भर्खरै :

एमसीसीविरूद्ध नबोल्ने देशभक्त हुनसक्दैन

नीति तथा कार्यक्रमबारे छलफल गर्ने क्रममा नेपालको नयाँ नक्साको प्रसङ्ग उठिरहेको छ । हामी पुनः जोडका साथ भन्छौँ, नेपालको नयाँ क्षेत्रफल अब कति भयो ? नयाँ क्षेत्रफलबारे नेपाली जनतालाई यथाशीघ्र जानकारी गराइनुपर्छ । यही क्रममा भारतीय विस्तारवादले सिमानामा अनेक खालका गतिविधि अगाडि बढाएको खबर आइरहेका छन् । दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै सडक, तटबन्धको निर्माण भारतले तीव्र बनाइरहेको छ । हाम्रो तराईलाई डुबानमा पार्ने, बस्ती जलमग्न बनाउने कार्य तत्काल बन्द गराई नेपाली भूमि सुरक्षित बनाइयोस् । केन्द्र सरकारलाई त्यसको निम्ति घच्घच्याइयोस् भन्ने हामी माग गर्दछौँ ।
भारतीय मिडिया, एजेन्ट प्रोभोकेटरहरू र तिनका नेपाली मतियारहरू नेपाली जनतालाई धम्की दिँदै छन् । नयाँ नाकाबन्दीको त्रास देखाउँदै छन् । तर सारा नेपाली जनता, हाम्रो प्रदेश र पूरै देश मिलेर कुनै पनि आर्थिक युद्धविरूद्ध लड्ने सङ्कल्प गर्न आवश्यक छ । आवश्यक व्यावहारिक तयारी थाल्न जरूरी छ । विसं २०७२ को नाकाबन्दीमा भारतीय विस्तारवादले घुँडा टेक्न बाध्य भएको इतिहास ताजै छ । हाम्रो अन्नको भण्डार तराईलाई जोगाउन, भारतबाट अनियमितरूपमा निर्माण गरिएका बाँध तथा तटबन्ध भत्काइनुपर्छ । अनि अन्नमा आत्मनिर्भर बन्ने हाम्रो चाहना केही हदसम्म पूरा हुनेछ ।
नेपालीको ध्यान नयाँ नक्सातिर गइरहँदा सिङ्गो देश एमसीसीका कारण बर्बाद हुने खतरा बढ्दै छ । संरा अमेरिकी साम्राज्यवादको गुलियो पोतिएको विषमा नेपाली शासकहरू फस्दै छन् । भारतसमेतलाई प्रयोग गरेर नेपालको सार्वभौमिकता संरा अमेरिकी साम्राज्यवादको हातमा पु¥याउने डरलाग्दो खेल हुँदै छ । एमसीसी पास भएको खण्डमा नेपाली भूमिमा नेपालको कानुनभन्दा अमेरिकी कानुन बलियो हुनेछ । हामीले हाम्रो स्वतन्त्रता, स्वाभिमान तथा स्वाधीनता गुमाउनेछौँ । नेपाल संरा अमेरिकाको सैनिक अखडा बन्नेछ । संरा अमेरिकाको रणनीतिक स्वार्थ पूरा गर्ने हेतुले एमसीसी आएको हुनाले सारा देशभक्त नेपालीले त्यसको विरूद्ध एकजुट भएर सङ्घर्ष गर्नुपर्ने आजको आवश्यकता हो । एमसीसीविरूद्ध नबोल्ने देशभक्त हुनसक्दैन । देश नै नभएपछि प्रदेशको कुनै अर्थ नहुने हुनाले बाग्मती प्रदेशको नीति तथा कार्यक्रममा यी जल्दाबल्दा राष्ट्रिय विषय पनि आउनुपथ्र्यो । तर, विडम्बना ¤ त्यसो भएन । तसर्थ हामी खेद व्यक्त गर्दछौँ ।
एउटा नेपाली उखान छ ‘नमच्चिने पिङको सय झट्का’ । यो प्रदेश सरकारले साढे दुई वर्षमा रटान लगाएको समाजवाद र समृद्धिको नारा, यो छैटौं अधिवेशमा प्रस्तुत नारैनाराले झिलिमिली बनाइएको नीति तथा कार्यक्रमले सो उखान चरितार्थ हुन्छ । अघिल्ला नीति तथा कार्यक्रमहरू कति प्रतिशत कार्यान्वयन भयो, समीक्षा आवश्यक छ ।
(बाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि जेठ १४ गते भएको छलफलमा व्यक्त विचारको सारसङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *