भर्खरै :

महामारीले उदाङ्गिएको सरकार

कोभिड–१९ महामारीको कारण संसारका सबै पुँजीवादी देशका गरिब जनताजस्तै नेपालका गरिब जनता पनि यसबाट सबभन्दा बढी पिरोलिएका छन् । टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणको लागि रातदिन लाइन बस्ने जनता रिपोर्ट निगेटिभ आए आयआर्जनको काममा फर्किन सक्ने आशाले लाम लागेका छन् । दैनिक ज्यालादारी काम वा स–साना व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्ने ती श्रमिक जनता पीसीआर परीक्षणबिना काममा फर्किन सक्दैनन् । तर, सरकारले उनीहरूलाई पीसीआर परीक्षणको कुनै सहज बन्दोबस्त गर्न सकेको छैन । पानी परेको रात रुझ्दै पीसीआर परीक्षणको लागि जाग्राम बस्नुपर्ने वा चिसो भुईँमा सुत्नुपर्ने बाध्यता गरिब हुनुको ‘सजाय’ बनेको छ । ती जनता रोग सङ्क्रमणको भय मानेर महिनौँ घर बस्न सक्दैनन् । पेट पाल्न उनीहरू काममा जानैपर्छ । तर, काम जानुअघि आफू स्वस्थ रहेको प्रमाणित गर्न पीसीआर परीक्षण गर्न उनीहरूले अर्को ‘महाभारत’ सामना गर्नुपर्छ ।
नेपाल सरकार कोभिड–१९ महामारीसामु आफ्नो दायित्वबाट च्युत बन्दै छ । अब उसले जनस्वास्थ्यप्रति आफ्नो आधारभूत जिम्मेवारी पनि पूरा गरिरहेको छैन । सरकार महामारीको सन्दर्भमा ‘भगवान भरोसा’ मा पुगिसकेको छ । उसले महामारी नियन्त्रणको लागि कुनै ठोस अग्रसरता देखाउन छोडिसकेको छ । पीसीआर परीक्षणलाई पनि सीमित पारिएको छ । त्यसकारण सङ्क्रमण दर अझ फैलिरहेको छ ।

कोभिड–१९ महामारीले संसारका जनतालाई समाजवाद र पुँजीवादको भेद अझ प्रस्ट बनाइदिएको छ । जनतालाई आपत् पर्दा समाजवादी सरकारले कस्तो व्यवहार गर्छ र पुँजीवादी सरकारको प्राथमिकता के विषयमा हुन्छ भन्ने कुरा छर्लङ् ग भएको छ । नेपालमा नेकपाको सरकारलाई नामकै आधारमा समाजवादी वा कम्युनिस्ट सरकार भएको भ्रम पाल्ने जनता नेपालभित्रै र संसारभर छन् । तर, नेपाल सरकारले महामारी नियन्त्रणमा देखाएको व्यवहारबाट पनि यो सरकार कदापि समाजवादी सरकार होइन, कम्युनिस्ट सरकार त हुँदै होइन भन्ने स्पष्ट पारेको छ । समाजवादी सरकार हुँदो हो त आज नेपालका श्रमिक जनता काममा फर्किन पीसीआर परीक्षणको लागि रातदिन यसरी लाइन बस्नुपर्ने अवस्था आउने थिएन ।

छिमेकी देश भारत र संसारकै सबभन्दा धनी एवम् शक्तिशाली ठानिएको संरा अमेरिकाले पनि कोभिड–१९ महामारीप्रति यस्तै व्यवहार गरेको देखियो । भारतको मोदी सरकार पनि कोभिड–१९ महामारी नियन्त्रणमा असफल भयो । कोभिड–१९ सरकारको प्राथमिकतामा नै पर्न छोडिसकेको छ । संरा अमेरिकाको कुरा गरिसाध्य छैन । राष्ट्रपति ट्रम्प अझै पनि कोभिड–१९ लाई गम्भीर समस्या मान्न तयार छैनन् । उनको ध्यान यतिबेला जनताको स्वास्थ्त्न्दा पनि आगामी चुनावमा आफ्नो विजय सुनिश्चित गर्नुमा केन्द्रित छ ।
तर, संसारका समाजवादी सरकार भएका देशहरूमा भने कोभिड–१९ को सही र उदाहरणीय व्यवस्थापन भएको छ । समाजवादी देशका सरकारले जनताको स्वास्थ्यमा कहिले पनि खेँलाची गरेनन् । बरु राज्यका सबै स्रोत–साधन र क्षमतालाई महामारी नियन्त्रणमा पूर्णतः समर्पित गरियो । परिणाम, ती देशमा कोभिड–१९ को कारण जनताले ‘राज्यविहीनता’ को अनुभव गरेनन् । महामारी नियन्त्रणमा समाजवादी सरकारले देखाएको सक्रियताको कारण ती देशका जनताको विश्वास आफ्नो सरकारप्रति अझ गाढा बनेको छ ।
कोभिड–१९ महामारीले संसारका जनतालाई समाजवाद र पुँजीवादको भेद अझ प्रस्ट बनाइदिएको छ । जनतालाई आपत् पर्दा समाजवादी सरकारले कस्तो व्यवहार गर्छ र पुँजीवादी सरकारको प्राथमिकता के विषयमा हुन्छ भन्ने कुरा छर्लङ् ग भएको छ । नेपालमा नेकपाको सरकारलाई नामकै आधारमा समाजवादी वा कम्युनिस्ट सरकार भएको भ्रम पाल्ने जनता नेपालभित्रै र संसारभर छन् । तर, नेपाल सरकारले महामारी नियन्त्रणमा देखाएको व्यवहारबाट पनि यो सरकार कदापि समाजवादी सरकार होइन, कम्युनिस्ट सरकार त हुँदै होइन भन्ने स्पष्ट पारेको छ । समाजवादी सरकार हुँदो हो त आज नेपालका श्रमिक जनता काममा फर्किन पीसीआर परीक्षणको लागि रातदिन यसरी लाइन बस्नुपर्ने अवस्था आउने थिएन । जनताको स्वास्थ्यमा सरकारले खेलबाड गर्दैनथ्यो । राज्य आफ्नो जिम्मेवारबाट भाग्दैनथ्यो । सस्तो लोकप्रियताको भोकमा सरकार आफ्नो प्रमुख दायित्वमा चुक्न हुँदैनथ्यो । आफ्नो विफलता छोप्न जनताको आँखामा छारो फाल्न अनेकन ‘पानीमाथिको ओभानो हुने’ काम गर्दैनथ्यो । महामारीले नेकपा सरकारको वास्तविकता अनुहार जनतासामु उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *