भर्खरै :

समस्याको अति विशिष्टीकरण आफैमा समस्या

नेपालको संविधान – २०७२ जारी हुँदा संविधानप्रति धेरै वर्ग र समुदायको आ–आफ्नो आग्रह र असन्तुष्टि रहेको थियो । नयाँ संविधानको कार्यान्वयनका लागि २०७४ वैशाख र जेठमा स्थानीय तहको निर्वाचन, मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको लागि एकैपटक निर्वाचन भयो । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । त्यस गठबन्धनले बहुमत प्राप्त गरी केन्द्र र ६ वटा प्रदेशमा सरकार बनायो । सत्तामा पालैपालो लामो समयसम्म रहने ध्येयले पछि ती दुवै पार्टीको एकीकरण गरियो । सिद्धान्तका लागि नभई स्वार्थका लागि गरिएको एकता धेरै दिन टिकेन र आज पार्टी विभाजित छ । त्यही आधारमा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरी नयाँ निर्वाचन घोषणाका लागि सिफारिस र नेकपाकै अर्को एक पक्ष र विपक्षी पार्टीहरूले असंवैधानिक भन्दै प्रधानमन्त्रीको कदमविरूद्ध थालेको आन्दोलनले देशमा राजनीतिक गरमागरमी बढेको छ ।
देशको राजनीतिमा धेरैले अपेक्षा नगरेको समस्या अवश्य पनि देखिएको छ । धेरै वा थोरै राजनीतिक समस्या नहुने देश संसारमा सायदै होला । तर, केही राजनीतिक विश्लेषकहरूले यसैलाई लिएर देशको संविधानमाथि बलात्कार गरिएको, संविधान नै कोमामा पुगिसकेको, कोमामा पुगिसकेको संविधानको अन्त्येष्टिमा ढिलाइ किन ? आदि शीर्षक वा शब्दहरूका साथ गरिएको विचार विश्लेषण समस्याको निकै विशिष्टीकरण हो । समस्याको निकै विशिष्टीकरण आफैमा एउटा समस्या हो । यस्ता विश्लेषणहरूले समस्या समाधानका लागि भन्दा समस्यालाई जटिलतातर्फ लानमा भूमिका खेल्ने गर्दछन् । यस्ता विश्लेषणहरू संविधान र राजनीतिक व्यवस्थाप्रतिकै विरोधको उद्देश्य स्पष्ट देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *