइरस सङ्क्रमित बिरामी छ भने डाक्टरलाई पनि सङ्क्रमण हुने सम्भावना हुन्छ । स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित हुने अवस्थामा उपचार प्रक्रियामै सङ्कट आउन सक्छ । कोरोना भाइरस सङ्क्रमण भइरहेको यो सङ्कटको घडीमा चिकित्सक वा स्वास्थ्यकर्मीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । बिरामीको निकटमा रहेर अझ भनौँ बिरामीलाई स्पर्श गरेर उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) जरुरी हुन्छ । चिकित्सकहरूले पीपीई नपाएको गुनासो गर्दै छन् । कतिपय ठाउँमा उपलब्ध गराएको पीपीई सुटमा पनि सेट नमिलेका समाचारहरूले बजार तताएकै छ । यही पीपीईलगायतका स्वास्थ्य सामग्री खरिद प्रक्रियामा समेत कति हो कति भ्रष्टाचार भएको भन्ने समाचारहरूले त झन् स्वास्थ्य क्षेत्रमा सरोकार राख्नेहरूलाई निरुत्साहित बनाएको छ ।
कोरोना सङ्क्रमण प्रमाणित भएका बिरामीको उपचार गर्ने चिकित्सकलाई मात्र पीपीई भएर पुग्दैन । यो महामारीको बेलामा कोरोना सङ्क्रमणको जोखिम जहाँ पनि भएकोले चिकित्सकलाई मात्र होइन सबै स्वास्थ्यकर्मीहरूलाई पनि उपलब्ध गराउनुपर्छ । कोरोना भाइरस सङ्क्रमणको लक्षण नदेखिएका बिरामीको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई पनि पीपीई व्यवस्था गरिदिनु उत्तम हुन्छ । भारतको गंगाराम अस्पतालमा कोरोना लक्षण नदेखिएका दुई बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शनिबारबाटै तिनीहरूको निकट पुगेका एक सय आठ जना चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनमा राखिएको समाचार छ । त्यसैले पीपीई नै व्यवस्था नगरी बिरामीको सेवा गर्नु चिकित्सक र स्वास्थ्यकर्मीहरूको कर्तव्य हो भन्दै नत्थी कस्नु न्यायोचित हुँदैन । बरु सेवा गर्ने क्षेत्र हेरी न्यूनतम स्तरको भए पनि पीपीई बन्दोबस्त गर्नु उपयुक्त हुन्छ । यतिबेला स्वास्थ्यकर्मीलाई मात्र होइन, अस्पतालका सफाईकर्मी, एम्बुलेन्स चालक र सहयोगी काम गर्नेहरूलाई समेत व्यवस्था गर्नुपर्छ । बुटवलको कोरोना विशेष अस्पतालमा मरेका बाबुराम थापाका परिवारले आइसोलेसन अस्पतालमा बिरामीको खाना पशुलाई जस्तै हुत्याएर छोडेर गएको भन्ने आरोप लगाएको छ । अस्पतालका सहयोगी कर्मचारीहरूलाई पनि पीपीई उपलब्ध गराएको भए यस्तो ‘पशु व्यवहार’ कसैले गर्ने थिएन । पीपीई चाहिने त सुरक्षाकर्मी, सफाई मजदुर, स्थलगत रिर्पोटिङ गर्ने पत्रकार र सङ्क्रमितहरूको बीचमा काम गर्ने सामाजिक कार्यकर्ताहरूलाई पनि हो । तर, यहाँ मन्त्रीका लोग्ने र विद्युत्का कर्मचारीहरूले पो पीपीई लगाएर फोटो प्रदर्शन गरेको गुनासो छ । पीपीईको सही सदुपयोग हुनुपर्छ ।
कोरोना भाइरससँग विश्व नै लडिरहेको छ । यो लडाइँमा सिपाही भनेकै स्वास्थ्यकर्मीहरू हुन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आवश्यक पूर्वाधारहरू उपलब्ध गराउनुपर्छ । हतियारविना कसरी लड्ने ? भन्ने चिकित्सकहरूबाट प्रश्न आउन दिनु हुँदैन । पीपीईको विश्व बजारमै माग बढ्दो छ । नेपालमा पनि पीपीई तयार गर्ने प्रयास भइरहेको छ । नेपालमा गुणस्तरसम्मको उत्पादन भए गुनासो आउने छैन । ती पीपीईका स्तर अनुसार नै उपयोग गर्नुपर्छ । यसको लागि सरकारको तर्फबाट इमानदारीपूर्वक काम गरेको भए स्वास्थ्यकर्मीहरूलाई साहस र ऊर्जा बढ्थ्यो । बिरामीहरूको आत्मबल बढ्थ्योे । पीपीईकै अभावमा कतिपय सामान्य बिरामीको उद्धार हुन पाएको छैन । कोरोना सङ्क्रमणको त्रासले बुटवल बजारमा समेत एम्बुलेन्स नआएर ज्वरो आएको बिरामीलाई मास्कको भरमा प्रहरीले हिँडाएर अस्पताल लगेको अवस्था छ ।
सीमा नाकामा के गर्ने ?
नक्सामा रुपन्देही जिल्लाको दक्षिणतिर झरेको ठाउँ मर्चवारमुनि भारतले रसियावाल खुर्दलोटन बाँध बनाएको छ । बाँध र दशगजामै भारतीय सीमा सुरक्षा बलको क्याम्प छ । यहाँबाट पनि दशगजा नाघेर आवतजावत गर्न सक्छन् । यो नाकाबाट पाँच – छ किलोमिटर नजिकै भारतीय गाउँ कोलुही परिन्दपुरमा कोरोना सङ्क्रमण फैलिएको छ । त्यही परिन्दपुरबाट नेपालको मर्चवारको तरकारी भन्दै भैरहवा बुटवलसम्म नै साइकलबाट तरकारी आउँछ । नेपालको सीमा सुरक्षा बल दशगजादेखि पाँच किलोमिटर माथि बस्छ । सीमा नाकामा भारतीयलाई रोक्ने कसले ? नेपालभित्र छिरेकालाई सोध्दा नेपालमै घर देखाउने गरेको सरोकारवाला भन्छन् । सीमा नाका वारपार गर्न परिचयपत्रको व्यवस्था गरेको भए यस्तो समस्या आउने थिएन । सीमा नजिक बस्ने नेपालीमाथि नेपाली हो कि होइन भनी अपमानपूर्वक प्रश्न गर्नुपर्ने थिएन । भारतमा भन्दा नेपालमा महामारी फैलिसकेको भए भारतले भनेका उसका चार वटा राज्यको लागि चारवटा नाकाबाट बाहेक माखो पनि छिर्न दिन्थेन ।
सङ्कटको बेला जो पनि आफ्नो मान्छेसँग बस्न खोज्छन् । आफ्नो मान्छेको सहारा खोज्छन् । यो मानवीय स्वभाव नै हो । त्यसमाथि हातमुख जोड्ने काम नै खोसिएपछि धेरै नेपाली मजदुरहरू नेपाल फर्के । भारतले लकडाउन घोषणा गरेपछि जो जहाँ छन्, तिनीहरूलाई त्यहीँ खानबस्न व्यवस्था गर्नुपर्ने हो तर गरेन । भारतीय प्रधानमन्त्री मोदी र दिल्लीका मुख्यमन्त्री केजरीवाललाई स्वयम् भारतीय जनताले नै पत्याएनन् । दिल्लीबाट मात्रै गएको शुक्रबार र शनिबार गरेर लाखौँ मजदुर पलायन भए । भोकभोकै मर्नु बदला हजारौँ किलोमिटर हिँडेर पनि आफ्नै गाउँ जानको लागि लाखौँ मजदुरहरू निस्के । तीमध्ये कतिलाई दिल्ली र उत्तरप्रदेशले हजारौँ बस उपलब्ध गराए । कतिले त बसको छतमा पनि बस्न पाएनन् ।
सीमा नाकामा पुगेका आ–आफ्ना नागरिकलाई देश भित्रिन नदिई क्वारेन्टिनमा राख्ने नेपाल भारतबीच सहमतिपछि रुपन्देहीको सुनौली नाका सुनसान छ । सीमा नाका बन्द गर्न नेपाल सरकारले बारम्बार पहल गर्दा पनि वास्ता नगर्ने र नेपालीलाई धपाउने भारतीय शासकहरूले नाका बन्द गरी एक अर्को देशका नागरिकलाई क्वारेन्टिनमा राख्न स्वीकार गर्नुु पक्कै पनि नेपाल सरकारको कूटनीतिक वा राजनीतिक विजय होला । तर, विदेशी भूमिको क्वारेन्टिनमा बस्न बाध्य पार्ने सरकारप्रति नेपाली जनताले चित्त दुखाएका छन्, आक्रोशित भएका छन् । महाकाली नदीमाथिको झोलुङ्गे पुलमा ताला लाग्दा शनिबारसम्ममा नदीको भेलमा पौडेर ७० जनाले नेपाल प्रवेश गरिसके । दक्षिणको खुल्ला मैदानबाट हिँडेर प्रवेश गर्नेहरूको तथ्याङ्क त को सँग होला र ? मर्नु परे मरौँला तर भारतको क्वारेन्टिनमा जान्नौँ भन्दै नेपालगञ्जको जमुना नाकामै क्वारेन्टिन