भर्खरै :

कार्यकर्ता र अनुशासनबारे अध्यक्ष माओ त्सेतुङ

भनिन्छ सिद्धान्तविनाको व्यवहार र व्यवहारविनाको सिद्धान्त अधुरो र बेकामको हुन्छ । ठीक त्यसरी नै असल नेतृत्वविना कार्यकर्ता र अनुशासित कार्यकर्ताविना नेतृत्वले प्रभावकारी ढङ्गमा काम गर्न सक्दैन । पार्टीको सिद्धान्त र नेतृत्वलाई आदर्श बनाई, पार्टी अनुशासनमा बाँधिनु कार्यकर्ताको न्यूनतम कर्तव्य हो । नेतृत्वको निर्देशन र मार्गनिर्देशनमा विचार र सिद्धान्त व्यवहारमा उतार्नु कार्यकर्ताको दायित्व हो । नेतृत्वको सम्मान र श्रद्धा पनि अनुशासन नै हो । नेतृत्वले सुम्पेको जिम्मेवारीबाट विमुख बन्नु पनि अनुशासनहीनता हो । नेतृत्वले कार्यकर्तालाई जस्तै जटिल परिस्थितिसँग जुभ्mन र लड्न तयार बनाउँछ । नेतृत्व कौशल र कार्यकर्ताको अनुशासनबारे बताउने अध्यक्ष माओको पुस्तिका ON METHODS OF LEADERSHIP’ कार्यकर्ताबीच छलफलको विषय बनाइनुपर्ने महत्वपूणर् पुस्तिका हो ।
अध्यक्ष माओले चिनियाँ कम्युनिस्ट पार्टीभित्र छलफल गर्नुभएको यो विषयमा वर्तमान नेपाली राजनीतिक वृत्तले मनन गरे अत्यन्त श्रयेस्कर हुनेछ । नेपालका शासक पार्टीभित्र नेता र कार्यकर्ताबीचको अराजक व्यवहार, अराजनीतिक संस्कृति र वैचारिक दरिद्रता देख्दा तिनमा कम्युनिस्टको अन्तिम अंश पनि बाँकी छैन भन्ने निष्कर्शमा पुग्न करै लाग्छ ।
निःसन्देह सच्चा कम्युनिस्ट पार्टीले मात्रै कम्युनिस्ट विचार र सिद्धान्तको झन्डालाई उँचो फहराउन सक्दछ । सिद्धान्तलाई व्यवहारसँग एकाकार गरी जनताबीचमा क्रान्ति र परिवर्तनको पूmल फुलाउन सक्दछ । अध्यक्ष माओले नेतृत्व कौशलबारे थुप्रै विचार अघि सार्नुभएको छ । तीमध्ये नेतृत्व गर्ने तरिका या कौशलबारे लिखित यस पुस्तिका नेपाली समाजका निम्ति पनि अनुशरणीय छ । यसभित्र सङ्ग्रहित माओको विचार सर्वकालीक छ ।
कम्युनिस्टहरूले कुनैपनि कार्य गर्र्न दुई विधि अपनाउने गर्दछन् । पहिलो, सामान्य कार्यलाई विशिष्ट कार्यसँग जोड्ने । दोस्रो, नेतृत्वलाई सङ्गठनको हरेक तह वा श्रेणी र सङ्गठनका साधारणभन्दा साधारण सदस्यहरूसँग जोड्ने । यो महत्वपूणर् विषय वरपर पुस्तिका घुम्छ ।
मातहतका सङ्गठन र साधारण कार्यकर्तालाई कुनै विशेष कार्य सुम्पनुअघि सबैसँग सम्बन्धित उदाहरणसहित सामान्य निर्देशनहरू दिन जरुरी हुन्छ । कहिलेकाहीँ नेतृत्वले सही उदाहरण नदिँदा कामको उपादेयता र प्रभावकारितामा प्रश्न उठ्न सक्दछ । सन् १९४२ मा चिनियाँ कम्युनिस्ट पार्टीभित्र कार्यशैली सुधार या परिमार्जन अभियान चलाइएको थियो । जहाँ सामान्य निर्देशनलाई विशिष्ट मार्गदर्शनसँग जोडियो, ती ठाउँहरूमा सफलता मिल्यो, जहाँ उपेक्षा गरियो त्यहाँ अभियान सफल भएन । सुधार अर्थात् परिमार्जन अभियान सन् १९४३ मा सम्पूणर् पार्टी केन्द्रीय समितिको ब्यूरो र उपब्यूरो, सम्पूणर् क्षेत्रीय र जिल्लास्तरीय पार्टी समितिहरूलाई यही विधि अवलम्बन गराइएको थियो । त्यतिबेलाको अध्ययन र अनुसन्धानबारे विस्तृत चर्र्चा र जानकारी पुस्तिकामा छ ।
