भर्खरै :

सगरमाथामाथि भारतीय विस्तारवादी गिद्दे दृष्टि

अङ्ग्रेज उपनिवेशवादले भारतमा दुई सय वर्ष शासन ग¥यो । सन् १९४७ मा अङ्ग्रेज शासकहरू भारत छोडेर घर फर्के । अङ्गे्रजहरूले भारत त छोडेर गए । तर, उनीहरूले आफूले बोकेको उपनिवेशवादी चिन्तन भने भारतमै छोडेर गए । अङ्ग्रेज शिक्षाविद् मेकाउलेले भारतजस्तो धेरै जनसङ्ख्या भएको देशमा बेलायतजस्तो सानो जनसङ्ख्या भएको देशले शासन गर्न भारतमै बेलायती चिन्तन बोक्ने मानिसहरू तयार गर्नुपर्ने विचार अघि सारेका थिए । उनको सोही विचारअनुसार अङ्ग्रेज उपनिवेशवादी सरकारले आफूजस्तै सोच्ने र आनीबानी भएका भारतीयहरू उत्पादन गर्ने शिक्षा नीति लागू गरेको थियो । मेकाउलेको शिक्षा नीतिअनुसार तयार भएका भारतीयहरू आफूलाई बेलायतीजस्तै ठान्थे र भारतीय जनता र भारतकै विरोधमा कुरा गर्न पाउँदा खुसी र गौरव मान्थे । अङ्ग्रेज शासकहरूले आफ्नो दिमागमा रहेको विस्तारवादी चिन्तन त्यस्ता भारतीय मध्यमवर्गमा प्रत्यारोपण गरेर फर्के ।
अङ्ग्रेज उपनिवेशवादीहरूले बिजारोपण गरेको यस्तो वर्ग आज पनि भारतमा बाँकी नै छ । हिजोका उपनिवेशवादीहरूजस्तै यो चिन्तन बोकेका भारतीयहरू आफूलाई व्यापक भारतीय जनताभन्दा अब्बल र सभ्य ठान्छन् । उनीहरू दक्षिण एसियालाई अङ्ग्रेज शासकहरूले जस्तै आफ्नो मौजा ठान्छन् । आज–भोलि भारतमा जिद्दी दाग बनेर रहेको यस्तो उपनिवेशवादी चिन्तन कहिले राजनीतिक नेतृत्व, कहिले व्यापारी समुदाय, कहिले सञ्चारमाध्यम त कहिले चलचित्र र गीतमार्फत पोखिने गरेको छ ।

कुनै पनि ठाउँको नाम कोही उपनिवेशवादी प्रशासकको नाममा कायम राख्ने चलन भारतमा अद्यापि कायम छ । तर, कहिल्यै कुनै पनि उपनिवेशवादी शक्तिको उपनिवेश नभएको नेपाललाई उपनिवेशवादी शक्तिले राखेको नामलाई बोकेर हिँड्न स्वीकार्य छैन । सगरमाथाको नाम कोही पनि उपनिवेशवादी शक्तिसँग होइन, स्थानीय जनताको भावना र आस्थाको आधारमा पुकारिनुपर्छ । सगरमाथा या त सगरमाथा हो अथवा झोमोलोमा हो । यसमा कुनै पनि उपनिवेशवादी चिन्तन र विस्तारवादी आँखा गाड्नु नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।

हालै भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधिर चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारक्षेत्र पुगेर सो शिखरको नाम भारतीय सर्भेयर राधानाथ सिक्दरको नाममा राखिनुपर्ने भनी गरेको दाबी पनि त्यही उपनिवेशवादी चिन्तनको द्योतक हो । भारतमा अङ्ग्रेज उपनिवेश शासन रहेको बेला गरिएको एक सर्भेले नेपालमा रहेको सगरमाथा नै संसारको सर्वोच्च शिखर भएको पत्ता लाग्यो । सो सर्भे गरेको संस्थाका तत्कालीन प्रमुख बेलायती नागरिक जर्ज एभरेस्ट थिए । उनैको नाममा सगरमाथाको नाम माउन्ट एभरेस्ट राखियो । यसरी नामकरण गर्न स्थानीय संस्कृति, भाषा, नामको कुनै पनि पर्वाह गरिएको थिएन । उपनिवेशवादीहरू त्यसरी नै निर्णय गर्थे । तिब्बती जनता सो शिखरलाई झोमोलोमा र नेपालीहरू सगरमाथा भन्छन् । यी दुवै भाषाका नाममा केही न केही स्थानीय अर्थ र महत्व छ । तर, स्थानीय संस्कृतिको दमनको जगमा उभिएको उपनिवेशवादले कुनै पनि स्थानीय संस्कृतिको सम्मान गर्न सक्दैन । विडम्बना ¤ अङ्ग्रेज उपनिवेशवादले छोडेर गएको त्यो चिन्तन आजका भारतीय सञ्चारकर्मीहरूमा बाँकी देखियो । जी न्युजका पत्रकार चौधरीले सगरमाथाको सर्भे भारतीय सर्भेयर कार्यालयका कर्मचारी राधानाथ सिग्दरले गरेको हुनाले शिखरको नाम नै ‘माउन्ट सिग्दर’ राख्नुपर्ने दाबी गर्नु अङ्ग्रेज उपनिवेशवादकै सिलसिला नभए के हो त ? एउटा उपनिवेशवादको ठाउँ अर्को उपनिवेशवादले लिँदा संसार कदापि पनि मानव समाजको लागि कलङ्क ठहरिएको उपनिवेशवादबाट मुक्त भएको मान्न सकिन्न । अङ्ग्रेज उपनिवेशवादको अवसान भएर अर्को भारतीय उपनिवेशवादको जन्म हुनु दक्षिण एसियाको लागि अफसोचको विषय हो ।
कुनै पनि ठाउँको नाम कोही उपनिवेशवादी प्रशासकको नाममा कायम राख्ने चलन भारतमा अद्यापि कायम छ । तर, कहिल्यै कुनै पनि उपनिवेशवादी शक्तिको उपनिवेश नभएको नेपाललाई उपनिवेशवादी शक्तिले राखेको नामलाई बोकेर हिँड्न स्वीकार्य छैन । सगरमाथाको नाम कोही पनि उपनिवेशवादी शक्तिसँग होइन, स्थानीय जनताको भावना र आस्थाको आधारमा पुकारिनुपर्छ । सगरमाथा या त सगरमाथा हो अथवा झोमोलोमा हो । यसमा कुनै पनि उपनिवेशवादी चिन्तन र विस्तारवादी आँखा गाड्नु नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *