भर्खरै :

“हरेक भाषा मानव सभ्यताको सम्पत्ति हो”

सहभागी साथीहरू तथा मजदुर र किसान जनतामा नेपाल संवत् ११४१ नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दछु ।
भाषा नै नभए हामीले कसरी बोल्ने ? मनको कुरा कसरी बताउने ? एउटा भाषा विकास गर्न सयौँ, हजारौँ वर्ष लाग्छ । हरेक भाषा मानव सभ्यताको सम्पत्ति हो । यसकारण हरेक भाषा संरक्षणमा ध्यान दिनु जरुरी छ । भाषाको विकासबाट साहित्यको पनि विकास हुन्छ । साहित्यले जनतालाई उठाउन सजिलो हुन्छ, नयाँ नयाँ विकास गर्न सजिलो हुन्छ । हडप्पा सभ्यता, मोहेनजोडारो र मिश्रको सभ्यताको अक्षर, लिपि भए पनि मान्छे नभएकोले भाषा रहेन । भाषा नरहे धेरै कुरा हराउँछ । मानव हरायो भने भाषा हराउने भएकोले हामीले मानिस जिउनुपर्ने भन्दै आएका हौँ । यसमा सरकारले जति ध्यान दिनुपर्ने हो त्यति ध्यान दिएको छैन । हामी जनताले पनि बुझ्न सकेनौँ ।
हामीलाई रुघा लागेसरि कोभिड – १९ रोग रहिरहे कुनै पनि बेला धेरैै मान्छे मर्न सक्छन् । यो रोगले दुई तीन परिवारका सबै सदस्य मरेको हामीले अखबारबाट थाहा पाएका छौँ । रोग लागे पनि मान्छेले पत्तो पाउन सकेको हुँदैन । रुघा लाग्दा र छाती दुख्दा पनि तुरून्तै अस्पताल जान नसक्नु र अस्पतालले पनि बिरामीलाई सहजै भर्ना नलिँदा मानिस अकालमा मरिरहेका छन् । यसमा उपत्यकाका जनताले धेरै ध्यान दिनु आवश्यक अनुभव हुँदै छ । किनभने यहाँ जनसङ्ख्याको घनत्व बढी छ ।
नगर विकास गर्छु भनेर बाहिरबाट आउने इन्जिनियरहरू नै काठमाडौँ उपत्यका विनाशका दोषी हुन् । हामीले देशको सन्तुलित विकास गर्नुपर्छ, सबै जनतालाई एकै ठाउँमा राख्नु हुन्न भन्नेमा जोड दिँदै आएका छौँ । सबै अण्डा एउटै टोकरीमा राख्दा केही गरी टोकरी खस्यो भने सबै अण्डा फुटेजस्तै सबै मान्छे एकै ठाउँमा राख्दा महामारीमा धेरै मानिस मर्न सक्ने र सभ्यता नै समाप्त हुने सम्भावना हुन्छ । नगर विकासको नाममा ठूल्ठूला घर बनाउने र निर्माण सामग्री उद्योगीबाट कमिसन खाने तथा करोडपति र अर्बपति हुने अनि जनता मार्नेमात्र जानेका छन् शासकहरूले । भोलि आउनसक्ने सङ्कटको बारे यिनीहरूले ध्यान दिएनन् । हामीले २०÷३० वर्षदेखि नै यस्तो विषयमा संसद्मा आफ्नो विचार राख्दै आएका छौँ । यो स्थिति आउला भनी उनीहरूले विचारै गरेनन् । यसकारण हामीले सङ्घर्ष नगरी नहुने भयो ।
गत वैशाखको बिस्केट पर्वपछि हामीकहाँ कोरोना सङ्क्रमण बढ्यो । बाहिरबाट धेरै मान्छे उपत्यका प्रवेश गरेका कारण हुलमुल बढ्दो छ । कसैमा रोग छ कि छैन हेरेर थाहा हुन्न । पहिला घेरभेटीलाई रोग स¥यो, त्यसपछि टोलका मान्छेमा र नातागोता, दाफा, भजनमा भेटिएका मान्छेलाई रोग स¥यो । रोगी व्यक्तिले छोएको ठाउँमा अर्को मान्छेले छुँदा अरूलाई पनि रोग सर्ने भयो । त्यसकारण दुई मिटरको दुरी कायम गरी बस्नुपर्ने र हात धोइराख्नुपर्ने हो । घरमा आएका कोही रोगीबाट रोग सर्न सक्छ । यो रोग नयाँ र अत्यन्तै सङ्क्रामक भएकोले यसको बारेमा अनुसन्धान भइरहेको छ । रोगीसँगै बसेर भोज खाँदा पनि रोग सारेको पाइन्छ । भक्तपुरका वडाध्यक्ष साथीहरूले घर–घरमा गएर जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेको कारण हाम्रा साथीहरूलाई पनि यो रोग स¥यो । त्यसकारण हामी सतर्क हुनुपर्छ ।

नगर विकास गर्छु भनेर बाहिरबाट आउने इन्जिनियरहरू नै काठमाडौँ उपत्यका विनाशका दोषी हुन् । हामीले देशको सन्तुलित विकास गर्नुपर्छ, सबै जनतालाई एकै ठाउँमा राख्नु हुन्न भन्नेमा जोड दिँदै आएका छौँ । सबै अण्डा एउटै टोकरीमा राख्दा केही गरी टोकरी खस्यो भने सबै अण्डा फुटेजस्तै सबै मान्छे एकै ठाउँमा राख्दा महामारीमा धेरै मानिस मर्न सक्ने र सभ्यता नै समाप्त हुने सम्भावना हुन्छ । नगर विकासको नाममा ठूल्ठूला घर बनाउने र निर्माण सामग्री उद्योगीबाट कमिसन खाने तथा करोडपति र अर्बपति हुने अनि जनता मार्नेमात्र जानेका छन् शासकहरूले । भोलि आउनसक्ने सङ्कटको बारे यिनीहरूले ध्यान दिएनन् ।

नेवारी समुदायमा पहिला–पहिला बाहिरबाट आउनेहरूलाई छुट्टै बसाल्ने र परदेशबाट आएका सदस्यलाई घरमै अलग सुताउने परम्परा थियो । यस विषयलाई हामीले बिस्र्यौँ । बाहिरबाट कुनै धातुको वस्तु घरभित्र लग्नुअघि आगोमा छुवाउने परम्परा थियो । विदेशबाट आएको मान्छे कपाल खौरेर, नुहाएर सफा भई घर छिर्ने चलन थियो । खाना पनि अलग दिइन्थ्यो । यो रोगबाट बच्न पनि त्यसो गर्नुपर्नेरहेछ ।
अहिले तलदेखि बुइँगलसम्म जुत्ता लगाउने चलन हुँदै आएको छ, यो राम्रो होइन । बरु पहिलेकै चलन राम्रो थियो । हामीले मासुलगायतका खानेकुरा बाहिरबाट ल्याउँदा एक्कासि भान्सामा लाँदैनथ्यौँ । केही समय बाहिर राखेर वा सामान पखालेरमात्र भित्र लैजाने चलन थियो । मासुमा बेसार दलेर भित्र लग्ने चलन थियो । यस्तो कुरा जान्ने ज्येष्ठ नागरिकहरू आज कम छन् । स्वास्थ्यको बारेमा हामी सचेत बन्नुपर्छ । बरोबर साबुन पानीले हात धुने बानी बसाल्ने, दुरी कायम गरेर बस्ने, मुखमा मास्क लगाउने गर्नुपर्छ । चिकित्सकहरूको सल्लाहअनुसार अहिले कोरोनाको महामारी रहेसम्म कसैकोमा भोज नजाने, कसैलाई भोज पनि नबोलाऔँ र दाफा भजनमा जाने पनि ठीक होइन ।
बेलायतबाट हिन्दुस्तान गएको एक जना सिने कलाकारले पुगेकै दिन एउटा होटेलमा भोज बोलाएको थियो । सबैसँग हात मिलाएछ । त्यहीँबाट धेरैलाई कोभिड– १९ सरेको थियो । हामीले पनि यो महामारीको बेलामा कसैलाई भोज बोलाउनु भनेको रोग सार्नुजस्तै हुन जान्छ । यसकारण चाडबाडमा हामी सतर्क होऔँ ।
औद्योगिक क्षेत्रमा रहेका कारखानाहरूले तेजावजस्तै रसायनिक पदार्थ बगाइरहेका छन् । त्यस्ता रसायन ढलमा मिसिन्छ । ढलबाट खोलामा जान्छ । हामीले खोलाको पानी हातमुख धुन, खेतबारीमा सिंचाइ गर्न र कपडा धुन प्रयोग गरेका छौँ । सरकारले जानाजान गरिब जनतालाई मार्ने योजना बनाउँदै छ । यहाँका किसान मारेर खेतबारी सस्तोमा लिने उनीहरूको सोच छ । यसकारण सघन बस्तीबीचको औद्योगिक क्षेत्रमा रहेका त्यस्ता कारखानाहरू बन्द गर्नुपर्छ । नेपाली काङ्ग्रेसको सरकारकै बेला यस्तो गल्ती भएको थियो । नेपाली काङ्ग्रेसले हिन्दुस्तानबाट आएका केही मारवाडीहरूसँग पुँजी लिएर उद्योग चलाउन दियो । ती मारवाडीहरूलाई यहाँका मान्छेहरू मर्नुसँग ती कुनै मतलब हुँदैन । उनीहरूले वर्षको ८÷१० हजार रुपैयाँ बहाल तिरेर हाम्रो करोडौँ पर्ने जमिन कब्जा गरिरहेका छन् । हस्तकला उद्योग सञ्चालन गरेर यहाँका मान्छेलाई काम दिने भनेर सस्तोमा जमिन लिएर बनाइएको थियो ‘सानो उद्योग क्षेत्र’ । अहिले करोडपति, अर्बपतिलाई उद्योग चलाउन दिएर सरकारले गल्ती ग¥यो । नेपाली काङ्ग्रेसका हरेक कार्यकर्तालाई हामीले भन्नुपर्छ, तिमीहरूले गर्दा हाम्रो देशले दुःख पाएको हो । अहिले एमाले र माओवादीको नेकपा सरकारले पनि त्यही काम दोहो¥याइरहेको छ । उपत्यकावासीलाई जातीय हिसाबले नै उठिबास लगाउन यिनीहरू ठूलो षड्यन्त्र गर्दै छन् । शासक वर्गहरू जहाँका भए पनि हत्यारा नै हुन्छन् । दास व्यवस्थामा पनि यस्तै हो । अहिले नेपालका शासक वर्ग सङ्कीर्ण छ । अरूलाई उनीहरू उठ्नै दिँदैनन् । अहिलेको सरकार पनि जातिवादी छ । यहाँका जनताको पिरमर्कामा यिनीहरू हेर्दै हेर्दैनन् । यसकारण जानेर वा नजानेर सरकारमा गएका पार्टी कार्यकर्ताहरूले आफ्नोे खुट्टामा बन्चरो हानिरहेका छन् ।
वर्तमान शासक वर्गले आफ्नो जात र धर्मबाहेकका अरू सबैलाई सानो ठानेको छ । यिनीहरूमा बडाराष्ट्र अहङ्कारवादको घमण्ड छ । नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा सबै सङ्कीर्ण बडाराष्ट्र अहङ्कारवादीहरू हुन् । हिटलर र मुसोलिनीले जस्तै यिनीहरू अरू धर्म, जात, भाषा संस्कृतिलाई देखी सहँदैनन् । अमेरिकामा काला मानिसलाई समातेर घाँटी थिचेर मारियो । त्यहाँ ठूलो उपद्रव तथा आन्दोलन भयो । यहाँका जनता सहेर बसेका छन् ।
सरकार १० लाख रुपैयाँ पर्ने जग्गालाई १ लाखमा अधिग्रहण गर्न खोज्छ । फास्टट्रयाकमा पनि जनताको जग्गा कौडीको मोलमा लिएर जनताको उठिबास गर्न खोजिरहेको छ । सबै मान्छे काठमाडौँमा केन्द्रित गरिँदा एउटा एटम बम खसालियो भने लाखौँ लाख मान्छे मर्न सक्छन् । यहाँ हिरोसिमा र नागासाकीको नियति हुनसक्छ । मानव बस्तीनजिक सेनाको व्यारेक राख्नुहुन्न । नगर वा बस्तीभन्दा कमसेकम २० किलोमिटर टाढा राख्नुपर्छ । लडाइँ भएको बखत सबभन्दा पहिले सैन्य व्यारेकमा आक्रमण हुन्छ । भारत र अमेरिकाले जहाँ पनि बम आक्रमण गर्नसक्छन् । लडाइँमा आक्रमण हुन्छ हुन्छ । त्यसकारण सबै मान्छे एकैठाउँमा जम्मा गर्नु हुन्न, टाढा टाढा राख्नुपर्छ, देशको सन्तुलित विकास गर्नुपर्छ भनेर हामीले संसद्मा २५ वर्षभन्दा पहिले आवाज उठायौँ तर शासकहरूले सुनेनन् । जसरी पनि काठमाडौँ उपत्यका ध्वस्त गर्ने उनीहरूको यस्तो सोच गलत हो ।
रोगव्याधीको समयमा पैसा हुनेहरूले त उपचार गर्नसक्छन् तर पैसा नहुने गरिबहरू मर्नेछन् । बरु, सबै प्रदेश राजधानीमा बजार, उद्योग, कलेज, विद्यालय, अस्पतालको विकास गर्नुपर्ने हो, प्रदेश सरकारले त्यसो गरेन । अहिलेसम्मका सबै प्रधानमन्त्री र सरकार यसका दोषी छन् । सिंहदरबारमा जुन जुन प्रधानमन्त्रीहरूको फोटो झुन्ड्याइएको छ, उनीहरूलाई त कठघरामा राखे बराबर हो । प्रधानमन्त्री भएर सरकारमा गएर गलत काम गर्नेहरूमध्ये बाँचेकाहरू पनि मरे बराबर हुन् । मरिसकेका र जिउँदा लासजस्ता सबै पूर्वप्रधानमन्त्रीहरू आजको देशको स्थितिको निम्ति जिम्मेवार छन् ।
अमेरिकामा अन्य सबै जातजातिहरूलाई दबाउने ट्रम्पले गरेको व्यवहारको कारण अमेरिकी जनता विरोधमा उत्रिएका थिए र जनता मिलेर ट्रम्पलाई हराएका हुन् । तर, ट्रम्पको जस्तै बुद्धि भएका, अरूलाई उठ्नै नदिनेहरू प्रतिक्रियावादीहरू अहिले पनि छन् । हामीकहाँ पनि यस्तै हो । हिन्दुस्तानका मोदी सरकार उस्तै छ । त्यहाँ हिन्दू धर्म बाहेककालाई मार्ने, काट्ने, दबाउने काम भइरहेका छन् । नेपालीहरू पनि त्यहाँ छन् । नेपालीहरूलाई ‘तिमीहरू वीर’ भनेर लडाइँमा अगाडि राख्छन्, पाकिस्तानसँग लड्नु परे पनि र चीनसँग लड्नु परे पनि अगाडि राख्ने गर्छन् । अङ्ग्रेजहरू पनि त्यस्तै गर्छन् । उनीहरू आफू बाँच्नको निम्ति अरूलाई बलि चढाउने गर्छन् ।
अन्त्यमा, जनताको भाषा भएन भने यस्ता कुरा कसरी बुझ्ने ? यसकारण भाषा आवश्यक छ । हामी जनता नै रहेनौँ भने भाषा पनि रहँदैन । अरूका भाषा पनि हामीले सिक्नुपर्छ, अन्य भाषामा राम्रा राम्रा पुस्तक र साहित्यहरू भए अनुवाद गर्नु आवश्यक छ । मैथिली, भोजपुरी, तामाङ, राई, लिम्बु आदि सबै भाषाको जगेर्ना गर्नु जरुरी छ । विद्यालयमा त्यस्ता भाषा जान्नेहरू हुनुपर्छ । हामी कर्मचारी भएर तराईतिर गयौँ भने त्यहाँका जनताले यहाँको भाषा नबुझ्न सक्छन् । अन्य ठाउँमा पनि त्यस्तै हो । उनीहरूको भाषामा बुझाउन सकियो भने राम्रो हुन्छ । यो सबै कुरा बुझेर साथीहरू अगाडि बढ्नु हुने आशा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *