भर्खरै :

रोटी सेकुवा

‘घिउ बेचुवा’ र ‘तरबार बेचुवा’ को कथा उहिले बाजेको पालादेखि नै प्रचलित थियो । घिउको सिङमाङको घाँटी–घाँटीसम्म गोबर हालेर माथि एक पत्र मगमग बास्ना आउने घिउले छोपेर व्यापार भनौँ कि ठगी भनौँ गर्न हिँडेको चतुर्भुजप्रसाद र मखमलले मोरेको आकर्षक दापभित्र काठको तरबार बेच्न हिँडेको चतुरमान बीच वस्तु विनिमयको आधारमा व्यापार भएछ । आफ्नो कमसल माल भिराउनुपर्ने भएकोले दुवैले अर्काको माल नजाँची लिएछन् । “मैले पो ठगेँ त, उसले त पक्कै राम्रो सामान दिएको छ” भन्ने भ्रममा दुवै एकअर्कासँग ठगिए छन् । तर, आपूmले पनि ठगेको हुनाले अर्काले ‘ठग्यो’ भनेर उजुर हाल्ने कुरो पनि भएन । तैँ चुप मैँ चुप ।
अब त्यो कथा पुरानो भएको मात्र होइन, आजको सन्दर्भमा मिल्दा पनि मिल्दैन । पाइला–पाइलामा डेरी उत्पादन बेच्ने पसल छन्, यहाँ मन नपरे त्यहाँ, त्यहाँ मन नपरे यहाँ किन्ने सुविधा छँदाछँदै डुलाएर बेच्ने हिँड्नेसँग कसले किन्छ घिउ ? ब्रान्ड खोजी–खोजी किन्ने युगमा नहेरी, नजाँची, ननचाई कसले तरबारजस्तो घातक हतियार किन्छ ? त्यसमाथि ब्याङ्कमार्फत भुक्तानी गर्ने पद्धति विकास भइसकेको वर्तमान परिप्रेक्षमा कसले वस्तु साटा–साटको आधारमा व्यापार गर्छ ? त्यसैले घिउ बेचुवा र तरबार बेचुवा पाराको ठगी अब बिरलै देखिन्छन् । तैपनि न ठग्नेले ठग्न छाडेको छ, न ठगिने ठगिन छाडेको छ ? किन होला ?
किनभने अब व्यापार ‘घिउ बेचुवा, तरबार बेचुवा’ हैन, ‘रोटी सेकुवा’ सिद्धान्तमा चल्छ । ‘व्यापार धूर्त विधा हो, जसले पीडामा पनि नाफा खोज्छ’ भनेर व्यापारबाट विरक्तिएर साधु बनेका एक व्यक्तिले भनेका थिए रे । त के व्यापार वास्तवमै धूर्त विधा हो ? जहाँ आँसुको पनि मोलमोलाइ हुन्छ ? सामान्यतःव्यापार लागत मूल्य, ओभरहेड, मुनाफाको अङ्कगणितीय सिद्धान्तमा चल्छ । त्यसमाथि सामाजिक चक्रलाई सन्तुलनमा राख्न व्यापार अत्यावश्यकीय तत्वमा निन्छ भने यसलाई धूर्त विधा भन्न कसरी मिल्ला र ? तर, त्यो ‘मुनाफा’ शब्दको अमूर्त परिभाषाभित्र नै सम्पूर्ण चलखेल हुन्छ ? कतिसम्मलाई मुनाफा भन्ने ? कतिलाई धूर्तता भन्ने ? अमूर्त परिभाषाभित्र पर्ने यसमा एउटा निश्चित सिद्धान्तमा टेकेर वहस हुनसक्दैन ।
अतः मुनाफाभन्दा बढी खोज्नु अर्थात् असहज परिस्थितिको धूर्ततापूर्वक फाइदा उठाउन खोज्नु नै ‘रोटी सेक्नु’ हो भने त्यस कलामा पोख्त व्यक्ति ‘रोटी सेकुवा’ हो । यसो भनिरहँदा रोटी नखानेलाई आपूm त्यो धूर्तताको बात लाग्नबाट बचियो भन्ने लाग्न सक्छ । तर, त्यसो होइन । रोटी खानेले पो रोटी सेक्छ त, मकै खानेले केको रोटी सेकोस् ? उसले मकै पोल्छ वा भुट्छ, भात खानेले भात छड्काउँछ, पाउरोटी खानेले पाउरोटी उक्साउँछ, ढिँडो खानेले ढिँडो ओढाल्छ, खोले खानेले खोले घोट्छ, चाउ–चाउ खानेले चाउ–चाउ उमाल्छ ।
जे खाए पनि मौकामा चौका हानिहाल्ने प्रवृत्ति नै रोटी सेक्नु हो । मुर्दा पोलेको आगोहोस् कि धुनी जगाएको, यज्ञ गरेको अग्निहोस् कसौँडीमा चामल भिजाएर बसालिदिए भात, खोष्ट्याएर राखिदिए मकै पाकिहाल्छ । उखान टुक्काकै पछि लागेर खाँदै नखाने रोटी सेक्नु पनि किन र ? स्याँगीले काटीकाटी पाउरोटी खानेले किन सेक्छ रोटी । भकभकी उम्लेको पानीमा मसमसी पिठो मस्काएर ढिँडो ओढालेर पच्चीस रुपियाँको दूध किनेर ल्याई त्यसलाई हेर्दै ढिँडो निलेर पच्चीसै रुपियाँको दूध बेच्ने बबुरोलाई रोटी सेक्ने कलङ्कमा किन मुछ्ने ?
धूर्तता आफैँमा असाधारण विधा हो जसको साधारणी करण हुँदैन । चोरी गर्न सिकाउने चौर्य कला भएझैँ धुत्र्याइँ सिकाउने कुनै शास्त्र छैन क्यारे ? तसर्थ रोटी सेक्नु वास्तवमा आफैँले विकास गर्दै लानुपर्ने विशिष्ट कला हो । विश्वव्यापी यो कला कसैले जन्मसिद्ध लिएर आएका हुन्छन् भने कसैले आर्जन गर्छन् । धेरैले भने जन्मसिद्ध कलामाथि आर्जन गर्दै, तिखार्दै, निखार्दै, माझ्दै, टल्काउँदै परिमार्जित गर्दै लैजान्छन् र अब्बलदर्जाको रोटी सेकुवा भएर निस्कन्छ ।
रोटी सेक्ने मैदानमा उत्रन वा डेभ्यू गर्न आवश्यकन्यू नतम योग्यतामध्ये पहिलो हो लाजसरमको परित्याग । लाजनामक तत्व बाँकी रहँदासम्म कसैले रोटी सेक्नै सक्दैन । लाज मानिसको गहना हो तर कुस्तीको मैदानमा त हनुमाने लँगौटीको भरमा उत्रने हो । गरगहनाले झकिझकाउ भएर महारानी एलिजा बेथले औपचारिक कार्यक्रममा लतार्नेजस्तो राजकीय वस्त्र धारण गरेर त कुस्ती जित्याजित्यै हो बाबै ।
दोस्रो विशेषता हो कालोलाई सेतो, सेतोलाई कालो भन्नसक्ने अर्थात् फटाहा बोल्ने दक्षता । रोटी सेक्दा पाइला–पाइलामा ढाँट्नु, छल्नु, जिल्याउनु सामान्य कुरो हुने भएकोले फट्याइँमा विद्यावारिधि नगरी रोटी सेकुवा बनौँला भनेर सपना नदेखे हुन्छ । यसमा विद्यावारिधि गर्न आइए, बीए, एमए, एमफिल गर्न नपर्ने नभएकोले डिग्री प्राप्त गर्न पनि सजिलै छ । व्यावहारिक जीवनमा सिकेको अनौपचारिक शिक्षाको भरमा नै उच्चतम परिणाम हासिल गर्नसकिन्छ ।

रोग पत्ता लगाएर औषधि गर्ने काम डाक्टरको भएझैँ अपराध अनुसन्धान गर्ने, हत्यारा पत्ता लगाउने काम प्रहरी, प्रशासन र सरकारको हो । एउटा डाक्टर चित्त नबुझे बिरामीले डाक्टर फेर्छ तर ओखती गर्ने डाक्टरले नै होवकिल, व्यापारी, शिक्षकले होइन । अनुसन्धान गरी हत्यारा पत्ता लगाउने काम प्रहरीकै हो, सजाय तोक्ने काम अदालतको । एउटाले गरेको चित्त नबुझे अर्को विश्वासिलो संयन्त्रबाट अनुसन्धान गराउन सकिन्छ तर त्यो काम गर्ने प्रहरीले नै गर्ने हो, पत्रकार होइन । बाँकी सहयोगी हुनसक्छन्, सुराकी हुनसक्छन्, अनुसन्धाता हुनसक्दैनन्, न्यायाधीश हुन सक्दैनन् । तर, अरूको वेदना, पीडामाथि राजनीति गरी दन्केको आगोमा रोटी सेक्ने व्यापारमा लिप्त रोटी सेकुवाको कारण अपराधी मस्तमौला घुमिरहेछ भने मरेर गएको दुई वर्ष नाघिसक्दा पनि नानीले न्याय पाएकी छैनन् ।

जित्नैपर्ने हुनु दक्ष रोटी सेकुवाको तेस्रो विशेषता हो । यसलाई जिद्दीपन भनिन्छ तर जित्ने स्वभावभन्दा भाषाको स्तर वृद्धि हुनाका साथै कर्णप्रिय पनि लाग्छ । जन्मसिद्ध यो गुण भए त सुनमा सुगन्ध भैगो । मैले भनेँ त भनेँ, भनेँ । मैले गरेँ त गरेँ गरेँ, हो भने हो हो, हैन भने हैन हैन । ‘देख्नेका आँखा फुटे, सुन्नेका सही’ भन्छन् नि हो त्यही ‘सुन्नेका सही’ वाला फर्मुला प्रयोग गर्ने क्षमता जति भयो उति अब्बल दर्जाको रोटी सेकुवा बन्ने ग्यारेन्टी हुन्छ ।
यसको अन्तिम विशेषता हो मानवताको त्याग । मानवीय संवेदनामा रहेर रोटी सेक्ने काम हुनैसक्दैन । यसो गर्दा यसलाई मर्का पर्ने त हैन भन्ने झिनामसिना भावले बाटो रोक्न थाल्छ भने रोटी सेकुवा बन्ने प्रयासै नगरे हुन्छ । तसर्थ मानवता नामक घाँडोको पूर्णतःपरित्याग पछि मात्र यो व्यापारको मैदानमा उत्रनु ठीक हुन्छ ।
केही सफल रोटी सेकुवा व्यापारको युगीन नमुना प्रस्तुत छ ः एउटी नानीको बलात्कारपछि विभत्स हत्या भयो । सहर बजारमै भएको यस घटनाले त्राहिमाम जनता विरोधमा उत्रे । परिस्थिति धपक्क बल्न थालेको देखेर कसैलाई लाग्यो ‘सेक् भाइ रोटी यही आगोमा ।’ उनैले ‘फलाना फलाना भएर हत्या गरेका हुन्’ भनेर किटानी बयान दिए, त्यो न उनको काम थियो, न अधिकार क्षेत्रभित्र पथ्र्यो । आधिकारिक निकायलाई पूर्णतः पाखा लगाउँदै एउटा पत्रिकाको कुरा पूर्ण सत्य ठानी त्यसैको लहैलहैमा लागेर क्रस चेकसम्म नगरी दुनियाँले हत्यारामात्र चिनेन, आफैँ अदालत, आफैँ न्यायाधीश भएर सजाय नै मुकर्रर गरिदियो । कसैले यसो पो हो कि भन्यो भने उसैलाई हत्याराको मतियार, पैसामा बिकेको, शक्तिको अगाडि लम्पसार गरेको भिल्ला भिराइदियो, बस् ।
रोग पत्ता लगाएर औषधि गर्ने काम डाक्टरको भएझैँ अपराध अनुसन्धान गर्ने, हत्यारा पत्ता लगाउने काम प्रहरी, प्रशासन र सरकारको हो । एउटा डाक्टर चित्त नबुझे बिरामीले डाक्टर फेर्छ तर ओखती गर्ने डाक्टरले नै होवकिल, व्यापारी, शिक्षकले होइन । अनुसन्धान गरी हत्यारा पत्ता लगाउने काम प्रहरीकै हो, सजाय तोक्ने काम अदालतको । एउटाले गरेको चित्त नबुझे अर्को विश्वासिलो संयन्त्रबाट अनुसन्धान गराउन सकिन्छ तर त्यो काम गर्ने प्रहरीले नै गर्ने हो, पत्रकार होइन । बाँकी सहयोगी हुनसक्छन्, सुराकी हुनसक्छन्, अनुसन्धाता हुनसक्दैनन्, न्यायाधीश हुन सक्दैनन् । तर, अरूको वेदना, पीडामाथि राजनीति गरी दन्केको आगोमा रोटी सेक्ने व्यापारमा लिप्त रोटी सेकुवाको कारण अपराधी मस्तमौला घुमिरहेछ भने मरेर गएको दुई वर्ष नाघिसक्दा पनि नानीले न्याय पाएकी छैनन् ।
अर्को उदाहरण ः हाम्रो देशको राजनीतिमा छिमेकी मित्रराष्ट्रको चासो निकै बढी भएको तथ्य कसैसँग लुकेको छैन । अस्थिरता नै राजनीतिको स्थिर चरित्र भएको हाम्रो देशमा बलिरहने राजनीतिको आगोमा छिमेकीले रोटी सेक्दै आएको पनि तीतो सत्य हो । यसमा उसको भन्दा बढी दोष हाम्रै छ किनभने हाम्रोभन्दा उसको इच्छा पूरा गरिदिने नेता छान्ने हामी नै हौँ । ‘आफ्नै छोरी उत्ताउली तन्नेरीलाई दोष’ भनेझैँ छोरीले मनपेट नदिए तन्नेरीको दया चल्दैन ? लोभीपापीलाई सत्ता सुम्पने हामी, छिमेकीले रोटी सेक्यो भनेर केको रोइलो ? पहिले त्याग गरेका तर भिजन नभएका, विद्रोह गर्ने साहस भएका तर राज्य चलाउने कुशलता नभएका, महत्वाकाङ्क्षा पालेका तर इमान नभएका, सङ्गठन विस्तारमा दक्ष तर राष्ट्र निर्माणको योजना नभएका, कम काम कुरा ज्यादा जान्ने, जिद्दी स्वभावका, व्यक्तिगत स्वार्थमा लिप्तलाई नेतृत्व सुम्पेका छौँ त राम्रो परिणाम कसरी आओस् । धतुरो रोपेको ठाउँमा अम्बा फल्छ ?
उताका मुर्दाले यताका ज्यूँदालाई ठग्छन् भन्थे तर अहिले दृश्य उल्टो छ । यताकाले उताका चतुरमानलाई समेत थाङ्नामा सुताइदिए । माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात भनेझैँ घुम्न आएका मुखिया बाको बिनसित्तिमा नागरिक अभिनन्दन गरेर उता पनि फुरुङ पारेकै छ, यता चौबीस क्यारेटको राष्ट्रवादी छवि बनाएर मुखिया पद पनि पड्काएर अधिकार सबै गुटुमुट्याएर बाँकी बक्यौतालाई ठेँगा देखाउन भ्याएकै छ । यस्ता रोटी सेकुवाको फेला परेका घिउ बेचुवा र तरबार बेचुवा मच्याछन्, मच्याछन् थच्याछन् ।
सही मौकामान क्कली बर्को ओढेर जगाएको राष्ट्रवादको धुनीमा रोटी सेकुवाले मजाले रोटी सेके, तर देश र जनता कहाँ पुगे त ? यदि त्यो राष्ट्रवाद यथार्थ हुँदो हो त आज स्वास्थ्य, शिक्षामा मौलाएको व्यापारको ग्राफ ओरालो लागेर कृषि र निर्यातको ग्राफ उकालो लागिरहेको हुँदो हो ? हरेक वर्षझैँ यो वर्ष पनि असारमा किसानले ओठमुख सुकाउँदै रासायनिक मलको खोजमा चप्प लखियाउन नपर्दो हो । दलाल र गनाएका व्यक्तिको साटो योग्यतम योग्यलाई महत्वपूर्ण जिम्मेवारी सुम्पने परिपाटी बसिसक्दो हो ।
म्याद सकिनुभन्दा चार वर्षअघि नै यति हो कि उति हो लाई सरकारी जग्गामा व्यापार चलाउने अधिकार दिनुभन्दा चुच्चे नक्सापास गरेपछि छिमेकी मुखियासँग टेलिफोन वार्तामा सीमा समस्या सुल्झाउने कुरो दृढतापूर्वक राखिँदो हो । कोभिड–१९ ले आक्रान्त मुलुकका मुखियालाई महिना महिना दिनसम्म कोरोनासम्बन्धी बैठकसम्म नगर्ने तर बिनाअध्ययन अनुसन्धान सनकको भरमा राम जन्मभूभि घोषणा गर्ने हुटहुटी नलाग्दो हो । आजको विषम परिस्थितिमा मुख्यमन्त्रीलाई बोलाएर अस्पताल, क्वारेन्टिन, भेन्टिलेटरभन्दा बनाउने निर्देश नदिनुको साटो ‘मैले भनेँ नि राम त्यहीँ जन्मेका हुन्, मूर्ति बनाउन थाल्नु होस्’ जस्ता निर्देशन नदिइँदो हो ।
तसर्थ, राष्ट्रवादको खोल ओढेर सत्तामा प्राप्ति नामक स्वार्थको रोटी सेक्न सफल रोटी सेकुवा टाइपको व्यापारीको फेला परेका हामी जनता आफैँले गरेको मतदानप्रति पश्चाताप गर्दै तिनलाई भोट दिने आफ्नै हात लोरोले किच्दै बसौँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *