भर्खरै :

५०२ सङ्क्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौँ, २ मङ्सिर । पछिल्लो २४ घण्टाको अवधिमा मङ्गलबार थप ५ सय बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म देशभर कुल सङ्क्रमितको सङ्ख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल सङ्क्रमितमध्ये ३० हजार ९८६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
मङ्गलबार २ हजार ८७८ जना सङ्क्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या १ लाख ७९ हजार २४२ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल १ हजार ३ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।
घट्यो पीसीआर परीक्षण, ३५६ जना आईसीयू र भेन्टिलेटरमा
सरकारले पीसीआर परीक्षणको दायरा घटाएको छ । सोमबार ३ हजार १ सय १२ जनाको मात्रै पीसीआर परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
सो सङ्ख्यामा पीसीआर परीक्षण गर्दा ५ सय २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २०४ जना महिला छन् भने २९८ जना पुरुष छन् । मङ्गलबार सबैभन्दा धेरै बाग्मती प्रदेशमा सङ्क्रमित थपिएका छन् । बामगतीमा ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार प्रदेश १ मा ८, प्रदेश २ मा २७, गण्डकी १८ लुम्बिनी ६७ र सुदूरपश्चिम प्रदेशमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ९८६ छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २८ हजार २०७ जना होम आइसोलेसनमा छन् ।
त्यस्तै गरी ३५६ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । ३१८ जनाको आईसीयूमा र ३८ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ हजार ८७८ सङ्क्रमित निको भएका छन् । कुल सङ्क्रमितमध्ये १ लाख ७९ हजार २४२ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *