भर्खरै :

पाण्डुबजारमा आगलागी

भक्तपुर, २७ पुस । सूर्यविनायक नपा वडा नं ६ पाण्डुबजारमा आइतबार राति ११ः३० बजे स्थानीय रामकृष्ण चौगुठीको एकतले टहरामा आगलागी हुँदा क्षति भएको छ । चौगुठीको टहरामा रहेको भोजबहादुर घिसिङको मासु पसलमा आगलागी हुँदा नजिकका अन्य पसलहरूमा पनि आगो सल्किएको प्रहरीले जनाएको छ । स्थानीय जनता र प्रहरीको संयुक्त प्रयासमा झन्डै साढे १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । बिजुलीको तार सट भई आगो लाग्दा झन्डै १२ लाख ६० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *