भर्खरै :

के ‘वामपन्थी’ सरकारको चाला र कार्यशैली यस्तै हुन्छ ?

शासकमा संवेदनशीलता हराएपछि समाजले अनपेक्षित दुःख पाउँछ । जनतामा उत्साह घट्छ । जताततै अत्याचार बढ्न थाल्छ । अन्यायले सीमा नाघ्न थाल्छ । शासक अत्यन्त अहङ्कारी बन्छ । उसको मनपरीतन्त्र झन् बढ्न थाल्छ । न्यायको बलात् हत्या हुन्छ । नैतिकता, इमानदारी, जवाफदेहिता शासक भुल्न थाल्छ । ‘जस्तो गरे पनि जनताले आखिरमा मत नदिई कहाँ सुख ?’, ‘कहाँ जाए मछली, मेरै ढडिया !’ शासक दुष्ट बनेपछि यस्तै मनोरोगबाट ग्रस्त हुन्छ । दलाल पुँजीपति वर्गको सेवामा तल्लीन नेकपा र उसको सरकार आज ठीक यही अहङ्कार, उन्माद, मनोरोगबाट आक्रान्त छ । भारतीय एकाधिकार पुँजीको चङ् गुलमा उम्किनै नसक्ने गरी फसिसकेको ओली सरकारको दुर्दशा दिन प्रतिदिन बढ्दो छ ।
नेकपा नाउँको पार्टीलाई अब जनता चाहिएन ¤ जनताको गरिबी, दुःख, पीडा, भोक, रोग, शोक अब चासोको विषय बनेन । ठूला–ठूला ठेकेदार, कालाव्यापारी, भूमाफिया, गुन्डा, बनमाफिया, जलमाफिया, विदेशी पुँजीका एजेन्ट आदिसँगको उठबसमै नेकपा नाउँको पुँजीवादी पार्टी बढ्ता रम्न थालेको कसैबाट लुकेको छैन । राजाको शासन व्यवस्थामा खुँखार मण्डलेहरू जे गर्थे, बहुदल पुनःस्थापनासँगै काङ्ग्रेसीजन जे गर्थे आज नेकपाका नेता–कार्यकर्ता त्यही कर्म गर्दै छन् । अझ त्योभन्दा अगाडि बढेर रेकर्ड तोड्ने होडबाजीमा छन् । बढ्दो भ्रष्टाचार, काण्डै काण्डहरूको सङ्ख्याले त्यही पुष्टि गर्दै छ । कम्युनिस्टको नाउँमा यी सबै भइरहेको देखेर पञ्च, काङ्ग्रेस भने दङ् ग छन् । सक्कली कम्युनिस्ट, नक्कली कम्युनिस्ट सबैलाई एउटै घानमा राखेर पिस्न पाएर प्रतिक्रियावादीहरू मख्ख छन् । नेपाली वामपन्थी आन्दोलनको यही नै आजको सबैभन्दा ठूलो दुर्भाग्य हो !
बहुमत प्राप्त गरी सरकारमा पुग्नु, सरकारमा कायम रहिरहनुलाई नै नेकपाका नेता–कार्यकर्ताले आफ्नो सफलता या बहादुरीको रूपमा वर्णन गर्दै छन् । सरकारी सुखसयलमा सच्चा कम्युनिस्ट भुल्दैनन्, सुविधामा अल्झेर बस्दैनन्, सङ्घर्षलाई निरन्तरता दिन्छन् भन्ने कुरा ती आज स्वीकार्न तयार देखिँदैनन् । सहुलियत लिने, राज्यको ढुकुटीबाट फाइदा लिने, सरकारी सहुलियतले कार्यकर्ता फकाउने, भागबन्डा गर्ने आदिलाई नै उपलब्धि ठान्नु संशोधनवादी तथा उदारतावादी विचार हो र त्यो पुँजीवादी महारोग हो भन्नेबारे ती बुझ पचाउँदै छन् । ‘अहिले नभए कहिले ?’ यही अवसरवादी प्रवृत्ति नेता–कार्यकर्ता पङ्क्तिमा व्यापक बन्दै छ । यो सोच वृषवृक्ष बनी झाङ्गिँदै छ । यो विषवृक्षले नेकपा नाउँको नक्कली कम्युनिस्टलाई समाप्त पार्ने नै छ, अरू के के बाल मच्चाउने हो समयले बताउनेछ !
नेकपाका नेता–कार्यकर्ता तथा केही लेखक बारम्बार एउटा कुरा दोहो¥याउँछन् “……..नत्र भारतमा झैँ नेपालमा पनि वामपन्थी खोज्नुपर्ने दिन आउनेछ ।” कम्युनिस्टको नाउँमा चुनाव जितेर सम्पूर्ण काम गैरकम्युनिस्ट गर्ने ! सरकारमा पुगेर समाजको तल्लो वर्गको हित हुने एउटा काम नगर्ने ! आधारभूत परिवर्तनको काम नथाल्ने ! जसको नाउँमा चुनाव जित्यो ती नै दलित, पीडित, पिछडिएका समुदाय, शोषित, दबाइएका जनताको पक्षमा सिन्को नभाँच्ने ! गाउँबस्तीका जनताको शिक्षा, स्वास्थ्य, अवसर, रोजगारीका निम्ति कुनै प्रयासको थालनीसमेत नगर्ने । सर्वसाधारणको चेतना अभिवृद्धिमा पटक्कै ध्यान नदिने । सरकारमा छँदा, शक्तिमा रहँदा जनपक्षीय कुनै कुनै काम नगर्ने अनि कसरी जोगिन्छ आफसेआफ जनताको आन्दोलन ? कसरी जोगाउँछन् जनताले तिनको सरकार ? आफू सरकारमा छँदा जनता बिर्सिने, अनि भोलि तिनको सरकार गुम्ला र तिनलाई खोज्नुपर्ला भनेर जनताले पिर लिनुपर्ने ? त्यो कसरी सम्भव हुन्छ ?
नेकपा पक्षधर लेखकहरूले पहिला केही प्रश्नको जवाफ दिनुपर्छ । नेकपाको सरकार बनेपछि के–के प्रगतिशील कामको थालनी भयो ? मजदुरी गर्ने, दैनिक ज्यालामा बाँच्ने, खेती किसानी गर्ने अत्यन्त बहुसङ्ख्यक कामदार जनताको पक्षमा के–कस्ता नीति तथा कार्यक्रम बने ? महिलाहरूको शिक्षा, स्वास्थ्य, अधिकारको क्षेत्रमा के–के उल्लेखयोग्य काम भएका छन् ? ‘बोक्सी बकाउन मध्यरातमा मन्दिरमा पञ्चायती’, ‘मधेसमा १० महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार’, ‘बोक्सीको आरोपमा कुटपिट’ (नयाँ पत्रिका, ५ असोज) मा प्रकाशित समाचारका शीर्षकप्रति के धारणा छ ? ‘दुई महिनामा सात सुत्केरीको मृत्यु’ (कान्तिपुर, असोज ५), ‘……. सुत्केरीलाई सधैँ जोखिम’ (कान्तिपुर, असोज ६) । महिलाहरूको यो अवस्थाले के सङ्केत गर्दछ ? के यो लज्जाको विषय होइन ? संवेदनशून्यता र उदासिनताको पराकाष्ठामा रमाउने छुट आपूmलाई कम्युनिस्ट दाबी गर्नेहरूलाई छ ? ‘घर खोज्दै स्वदेश, काम खोज्दै भारत’ (कान्तिपुर, असोज ७) शीर्षकको खबरले भन्छ, ६ महिनायता भित्रिएका ९ लाख नेपालीमध्ये ४ लाखभन्दा बढी रोजीरोटीका लागि भारततिरै फर्किसकेका छन् । नेपाली समाजको दयनीय आर्थिक अवस्थाको यो तस्वीरले शासकलाई गिज्याएको अनुभव हुँदैन ? ‘वामपन्थी’ सरकारले आप्mना देशवासीलाई यसरी नै विदेशीको भाँडा माभ्mन र नाली सफा गराउन पठाउँछ ? गाउँठाउँका यी खबरप्रति उदासीन हुन मिल्छ ? देखे नदेखेभैmँ कतिञ्जेल बस्ने ? ती दूरदराजका जनताको दुःखमा साथ नदिई के परिवर्तन सम्भव छ ? बहुसङ्ख्यक जनताको जीवनमा परिवर्तन खोज्ने कि केही बिचौलियाको ? केही मुट्ठीभरका माफियाहरूको भलाइमा खट्ने कि मजदुरको पक्षमा ? के ‘वामपन्थी’ सरकारको चाला र कार्यशैली यस्तै हुन्छ ? यही तरिकाले ‘वामपन्थ’ हुर्काउन सम्भव छ ? के भेदभाव, पक्षपात, जातीय दमन, लैङ् िगक हिंसा कायम रहन्छ वामपन्थी शासनमा ? यी सवालको चित्तबुझ्दो जवाफ जनतालाई कमसेकम वामपन्थीको वकालत गर्ने र सरकारको जयगान गर्ने हालैमात्र ‘तक्मा’ द्वारा विभूषित लेखक–पत्रकारले दिनैपर्छ । कोभिडमा सरकारले दश करोड ‘तक्मा’ मा लगानी ग¥यो । अब ‘तक्मा’ धारीहरूले पनि केही त बोल्नै पर्छ । नत्र ती तक्मा पनि हिजोका ‘गोदवा’ हरूझैँ दुर्गन्धित साबित हुनेछन् । जनताका निम्ति हर्ष न विस्मात् !
वामपन्थीका नाउँमा ओली, प्रचण्ड, माधव, झलनाथ, बाबुराम पटक–पटक प्रधानमन्त्री बने । मन्त्री त कति हो कति ? बहुदल पुनः स्थापनादेखि आजसम्ममा यी पात्रहरू पालैपालो सरकारमा छन् । यो तीन दशकमा संसारसामु गर्वका साथ बताउन लायक यिनीहरुले के गरे ? सरकारमा हिस्सा लिएर देशले के पायो ? जनताले के पाए ? समाजवादतर्फको यात्रामा कतिवटा कोशेढुङ् गा थपिए ? आधारहरू के के तयार पारिए ? अनि, यस्तो महामारीको बेला निष्कर्षहीन बैठक बस्न नैतिकताले दिन्छ ? जनताको स्वास्थ्य, शिक्षा, भोक, रोजगारीबारे कुनै छलफल नगरी, चासो नदेखाई आखिर यो सरकार के गर्न खोज्दै छ ?
देश र जनताको हितमा दीर्घकालीन प्रभाव पर्ने के एउटा काम भयो ? अरू त छोडौँ, चुनावी घोषणापत्रमा उल्लेख गरिएका कति प्रतिशत काम यो तीन वर्षमा भयो ? तीन वर्षमा दुई वर्ष प्रधानमन्त्रीको हेरफेर, मन्त्रिमण्डल पुनः गठन, पार्टी विभाजन, गुटको झगडामा बिताएर कुन कम्युनिस्ट चरित्र देखाएको ? यत्रतत्र सर्वत्र सङ्कट छाइरहँदा आवश्यक तयारीबारे कुनै छलफल नगर्नु कुन बुद्धिमानी हो ? जवाफ छ ? जनतालाई दिग्भ्रमित पार्ने र समाजवादप्रति घात गर्नेबाहेक यीनले केही नगरेको जगजाहेर भइसकेको छ । तसर्थ, यी कम्युनिस्ट होइनन् । यी कम्युनिस्ट नाउँका पुँजीवादी हुन् भन्ने यथार्थ सारा नेपालीलाई र सारा विश्वलाई अवगत गराउनु नै आजको चुनौती हो । जनतामा रहेको भ्रम चिर्नु सच्चा कम्युनिस्टको जिम्मेवारी हो । अन्यथा, कम्युनिस्ट आन्दोलनले योभन्दा ठूलो नोक्सानी या निराशा बेहोर्नुपर्नेछ । मौकाको फाइदा उठाउँदै केही काङ्ग्रेसी लेखक–पत्रकार नेकपालाई देखाउँदै सिङ् गो कम्युनिस्ट आन्दोलनको बदनाम गर्न र सिध्याउन तम्सेका छन् । तिनको दुष्प्रयास विफल पार्न पनि नयाँ वैचारिक तथा सैद्धान्तिक सङ्घर्षको आवश्यकता छ । अवसरवादी, संशोधनवादी तथा प्रतिक्रियावादीहरूविरूद्ध सङ्घर्ष जारी राख्दै तिनलाई उदाङ् गो पार्नुबाहेक अर्को विकल्प तत्कालका निम्ति देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *