भर्खरै :

साँझ पर्‍यो, घर पुग्नुछ

 
११ माघको दिन थियो । सडकमा प्रहरीका गाडीहरू गुड्दै थिए । काठमाडौँ उपत्यकाका हरेक ठूल-ठूला चौबाटोमा छिरबिरे पोसाकमा सशस्त्र सेना पहरा दिइरहेका थिए । तुलनात्मकरूपले सडकका पेटीहरूमा बटुवाहरूको घुइँचो कम थियो ।
दिउँसो ४ बजेको थियो । चोकको एउटा चिया पसल ग्राहकहरूले खचाखच भरिएको थियो । कोही मःमः, कोही चाउमिन खाँदै थिए र कोही चिया पिउँदै थिए । मेचहरू सबै भरिएकाले केही ग्राहक उठेर खाइरहेका थिए । त्यतिकैमा केही केटाकेटीहरू कलेजको पोसाकमा काँधको झोला हातमा लिई भित्र पसे । अगाडि आएका केही ग्राहकहरू पसलेलाई पैसा दिई बाहिर निस्के ।
एउटी छात्राले लामो सुस्केरा हाल्दै भनिन्, “मेरो विचारमा हाम्रै कलेजबाट ३० जना जति केटाहरू पक्राउमा परे” छात्राको घाँटीको टाईमा घण्टाघरको चिन्ह थियो ।
अलि साँवला वणर्को एक छात्रले थाकेको स्वरमा भने, “खोइ, आज मेरो मन कक्षामै थिएन, बाहिरको नारा-जुलुस, पर्चा र प्रहरीको लाठी अनि बूटको आवाज मात्रै मेरो कानमा गुञ्जिरह्यो ।”
अलि सशङ्कित भई चारैतिर हेरेर एक गोरो वणर्को छात्रले केही सम्झन खोज्दै भन्यो, “कन्या क्याम्पसबाट पनि केही केटीहरू पक्राउ परेका छन् रे !”
त्यतिकैमा अर्को ग्राहक समूह भित्र पस्यो र केही ग्राहकहरू बाहिरिए । नयाँ ग्राहकहरूमध्ये यसो हेर्दा कोही शिक्षक, कोही कर्मचारी र कोही साधारण जनता जस्तै लाग्थे । विद्यार्थी मःमः खान थाले भने नयाँ ग्राहकहरूले चाउमिन मगाए ।
नयाँ आगन्तुकमध्ये ४० वर्ष जतिको, मोटो कपडाको धर्के कोट लगाएको एक शिक्षकले दुवै हात टेबलमा टेक्दै आफ्ना साथीहरूलाई हेर्दै भने, “आज बिहान ७ बजेको रेडियोमा शाही घोषणाको समाचार सुन्नासाथै राजाले केही कडा कदम चाल्ने हो कि भन्ने मलाई शङ्का लागेको थियो ।”
मकै बुट्टाको टोपी लगाउने एक कर्मचारीले भन्यो, “खोइ भाइ आपूm त ९ बजे नै अफिसको निम्ति डेराबाट हिँडेको, शाही घोषणामा के थियो र के होला भन्ने थाहै भएन ¤ खालि गाइँगुइँ मात्रै सुनेँ ¤”
ॅकहाँ ¤ हामीले त अफिसमै एक सानो ट्रान्जिस्टरबाट शाही घोषणा सुन्यौँ, आधा घोषणा सुन्दानसुन्दै गयो अब प्रजातन्त्र भन्ने लागेको थियो”- हरियो ज्याकेट लगाउने अर्को शिक्षकले थपे ।
गम्भीर हुँदै धर्के कोट लगाउने शिक्षकले जिज्ञासा राखे, “हो शाही घोषणामा राजनैतिक पार्टीहरूप्रति केही आक्रामक र आलोचनात्मक वाक्यहरू अवश्य छन्, तर राजाको सक्रियता वा राजाको अध्यक्षतामा बन्ने सरकारले मात्र पुँजीवादका लोभ र पापका खराबीहरू मेटाउन सक्ला त भन्ने खुल्दुलीले मलाई त सताउँदै थियो । पञ्चायतको ३० वर्षमा पनि त राजाकै सक्रियता थियो, खोइ त आर्थिक समानता, व्यक्तित्व विकासमा समान अवसर र विदेशी थिचोमिचोबाट मुक्ति ?”
एकछिन अडिएर उनले थपे -“बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रमाथि राजाको प्रतिबद्धता जाहेर भएपनि राजाको अध्यक्षता वा सक्रियतामा चल्ने बन्दोबस्तलाई खोइ कसरी संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भन्ने ? राजनैतिक पार्टीहरूको घोषणापत्रको आधारमा निर्वाचित प्रतिनिधिसभा नभई, त्यस सभाबाट चुनेको सरकार नभई कसरी त्यो बन्दोबस्त बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्र हुन्छ ? यसलाई मैले बेलायत, जापान वा अन्य केही संवैधानिक राजतन्त्रका बहुदलीय प्रजातन्त्रसँग तुलना गर्न खोजेँ, मैले त कुनै मेसो वा समानता पाइनँ ।” उनले लामो सुस्केरा हाले ।
चिया पसलको एउटा केटोले चाउमिन खाएपछि रिकापीहरू बटुल्यो र अर्को केटोले चियाको गिलास पुर्‍यायो । पैसा तिर्दै केही ग्राहकहरू हिँडे भने केही नयाँ ग्राहकहरू भित्रिँदै खासखुस खासखुस कुरा गर्दै गए । छात्रछात्राहरू बिस्तारै चिया पिउँदै थिए । तर, एउटा कुनाको टेबुलमा बियरको सीसी राखी केहीबेरदेखि बसेकामध्ये एक युवकले अन्य ग्राहकहरूको ध्यानपूर्वक कुरा सुन्दै थियो । उसको जिउ मिलेको थियो, कपालको कटाइ अलि खुलेको देखिन्थ्यो र लुगा सादा थियो । उसले विद्यार्थी र कर्मचारीखालका ग्राहकहरूतिर हेरेर भन्यो-“हेर्नुस् दाजुभाइ हो, मैले १२/१३ वर्ष जागीर खाएँ । मेरो उमेर अहिले ३२ वर्षको छ । मैले मात्र १० कक्षा पास गरेको छु । मलाई धेरै राजनैतिक सिद्धान्तका कुरा थाहा छैन । मैले ७ वर्ष सुराकीमा जागीर खाएँ, ५/६ वर्ष मन्त्रीहरूको गार्ड भई सेवा गरेँ ।”
उसको परिचयले विद्यार्थी, शिक्षक र कर्मचारीहरू एकछिन स्तब्ध भए । चिया सबैले खाइसकेका थिएनन् । वातावरण शान्त भयो । शाही घोषणाले सबैको मनमा अब के होला ? भन्ने खुल्दुली थियो । त्यसैबेला सादा पोसाकको सुरक्षाकर्मीको राजनैतिक खालको कुरा गर्ने ढङ्गले कसैलाई हाँस्न मन लाग्यो भने कसैलाई संशय भयो किनभने उसले बियर पिउँदै थियो । तर, सबैको ध्यान भने उतैतिर थियो ।
सादा पोसाकको प्रहरीले थप्यो, “मेरो नाम मदन कार्की हो । ७ वर्ष मैले नेताहरूको भाषण टिपेँ र जाहेरी गरेँ । यसकारण, नेताहरूको कति भाषण मलाई कण्ठ छ तर मलाई ठूलठूला सिद्धान्तका कुरा थाहा छैन । ५ वर्ष मैले पीएचडी गरेका एक अर्थमन्त्री, एक गृहमन्त्री र एक उद्योग वाणिज्यमन्त्रीको सुरक्षा गार्ड भई काम गरेँ ।” उसले खाली भइसकेको गिलासमा सीसीबाट बियर खन्यायो । त्यतिकैमा नयाँ ग्राहकहरू कराउँदै भित्र पसे -“कहाँ हो र ¤ सबै मुख्य-मुख्य नेताहरूलाई घरघरमै बन्दी बनाइसके ¤ देशको स्थिति अन्योलपूणर् छ, मुखले प्रजातन्त्र भनेपनि सङ्कटकाल भनेको त सैनिक शासन हो नि ¤”
मदन कार्की रोकिएनन् – “एक जना डाक्टर अर्थमन्त्रीको निर्वाचनमा म सँगै थिएँ । त्यसबेला मन्त्रीज्यूसँग भाषण होइन उहाँको छालाको झोला (ब्रिफकेस) मा हजारका नोटहरू मात्रै टन्न थिए । उहाँ जहाँ जानुहुन्थ्यो त्यहाँ राँगा र खसीहरू काटिन्थे, जातअनुसार गाउँहरूमा । आफ्नै पार्टीका नेताहरू आपसमा मारपिट पनि गर्थे र हात खुट्टा भाँच्थे । चिया पसलमा चिया पिएर उहाँ आफ्नो पैसा तिर्नुहुन्थ्यो र मलाई भन्नुहुन्थ्यो – ल भाइ, म त अमेरिकी शैलीको मान्छे, मैले आफ्नो पैसा तिरँे, तिमी आफ्नो पैसा तिर्नू ¤”
उसको कुरा सुनेर सबै छक्क परे । उत्सुकतावश सबै नयाँ कुरा सुन्न तयार थिए । मदनले अगाडि भने -“निर्वाचनमा मन्त्रीजीले मलाई उहाँको ब्रिफकेस जोगाउनुपर्छ भाइ भन्नुहुन्थ्यो । मैले त उहाँलाई मेरो काम त हजुरको सुरक्षा गर्नु हो, ब्रिफकेसको होइन भनेँ । त्यो जिल्लामा काठमाडौँदेखि इँटा बोकाएर बनाइएको एउटा ७ तले घर छ, त्यसमा ६४ कोठा छन् । त्यो घरको कौसीमा हेलिकप्टर बिसाइन्छ र उडाइन्छ । हाम्रा कति चेलीबेटीहरू त्यहीँबाट बम्बई लगिन्थे । त्यहाँ ठूलो मान्छे बस्छ, निर्वाचनको हार-जितमा उसको ठूलो हात हुन्छ । यसरी हाम्रो प्रजातन्त्र चल्छ ।”
“गृहमन्त्री र उद्योग वाणिज्यमन्त्री त हाम्रै तराईका हुनुहुन्छ । म उहाँहरूलाई राम्ररी चिन्छु । मुखमा पान, खुट्टामा चप्पल र झोला भिर्ने हाम्रा मन्त्रीहरू कम समयमै धेरै परिवर्तन हुनुभयो । उहाँहरूले हाम्रा धेरै मानिसलाई भन्सारका चौकीहरूमा र सुराकीमा जागीर खुवाउनुभयो ।”
साँवला वणर्को छात्रले बीचैमा सोध्यो, “के पञ्च मन्त्रीहरू मात्रै चोखा छन् भन्न खोजेको हो ?”
“अहँ होइन, पञ्च मन्त्रीहरूको काम गर्ने शैली र प्रजातान्त्रिक भन्ने मन्त्रीहरूको काम गर्ने शैली उस्ताउस्तै छ, व्यक्तिहरू फरक-फरक छन्, काम उस्तै हो ।” सुराकी कार्कीको सहज उत्तर थियो । चिया पसल एकछिन फेरि सुनसान देखियो ।

धर्के कोटका शिक्षकले कुराकानीलाई बिसाउने उद्देश्यले नम्र भाषामा भने, “पार्टी नेताहरूलाई मात्रै दोष दिएर के गर्ने ¤ प्रहरी भाइले भने जस्तै पदमा बस्ने हामी राष्ट्रसेवकहरू नै देश र जनताप्रतिभन्दा आफू र आफ्नो परिवारप्रति केन्द्रित भएपछि के गर्ने !”
एकछिन आफ्नो टाउको चारैतिर घुमाउँदै उनले थपे, “हामी जनता पनि उस्तै ! पैसा खाएर हामी मतदान गर्छौँ जागीरको लोभमा ठेक्कापट्टाको लोभमा वा प्रोजेक्टको लोभमा मत दिन्छौँ । त्यति मात्रै कहाँ हो र ¤ शिक्षक, डाक्टर प्राध्यापक, इन्जिनियरजस्ता बुद्धिजीवीहरूसमेत सरुवा, बढुवा महाप्रबन्धक, रजिस्ट्रार राजदूत र उपकुलपति पदको उद्देश्य राखेर मत दिन्छन् । देशको आजको स्थितिको निम्ति को दोषी हो भन्दा पनि को दोषी होइन भन्नेबारे पो चिन्ता गर्नुपर्ने भयो !”

आफ्नो चियाको अन्तिम घुट्को पिउँदै अघिदेखि कुराकानी सुनिरहेकी एक छात्राले अलि कडा भाषामा भनिन् -“यसको मतलब के प्रहरी सेवामा भ्रष्टाचार छैन भन्न खोज्नुभएको हो ?”
“होइन, पटक्कै होइन । प्रहरी, प्रशासन वा कर्मचारीतन्त्र पनि भ्रष्टाचारबाट मुक्त भएको भए यी माओवादी भन्नेहरूको न यसरी गतिविधि बढ्थ्यो न त तिनीहरूमा आत्मविश्वास नै बढ्थ्यो ¤” मदन कार्कीले तत्काल उत्तर दियो ।
धर्के कोटका शिक्षकले कुराकानीलाई बिसाउने उद्देश्यले नम्र भाषामा भने, “पार्टी नेताहरूलाई मात्रै दोष दिएर के गर्ने ¤ प्रहरी भाइले भने जस्तै पदमा बस्ने हामी राष्ट्रसेवकहरू नै देश र जनताप्रतिभन्दा आफू र आफ्नो परिवारप्रति केन्द्रित भएपछि के गर्ने ¤”
एकछिन आफ्नो टाउको चारैतिर घुमाउँदै उनले थपे, “हामी जनता पनि उस्तै ¤ पैसा खाएर हामी मतदान गर्छौँ जागीरको लोभमा ठेक्कापट्टाको लोभमा वा प्रोजेक्टको लोभमा मत दिन्छौँ । त्यति मात्रै कहाँ हो र ¤ शिक्षक, डाक्टर प्राध्यापक, इन्जिनियरजस्ता बुद्धिजीवीहरूसमेत सरुवा, बढुवा महाप्रबन्धक, रजिस्ट्रार राजदूत र उपकुलपति पदको उद्देश्य राखेर मत दिन्छन् । देशको आजको स्थितिको निम्ति को दोषी हो भन्दा पनि को दोषी होइन भन्नेबारे पो चिन्ता गर्नुपर्ने भयो ¤”
एक छात्रालाई खपिनसक्नु भयो र सुरिलो भाषामा कडा प्रश्न तेस्र्याइन्, “त्यसो भए के समाजमा राम्रा मानिस नै छैनन् ?”
उनको अधैर्यले वादविवाद चर्कने छनक देखेर गोरो छात्रले भन्यो, “त्यसो त कहाँ हो र ¤ समाजका अत्यन्त बहुमत जनता राम्रा र सीधासादा छन् । ५-७ प्रतिशत खराब मानिसले समाजलाई भाँडेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि केही नवधनाढ्य लखपतिबाट करोडपति भए, करोडपतिबाट अर्बपति भए, कति हवाइजहाज, ठूल्ठूला तारे होटल, उद्योग र व्यवसायका मालिक बने र कतिले विदेशी बैङ्कमा रकम राखे । कतिले विदेशमा ज्यामी पठाउने म्यानपावर कम्पनी खोलेर गल्लावालको काम गरे । जनताका करोडौँ रूपैयाँ कुम्ल्याएर विदेशीको दलाली गरे तथा नेपालीहरूको ज्यान लिए । के यो सबैमा तिनीहरू जिम्मेवार छैनन् ?” एकछिन रोकिएर उसले फेरि थप्यो-“यसकारण गाउँदेखि सहरसम्मका हरेक व्यक्तिलाई राजनैतिकरूपले सचेत र आलोचक नबनाई देश सङ्लो हुन गार्‍हो छ ।”
कार्कीले मुख बिगार्दै बियरको गिलास रित्यायो र भन्यो-“यसको अर्थ के विद्यार्थी, शिक्षक वा राजनैतिक कर्यकर्ता मात्रै इमानदार भन्न खोजेको हो त ?”
“होइन, त्यसो कहाँ हो र !” छात्राले छात्रको पक्षमा वकालत गरिन् । त्यतिकैमा आफ्नो कर्मचारी साथीले दिएको खैनी अस्वीकारको भावले मुन्टो हल्लाउँदै धर्के कोटका शिक्षकले सुस्तरी कुरा मिलाउने शैलीले भने, “जनता, कार्यकर्ता, विद्यार्थी, शिक्षक सबै इमानदार भएका भए समाज यस्तोबिघ्न धमिलो किन हुन्थ्यो र ¤ कति राजनैतिक कार्यकर्ता, युवक र विद्यार्थीले नेताहरूलाई गलत सूचना दिन्छन् र गलत निणर्यमा पुर्‍याउँछन् । त्याग, तपस्या र बलिदानका बखान गर्नेहरू आफै साहित्यिक वा शैक्षिक कार्यक्रमको निमन्त्रणा कार्ड बाँड्दा वा चन्दा उठाउन जाँदा मोटरसाइकलको पेट्रोलको पैसा माग्छन्, २-४ सय टेलिफोनको शुल्कको नाउँमा दुई हजार-पचीस सय रूपैयाँको पैसा बटुल्छन् र उठाएको रकमसमेत समितिमा बुझाउँदैनन्, फेरि तिनीहरू नै बद्ख्वाइँ गरी हिँड्छन् ।”
केही नयाँ ग्राहकहरू भित्र पसे । स्थिति बुझेर शिक्षकले भने, “जाऔँ ! साँझ पर्‍यो ! घर पुग्नु छ, घर अलि टाढै छ !”
अघिदेखि बसेकाहरू एकएक गरेर बाहिरिए र अँध्यारोमा हराए ।
(हरिबहादुर श्रेष्ठको ॅएकादेशको कथा’ कथासङ्ग्रहबाट- सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *