भर्खरै :

निर्मलापछि सम्झनाः नयाँ संस्कृति नबन्दाको कुकृति

असोज ७ गते बुधबारको दिन बझाङ जिल्लाको मष्टा गाउँपालिकामा १२ वर्षकी सम्झना कामीको ‘बलात्कारपछि हत्या’ को घटनाले धेरै नेपालीलाई निर्मला पन्त बलात्कारपछिको हत्याकाण्ड स्मरण गरायो । २०७५ साल साउन ११ गते कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षकी निर्मला पन्तको नयाँ प्रतिरूपमा सम्झनालाई लिइएको छ । बझाङ घटनाको विस्तृत अनुसन्धान चालू छ । तथापि, प्रहरीको प्रारम्भिक अनुसन्धानले सम्झनाले कानमा लगाएकी सुनको मुन्द्री मागिरहने गाउँकै एक युवकले उनको बलात्कारपछि हत्या गरेको हुनसक्ने बताएको छ । नेपालका अझ कति छोरीहरूले निर्मला र सम्झनाको नियति भोग्नुपर्ने ? यसरी बलात्कृत हुने र हत्या गरिने सबै छोरीहरू गरिब घर–परिवारका छन् । आर्थिक, सामाजिक र सांस्कृतिक विभेदको कारण देशका अधिकांश दलित समुदाय गरिब र विपन्न छन् । आर्थिकरूपमा विपन्न हुनुका साथै सांस्कृतिक र सामाजिकरूपमा समेत विभेदमा पारिएका हुनाले दलित परिवारका छोरीहरू विशेषतः बलात्कार र हत्याको शिकार बन्ने गरेका छन् ।

निर्मला पन्त र सम्झना कामीको हत्या नेपाली समाजमा अझ मेटिनसकेको पुरानो संस्कृतिको परिणाम हो । राजनीतिक क्रान्तिको पूर्णता सांस्कृतिक क्रान्तिबाट मात्र सम्भव छ । सांस्कृतिक परिवर्तनबिनाको राजनीतिक परिवर्तन अपूर्ण र कमजोर हुन्छ । दलित, विपन्न, अल्पसङ्ख्यक र महिलामाथि विभेदको कुसंस्कारलाई यदि राज्यसत्ताले व्यवहारमै चुनौती दिनसक्दैन भने हिजोको व्यवस्थाजस्तै अहिलेको व्यवस्था पनि जनताको अपेक्षा र भावनाविपरीत पुष्टि हुनेछ । तसर्थ, निर्मला र सम्झनाको बलात्कार र हत्यालाई समाजमा बेला बेला हुने फौजदारी अपराधको रूपमा मात्र बुझ्न गलत हुनेछ । समाजमा जरा गाडेको पुरानो चिन्तन र संस्कृतिको अभिव्यक्तिको रूपमा यस्ता घटनालाई लिइनुपर्छ ।

नेपालमा राजनीतिकरूपमा सामन्तवाद परास्त भए पनि समाजको गहिराइमा अझै बलियो अड्डा जमाएर बसेको सामन्ती चिन्तन र संस्कार परिवर्तन भई नसकेको यस्ता घटनाले पुष्टि गरिरहेको छ । सामन्तवादको राजनीतिक नेतृत्व गर्ने राजतन्त्रलाई नेपाली जनताले बिदाइ गरेर नयाँ व्यवस्था स्थापना ग¥यो । तर, नयाँ शासकहरूले राजनीतिक सत्ता आफ्नो नियन्त्रणमा लिए पनि अझै पुरानो सांस्कृतिक सत्तालाई निरन्तरता दिइरहेका छन् । नयाँ सत्ताले नयाँ सांस्कृतिक आधार बनाउन पुराना सांस्कृतिक आधारलाई जरैदेखि भत्काउने काम गर्नुपथ्र्यो । त्यसो त सांस्कृतिक परिवर्तन छोटो अवधिमा सम्भव हुने प्रक्रिया होइन । तथापि, २०६३ सालको राजनीतिक परिवर्तनपछिको नयाँ व्यवस्थाका अगुवाहरूले समाज परिवर्तनको यो पाटोलाई प्राथमिकतामा राखेको देखिएन । दलित, महिला, कमजोरमाथि जे गर्दा पनि हुने सामन्ती चिन्तनको जरा उखेल्दै नयाँ संस्कृतिको जग राख्ने काममा नयाँ शासकहरूले ध्यान दिन सकेनन् । विद्यालयको पाठ्यपुस्तकदेखि सबै सामाजिक व्यवहारमा विभेदको अन्त्य गर्न राज्यले खेल्नुपर्ने सक्रिय भूमिका नखेल्दा अझै समाजमा विभेदको जरा गहिरो बन्दै छ । नयाँ संस्कृतिक निर्माणको काम कानुनका पाना र प्रहरीको तथ्याङ्कभन्दा फराकिलो विषय हो ।
निर्मला पन्त र सम्झना कामीको हत्या नेपाली समाजमा अझ मेटिनसकेको पुरानो संस्कृतिको परिणाम हो । राजनीतिक क्रान्तिको पूर्णता सांस्कृतिक क्रान्तिबाट मात्र सम्भव छ । सांस्कृतिक परिवर्तनबिनाको राजनीतिक परिवर्तन अपूर्ण र कमजोर हुन्छ । दलित, विपन्न, अल्पसङ्ख्यक र महिलामाथि विभेदको कुसंस्कारलाई यदि राज्यसत्ताले व्यवहारमै चुनौती दिनसक्दैन भने हिजोको व्यवस्थाजस्तै अहिलेको व्यवस्था पनि जनताको अपेक्षा र भावनाविपरीत पुष्टि हुनेछ । तसर्थ, निर्मला र सम्झनाको बलात्कार र हत्यालाई समाजमा बेला बेला हुने फौजदारी अपराधको रूपमा मात्र बुझ्न गलत हुनेछ । समाजमा जरा गाडेको पुरानो चिन्तन र संस्कृतिको अभिव्यक्तिको रूपमा यस्ता घटनालाई लिइनुपर्छ ।
नयाँ व्यवस्थाका शासकहरूले पुरानो व्यवस्थाको कुहिएको संस्कृति बोक्न पाउँदैनन् । किनभने त्यस्ता कुहिएका संस्कृति रहुञ्जेल नयाँ व्यवस्थाले आफ्नो विशिष्टता पुष्टि गर्नसक्दैन । तसर्थ, पुरानो विभेदकारी यस्ता संस्कृति जरैदेखि उखेल्नु नै फेरि अरू निर्मला र सम्झनामाथिको अत्याचार अन्त्यको दिगो बाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *