भर्खरै :

प्रदेशसभामा नेमकिपाको आवाज

बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे
कोरोना कहरले एउटा मान्यता स्थापित गर्दै छ – समाजवाद जनताको व्यवस्था हो । समाजवादले व्यापक जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्छ । जनताको स्वास्थ्य, शिक्षा सुनिश्चित गर्दछ । समाजवादले अनुशासित समाज निर्माण गर्छ । तर, पुँजीवादी व्यवस्थाले त्यसको ठिकविपरीत मान्छेको जीवन, जनताको स्वास्थ्यमा होइन आफ्नो नाफा र स्वार्थमा ध्यान दिन्छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमले समाजवाद नारामा मात्र सीमित नगरी, व्यवहारमा दृढतापूर्वक लागू गर्ने प्रतिबद्धता जाहेर गर्नसक्नुपथ्र्याे । योे नीति तथा कार्यक्रम विगत भुलेको र भविष्य नचिनेको भन्नु उपयुक्त होला ! यसमा न विगतको सिंहावलोकन छ, न आफ्ना असफलताप्रति प्रायश्चित नै । यस्तो अपुरो नीति तथा कार्यक्रमप्रति कसरी विश्वास गर्ने ? नयाँ वर्ष सँगसँगै भित्तेपात्रो परिवर्तन भएझैँ नीति तथा कार्यक्रम आउनु अत्यन्त दुःखदायी विषय हो ।
विषम परिस्थितिलाई सम्बोधन गर्न भुलेको र कहरमा बाँचिरहेका जनतालाई आशा देखाउन असफल यो नीति तथा कार्यक्रमको स्वागत गर्नु भनेको बाध्यता र औपचारिकताबाहेक केही होइन । समाजवादी विचारको छाया, माक्र्सवादी दर्शनको मर्मको अंश पनि नभएको कार्यक्रम आउनुमा हामीलाई आश्चर्य लाग्दैन ।
प्रदेश सरकारको समाजवाद, समृद्धि, फेरि पनि छलछाम, ढोङ्ग साबित नहोस् । आफ्नो नामप्रति आफँैद्वारा व्यङ्ग्य पुष्टि नहोस् ।
यतिखेर विद्यालयका लागि नर्सभन्दा पनि विद्यालय र विद्यालय आश्रित जनशक्तिको भविष्यको सुनिश्चितता जरूरी छ । पठनपाठनको वातावरण निर्माण गर्नु आजको प्रमुख सवाल हो । आतङ्कमा बाँचिरहेका हाम्रा लालाबालाहरूलाई जोगाउनु र उज्यालो भविष्यतर्फ डो¥याउनु आजको चुनौती हो ।
यो नीति तथा कार्यक्रममा क्षेत्रफलसहितको नयाँ नक्सा प्रकाशित गर्न, कालापानीबाट भारतीय सेना हटाउने, भारतद्वारा अतिक्रमित ६० हजार नेपाली भूभाग फिर्ता लिने प्रतिबद्धताको निम्ति सङ्घीय सरकारलाई घच्घच्याउने प्रतिबद्धता अभिव्यक्त भएको भए स्वागत गर्नेको सङ्ख्या बढ्ने निश्चित थियो । देशलाई साम्राज्यवादी संरा अमेरिकाको सैनिक अखडा बनाउने कार्यक्रम अस्वीकार गर्दै केन्द्रीय सरकारलाई त्यस सम्झौताबाट हात झिक्न प्रोत्साहित गर्ने या त्यस्तो वातावरण तयार गर्ने अठोट यस कार्यक्रममा आएको भए जनता खुसी हुने थिए ।
कार्यक्रममा काठमाडौँ उपत्यकालाई ध्वस्त बनाउने योजनालाई निरन्तरता दिइएको छ । काठमाडौँमा चक्रपथ, स्मार्ट सिटी आदि निर्माणको नाउँमा जनसङ्ख्या केन्द्रिकृत गर्ने सोच सङ्घीयताको मर्मविपरीत छ । स्थानीय जनतालाई विस्थापित गर्ने गल्ति फेरि पनि कतैबाट नहोस् ।
नीति तथा कार्यक्रम हात्ती आयो हात्ती आयो फुस्सा साबित भयो । दुःख यसैमा छ ।
(बाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि जेठ १३ गते भएको छलफलमा व्यक्त विचारको सारसङ्क्षेप)
विशेष समयमा व्यक्त विचार
अहङ्कार सर्वनाशको कारण बन्ने गर्दछ । अहङ्कार र स्वेच्छाचारिताले बर्बादीबाहेक केही हात लाग्दैन । त्यसको सामयिक ज्वलन्त उदाहरण संरा अमेरिकी प्रशासन र ट्रम्प नै हो । उनको अहम्को कारण महामारीको क्रममा एक लाखभन्दा बढी संरा अमेरिकीको ज्यान गयो । १७ लाखभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भइसकेका छन् । आफ्ना कमजोरी लुकाउने, कसैले औँल्याउँदा पनि ठाडै अस्वीकार गर्ने ! आफ्नो कमजोरीतिर ध्यान नदिई अरूलाई दोष दिने स्वभावका कारण संरा अमेरिकी जनताले अनपेक्षित क्षति भोग्दै छन् । विश्व स्वास्थ्य सङ्गठनलाई अनुदान रोकेर, धम्की दिएर विश्वका जनताको स्वास्थ्यसँग खेलबाड गरेर बहुलठ्ठीपन देखाउँदै छ । विश्वका सचेत जनताबाट त्यसको विरोध तथा भत्र्सना भइरहेको छ । कोरोना महामारीको विपत्तिमा विश्वका जनतालाई पिरोल्ने कार्य निश्चय पनि निन्दनीय छ ।
‘चाइना भाइरस’, ‘उहान भाइरस’ जस्ता आपत्तिजनक शब्दावली प्रयोगका कारण ट्रम्प संरा अमेरिकाको सबैभन्दा विवादास्पद र बदनाम राष्ट्रपति बन्दै छन् । तसर्थ यहाँका शासकहरूलाई पनि अहङ्कार र स्वेच्छाचारिताको रोगबाट मुक्त भई वास्तविक धरातलमा फर्कन सजग गर्दछौँ ।
कोरोना कहरमै अशान्ति फैलिन थालेको छ । रोग, भोकका कारण आत्महत्या, हत्या, हिंसा, लुटपाट, बलात्कारजस्ता आपराधिक घटना बढ्न थालेका छन् । हालैका तीन दिनमा मात्र भक्तपुरमा ४–५ वटा त्यस्ता अप्रिय घटना घटे । प्रदेश सरकारको यसमा यथाशीघ्र ध्यान जाओस् ।
चारैतिर प्राकृतिक प्रकोप फैलिँदै छ । प्रकोपमा परेका जनतालाई प्रदेश सरकारको बेलैमा साथ होस् ।
भारतीय मालवाहक ट्रकहरू कमसेकम महामारीको समयमा बन्द गरियोस् । सिमानामा सुरक्षाको राम्रो प्रबन्ध यथाशीघ्र गरियोस् । भारतीय सेना प्रमुखले नेपालप्रति अपमानजनक र आपत्तिजनक अभिव्यक्ति हालै दिए । हामी भारतीय हस्तक्षेपको कडा शब्दमा विरोध तथा भत्र्सना गर्दछौँ ।
एसईई परीक्षासँग जोडिएका पाँच लाख विद्यार्थी र अभिभावकप्रति छिट्टै उच्च संवेदनशीलताका साथ न्याय गरियोस् । अनिश्चय तथा अनिर्णयको बन्दी नबनाइयोस् । तिनको भविष्यमाथि खेलबाड नहोस् । कक्षा ११ र १२ सँग जोडिएका लाखौँ विद्यार्थीको विषयमा पनि शिक्षा मन्त्रालयलाई उपयुक्त निर्णय लिन आवश्यक समन्वय यथाशीघ्र गर्न प्रदेश सरकारसमक्ष माग गर्दछौँ । शिक्षा क्षेत्र डाँवाडोल हुन नदिन सरकारबाट आवश्यक पहल गरोस् भनी माग गर्दछौँ । शिक्षासँग जोडिएका जनशक्तिको पेशागत सुनिश्चितताबारे संवेदनशीलता देखाउन पनि जोडदार माग गर्दछौँ ।
(बाग्मती प्रदेशसभामा जेठ १४ गते भएको बैठकमा व्यक्त विचारको सारसङ्क्षेप)

One response to “प्रदेशसभामा नेमकिपाको आवाज”

  1. Suraj says:

    Everything above is ok, one suggestion I would like to make is it would have been better to say is importance of developing studying materials are important without comparing to Nurses. Our khopa collage is producing Nurses so I think it somehow might hurt their sentiments and fulfill private schools wish who actually dont want Nurses.

Leave a Reply

Your email address will not be published. Required fields are marked *