यो विधिले कार्यकर्तालाई नेतृत्वकौशल सिकायो । सम्पूणर् नेता या नेतृत्वपङ्क्तिले सबै विषयमा दक्षता हासिल गरेका हुँदैनन्, केही विशिष्ट विषय र क्षेत्रमा पोख्त हुन्छन् । विशेष मुद्दा र विशिष्ट एकाइसँगमात्र एकजना व्यक्तिले राम्रो कार्यसम्पादन गर्न सक्दछ । सम्पूणर् तहको नेतृत्वपङ्क्तिलाई यो तरिका अपनाउन र सिक्न लगाइयो । सन् १९४२ को कार्यपरिमार्जन अभियानले अर्को के पुष्टि गर्‍यो भने नेतृत्व मातहतका सङ्गठन र कार्यकर्तासँग नजिकको दूरीमा रहे कार्यसम्पादन, पार्टी कार्यक्रम कार्यान्वयन र सिद्धान्तलाई व्यवहारमा उतार्न सहज हुँदो रहेछ । साधारण कार्यकर्ता र जनवर्गीय सङ्गठनहरूसँग नजोडिएको कार्यक्रम व्यर्थ बन्छ र गडबडीमा टुङ्गिन्छ । मुठ्ठिभर मानिसहरूले सङ्गठन र सङ्गठनका गतिविधिलाई आपूmकेन्द्रित बनाउन खोजे प्रतिफल शून्य बन्छ । त्यसैगरी मातहतका कार्यक्रम र गतिविधिहरूबारे नेतृत्वलाई जानकारी नदिइए, नेतृत्वको मार्गनिर्देशन नस्वीकारे न त ती सङ्गठनहरू सही दिशामा जान्छन् न त कार्यकर्ताहरू माथिल्लो तहमा जान योग्य हुन्छन् ।
समग्रमा, सम्पूणर् सङ्गठन र कार्यकर्ताहरूको समूह तीन प्रकारका मानिसले भरिएको हुन्छ- सक्रिय, निश्क्रिय र बीचका । नेतृत्वले सदैव बीचमा बस्ने कार्यकर्तालाई माथि तान्न अर्थात् सक्रिय बनाउन र निश्क्रिय कार्यकर्तालाई बिस्तारै सक्रिय बनाउन सघाउनुपर्ने विचार उल्लेख छ । नेतृत्वको कार्यकर्तासँगको सम्बन्धले जनताको सङ्घर्ष उठाउन सहज बन्छ भन्नुहुन्छ, अध्यक्ष माओ । सङ्घर्षको मोर्चामा सक्रिय रहेका कार्यकर्तालाई नेतृत्व पङ्क्तिमा ल्याउने र नेतृत्व तहमा बसेर काम गर्न असमर्थहरूलाई बिदा दिने कार्यले सङ्गठनभित्र पुनर्ताजगी छाइरहन्छ । कुनैपनि सङ्गठन प्रतिबद्ध कार्यकर्ता र सामूहिक भावनामा विश्वास गर्ने सक्षम अर्थात् दक्ष कार्यकर्ताको अभावमा अगाडि बढ्न मुस्किल हुन्छ । एउटा विद्यालय व्यवस्थापन र नेतृत्वको दृष्टान्त पुस्तिकामा प्रस्तुत छ ।
आधारभूत नेतृत्व समूह निर्माणसँग सम्बन्धित सिद्धान्त जे.भी स्तालिनले बोल्सेभिक पार्टी निर्माणको सर्तहरूमा पनि उल्लेख गर्नुभएको छ । कार्यालय, विद्यालय, सैन्य एकाइ, उद्योग-कारखाना र गाउँ, सानो या ठूलो क्षेत्रमा नेतृत्व समूह निर्माणको अवधारणाले काम गरेको अनुभव पुस्तिकामा छ ।
नेतृत्व समूहका सदस्यहरूमा नभइनहुने गुण या विशेषताबारे पुस्तिकाले प्रस्ट बोलेको छ । उद्देश्यका निमित्त पूणर् भक्ति, जनतासँग सम्भव भएसम्म नजिकको सम्बन्ध, स्वतन्त्ररूपमा कसैको दृष्टिकोण र सहनशीलता पत्ता लगाउन सक्ने क्षमता, अनुशासनको कडा निगरानी राख्ने कलाबाट नेतृत्व समूह निपुण हुन जरुरी छ ।
पार्टीभित्र कार्य परिमार्जन अभियानमार्फत सम्पूणर् व्यावहारिक कार्य गरिइसकेर के पत्ता लाग्यो भने सही नेतृत्व जनताबीचबाटै जन्मन्छ र त्यो नेतृत्व जनतालाई नै सुम्पनुपर्दछ । यसले के देखाउँछ भने जनताबीच छरपष्ट र अव्यवस्थित रहेको विचारलाई सङ्कलित गरी व्यवस्थित बनाउने र जनतालाई नै दिने सिद्धान्तअनुरूप नेतृत्व चयन प्रक्रिया पनि अघि बढ्छ । जनताको विचार सुन्ने र सार खिच्ने, त्यही विचार जनताको सेवामा उपयोग गर्ने नीतिले सदा जनताको जय हुन्छ, जित हुन्छ । यो प्रक्रियालाई कुशलतापूर्वक अघि बढाउनु नै माक्र्सवादी सिद्धान्तको शिक्षा हो । कार्यकर्तालाई सही जानकारी दिनु र अलमलमा नराख्नु पनि त्यति नै जरुरी हुन्छ ।
नेतृत्वलाई तल्लो तहसम्म नजोडिए तल्लो तहको विचार र धारणा नेतृत्वसम्म नपुगे दुईबीचको सम्बन्ध चिसिन्छ र नेतृत्व औपचारिकतामा सीमित हुन्छ । धेरै कार्यकर्तालाई जनसङ्घर्षको अनुभवलाई कसरी एकमुष्ठ विश्लेषण गर्ने समेत थाहा हुन्न । व्यावहारिक मूल्य र ज्ञानविना ती कार्यकर्ताले आप्mनो व्यक्तिगत र सतही धारणाबाट गरेको कामले उद्देश्य पूरा हुन्न । केही कार्यकर्ताहरू सतही कुरामा रमाउने, सानो कुरालाई बढाइचढाइ गरी फलाकोबाजी गर्ने स्वभावका हुन्छन् । तिनलाई कुनै पनि विषयमा विशिष्ट ज्ञान हुँदैन र सामान्य विषयबाट विशिष्टीकरणको चरणमा विफल कार्यकर्ताले पार्टीको उन्नयनमा सघाउन सक्दैन । यस्ता कार्यकर्ताहरूलाई समयमै सुधार्न र सही बाटोमा हिँड्न प्रेरित गर्नुपर्ने विचार पुस्तिकामा छ ।
पार्टी या सङ्गठनभित्र कर्मचारीतन्त्र हाबी हुनु सबैभन्दा ठूलो दुर्भाग्य बन्दछ । त्यसबाट कार्यकर्तामा सेवाभाव, त्याग, बलिदानीको भावना नै हराउँछ । नेतृत्वले दिने निर्देशन त्यसकारण मार्गनिर्देशनसहितको हुनुपर्दछ, विनम्र र सहृदयी हुनुपर्दछ । मातहतका सङ्गठन कुनै कामका लागि जस्तैः क्रान्तिकारी युद्ध, उत्पादन, शिक्षा, सुधार अभियान, काममा निगरानी राख्ने काम, कार्यकर्ताहरूको परीक्षा, प्रचारात्मक गतिविधि, साङ्गठनिक गतिविधिका लागि निर्देशन या सर्कुलर गर्दा मातहतका सङ्गठन इन्चार्जहरूमार्फत गर्नुपर्दछ । यसले मातहतका सङ्गठन इन्चार्जहरूको नेतृत्व क्षमता विकास हुनुका साथै दायित्व विभाजनको राम्रो अभ्यास हुन्छ । केन्द्रीकृत नेतृत्वअन्तर्गत कुशल दायित्व या जिम्मेवारी विभाजन कम्युनिस्ट पार्टीको विशेषता पनि हो ।
काम या जिम्मेवारी दिइँदा एक समयमा एउटा केन्द्रीय काम र क्षेत्र हुनुपर्दछ अन्यथा दोस्रो, तेस्रो काममा अल्झेर महत्वपूणर् कार्य अपूणर् हुने सम्भावना रहन्छ । हरेक क्षेत्रको नेतृत्वले त्यहाँको सङ्घर्षको इतिहास र परिवेशको राम्रो अध्ययन गरी काम गरे जनता र त्यस क्षेत्रसँग सामिप्यता बढ्छ र कार्य फलदायी रहन्छ । कार्यकर्तासँग सम्बन्धित क्षेत्रको ज्ञान भए निणर्य क्षमता पनि बढ्छ । सही ठाउँमा ठीक निणर्य गर्ने कौशल नेतृत्वमा हुन जरुरी हुन्छ ।
अध्यक्ष माओ भन्नुहुन्छ – “नेतृत्व पनि एक कला हो । नेतृत्व गर्दा तेर्सिएका समस्याहरूको समाधान बडो कुशलतापूर्वक र सावधानीपूर्वक गर्नुपर्दछ । नेतृत्वलाई मातहतका सङ्गठन र कार्यकर्तासँग जोड्ने र साधारण विषयलाई विशिष्ट विषयसँग जोड्ने कला नेतृत्वसँग हुनुपर्दछ ।”
सङ्घर्ष जतिजति कठिन र जटिल बन्छ त्यति नै कम्युनिस्ट पार्टीभित्र नेतृत्व र कार्यकर्ताबीच सुमधुर सम्बन्ध, नजिकको सञ्चार कायम रहनुपर्छ । चुस्त सूचना आदानप्रदान, गोपनियता, दु्रत गतिमा कार्य सम्पादन, जिम्मेवारी पूरा गर्न हदैसम्मको कष्ट झेल्न तयार कार्यकर्ताले कठिनाइमा नेतृत्वको साथ छोड्दैन । नेतृत्व र सिद्धान्तप्रतिको भक्ति कठिन र जटिल परिस्थितिमा मापन हुनेगर्दछ । कार्यकर्ताका निम्ति हरेक जिम्मेवारी परीक्षा सरह हुन्छ । कार्यकर्ताको परीक्षा चलिरहँदा नेतृत्वपङ्क्ति पनि परीक्षा नै दिइरहेका हुन्छन् । समर्पित नयाँ दस्ता तयार गर्नुजतिको कठिन कार्य अरू नहोला ¤ त्यसकारण, नेतृत्व र कार्यकर्ताबीचको सौहार्द्र सम्बन्ध, वर्गीय सम्बन्ध र विचारको आधाशिलामा खडा भएको सम्बन्धले नै मात्र पार्टीको स्वाभाविक विकाससँगै जनताको सेवा सम्भव हुन्छ ।
पार्टीभित्र सतही ज्ञानमा रमाउने र कर्मचारी मानसिकताका मानिसहरूको कुनै काम छैन । तिनीहरू कार्यकर्ता बन्न योग्य नै हुँदैनन् । गहिरो अध्ययन र नेतृत्वप्रति बफादार रहेका कार्यकर्ता असल हुन्छन् । पार्टीभित्र सतही र कर्मचारी प्रवृत्ति अन्त्य गर्न वैज्ञानिक र माक्र्सवादी नेतृत्वकला स्थापित गर्न जरुरी हुन्छ । कम्युनिस्ट पार्टीभित्र रही देश र जनताको सेवा गर्ने उद्देश्य बोकेका सम्पूणर् नेता कार्यकर्ताले माओको यो विचारलाई मनन गर्न जरुरी छ । माओको विचार पढिसकेपछि आप्mनो मूल्याङ्कन पनि कार्यकर्ता स्वयम्ले गर्नेछन् । स्वमूल्याङ्कन र व्यवहारमा सुधारका निम्ति माओका विचार अध्ययन गरौँ ¤
सन् १९५३ मा प्रकाशित पुस्तक ॅमाओ त्सेतुङका छानिएका रचनाहरू’ मा सङ्ग्रहित यस रचना सन् १९५५ मा पहिलो पटक छुट्टै प्रकाशनमा ल्याइयो । यस्ता पुस्तिकाहरूले देश र जनताको सेवा गर्ने उद्देश्य बोकेका भर्खरका नयाँ पुस्तालाई सघाउनेमा सन्देह नहोला । सरस र सरल भाषामा लिखित यस रचनाले माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने काइदा सिकाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *