भर्खरै :

अपराधी

रातभर पानी प¥यो । झरीको मौसम, अलिअलि चिसो भएकोले बिहानसम्म सिरक ओढेर पल्टिरहेको थिएँ । चिसो मौसममा सिरक ओढेर बस्नु आनन्द आउने । खोइ कुन्नि सपना हो कि विपना मेरो मनमा कुरा खेलिरहेको थियो । त्यति नै बेला मेरो मोबाइलको घण्टी बज्यो, टिन…टिन… । यसो घडी हेरेको बिहानको ५ बजेको रहेछ । यति बिहान सबेरै कसले फोन गरेको रहेछ भनी मोबाइल उठाएँ र मोबाइल नम्बरमात्र देखेँ । कसले फोन गरेको नाम नआएकोले थाहा पाइनँ । तर, पनि यति बिहानै कसको के काम प¥यो होला भनी फोन उठाएँ र हेलो भनेँ । उताबाट हेलो काका भन्दै – काका तपाईँ घरबाट बाहिर ननिस्कनु, हामी तपाईँको घरमा आज बिहान ९ बजे आउँदै छौँ भन्यो । अनि मैले सोधँे, तपाईँ को बोल्नुभएको ? जवाफ आयो, “म यो वडाका जनप्रतिनिधि वडा अध्यक्ष ।” फेरि मैले सोधँे, “किन के काम प¥यो ?” होइन त्यस्तो केही होइन तपाईँहरू बाहिर ननिस्किनु हामी ९ बजे त्यहीँ आएर भनौँला । यति भन्दै फोन राखियो ।
ओछ्यानबाट म उठेँ र बिहानको नित्यकर्म सकाएर चिया खाँदै झ्यालबाट बाहिर हेर्दै सोच्न थालेँ । होइन वडा अध्यक्षले मलाई किन फोन गरेका होलान् ? पहिले बाटोमा भेट्दा पनि नदेखेजस्तो गरी हिँड्नेले आज किन फोन गरेका होलान् ? कतै मेरो दाजुभाइबीचको झगडाबारे कुरा गर्न त होइन ¤ कतै मेरो घर अगाडिको मन्दिर निर्माण गर्न सरसल्लाह गर्न त होइन ¤ कतै मैले कुनै गल्ती त गरिनँ ¤ चिया खाँदै मनमा कुरा खेलाउँदा खेलाउँदै खाना खाने समय भयो र खाना खान बसेँ । त्यति नै बेला बाहिरबाट बोलाएको आवाज सुनेँ, काका…काका… । मुखमा राख्न लागेको गाँस पनि छोडेर यसो बाहिर हेरेँ । उही वडा अध्यक्ष दुई वटा आँखामात्र देखिने गरी मास्क र हातमा स्वास्थ्यकर्मीको लगाउने पञ्जा लगाएका ४–५ जना नेपाल प्रहरी साथमा देखेँ । अनि मेरो ढोकैमा नाक र मुख छोपिएका ¤ पुरै शरीर ढाक्ने सेतो लुगा लगाएका मानिस यमराजजस्तै उभिरहेको देखेँ । अनि घरको १०० फिट टाढा बाटै कोही पनि आउन नमिल्ने गरी बाँस र डोरी राखेको देखेँ । घरकै अगाडि एउटा रातो बत्ती बाल्दै गरेको एम्बुलेन्स पनि देखेँ । अनि म लुगा लगाएर बिस्तारै बाहिर निस्केँ । यमराजजस्ता दुई जनाले समाउँदै, तपाईँलाई अस्पताल लग्दै छौँ, तपाईँलाई कोरोना लागेको छ भने । त्यही बेला वडा अध्यक्षले बोलेको सुुनेँ, “घरका कोही बाहिर ननिस्किनु होला । घरको वरिपरि बाँस र डोरी राखेर सिल गरिएको छ भनी ३–४ वटा पम्प्लेट टाँसी दिनु ।”
एम्बुलेन्समा बस्दै सोच्न थालँे । किन मलाई ठूलै अपराधी समाउन आएको जस्तो ४–५ जना प्रहरी नै लिनुपर्ने ? देशका ठूला–ठूला हत्यारा, गुन्डा, कालाबजारी, भ्रष्टाचारीलाई समाउन नसक्ने सरकारले मलाई समाउन प्रहरी पठाउनुपर्ने किन ? ती अपराधीहरूले खुलमखुला संसद प्रवेश गर्दा आफूसँगै खानपिन गर्दा पनि हामीले फेला पार्न सकेनौँ भन्ने प्रहरीले एउटा सङ्क्रमित व्यक्तिलाई यस्तो हर्कत् गर्नुपर्ने ? लकडाउनको बेला कालोबजारीया गर्ने, मूल्यवृद्धि गरी सामान बेच्ने, ढुसी भएका खाद्यवस्तु बेच्ने, मिति नाघेका सामान बेच्ने, पसलहरूमा सिल गर्न नसक्ने सरकार आज सङ्क्रमित भन्दै मेरो घर सिल गर्दै छ । हो, मलाई पनि थाहा छ, कोरोना भाइरसको सङ्क्रमण बारे । के हामीलाई राम्ररी सम्झाइबुझाइ गर्नुपर्दैन ? बिरामी लिन के प्रहरी नै आउनु पर्दछ ? यसरी गर्दा मलाई र मेरो परिवारलाई कति मानसिक दबाब पर्दछ । त्यसैले सोचेको छ ? के ममात्र सङ्क्रमित हुन्छु ? के भोलि अरू कोही सङ्क्रमित हुँदैन ? अनि कुन–कुन घर कुन–कुन टोल सिल गर्दै जाने ? इत्यादि कुरा मनमा खेलाउँदै गर्दा कुन बेला अस्पताल आइपुग्यौँ पत्तो नै भएन ¤ त्यसपछि मलाई अस्पताल आइपुग्यौँ, ल जानुहोस् भन्दै अस्पतालभित्र पठाए, एउटा अपराधीलाई जेलभित्र हुलेजस्तै । मलाई त हैजा अस्पताल पो पु¥याइएको रहेछ । टेकुको शुक्रराज ट्रोपिकल अस्पताललाई हैजा अस्पताल भनिन्छ । किनकि यहाँ पहिले–पहिले धेरैजसो झाडापखाला भएका बिरामीलाई उपचार गरिन्थ्यो । कुनै निजी अस्पतालमा नलगी किन मलाई यो सरकारी अस्पतालमा ल्याएको होला ? हिजो म मोटरसाइकल दुर्घटना हुँदा एम्बुलेन्स चालकले एउटा निजी अस्पतालमा सम्पर्क गरी मलाई पु¥याएको थियो । आज किन मलाई सरकारी अस्पतालमा पु¥याएको होला ¤ हुन त यो दुईतिहाइको नाममात्रको कम्युनिस्ट सरकारले निजी अस्पताललाई कोरोनाको कहरमा छुन सकेको छैन । यसकारण अहिलेसम्म सरकारी अस्पतालमात्र कोभिड–१९ अस्पताल बनाइएका छन् ।
म सरासर अस्पतालको आइसोलेसन वार्डमा गएँ । त्यहाँ त ममात्र होइन कोरोना सङ्क्रमित थुप्रै बिरामी रहेछन् । मलाई पनि एउटा बेड देखाइयो र म त्यस बेडमा गएर बसेँ । मलाई दिनदिनै गर्नुपर्ने कार्यतालिका दिइयो । मसँगै बस्ने कृष्णजी पनि हिजोमात्र आएका रहेछन् । उनी पनि आफ्नै जिल्लाका । उनलाई अलि–अलि ज्वरो आउने, सुखा खोकी र अलि श्वास फेर्न गाह्रो थियो । हरेक दिन सुरक्षा कवच (पीपीई) लाएकी नर्स आएर हाम्रो स्वास्थ्य अवस्थाबारे सोध्ने र शरीरको तापक्रम (ज्वरो) लिने गर्थिन् । यस्तो गर्मीको समयमा पीपीई लगाएर दिनको ८ घण्टा ड्युटी बस्दा ती नर्सहरुलाई कस्तो होला ¤ पीपीई एकचोटि लगाएपछि ८ घण्टा ड्युटी नसकेसम्म खोल्न मिल्दैन । त्यो समयमा तिनले न खान पाउँछिन् न त पिउन नै । तिनले डाइपर लगाएर डिउटी गर्नुपर्छ रे । धन्य ¤ आफ्नो स्वास्थ्यको ख्यालै नगरी हामीजस्ता बिरामीको सेवा गर्दछन् ¤
म दुई वर्ष पहिले टाइफाइड भएर एक निजी अस्पतालमा भर्ना भएको थिएँ । त्यसबेला मेरो सँगैको टेबलमा स्याउ, सुन्तला, अनार, केरा, जुसको बोतल, हर्लिक्स, भिभा, बिस्कुटजस्ता थुप्रै फलफूल र खानेकुरा मलाई भेट्न आउने मेरो नाता, साथीभाइहरूले ल्याइदिन्थे । एउटा फलफूल पसलभन्दा कम हुन्थेन । त्यसबेला म सोच्थेँ यी फलफूल, जुस, बिस्कुट भन्दा नगद ल्याएर दिएको भए औषधि किन्न त सकिन्थ्यो । अहिले त मलाई न कोही भेट्न आउँछ न त केही चिज दिन नै आउँछ । टाढिएका कतिपय मानिससमेत पिर लिनु पर्दैन भनी भेट्न आउँथे । कोही आएर मेरो टाउको सुमसुम्याउँथे त कोहीले खुट्टा मसाज गरिदिन्थे । हरेक दिन बिहानदेखि बेलुकीसम्म एउटा नेतालाई कार्यकर्ताले भेट्न पुगेजस्तै थुप्रै साथीभाइ भेट्न आउँथे । तर, अहिले त आफ्नो नातागोता र साथीभाइ त के सधैँ सँगै बस्ने आफ्नी श्रीमती पनि भेट्न नपाउने । होइन मलाई कस्तो रोग लागेछ ? यो कोरोना भाइरस रोग भनेको यस्तो डरलाग्दो रोग रहेछ ¤ मैले ख्यालै गरेको थिइनँ ¤ कुनै ठूलै अपराध गरेर कसैलाई भेट्न नदिई जेलमा राखेजस्तै भएन र ¤
दिनदिनै समयमा औषधि खानपिन, नाचगान, योगा, कसरत गर्दै दिन बित्दै गयो । तर, सँगै बस्ने कृष्णजीलाई रोगले च्याप्दै लग्यो । बेसरी ज्वरो आउने, खोकी लाग्ने, छाति दुख्ने ¤ रक्तचाप कम भई बेहोसजस्तै भएकोले उनलाई तुरून्त सघन कक्ष (आइसीयू) सारेर उपचार थालियो । तर, उपचार हुँदाहुँदै केही दिनमै उनको मृत्यु भयो । यसरी उनले जीवनको अन्तिम समयमा पनि आफ्नो परिवारलाई देख्न पाएनन् र उनको परिवारले पनि अन्तिम समयमा एक चम्चा पानी पनि खुवाउन पाएन । यतिमात्र कहाँ हो र ¤ त्यो लासलाई खोइ कुन्नि कसले हो दुई तीन वटा प्लाष्टिकमा पोको पारेर कता हो बिर्सजन गर्न लगेछ ¤ मृत्युपछि हामीले गर्ने मृत्यु संस्कार पनि गर्न पाएन उनको परिवारले । कतै यो त हाम्रो संस्कार–संस्कृतिमाथिको अतिक्रमण त होइन ¤ एउटा भनाइ छ, कुनै राष्ट्र वा समाजलाई जित्नु छ भने सर्वप्रथम उनीहरूको संस्कृतिमा आक्रमण गरिन्छ । त्यस्तै हुन लागेको त होइन!
गफै गफमा सँगै बस्ने रमेशलाई सोधेँ, “यत्रो दिन हामी अस्पतालमा बस्दा हाम्रो त धेरै खर्च हुने भयो ¤ हाम्रो त सर्वश्व नै जाने भयो ¤” किनकि दुई वर्ष अघि म एक निजी अस्पतालमा बस्दा कति खर्च हुँदोरहेछ भन्नेमलाई थाहा छ । अनि उनले भने, “अहिलेसम्म यो कोरोना लागेका बिरामीको सबै खर्च सरकारले नै बेहोर्छ ।” अनि मैले भनेँ– होइन ? संविधानमा शिक्षा, स्वास्थ्य जनताको मौलिक हक हुनेछ भनेको के यस्तो महामारी आएपछि मात्र लागू हुनेरहेछ ? कस्तो यो दुईतिहाइको कम्युनिस्ट सरकार ¤ त्यति नै बेला रमेशले भने, “यो निःशुल्क पनि अब सरकारले गर्नसक्दैन रे ¤ सरकारको यो महामारीमा धेरै खर्च भयो रे ¤ त्यसैले स्वाब लिने पीसीआर जाँच गर्ने धेरै कम भइसक्यो । अनि सङ्क्रमित बिरामी अस्पतालमा नराखी आफ्नै घरमा बस्ने रे ¤ कसैलाई पीसीआर गर्नु छ भने पैसा तिरेर निजी अस्पतालमा जाँच्नुपर्ने भयो ¤” अनि मैले भनेँ, “यस्तो महामारीमा यस्तो सरकार हुनु र नहुनुमा के फरक प¥यो ?”
हुन त मलाई पनि किन यो कोरोना लाग्थ्यो ? मेरै हेलचक्राइँको कारणले लागेको हो नि ¤ सरकारले लकडाउन गर्दा मैले त्यसलाई बेवास्ता गरँे । त्यसबेला म चिया पिउँदै कोरोना सोरोना भनेको केही होइन भनी नानाथरीका गफ फलाक्दै बस्थँे । नगरपालिकाले कोरोना भाइरसबाट बच्नको लागि माइकिङ्ग गर्न आउँदा खिल्ली उडाउँदै बेवास्ता गर्थँे । लकडाउनकै समयमा म भट्टी पसल गई बाहिरबाट ताल्चा लगाउन दिई तास खेल्न जान्थँे । त्यस्तै हरेक दिन आफ्नो घरको अगाडि बसेर साथीहरू जम्मा गरी बस्थेँ । प्रहरी आएमा एकछिनको लागि भित्र जान्थँे र तुरून्तै फेरि बाहिर निस्कन्थेँ र गफ गरी बस्थँे । मास्क नलगाई फुर्तीसाथ भीडभाडमा किनमेल गर्न जान्थँे । त्यसकारण यो रोगबाट सङ्क्रमित हुनुमा कसैको दोष छैन मेरै दोष हो र मैले कतिलाई सङ्क्रमित बनाएँ हँु ¤ त्यसैले म यस रोगलाई बेवास्ता गर्ने अपराधी हुँ ¤ अहिले म अस्पतालमा अपराधीलेजस्तै दिन बिताउँदै छु । यस्तै सोच्दै गर्दा नर्स नजिकै आइन् र भनिन् बधाई दाइ तपाईँको हिजोको स्वाबको रिपोर्ट निगेटिभ आएको छ । तपाईँ भोलि घर जान सक्नुुहुन्छ । मलाई त सपनाजस्तै लाग्यो ¤ त्यसपछि रात कटाउन पनि महिनौँ बिताएजस्तो भयो ।
भोलिपल्ट म अबदेखि रोग सानो होस् या ठूलो कहिले हेलचक्राइँ गर्दिनँ भन्दै अस्पतालबाट बाहिर निस्कँे र बाहिर मेरी श्रीमती र छोराछोरीलाई अँगालो हाल्दै रुन थालेँ ।
अबदेखि म कोरोनाको रोकथाम र नियन्त्रणबारे समाजमा शिक्षा र सन्देश दिने वाचा गर्दै घर फर्कँे ।
२०७७–०६–०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *