भर्खरै :

माक्र्सवाद–लेनिनवाद छोड्ने पनि कम्युनिस्ट !

नेकपाको हालै बसेको स्थायी समितिको बैठकले पार्टीको महाधिवेशन चैतमा गर्ने निर्णय ग¥यो । एमाले र एमाओवादी मिलेर नेकपा गठन भएको हो । एकीकृत माक्र्सवादी लेनिनवादी र एकीकृत माओवादीको हालसम्म मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको छ । यसअघिसम्म सिद्धान्ततः एमाओवादीले माओवादी भन्दै माओ त्सेतुङ विचारधारा मान्दै आएको हो । यी दुई पार्टी मिलेर अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । नेकपाले आत्मसात गरिरहेको माक्र्सवाद र लेनिनवाद देखावटीमात्र भएको छ । माओ विचार छोड्ने एमाले र माक्र्सवाद र लेनिनवादमा वास्ता नगर्ने एमाओवादीको माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार अघि नबढेकोमा कुनै आशङ्का छैन । त्यसैलाई मध्यनजर गरेर एमालेले माक्र्सवाद, लेनिनवाद र एमाओवादीले माओ विचाधारधारा छोडेर नेकपा बनाइएको हो ।
नेकपाले सर्वसाधारण तथा शोषित–पीगित जनताको मत नपाउने भएरै नेकपाले नेपाल कम्युनिस्ट पार्टी राखेको हो । एकातिर माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा छोडेर देशका सामन्त, जमिनदार, ठूलठूला उद्योगी–व्यापारी, कालाबजारी, कमिसनखोर, ठेकेदार आदिको मत पाउने र अर्कोतिर कम्युनिस्ट जोडेर नेकपाले शोषित–पीडित गरिब जनताको मत लिइरहेको छ । अब हुन लागेको नेकपाको एक अधिवेशनले पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा पनि छोड्ने हो कि भन्ने कुरा राजनीतिक वृत्तमा चर्चाको विषय बनिरहेको छ ।
नेकपाले अपनाइरहेको कामको मूल्याङ्कन गर्दा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचाराधारा राख्नु आवश्यक छैन । नेकपाले इमानदारीपूर्वक राजनीति या सङ्गठन गर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी पनि राख्नु जरूरी छैन । पूर्व एमाओवादीले क्रान्तिकारी बाटो छोडेर पुँजीवादी धार समातेकै हो । विगतमा आफूले संसदीय अभ्यास नै अन्तिम विकल्प ठानेर सरकारभित्र छिरेकै हो । बाहिरी गतिविधि सबै सामन्त, शोषक, जमिनदार, ठूल–ठूला उद्योगपति र ठूलठूला व्यापारीलाई पोस्ने राजनीति गरेर कोठाभित्र माक्र्स र माओ विचारको कुरा उठाएर के गर्ने ? त्यो त कम्युनिस्ट सिद्धान्त र विचारप्रति आस्था राख्ने नेता, कार्यकर्ता र सर्वसाधारण जनताको विश्वास जित्ने एक प्रकारको षड्यन्त्रमात्र हो । नेकपा साँच्चै कम्युनिस्ट पार्टी हो या होइन भन्ने कुरा अहिले हुन लागेको एकताको अधिवेशनले थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *