भर्खरै :

निर्वाचनमा वैचारिक सङ्घर्ष हुन्छ

पुँजीवादी व्यवस्थालाई स्वर्ग ठानी सरकारको नेतृत्व गर्न पल्केका नेकपाका नेताहरू पद, पैसा र भागबन्डामा अल्झिनु अस्वाभाविक होइन । नेकपा विभाजित हुनु या फाटोको अवस्थामा पुग्नुको कारण एक पक्षले अर्काे पक्षलाई बेवास्ता गर्नु हो, पद या उच्च स्थानमा नपु¥याउनु हो । ओली पक्षले प्रचण्ड–नेपाल पक्षको कुरामात्र नसुनेको होइन ठाउँमा पु¥याउने चेष्टा गरेन । नेकपाका अध्यक्ष एवम् प्रम ओलीकै दम्भ, अभिमानी, आफूलाई सर्वज्ञाता ठान्ने र आफ्नो उठबसमा राख्ने दास मानसिकताको कारण नेकपाभित्र असन्तोष बढेको हो, त्यसको खबरदारी गर्दा पनि या आफूहरूलाई अनुकूल सीट नपाउँदा आफ्नै पार्टी अध्यक्ष एवम् प्रम ओलीविरुद्ध अविश्वासको प्रस्तावको कुरा आयो र राजीनामा माग्यो । फलतः प्रतिनिधिसभा नै विघटन भयो ।
प्रतिनिधिसभा भङ्ग भएपछि प्रचण्ड–नेपाल पक्षधर नेताहरू जिल्लाराम भए । केपी ओली हटाएर आफूहरू प्रम, राष्ट्रपति र मन्त्री बन्ने आशा चकनाचुर भयो । प्रतिनिधिसभा विघटनको चर्काे विरोध गर्नेमा नेकपाकै नेताहरू थिए । अरू दलले संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिकमात्र भने भने नेकपाकै प्रचण्ड–नेपाल पक्षधर नेताहरूले ओलीलाई प्रजातन्त्र, संविधान र देशको कानुन नै निलेको आरोप लगाए । संसद् विघटनले प्रचण्ड–नेपाल पक्षका नेकपाका नेताहरू पद र भागबन्डा नपाएर निरास भए भने ओली पक्षधर नेताहरू विभिन्न संवैधानिक परिषद्, आयोग आदि निकायमा नियुक्ति पाएर खुसी भए । सारमा यसले ओली पक्षधर नेताहरूलाई फाइदा पु¥यायो ।
संसद् विघटनले नेकपालाई राम्रै चिन्ने अवसर जनतालाई मिल्यो । निर्वाचन भएमा या निर्वाचनमा ओली र प्रचण्ड पक्षधर नेकपा विभाजित भएमा जनताले नेकपालाई अझै राम्ररी चिन्ने अवसर मिल्नेछ । जनताले नेकपालाई कसरी हेर्छन्, मूल्याङ्कन हुनेछ । जनता राजनीतिकरूपले सचेत र सङ्गठित भए पद, पैसा र भागबन्डामा अल्झिने, कमिसनमा पल्कने, देश र जनताको सेवामा मतलब नराख्ने कुनै पनि उम्मेदवारलाई मतदान गर्ने छैनन् या जिताउने छैनन् । यस अर्थमा निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने एक ब्यारोमिटर पनि हो । निर्वाचनमा सिद्धान्त र विचारको लडाइँ हुन्छ । यो एक प्रकारको वैचारिक या वर्गसङ्घर्ष पनि हो । यसकारण, निर्वाचनको विरोध गर्नु उपयुक्त र व्यवहारिक हुँदैन । संसद् विघटन ठीक या बेठीक आफ्नो ठाउँमा छ । दलको आन्तरिक कारण संसद् विघटन आवश्यक हो या होइन, त्यो पनि आफ्नो ठाउँमा छ । तर, जनादेशको निम्ति गरिएको निर्वाचन स्वाभाविक छ, यसको कुनै औचित्य नै छैन भन्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *