भर्खरै :

भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी ऐन, २०७६ – एक चर्चा

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा मात्र होइन सरसफाइमा पनि उत्तिकै जोड दिँदै आएको छ । तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका जनप्रतिनिधिहरूले विसं. २०३९ देखि सफाइ आन्दोलन चलाउँदै आएका थिए । हालसम्म पनि सफाइ आन्दोलन चालू छ । यसको ज्वलन्त उदाहरण हरेक महिना पाक्षिकरूपमा चल्दै आएको सरसफाइ कार्यक्रमलाई लिन सकिन्छ । सफाइ कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्थानीय दाफा, भजन, गुठी, सङ्घ–संस्थाका सदस्यहरू, स्कूल, कलेजका विद्यार्थीहरू, स्थानीय जनता, सहकारी, टीम, क्लवलगायत सम्पूर्ण क्षेत्रका जनताको उल्लेख्य सहभागिता रहँदै आएको छ । विगतदेखि जननिर्वाचित प्रतिनिधिहरूले सरसफाइ कार्यक्रम नियमितरूपमा गर्दै आएका थिए । नियमित सरसफाइ कार्यमा सफाइ मजदुरहरू क्रियाशील नै छन् । हाल नगरपालिकामा सफाइ मजदुर करारका ५७ जना, स्थायी सफाइ मजदुर २१ जना, ड्राइभर १३ जना, हकर १२ जना, वेस्ट लोडर २४ जना, ट्वाइलेट सफा गर्ने मजदुर ७ जना, कम्पोस्ट मल बनाउने मजदुर ५ जना, वडा इन्स्पेक्टर १० जना र नगर इन्स्पेक्टर १ जना निरन्तर सरसफाइमा लागिरहेका छन् । दैनिक ३० टन नगरबाट निस्कने फोहरमा २८ टन फोहर नगरपालिकाले उठाउँदै आएको छ । नगरपालिकाले वार्षिक ६ करोड रूपैयाँ सफाइमा खर्च गर्दै आएको छ ।
हिजो २०७२ सालको भूकम्पमा पनि सफाइ कार्य चालू थियो भने गत २०७६ चैत ११ गतेबाट लकडाउन भएपछि पनि सरसफाइ जारी छ । जुनबेला मानिसहरू कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न घर–घरमा बसिरहेका थिए, त्यसबेला पनि सफाइ मजदुरहरू नगर सफा गर्न निरन्तर लागिरहेका थिए । यो सराहनीय काम हो । मानिसहरू घर भत्केर र पराकम्पनदेखि डराएर टहरामा सुत्न बाध्य भए । त्यसबेला पनि सफाइ कर्मचारी सफाइ कार्यमा निरन्तर लागिरहेको नगरवासीहरूले प्रत्यक्ष देखेको कुरा हो । त्यसैले भक्तपुर नगरपालिका शिक्षा र स्वास्थ्यमा मात्र होइन, सरसफाइमा पनि अगाडि बढेको छ । देशकै ७५३ पालिकाहरूमध्ये सरसफाइमा भक्तपुर नगरपालिका अगाडि पर्दछ । हाल भक्तपुर नगरपालिकाका हरेक वडामा कुहिने र नकुहिने फोहर ट्राइसाइकलमार्फत सङ्कलन हुँदै आएको छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा प्रकाशित स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा ‘नेपालका नगरपालिकाहरूलाई सफा–स्वच्छ बनाउन घर–घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने अलग–अलग सङ्कलन गर्ने र कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउने र नकुहिने फलाम, काँच, इँटा, सिसा, प्लाष्टिकलाई पुनः प्रयोगको लागि पठाउने’ उल्लेख छ । साथै ‘घर घरबाट निस्कने फोहोर ढललाई उपचार गरिसकेपछि मात्र खोला वा नदीमा छोड्ने व्यवस्था गर्ने र प्रदूषणमूलक उद्योगको अलगै उपचार पोखरी बनाउने’ र ‘सहरको सडकको दायाँबायाँ हरियाली विकास गर्ने र यात्रुहरूलाई अप्ठेरो नहुने गरी गाडी पार्कको व्यवस्था गर्ने’ उक्त घोषणापत्रमा उल्लेख छ । भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीको घोषणापत्र –२०७४ को बुँदा नं. ५ मा ‘फोहरमैला कुहिने र नकुहिने अलग्ग गरी अन्तिम व्यवस्थापन गर्ने’ उल्लेख छ । भक्तपुर नगरपालिका र यहाँनिर्वाचित भएका नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू ती नै घोषणापत्रका प्रतिबद्धताहरू कार्यान्वयन गर्न तत्पर छन् । घोषणापत्र कार्यान्वयन गर्न कतिपय अवस्थामा कानुनको आवश्यकता पर्दछ । यही आवश्यकता पूरा गर्नको लागि भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी ऐन, २०७६ नगरसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन – २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको छैठौँ नगरसभा २०७६ बाट यो ऐन पारित गरिएको थियो । बढ्दो सहरीकरणसँगै भक्तपुर नगरपालिका क्षेत्रभित्रको सडक, गल्ली तथा धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको रूपमा रहेका सार्वजनिक स्थलहरू जस्तै खोला, नाला, पोखरी, पार्क एवं उद्यानका सरसफाइमा निजी तथा सरकारी क्षेत्र र स्थानीय नगरवासीहरू सहभागी बनाई भक्तपुर नगरको दिगो सरसफाइसम्बन्धी कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले भक्तपुर नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ र १०२ (१) बमोजिम छैठौँ नगर सभाबाट यस ‘भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी ऐन, २०७६’ स्वीकृत गरी लागू गरेको छ ।
यस ऐनको दफा ३ मा ऐनका उद्देश्यहरू सम्बन्धमा उल्लेख छ । जसअनुसार भक्तपुर नगर क्षेत्रभित्रका बाटो चोक सडकलगायत सार्वजनिक स्थल तथा महत्वपूर्ण सम्पदा र खुला क्षेत्रको सरसफाइलाई व्यवस्थित बनाई स्वच्छ, सफा, सुन्दर र सभ्य नगरको पहिचान कायम गर्न सहयोग पु¥याउने उद्देश्य रहेको छ । साथै खोला, नाला, पोखरीलाई सधैँ सफा राख्ने र राख्न लगाउने, सडक, चोक, गल्ली, पार्क, उद्यान, चउर, खुला तथा सार्वजनिक क्षेत्रको सरसफाइको उचित प्रबन्ध गर्ने र गराउने, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरलाई सफा र सुग्घर राख्ने र राख्न लगाउने, जैविक विविधताको संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्ने र गराउने, सरसफाइमार्फत स्थानीय पर्यटन तथा पर्यटन अभिवृद्धिमार्फत स्थानीय जनताको आर्थिक विकास गर्ने र गराउने, सरसफाइ अभियानलाई आम नागरिकको जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्दै यसमा नागरिक सहभागिता अभिवृद्धि गर्ने र गराउने ऐनको उद्देश्यमा उल्लेख छ । आफ्नो क्षेत्रभित्रको सरसफाइमा स्थानीय सरकारको नेतृत्वदायी भूमिका स्थापित गर्दै यस अभियानमा सरकारी क्षेत्र तथा आम नागरिकलाई समेत परिचालन गर्ने र गराउने, सरसफाइ सम्बन्धमा विगतका प्रयासलाई संस्थागत गर्दै यसलाई थप प्रभावकारी र दिगो बनाउने यस ऐनका उद्देश्यहरू रहेका छन् ।
यस ऐनको दफा ४ ले सफाइ सञ्चालनको कार्यविधि सम्बन्धमा उल्लेख गरेको छ । जसअनुसार भक्तपुर नगर क्षेत्रभित्रका खोला, नाला, पोखरी, धार्मिक–सांस्कृतिक सम्पदा तथा सार्वजनिक स्थलको संरक्षण तथा संवद्र्धन स्थानीय तहको सहकार्यमा सार्वजनिक–सहकारी–समुदायको साझेदारी कायम गर्ने, सरसफाइ सम्बन्धमा आमसञ्चारका माध्यम एवं अन्य विधिद्वारा जनतामा सचेतना अभिवृद्धि गर्ने र सरसफाइको क्षेत्रमा सामाजिक संस्था र सामुदायिक संस्थाहरूसँग प्रभावकारी समन्वय र सहकार्यको विकास गर्ने पर्दछ ।
दफा ५ ले सरसफाइ गरिने क्षेत्र तथा सञ्चालन विधि सम्बन्धमा उल्लेख गरेको छ । जसअनुसार सरसफाइ अभियानअन्तर्गत नगर क्षेत्रभित्र रहेका खोला, नाला, सार्वजनिक पोखरी, सार्वजनिक धारा, इनार र पानीका स्रोत, मठ, मन्दिर, चैत्यलगायतका धार्मिक सम्पदा, सांस्कृतिक केन्द्र, नाट्यशाला, लिपि तथा सङ्ग्रहालयजस्ता सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका धरोहर तथा केन्द्र, ऐतिहासिक स्थल, विश्व सम्पदा सूचीमा सूचिकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक एवं अन्य धरोहर, सडक, चोक, पार्क, उद्यान, चउर, सार्वजनिक शौचालय र खुला क्षेत्र तथा अन्य सार्वजनिक क्षेत्र आदि सार्वजनिक स्थल तथा सम्पदाहरूको सरसफाइ तथा संरक्षणका कार्यहरू गरिनेछ । दफा ६ ले नगरपालिकाले सम्पूर्ण नगर क्षेत्र वा निश्चित क्षेत्र तोकी विभिन्न घोषणा र अभियान सञ्चालन गर्नसक्नेछ । यसमा पूर्ण सरसफाइ नगर, वातावरण मैत्री घर, टोल, वडा, नगर, प्लास्टिक मुक्त क्षेत्र, सार्वजनिक स्थलमा मद्यपान, धूमपानलगायत विभिन्न नशाजन्य पदार्थको सेवन निषेधित क्षेत्र, फोहर गर्नेले नै सोको सफाइ गर्नुपर्ने (एयििगतभचक तय एबथ) क्षेत्र, विभिन्न उपभोग्य वस्तुको उपभोग गरी बिसर्जन गरिने प्याकेजिङजन्य फोहरहरू जथाभावी फाल्नमा रोक लगाउने, स्रोतमै फोहरको वर्गीकरण गरी कुहिने र नकुहिने फोहरहरू छुट्टाछुट्टै कन्टेनरमा राखी निष्कासन र बिसर्जन गर्न अनिवार्य गर्ने, आदि पर्दछ । त्यस्तै सार्वजनिक सडक तथा पेटीमा निर्माण सामग्री थुपार्ने, सवारी साधन तथा मेसिनरी औजार मर्मत सम्भार गर्ने कार्य पूर्णतः निषेधित गर्ने, होर्डिङ बोर्डलगायतका विज्ञापन सामग्रीहरू निर्धारित क्षेत्रमा सीमित गर्ने, तोकिएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा अस्पतालजन्य फोहर बिसर्जन गर्न निषेध गर्ने, विषालु, सङ्क्रामक, प्रज्ज्वलनशील एवं स्वास्थ्य संस्था उद्योग तथा कलकारखानाबाट निष्कासन हुने फोहर, कीटनाशक विषादी, समय नाघिसकेको खाद्य पदार्थलगायतका विशेष र जोखिमयुक्त फोहरलाई साधारण फोहरमैलासँग मिसाई निष्कासन गर्न गराउन नपाइने क्षेत्र, जोखिमयुक्त फोहरको निष्कासन, सङ्कलन, भण्डारण, प्रशोधन, बिक्री वितरण, बिसर्जन र ओसारपसार गर्ने व्यक्ति, निकाय र निकासीकर्ताले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर नपर्ने गरी आफ्नै खर्चमा वातावरणमैत्री तरिकाले जोखिमयुक्त फोहरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने पर्दछ ।
यस ऐनको दफा ७ मा सरसफाइ सञ्चालनको विधि उल्लेख छ । जसअनुसार नगर क्षेत्रभित्रका सरकारी, गैरसरकारी र निजी क्षेत्रका कार्यालय, सङ्घ–संस्था र निकायले प्रत्येक महिनाको एक दिन आ–आफ्नो कम्पाउन्ड परिसर सरसफाइ गरी सफाइ अभियानलाई व्यापक बनाउनुपर्दछ । त्यस्तै नगर क्षेत्रभित्रका सबै शैक्षिक संस्थाहरूमा प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार विद्यालयको अनुकूलतामा उपयुक्त समयमा शैक्षिक संस्था वरपरका आफ्नो पायक पर्ने खोला, उद्यान, पोखरी, पार्क, खानेपानीको मुहान, धार्मिक स्थल, सडक, टोल तथा सार्वजनिक स्थलको सरसफाइ कार्यक्रम सञ्चालन गर्दा विभिन्न अतिरिक्त क्रियाकलाप जस्तै, चित्रकला, वक्तृत्वकला, हाजिरीजवाफ, पदयात्रा, वृक्षरोपणको माध्यमबाट वातावरणीय संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गर्नुपर्दछ । नगर क्षेत्रभित्रका सबै सरकारी, निजी भवन तथा कार्यालय, सङ्घ–संस्था, निकाय र परिवारले आ–आफ्नो कार्यालय भवन, घर, कम्पाउन्ड र परिसरमा बोट बिरुवा, फूल तथा गमलासहितको बगैँचा निर्माण गरी नियमितरूपमा गोडमेल तथा रेखदेख गर्ने प्रबन्ध मिलाउने र एक विद्यालय एक सम्पदा क्षेत्र सरसफाइ अभियानलाई निरन्तरता दिँदै जाने र नगर क्षेत्रभित्रका सबै कार्यालय, सङ्घसंस्था र निकायले आ–आफ्नो कार्यालय भवन, कोठा, प्यासेज, वरण्डा, छत, कम्पाउन्ड, पर्खाललगायत आफ्नो परिसरमा फोहरमैला, धुलो, टुटेफुटेका वा बिग्रेका समान, कागजको टुक्रा, चुरोट, सुर्तीजन्य पदार्थको प्रयोग, भित्तेलेखन, पोस्टर पम्प्लेट टाँस्नेलगायतका कार्यलाई निषेध गरी ‘स्वच्छ र सफा क्षेत्र’ घोषणा गरी नियमित सरसफाइ गर्ने पर्दछ । नगर क्षेत्रभित्रका सबै कार्यालय, सङ्घसंस्था र निकायले मापदण्डविपरीतका प्लाष्टिकका झोला, शिशा वा वातावरणमा प्रतिकूल असर पार्ने सामग्रीको प्रयोगलाई नियन्त्रण गरी स्थानीय स्रोतमा आधारित जैविक तथा वातावरणमैत्री विकल्पलाई प्रवद्र्धन गर्ने र सबै सरकारी निकाय तथा सङ्गठित संस्थाले आफ्नो स्थापना दिवस, वार्षिकोत्सव वा यस्तै प्रकृतिका अन्य कार्यक्रम आयोजना गर्दा आफ्नो पायक पर्ने खोला, उद्यान, पोखरी, पार्क, खानेपानीको मुहान, धार्मिक स्थल, सडक, टोल तथा सार्वजनिक स्थलको सरसफाइ, वृक्षारोपण, हरियाली प्रवद्र्धन, सार्वजनिक सौन्दर्य अभिवृद्धि हुने कार्यक्रम राखी वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रमलाई सञ्चालन गर्ने पनि पर्दछ । त्यस्तै नगरपालिकाले प्रत्येक महिनाको १ र १५ गते बिहान स्थानीय बासिन्दा, समुदाय, टोल विकास संस्था, गैरसरकारी संस्था, सामुदायिक एवं व्यावसायिक सङ्गठनको सहभागितमा आफ्नो क्षेत्रको पायक पर्ने खानेपानीको मुहान, सार्वजनिक धारा, पोखरी, खोला, धार्मिक एवं पर्यटकीय स्थल, सम्पदा क्षेत्र, सडक, पार्क, उद्यान, खुला क्षेत्र आदिको सरसफाइ गर्ने व्यवस्था मिलाउने र आफ्नो घरअगाडि र वरपर सरसफाइ गर्ने दायित्व सम्बन्धित घरधनीको समेत हुनेछ । आफ्नो घर वरपर सरसफाइ नगर्ने वा बारम्बार फोहर गरिरहने संस्था वा व्यक्तिलाई नगरपालिकाले यस विषयमा ध्यानाकर्षण गराउन सक्नेछ । यसरी ध्यानाकर्षण गराउँदा अटेर गरेमा नगरपालिकाले त्यस्ता घरधनी व्यक्ति वा संस्थाहरूको नामावली कालोसूचीमा राखी सार्वजनिक गर्ने व्यवस्था मिलाउने छ । सार्वजनिक मन्दिर, पाटी, पौवा, नदी, नाला, साझा चोक, सडकजस्ता स्थल सफा गर्न क्षेत्र निर्धारण गरी सो स्थल वरिपरि बस्ने वा यस्ता स्थलसँग सम्बन्धित व्यक्तिलाई केही रकम (त्यपभल ःयलभथ) दिएर सरसफाइ गर्न लगाउने व्यवस्था मिलाउने र सार्वजनिक मन्दिर, पाटी, पौवा, नदी, नाला, साझा चोक, सडकजस्ता सार्वजनिक स्थलहरूको व्यवस्थापन समिति गठन भएको भए व्यवस्थापन समितिलाई सरसफाइ कार्यमा विशेष ध्यान पु¥याउन पत्राचार गर्नेछ । नगरपालिक
ाभित्रका सार्वजनिक मन्दिर, पाटी, पौवा, नाला, साझा चोक, सडकजस्ता स्थलहरू सबैभन्दा बढी सफा गर्ने जिम्मेवार व्यक्ति, संस्था वा व्यवस्थापन समितिलाई यस ऐनमा गठित नगरस्तरीय समितिको सिफारिसमा सम्बन्धित स्थानीय तहले प्रशंसापत्र वा कदरपत्र प्रदान गरी सरसफाइ कार्यलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउने र सेफ्टी ट्याङ्की पानी निकास तथा फोहरको पृथकीकरणसम्बन्धी व्यवस्था गर्नेछ । घरको छतको पाइपबाट सडक वा चोकमा पानी खसाली बाटो फोहर पार्ने कार्यलाई दुरुत्साहन गर्न यस्तो पानी गोलपाइपबाट व्यवस्थित गरी खसाउने प्रबन्ध मिलाउने, जैविक फोहरलाई मलको रूपमा ऊर्जामा रूपान्तरण गर्ने कार्यलाई प्रोत्साहन गर्न यससम्बन्धी ठोस नीति तर्जुमा गरी लागू गर्ने व्यवस्था मिलाउनेछ । जैविक फोहरलाई ऊर्जामा रूपान्तरण गर्ने नविनतम सोचलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने व्यवस्था मिलाउने र आकासे पानी सङ्कलन गरी प्रयोग गर्ने, जैविक फोहरलाई मल बनाई भवनको छत, बरण्डा, भुइँ वा भवन परिसरको उपयुक्त स्थानमा गमला वा कुनै भाँडोमा तरकारी खेती, फलफुल खेती वा हरियाली क्षेत्र बनाउने कौसी खेतीलगायतका प्रविधिहरूलाई प्राथमिकता दिने व्यवस्था मिलाउनेछ ।
भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी ऐन, २०७६ ले दण्ड सजायको व्यवस्था पनि गरेको छ । साथै अन्य सरसफाइसम्बन्धी विभिन्न व्यवस्थाहरू गरेको छ । भक्तपुर नगरलाई व्यवस्थित र सफा बनाउन यस ऐनले महत्वपूर्ण भूमिका खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *