भर्खरै :

‘एक्ले रोग’ को यो पक्ष पनि !

सृष्टिले प्रकृति र प्राणीलाई सँगसँगै बस्न र बाँच्न सिकाएको छ । त्यसैले त संसार विचित्रको छ । सुख र दुःख दाजु–भाइ हुन् । दुःख नबुझेकोले सुखको अनुभूति गर्न नै सक्दैन भने सुख नपाएकोले दुःख बुझ्दैन । सुखानुभूति गर्न दुःख भोगेको हुनुपर्छ दुःखानुभूति हुन सुख पाएको हुनैपर्छ । सधैँ वातानुकुलित स्थितिमा बस्नेले चिसो र तातोको अन्तर बुझ्दैन । अहिले एउटा महामारी फैलिएको छ नि संसारभर कोभिड–१९ वा कोरोना भाइरस । यसलाई दुई विरोधी ‘एक्लै मात्र मन पराउने’ भन्ने बुझेँ मैले । तसर्थ मैले यसको नाम एक्ले भन्ने राखेँ । एक्लै बसे रोग नलाग्ने दुक्लै भए रोग लाग्न सक्ने । एकजनाभन्दा बढी भए निश्चित दूरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने, एउटाले अर्कोलाई छुनै नहुने । यहाँसम्म कि लोग्ने स्वास्नी पनि टाँसिएर बस्न नहुने । कस्तो रोग त यो । आजको युगमा पनि एक्लै बस्नुपर्ने, एक्लै बस्न बाध्य पार्ने । वास्तवमा बाध्य पार्नु एक प्रकारको रोगै त हो । यो भो यो एक्लेप्रति मेरो दृष्टिकोण । यसलाई दृष्टिकोण नभनी दृष्टिदोष पनि भन्न सकिन्छ । जे जसका लाभ, हानि, फाइदा बेफाइदा हुन्छन्, सिक्काका दुई पाटा भनेजस्तै । कोरोनाले संसारलाई सरसरती हेर्दा थला पा¥यो । तर दीर्घकालीन र सृष्टिको निरन्तरताका लागि योगदान गरेको पनि रहेछ । बढी विकासबाट उत्सर्जन हुने कार्बन घटेछ त ¤ सन् २०१९ मा ३६ अर्ब ४० करोड मेट्रिक टन कार्बन उत्सर्जन भएको रहेछ । तर, सन् २०२० मा ३४ अर्ब मेट्रिक टनमात्र जम्मा भएछ ।
क्षतिमात्र होइन उपलब्धि पनि छ
यसरी कार्बन डाइअक्साइड २ अर्ब ४० हजार मेट्रिक टन घट्नु भनेको साधारण उपलब्धि होइन । मान्छे यति सुविधा, यति सुविधा खोज्ने यो जसको सीमा नै भएन । कार्बन उत्सर्जनमा यसरी कमी आउनुमा लकडाउन–बन्दाबन्दी– को समयमा मानिसहरू घरबाट बाहिर ननिस्कनु, कार र विमानबाट यात्रा नगर्नु, कमै गर्नु हो रे ¤ यसो निष्कर्षमा पुग्ने वैज्ञानिकहरू यो महामारी समाप्तिसँगै कार्बन उत्सर्जनको मात्रा अझ बढ्ने अनुमान गर्दै छन् । सडकमा गुड्ने यातायातका साधनहरूले कुल कार्बन डाइअक्साइडको पाँच भागको एक भाग ओगट्ने गरेको रहेछ । ताप बन्दक ग्याँस सबभन्दा बढी सवारी साधनबाट उत्सर्जन हुनेरहेछ । एक पक्षबाट हेर्दा यो कोभिड–१९ ले सबैजसोमा कल्पनातीत दुष्प्रभाव पा¥यो, अझै पारिरहेको छ । तर कार्वन उत्सर्जनको क्षेत्रमा भने सकारात्मक प्रभाव पनि पा¥यो । जलवायु परिवर्तनको कारण खतराको शङ्ख बजिरहेको बेला कोरोनाको कारण संसारका धेरै ठाउँमा बन्दाबन्दी भयो । यही बन्दाबन्दीले गर्दा विश्वका धेरै क्षेत्रबाट उत्सर्जन हुने कार्बन डाइअक्साइडको उत्सर्जन सात प्रतिशतले घट्यो र यति धेरै प्रतिशत कार्बन उत्सर्जन घट्नु हालसम्मकै सबभन्दा धेरै हो भन्ने ठहर छ कार्बन उत्सर्जनको क्षेत्रमा अनुसन्धान गरिरहेका संसारभरका अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको साझा समूह ग्लोबल कार्बन प्रोजेक्टको ।
महामारीपछि के उत्सर्जन घट्छ ?
यो आजको महामारीले एउटा ऐकान्तिक जीवन रोज्नुपर्ने स्थिति खडा गराए पनि कार्बन उत्सर्जन भने ह्वात्तै घटाएर एउटा आशालाग्दो भविष्य देखाएर नयाँ काम ग¥यो भने सहज जीवनको भविष्य छ भन्ने सन्देश पनि दिएको छ । संरा अमेरिकामा नपत्याउँदो किसिमले उत्सर्जन घटेको छ । प्रतिशतको मापन गर्दा १२ प्रतिशत घटेको पाइएको छ । जिज्ञासा हुन्छ युरोपमा के भयो होला ? भन्ने यो विश्वव्यापी कोभिड–१९ को कारण युरोपमा ११ प्रतिशतले उत्सर्जन घटेको छ रे ¤ चीनमा भने १.७ प्रतिशतले मात्र उत्सर्जन कटौती भयो । कि चीनमा कम कटौती ? भन्ने प्रश्नमा चीनले सुरूमै लकडाउन गर्नु र त्यहाँ दोस्रो लहर नफैलनु हो भन्ने विश्लेषण छ । चीनमा कम प्रतिशत कटौती हुनुका अरू कारणमा चीनको उत्सर्जन उद्योगमा आधारित उत्सर्जन हो । उद्योगबाट हुने उत्सर्जन यातायात क्षेत्रबाट हुने उत्सर्जनजस्तो घातक हुँदैन भन्ने विश्लेषण छ । कार्बन उत्सर्जन घटेर पनि हावामा प्रतिसेकेन्ड औसत एक हजार ७५ टन कार्बन डाइअक्साइड जम्मा भइरहेको भन्ने दाबी गरिएको छ । यद्यपि सन् २०१८–१९ मा जुन वृद्धि भएको छ त्यसको तुलनामा कमै मानिएको छ । महामारी साम्य भएपछि उत्सर्जन घट्ने अपेक्षा गरिए पनि स्टानफोर्ड उड्स वातावरण प्रतिष्ठानका निर्देशक भने यो अनुमानसँग विमति राख्छन् र कार्बन उत्सर्जनमा वृद्धि हुनसक्नेमा चिन्ता व्यक्त गर्छन् । यो यस्तै छ । राय फरक छ ।
कोरोना होशियार हुन घण्टी ?
कार्बन डाइअक्साइड उत्सर्जनको दृष्टिबाट कोरोना महामारी सहयोगी भएर आएको रहेछ । समस्त मानव समाज र आधुनिक विज्ञान एवम् प्रविधिको उत्सर्गलाई यो कोरोना चेतावनीको रूपमा आएको भन्दा बढी होला र ? सरसरती हेर्दा यो विचार सकारात्मक लाग्दैन । परन्तु, समस्त सृष्टि नै स्वाहा पार्ने गरी प्रतिक्षण बाक्लो हुँदै गरेको विश्व उष्णीकरणको महामारीलाई आजका निर्णायक मान्छेहरूले उपेक्षा गरिरहेको आजको विश्वमा प्रकृतिले नै यो कोरोना सन्देशको रूपमा पठाएको जस्तो लाग्यो । कहिले कहिले यो संसारमा यस्ता शासक पैदा हुन्छन् जो विश्व जलवायुसम्बन्धी निष्पत्तिलाई समेत मान्दैनन्, जो विश्व स्वास्थ्य सङ्गठनबाट निस्कन्छन् । साथै सहयोग गर्ने भनी बोलेको रकम पनि दिँदैनन् । यस्ता अपवाद पनि आइलाग्छन् यो संसारमा । यसको सशक्त उपमामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । विश्व जलवायु सम्मेलनको निर्णय नमान्ने, विश्व स्वास्थ्य सङ्गठनबाट बाहिर निस्कने र दिन्छु भनी वचनबद्ध भइसकेको रकम पनि नदिनेजस्ता सामाजिक सामान्य मान्छेले पनि नगर्ने काम उनले गरे । तर निर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि ती दुवै संस्थामा संरा अमेरिकाले पूर्ववत संलग्न हुने र आफ्नो राष्ट्रको वचनबद्धता पूरा गर्ने या त्यता फर्कने भनिसकेका छन् । यो विश्व स्थितिमा आजको मान्छे निर्णायक तहका मान्छेहरू पूर्ण उत्तरदायित्व बहन गर्ने हुनुप¥यो, कोरोनाबाट सिक्नुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *