भर्खरै :

बोजिनी ड्याममा युवक पानीमा डुब्यो

भक्तपुर, १५ भदौ । भक्तपुर जिल्ला चाँगुनारायण नपा वडा नं ८ सुडाल कलमसी बोजिनी ड्याममा सोमबार दिउ“सो अन्दाजी २ बजे एक युवक पानीमा डुबेको छ । पाँचथर घर भई हाल सुडालमै बस्दै आएका २५ वर्षका योगेन्द्र लिम्बु ड्याममा पौडिने क्रममा डुबेको उनीसँगै पौडी खेल्न गएका उनका साथीले प्रहरीलाई जानकारी दिएका हुन् ।
उद्धारको लागि घटनास्थल पुगेका स्वयम्सेवक राजेश गाइजूले दिएको जानकारीअनुसार डुबेको व्यक्तिको लास अझै फेला परेको छैन । प्रहरी र स्वयम्सेवकहरूले गरेको खोजी प्रयास सफल नभएको गाईजुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *