भर्खरै :

किम इल सङको संस्मरण ॅशताब्दीका साथ’ (भाग १)

संस्मरण साहित्य अध्ययन रोचक तथा प्रेरणादायी मानिन्छ । वास्तविकता र वस्तुनिष्ठताको धरातलमा लिपिबद्ध गरिएको संस्मरणमा डुुबुल्की मार्नु कम ज्ञानबद्र्धक हुन्न । सङ्घर्षका दिनहरूलाई फर्केर हेर्नु, स्मृतिका पान्नाहरू पल्टाउनु र सम्झनाका डोबहरू पछ्याउनु जीवन सङ्घर्षका निमित्त ऊर्जा प्रदायक हुन्छ । अझ विश्वका आदर्श एवम् क्रान्तिकारी व्यक्तित्व र महान् नेताहरूको जीवन अनुभव र सिकाइ युगयुगसम्म ओजश्वी शिक्षा बन्दछ ।
त्यस्तै एउटा संस्मरण हो, नेता किम इल सङको ॅशताब्दीका साथ’ । शताब्दीका साथ २० औँ शताब्दीदेखि २१ औँ शताब्दीसम्म एक सच्चा कम्युनिस्ट नेता किम इल सङले गर्नुभएको जीवन यात्राको प्रतिविम्ब हो । ॅशताब्दीका साथ’मा नेता किम इल सङको जीवनयात्रासँगै कोरियाको समग्र इतिहास, भूगोल, राजनीति र अर्थतन्त्रको दर्पण छ । समाजको सजिव चित्र, कोरियाली जनताको संस्कृति र जीवनशैली पनि छ । ॅशताब्दीका साथ’ कोरियामा उपनिवेशवाद तथा साम्राज्यवादविरोधी सङ्घर्षको कथा हो । कोेरियामा समाजवादी क्रान्तिको उठ्दो उभारको सम्झना हो । शताब्दीका साथ थुप्रै भागहरूमा प्रकाशित छन् । पहिलो भागबारे केही चर्चा गरौँ !
पहिलो भाग किम इल सङको उद्गमदेखि क्रान्तिको सुरुआती पाइलाहरू अर्थात् सङ्घर्षको सुरुआती पहाडहरूमा टुङ्गिन्छ । कोरियाको उत्तरतिरको माङ्योङदाएदेखि चीनको जिलिनसम्म, आप्mनो माटोमा तातेताते गर्दादेखि जिलिनको सडकमा जापानविरुद्ध मुठ्ठी कस्दासम्म, आमाको न्यानो काखदेखि जिलिनको जेलसम्मको अध्याय यसभित्र छ । विषेशतः उहाँको परिवार, अध्ययन र क्रान्तिकारी गतिविधिबारे अत्यन्त जीवन्त अभिव्यक्तिहरूले भरिएको छ, यो खण्ड । उहाँ जन्मिनुअघिको कोरिया र कोरियाली समाजको सजिव चित्र छ । अझ भनौँ कोरियाको इतिहास छ । जापानी उपनिवेशको बर्बर शासना र दमनमा परेका कोरियाली जनताको क्रन्दन छ, पीडा छ, उन्मुक्तिको कहिल्यै नटुङ्गिने अभिलाषा पनि छ । जापानी उपनिवेशले थिलथिलो बनाएको कोरिया, धुजाधुजा बनाएको कोरियाली समाजलाई फेर्ने जनताको उत्कट आकाङ्क्षा जताततै छ ।
नेता किम इल सङ अँध्यारोमा जन्मनुभएका मान्छे । हो त्यतिबेला कोरिया जापानी उपनिवेशका कारण निष्पट्ट अँध्यारोमा थियो । नेता किम इल सङ उज्यालोको खोजीमा आपूmलाई समर्पित गर्नुभएका मान्छे । हो, कोरियाली समाजको रूपान्तरण अर्थात् कोरियामा क्रान्तिको आभा फैलाउनु उहाँको जीवनलक्ष्य थियो । यस भागमा अँध्यारोदेखि उज्यालोतर्फको निकै लामो यात्रा वणर्न छ । यात्राका असाध्यै कठिन उकाली ओराली छन् । अभाव छ, भोक छ, वियोग छ, तर बिलौनाको कुनै गुञ्जायस छैन । शोषण छ, अत्याचार छ, अपमान छ, तर त्यस विरुद्धको लडाइँमा कुनै थकान र विचलन छैन । शोषण र अपमानको त्यो शताब्दी उल्टाउन निकै कठिन यात्रा हिँडेका कोरियाली वीर योद्धाहरूको गाथा यसभित्र छ । हिँड्दा हिँड्दै लडेका र उठेर पुनः गन्तव्य भेट्न हिँडेका लडाकूहरूको गीत यस पुस्तकले गाएको छ । ॅशताब्दीका साथ’ भित्र नेता किम इल सङको जीवन दर्शन छ । उहाँको विराट व्यक्तित्व, योगदान, बलिदानी र लक्ष्यप्रतिको दृढ सङ्कल्पले यो युगका मानिसलाई पनि शिक्षा दिन्छ । उहाँले भोग्नुभएको कष्टसाध्य समयावधिले यो नयाँ शताब्दीका मानिसको हृदय पनि उद्वेलित बनाउँछ । यसभित्र मुटु कमाउने पीडाका अध्यायहरू बडो मन थामेर पढ्नुपर्ने हुन्छ । क्रान्तिप्रतिको दृढविश्वासले जोश र उमङ्ग पनि सञ्चार हुन्छ । यस्तै – यस्तै जीवन परिच्छेदहरूको संयोजन हो ॅशताब्दीका साथ – भाग १’ ।
नेता किम इल सङ विश्व कम्युनिस्ट आन्दोलनका एक धरोहर हुनुहुन्छ । कोरियाली माटोमा कम्युनिस्ट विचार हुर्काउने, माक्र्सवाद-लेनिनवादलाई कोरियाली धरतीमा मिलाउने नेता किम नै हुनुहुन्छ । कोरियाको मुक्ति आन्दोलनदेखि समाजवादी क्रान्तिसम्मको बाटोमा अथक सङ्घर्ष गर्नुभएका नेता किम इल सङले सदैव देश र जनताको सेवालाई लक्ष्य बनाउनुभयो । देशमा समाजवाद स्थापना र निर्माणको युग बसाल्नुभयो । मानिसलाई केन्द्रमा राखी माक्र्सवाद-लेनिनवादको जगमा जुछे विचारधारा प्रतिपादन गर्नुभयो । क्रान्ति र समाजवाद निर्माणका उत्तराधिकारी हुर्काउनुभयो । त्यसकारण, प्रजग कोरिया आज विश्व साम्राज्यवादसँग लड्न सबल छ, सक्षम छ । आजको प्रजग कोरिया इतिहासकै उपज हो । उहाँको योगदान आजपनि कोरियाली जनता गौरवसाथ गाउँछन् । अमेरकी साम्राज्यवाद र जापानी उपनिवेशवादले पारेको विभाजन र विखण्डनको घाउ भने अझै आलै छ । आजको प्रजग कोरियाले समाजवाद निर्माणसँगै त्यो सङ्घर्षलाई पनि जारी राखेको छ । कोरियाली जनता र विश्व कम्युनिस्ट मनहरूमा नेता किम अमर हुनुहुन्छ ।
जीवनको ८० औँ बसन्तमा नेता किम इल सङले जीवन र सङ्घर्षलाई फर्केर हेर्नुभयो । उहाँ लेख्नुहुन्छ- “मेरो जीवनको क्रम पूरै सुख र सफलताको जीवन होइन । हृदयविदारक शोकहरू र बलिदानहरू तथा धेरै आरोह अवरोहहरू र कठिनाइहरू पनि आएका थिए । मैले मेरो सङ्घर्षको बाटोमा धेरै साथी र कमरेडहरू बनाएँ भने मेरो बाटो छेक्न आउने पनि धेरै आए ।”

जापानले कोरिया निल्नको लागि चीन र रुससँग पनि लडाइँ गरेको थियो । अमेरिका र बेलायतले गोप्यरूपमा जापानलाई मद्दत गरेको थियो । जापानले १९ औँ शताब्दीमा अघि सारेको मेइजी पुनस्र्थापना ॅकोरिया जितेर लिने सिद्धान्त’ पनि थियो भन्नुहुन्छ, नेता किम ।
स्वाधीनता आन्दोलनभित्र सुधारवादीहरू, सामन्तवादी र पुँजीवादी सोचका मानिसहरू देखिन थालेपछि विचारधारात्मक सवाललाई महत्व दिइएको थियो । रुसको अक्टोबर समाजवादी क्रान्तिबाट सिक्ने र माक्र्सवाद-लेनिनवादलाई स्थापित गरी जनता सङ्गठित बनाउने विचार किमका बुबाको थियो । कोरियाली जनतालाई लेनिन र रुसी क्रान्ति पढाउनुपर्नेमा जोड दिइयो । राष्ट्रवादी स्वाधीनता आन्दोलनलाई कम्युनिस्ट आन्दोलनमा बदलेर अगाडि बढ्ने विचार अघि सारियो । बुबाको यही विचार का.किमको मनमा गहिरोसित बस्यो ।

सोङ् जु अर्थात् नेता किम इल सङको पारिवारिक पृष्ठभूमि र उहाँको बुबा किम ह्योङ जिकको विचारले उहाँको मनमा बाल्यावस्थामै देशभक्तिको भावना विजारोपन गर्यो । जापानद्वारा कोरियाको विलयले जन्माएको बर्बरतापूणर् शासनविरुद्ध उहाँको परिवारले लडेको थियो । जापानीहरूले कोरियालई एउटा बन्दीगृह र यातनागृहमा परिणत गरेका थिए । निर्मम यातना, हत्याको कुनै लेखाजोखा नै छैन । जापानी शासकहरूको क्रुरता मानवीय संवेदनाहीनताको पराकाष्ठा थियो । कोरियाली जनताको हृदयमा प्रतिशोधको पहिलो फिलिङ्गो त्यहीबाट बल्यो । बुबाले सिकाउनुभएको शिक्षा ॅउँचो लक्ष्य लेऊ’ किम इल सङको मार्गदर्शक जीवनदर्शन बन्यो । शत्रुसँग झुक्नुभन्दा लड्दालड्दै मर्नु बहादुरी हुन्छ भन्नुहुने किमका बुबाले देशको स्वाधीनता आन्दोलनमा आप्mनो प्राण आहुति गर्नुभयो । ३१ वर्षको उमेरमा विदेशी भूमिमा बित्नुभयो । कोरियाली जनतालाई रगत आँसु र सुस्केराको समुद्र पार गरी, गोला बारुदको आँधी छिचोली मुलुक फिर्ता पाउन ३६ वर्ष लड्नुपर्‍यो । लामो रक्तपातपूणर् आन्दोलन र बलिदान दिनुपर्‍यो ।
का. किमका बुबाले शैक्षिक आन्दोलनलाई अगाडि बढाउनुभयो । कोरियाको मुक्तिका निम्ति ॅपढ, शिक्षित बन’ र कोरियाको स्वाधीनता कोरियालीहरू आपैmले प्राप्त गर्नुपर्दछ भन्ने मान्यता उहाँको बुबाको हो । कोरियाको स्वाधीनता आन्दोलनका निमित्त कोरियाली राष्ट्रिय सङ्घ गठन भएको थियो । बुबा सङ्गठन निर्माण र आन्दोलनको तयारीका निम्ति महिनौँ महिना घर छोडेर हिँड्नुहुन्थ्यो । कहिले जापानी सेनाहरूको फन्दामा पर्नुहुन्थ्यो त कहिले जेलभित्र जाकिनुहुन्थ्यो । तर, कोरियाको आकासमा स्वाधीनताको नारा गुञ्जायमान हुन छोडेन ।
जापानले कोरिया निल्नको लागि चीन र रुससँग पनि लडाइँ गरेको थियो । अमेरिका र बेलायतले गोप्यरूपमा जापानलाई मद्दत गरेको थियो । जापानले १९ औँ शताब्दीमा अघि सारेको मेइजी पुनस्र्थापना ॅकोरिया जितेर लिने सिद्धान्त’ पनि थियो भन्नुहुन्छ, नेता किम ।
स्वाधीनता आन्दोलनभित्र सुधारवादीहरू, सामन्तवादी र पुँजीवादी सोचका मानिसहरू देखिन थालेपछि विचारधारात्मक सवाललाई महत्व दिइएको थियो । रुसको अक्टोबर समाजवादी क्रान्तिबाट सिक्ने र माक्र्सवाद-लेनिनवादलाई स्थापित गरी जनता सङ्गठित बनाउने विचार किमका बुबाको थियो । कोरियाली जनतालाई लेनिन र रुसी क्रान्ति पढाउनुपर्नेमा जोड दिइयो । राष्ट्रवादी स्वाधीनता आन्दोलनलाई कम्युनिस्ट आन्दोलनमा बदलेर अगाडि बढ्ने विचार अघि सारियो । बुबाको यही विचार का.किमको मनमा गहिरोसित बस्यो ।
क्रान्तिकारी परिवार भएका कारण किमको परिवारलाई पटकपटक विस्थापित हुनुपथ्र्यो । कहिले उत्तरी टुप्पा त कहिले चुङगाङ, कहिले बोङ ह्वा-रि त कहिले मञ्चुरिया । बिरालोले बच्चा सारेजस्तै केटाकेटी बोकी बुबा-आमा हिँड्नुहुन्थ्यो । कहिले देशभित्रै देशविहिनता भोग्न पथ्र्यो त कहिले देशको भुगोलभित्र बस्न दिइन्नथ्यो । बुबाले सामान्य चिकित्सकको रूपमा सेवा गर्नुभयो । नेता किमले बुबाकै मार्गनिर्देशनमा चिनियाँ भाषा सिक्नुभयो । चिनियाँ भाषा नसिकेको भए चिनियाँ जनतासँग मैत्री सम्बन्ध राख्न, जापानविरोधी संयुक्त मोर्चा बनाउन गाह्रो हुन्थ्यो । सिकाइको घेरा साँघुरो हुन्थ्यो । कोरियाली क्रान्तिको लागि चिनियाँ भाषाले योगदान गर्‍यो भन्नुहुन्छ, नेता किम । त्यतिमात्र होइन जीवनको २५ वर्ष त किम चीनमा बस्नुभयो, भाषा नजानेको भए त्यो २५ वर्षमा चीनबाट सिक्नुपर्ने सबै छुट्थ्यो भन्नुहुन्छ ।
बुबाको काममा सघाउन जापानीहरूको जासुसी गर्ने र खबर आदानप्रदान गर्ने काम सानैदेखि किम गर्नुहुन्थ्यो । सानैमा कोरियाली वीरहरूका कथा, रुसको क्रान्तिकारी इतिहास तथा लेनिनका पुस्तकहरू पढाइन्थ्यो । उहाँमात्रै होइन आमा पनि बुबाको सङ्घर्षमा सधैँ साथै रहनुभयो । कार्यकर्ता र कामरेडहरूलाई गर्ने आमाको सहृदयी व्यवहार सम्झनुहुन्छ किम । आमा, पछि महिलाहरूको सङ्घर्षको मोर्चामा अगाडि उभिनुभयो । बुबाले किमलाई सानैदेखि इस्पात बनाउन खोजेको प्रस्ट तस्बिर छ । भर्खर प्राथमिक स्कुल सिध्याएका किमलाई बुबाले एक्लै स्वदेशको यात्रामा पठाउनुहुन्छ । अध्ययनका लागि स्वदेशसम्मको २५० माइलको यात्रा भर्खरका किमले असाध्यै हिम्मतका साथ गर्नुहुन्छ । उहाँ अत्यन्त अध्ययनशील र पढाइमा तेजिलो हुनुहुन्थ्यो । उहाँका बाजेबज्यै, काकासँग पनि चिनाजानी गराउँछ यस पुस्तकले । उहाँले गाउनुभएको अम्नोक नदीको गीतमा मातृभूमिप्रतिको प्रगाढ प्रेम छ । मातृभूमिलाई शत्रुको जन्जालबाट फिर्ता लिने दृढ अठोट पनि छ ।
यस संस्मरणमा का. किमले आप्mनो जीवन सङ्घर्षमा भेटिएका सच्चा मित्रहरूलाई निकै प्रेमपूर्वक सम्झनुभएको छ । क्रान्तिको बाटोमा तगारो बनेर उभिएका अवसरवादी र ढुलमुले साथीहरूको आलोचना एवम् खण्डन गर्नुभएको छ । लड्दालड्दै जीवन गुमाएकाहरूलाई श्रद्धापूर्वक स्मृतिपटलमा ल्याउनुभएको छ ।
बुबाको मृत्युपछि उहाँ ह्वासोङ उइसुक स्कुल जानुहुन्छ । अत्यन्त दरिद्र र जीणर् अवस्थामा रहेको त्यो स्कुललाई पैसाको अभाव थियो । त्यतिमात्र होइन पुँजीवादी राष्ट्रवादी आन्दोलनको कयौँ दशक लामो इतिहास पढाइएपनि आलोचनात्मक दृष्टिकोण दिन चुकेको थियो । नेता किमको लागि त्यो विद्यालयको घेरा निकै साँघुरो थियो । उहाँ लेख्नुहुन्छ – “ह्वासोङ उइसुक स्कुलको सीमितता राष्ट्रवादी आन्दोलनकै सीमितताको सार हो ।”
उहाँले फुसोङमा लेनिन पढ्नुभयो, समाजवादका मूलभूत कुरा र वैचारिक खुराक प्रदान गर्ने अन्य पुस्तक पढ्नुभयो । ह्वादियानमा उहाँले त्यो अध्ययनलाई निरन्तरता दिनुभयो । ह्वासोङमा उहाँले साम्राज्यवाद मुर्दावाद सङ्घ खडा गर्नुभयो । युवा दस्तालाई कम्युनिस्ट विचार र समाजवादी आन्दोलनमा जुट्न आह्वान गर्नुभयो । ह्वासोङ उइसुक स्कुलले उहाँको विचार थुन्न खोजेपछि, कम्युनिस्ट घोषणापत्रलगायतका पुस्तक अध्ययनमा रोक लगाएपछि उहाँले त्यो विद्यालय छोड्ने निधो गर्नुभयो । उहाँ लेख्नुहुन्छ – “माक्र्सवाद – लेनिनवादको प्रगतिशील विचारप्रति जतिजति मेरो प्रेम बढ्यो त्यति नै ह्वासोङ उइसुक स्कुलमा दिइने शिक्षाबाट म उम्कन खोजेँ र जतिजति यो स्कुलको शिक्षा मैले अस्वीकार गरे त्यति नै म दुःखी भएँ ।” १४ वर्षका किमले त्यहाँबाट चीनको जिलिन जाने निधो गर्नुभयो ।
यस पुस्तकमा स्वाधीनता सेनाकी वीराङ्गाना लि ग्वान रिनको स्मरण छ । देशको निम्ति अत्यन्त निडर भई काम गर्ने निकै कम महिलामध्ये उनी एक थिइन् । लोग्ने मान्छेको भेषमा पिस्तोल समाई पेशेवर सैनिक भई विदेशी शत्रुसँग उनले लडेकी थिइन् । त्यतिबेला महिलाहरूको स्थिति अत्यन्त दयनीय थियो । देशको मुक्ति आन्दोलनमा महिलाहरूको भूमिका बेजोडको थियो । विदेशी शत्रुले निर्मम आक्रमण गर्दा सबैभन्दा दमनमा महिलाहरू पर्थे । महिला आपूm बलात्कृत हुनबाट बच्न पहाडका गहिराइ र मन्दिरभित्र लुक्थे । लुक्न असफल महिलाहरू आत्महत्या गरी प्रतिरोध गर्थे । सन् १८९२ मा कोरियामाथि जापानी आक्रमणको दौरानमा आधिकारिकरूपमा दर्ता गरिएका महिला सहिदको सङ्ख्या पुरुषको भन्दा तीस गुणा बढी थियो भन्ने जानकारी पुस्तकमा छ । पछि महिलाहरूलाई सङ्गठित र शिक्षित बनाउन थालियो । युद्धका निम्ति तालिम दिन थालियो ।
का. किमले जिलिन पुग्दा गाउँ र सहरबीचको अन्तर अनुभव गर्नुभयो । जिलिनमा युवेन उच्च माध्यमिक स्कुलमा उहाँको प्रवेश भयो । उहाँको लागि जिलिन अध्ययनको अनुपम थलो बन्यो । सङ्घर्षका लागि अध्ययनको आवश्यकताबारे बुझ्न उहाँको संस्मरण नपढी हुन्न । धेरै जसो पुस्तकहरूमै रमाउने का. किमले जिलिनमा अभावको सामना गर्नुभयो । छाक काटेर भएपनि उहाँ पुस्तक किन्नुहुन्थ्यो । उहाँले पुस्तक किन्नकै निम्ति निर्माण स्थलमा स्लीपहरू काँधमा बोकेर वा खोला बगरमा रोडा बोकेर पैसा कमाउन मेहनत गर्नुभयो । खाली खुट्टा हिँडेरै भएपनि पुस्तकालय प्रवेशका निम्ति पैसा जुटाउनुहुन्थ्यो । उहाँले कोरियामा नपाएका प्रशस्त पुस्तकहरूसँग मितेरी नै गाँस्नुभयो । दिनमा पढ्नुभयो, रात रातभर पढ्नुभयो । अध्ययनले उहाँको माक्र्सवादी लेनिनवादी दृष्टिकोणमा अझ स्पष्टता ल्यायो । माक्र्सवाद र लेनिनवादको व्यावहारिक प्रयोगबारे उहाँको चिन्तन मननीय छ ।
उहाँले पुस्तकालय अर्थात् गुप्त अध्ययन मण्डल खोल्नुभयो । अध्ययन गोष्ठी, कथा वाचन कार्यक्रमहरू गर्नुभयो । माक्र्सको ॅपुँजीमा’ विमर्श थाल्नुभयो । उहाँ भन्नुहुन्छ – “अध्ययन नै क्रान्तिकारीहरूको पहिलो कर्तव्य हो ।”
उहाँले यस पुस्तकमार्फत आप्mना गुरु पथ-प्रदर्शक शाङ युए सम्झनुहुन्छ । जसले का. किमको पढ्ने भोक मेटाउन सघाए । साहित्यसँग का. किमलाई एकाकार गराए । पुस्तकमा कोरियाको युवा कम्युनिस्ट लीगको चर्चा छ । त्यो सङ्गठनको विस्तारका लागि का. किमको भूमिका उल्लेख छ । सङ्गठनहरू निर्माण गरिसकेपछि व्यावहारिक सङ्घर्ष आरम्भ गर्नुभयो । सन् १९२८ को वर्षायाममा युवेन मिडिल स्कुलमा विद्यार्थीको हडतालबाट सङ्घर्ष सुुरु भयो । त्यो सफल भयो । जापानी साम्राज्यवादको विरोधमा जापानी सामान बहिष्कार आन्दोलन अगाडि बढ्यो । सन् १९२० मा जापानविरोधी तीन राष्ट्रवादी सङ्गठनहरूको एकीकरण भयो । स्वाधीनता आन्दोलनलाई कम्युनिस्ट आन्दोलनको रूपमा अगाडि लाने प्रयास नेता किमले गर्नुभयो ।
जिलिनमा जस्तै मन्चुरियाका धेरै ठाउँमा साम्राज्यवाद र प्रतिक्रियावादी शक्ति विरुद्धको हावा चल्यो र जापानी सेनाहरूले युवा विद्यार्थीलाई पक्रन सुरु गरे । जिलिनको युवा विद्यार्थी आन्दोलन, जाङदोङ रेल्वे घटना र दक्षिण मन्चुरियाको कोरियाली युवा महासङ्घको सम्मेलनबारे हल्ला चलेपछि झन् कोमिन्ताङ सरकार र जापानी साम्राज्यवादीहरूको नजरमा का. किम पर्नुभयो । उहाँ समातिनुभयो । जेलभित्र पनि भोकहडताल र सङ्घर्ष जारी राख्नुभयो । यसरी उहाँले देशको मुक्ति आन्दोलनलाई साम्राज्यवादविरोधी आन्दोलन र कम्युनिस्ट आन्दोलनसँग जोड्नुभयो । युवा- विद्यार्थी आन्दोलनलगायत चीनसँगको सानिध्यमा का. किमले थुप्रै व्यावहारिक सङ्घर्षको अनुभव र शिक्षा बटुल्नुभयो ।
कोरियाली क्रान्तिको ऐतिहासिक कालखण्ड उजिल्याउने संस्मरण ॅशताब्दीका साथ’ का सम्पूणर् खण्डहरू अत्यन्त पठनीय छन् । सङ्घर्ष र क्रान्तिमा विश्वास गर्ने जनताको बलमा भएको कोरियाली क्रान्तिबाट विश्व कम्युनिस्ट आन्दोलनले अझ धेरै सिक्न बाँकी छ । नेता किम इल सङको व्यक्तित्वबाट कम्युनिस्ट कार्यकर्ताहरूले अझै सिक्न बाँकी छ । नेता किम इल सङप्रति उच्च सम्मान !

Leave a Reply

Your email address will not be published. Required fields are marked *