बनाउन बाध्य पार्ने नेपालीको क्रोध सानोतिनो मान्न सकिन्न । दिल्लीबाट कहिले हिँडेर कहिले गाडीमा बसेर पाँच दिन लगाएर नाकामा पुगिन् सुत्केरी लक्ष्मी परियार पनि । १५ किलोमिटर हिँड्न पाए घर पुग्ने सुत्केरी परियारले खुल्ला आकाशमुनि तीन दिन बिताइन् । तैपनि १५ किलोमिटर नै फर्केर भारतको क्वारेन्टिनमा लगियो । व्यापक दबाबपछि सुत्केरी परियारको उद्धार भयो । घरनजिकको क्वारेन्टिनमा ल्याइयो । यी घटनाले नेपाली शासकहरूलाई खिसीट्युरी गरिरहेको छ ।
सङ्कटको बेला जो पनि आफ्नो मान्छेसँग बस्न खोज्छन् । आफ्नो मान्छेको सहारा खोज्छन् । यो मानवीय स्वभाव नै हो । त्यसमाथि हातमुख जोड्ने काम नै खोसिएपछि धेरै नेपाली मजदुरहरू नेपाल फर्के । भारतले लकडाउन घोषणा गरेपछि जो जहाँ छन्, तिनीहरूलाई त्यहीँ खानबस्न व्यवस्था गर्नुपर्ने हो तर गरेन । भारतीय प्रधानमन्त्री मोदी र दिल्लीका मुख्यमन्त्री केजरीवाललाई स्वयम् भारतीय जनताले नै पत्याएनन् । दिल्लीबाट मात्रै गएको शुक्रबार र शनिबार गरेर लाखौँ मजदुर पलायन भए । भोकभोकै मर्नु बदला हजारौँ किलोमिटर हिँडेर पनि आफ्नै गाउँ जानको लागि लाखौँ मजदुरहरू निस्के । तीमध्ये कतिलाई दिल्ली र उत्तरप्रदेशले हजारौँ बस उपलब्ध गराए । कतिले त बसको छतमा पनि बस्न पाएनन् । यसरी भारतीय मजदुरजस्तै सकसपूर्वक नेपालको सीमामा आइपुगेका नेपालीहरूलाई नेपालभित्र व्यवस्थितरूपमा क्वारेन्टिनमा राख्नु साटो पराइलाई जस्तै अपमानपूर्वक नाकामा रोक्दाको चित्त दुखाइ कुनै डिग्रीले नाप्न मिल्दैन । अहिले औपचारिक नाका बन्द छन् । तर, लुकीछिपी आउनेको अभिलेख कसले राख्ने ? क्वारेन्टिनमा कसले पु¥याउने ? यदि भारतमा सङ्क्रमित भइआएका रहेछन् भने महामारीले कस्तो भयावह रूप लिने हो ? अनुमान गर्न पनि कठिन छ ।
औपचारिक नाकामा सुनसान भएपछि सरकार ढुक्क छ । अझै पनि सरकारले सीमा नाका व्यवस्थित बनाउन ध्यान दिएको छैन । अब पनि सीमा नाका र लकडाउन खुलेपछि ह्वारह्वार्ती आवतजावत हुन दिने हो भने नेपाली जनताको चित्त दुखाएर भारततिर धपाउनुको कुनै अर्थ रहँदैन । फेरि पनि महामारीको जोखिम रहनेछ । सीमाको घाउ बल्झिरहने छ ।
पुनश्च– दुईतिहाइको अर्थ धेरै –धेरै राम्रा र बुद्धिमान कार्यकर्ता र समर्थक हुनु हो । कोभिड – १९ को महामारीमा एमाले ं एमाओवादी–नेकपा र सरकारलाई समर्थन गर्ने शासक दल एवम् कार्यकर्ताहरूले सिमाना, गाउँ – सहर र अस्पतालमा कसरी राम्रो बन्दोबस्त गर्न सकेनन्, आश्चर्यको विषय हो । पैसा र सामान बाँडेर मत लिने, विदेशी एजेन्ट भएर राजनैतिक कार्यकर्ता बन्ने, गुण्डा, भ्रष्टाचारी र देश एवम् जनतालाई माया नगर्ने कार्यकर्ताहरूको राजनैतिक दलहरूको हविगत योभन्दा के होला ?!
Leave a Reply