भर्खरै :

काङ्ग्रेसको दोहोरो भूमिका

प्रतिनिधिसभा विघटनबारे प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले ढुलमुले चरित्र देखाएको छ । काङ्ग्रेसका केही नेताहरू संसद् विघटन ‘असंवैधानिक’ र ‘निर्वाचन हुनैनसक्ने’ रटान लगाइरहँदा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भने चुनावमा जान तयार भएको सार्वजनिक अभिव्यक्ति दिए । एकातिर संसद् विघटनलाई असंवैधानिक भन्दै विज्ञप्ति जारी गर्ने अनि अर्कोतिर चुनावको लागि जान तयार हुने नेकाको दोहोरो चरित्रप्रति देशका केही प्रतिष्ठित व्यक्तित्वहरूले चिन्ता व्यक्त गरेका छन् ।
देश आजको राजनीतिक अवस्थामा पुग्नुमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेकाले प्रभावकारी भूमिका नखेल्नु पनि हो । संसदीय व्यवस्थालाई प्रमुख प्रतिपक्षी दललाई छायाँ सरकार वा वैकल्पिक सरकार पनि भनिन्छ । कमी–कमजोरीको आलोचना गर्दै सरकारलाई सही बाटोमा डो¥याउने प्रमुख प्रतिपक्षी दलको भूमिका हो । प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीमा काङ्ग्रेस कमजोर भएको भनी कडा आलोचना हुनथालेपछि उसले हरेक मन्त्रालयको छाया जिम्मेवारी विभाजन गरेको थियो । तर, पद र पैसाको लागि सधैँ झगडा गरिरहने नेका नेताहरूबीच त्यही छाया जिम्मेवारीका लागि समेत झगडा भएको सुनियो । मुश्किलले टुङ्गिएको जिम्मेवारीअनुसार पनि काम हुन सकेन । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको संसद् र संसदीय समितिका बैठकहरूमा हाजिरी निकै कममात्र रह्यो ।
सरकारलाई जिम्मेवार बनाउने दायित्व बोकेको दल आफै गैरजिम्मेवार बनिदिँदा सरकार सञ्चालनमा अराजकता देखियो । नेकपाका नेताहरूबीचको झगडाको प्रभाव सरकार सञ्चालनमा पर्नुहुन्न भन्ने विषयमा नेकाले सावधानी गर्न सकेन । बरू, नेकपा नेताहरूबीचको तानातानमा नेका नेताहरू आफै पनि गोटी बने । नेकपाका दुई खेमाका नेताहरूले काङ्ग्रेस नेताहरूलाई पनि प्रयोग गरे । यो नेकाको राजनीतिक अकर्मण्यताको उदाहरणमात्र हो । प्रमुख प्रतिपक्षी दलको नेता स्वयम् सत्तामा भागबन्डा खोज्न थालेपछि सत्तापक्षले आफ्नो हितअनुसार प्रयोग गर्न खोज्नु अनौठो कुरा पनि भएन । सत्ताबाहिर श्वास पनि फेर्ने बानी नभएका काङ्ग्रेस नेताहरूको निम्ति संसद्भित्र सानो सङ्ख्यामा खुम्चिएर बस्नु असह्य बन्यो । फलतः देउवा स्वयम् सरकारले नियुक्त गर्ने पदमा आफ्ना मान्छे नियुक्ति गर्ने होडमा लागे । प्रधानमन्त्रीसँग गोप्य मन्त्रणा गरेर आफ्नो दुनो सोझ्याउन खोजे । त्यसकारण सत्तापक्षका कमी कमजोरीसमक्ष प्रमुख प्रतिपक्षी दल नैतिकरूपमा कमजोर देखियो । संसद्भित्र र बाहिर नेका सत्तापक्षको खरो आलोचनामा उत्रन सकेन । त्यसैको सिलसिला यतिबेला देखिँंदै छ । काङ्ग्रेस न खुलेर विरोधमा उत्र्न सकेको छ, न समर्थन गर्ने साहस नै राखेको छ । दुई डुङ्गामा पाइला राखेको यात्रुले कसरी नदी तर्न सक्ला !

सरकारलाई जिम्मेवार बनाउने दायित्व बोकेको दल आफै गैरजिम्मेवार बनिदिँदा सरकार सञ्चालनमा अराजकता देखियो । नेकपाका नेताहरूबीचको झगडाको प्रभाव सरकार सञ्चालनमा पर्नुहुन्न भन्ने विषयमा नेकाले सावधानी गर्न सकेन । बरू, नेकपा नेताहरूबीचको तानातानमा नेका नेताहरू आफै पनि गोटी बने । नेकपाका दुई खेमाका नेताहरूले काङ्ग्रेस नेताहरूलाई पनि प्रयोग गरे । यो नेकाको राजनीतिक अकर्मण्यताको उदाहरणमात्र हो । प्रमुख प्रतिपक्षी दलको नेता स्वयम् सत्तामा भागबन्डा खोज्न थालेपछि सत्तापक्षले आफ्नो हितअनुसार प्रयोग गर्न खोज्नु अनौठो कुरा पनि भएन । सत्ताबाहिर श्वास पनि फेर्ने बानी नभएका काङ्ग्रेस नेताहरूको निम्ति संसद्भित्र सानो सङ्ख्यामा खुम्चिएर बस्नु असह्य बन्यो ।

नेकाको राजनीतिक भूमिकामा यो ढुलमुले चरित्र उसको सैद्धान्तिक अस्पष्टताकै परावर्तनमात्र हो । नेकाले स्थापनाकालमा बोकेका आदर्शबाट आजको नेतृत्व च्युत भइसकेको छ । कति काङ्ग्रेस नेता र कार्यकर्तालाई आफ्नो दलको मूल सिद्धान्त के हो भन्ने पनि थाहा नहोला । कतिलाई राजनीतिक दल बन्न एउटा निश्चित सिद्धान्तको खाँचो पर्ने कुरा पनि थाहा नहोला । नेका नेता र कार्यकर्ताको लागि राजनीति भनेको साम–दाम–दण्ड–भेद लगाएर चुनाव जित्ने अनि सत्ताको दोहन गर्नु हो । निश्चित राजनीतिक आदर्श प्राप्तिको लागि एकै झन्डामुनि गोलबद्ध अनुशासित शक्ति नै राजनीतिक दल हो भन्ने कुरा नेकाले आफ्ना कार्यकर्ता र समर्थकलाई बुझाउन कहिले पनि आवश्यक ठानेन । दशकौँदेखिको यो अभ्यासले आज काङ्ग्रेसको मूल नेतृत्व नै ढुलमुले र गतिहीन बनेको छ । त्यसकारण उसले एउटै राजनीतिक घटनालाई दुईमुखे कुरा गरिरहेको छ । एउटा जिम्मेवारी राजनीतिक शक्तिको हैसियतमा उसले यसरी दोहोरो भूमिका खेल्दा देश र जनतालाई नै बेफाइदा हुने भएकोले यो आम नेपाली जनताको स्वाभाविक चासोको विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *