भर्खरै :

माघको मकर सङ्क्रान्ति

माघ महिनाको पहिलो दिन अर्थात् हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडहरूमध्ये एक चाड हो, माघे सङ्क्रान्ति । यस माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभाव गरे तापनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । साउने सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन हुने हुँदा यस माघे सङ्क्रान्तिदेखि सूर्य दक्षिण गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एउटै पर्वलाई पनि आफ्नो समुदायमा आ–आफ्ना चालचलनअनुरूप विभिन्न जातजातिहरूले मनाउने गर्छन् । यसको उदाहरण हो, माघे सङ्क्रान्ति । माघे सङ्क्रान्तिलाई नेवार समुदाय घिउ चाकु सँल्हु भनिन्छ । थारुहरू माघी भनेर नयाँ वर्षको रूपमा मान्ने गर्छन् भने मगर समुदायहरूले यो पर्वलाई माघ्या÷सेल्र्हेस भन्छन् ।
मकर सङ्क्रान्ति पर्वमा विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा गरेपश्चात् घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ । यस दिन नेपालका विभिन्न धार्मिक स्थलहरू देवघाट, बराहक्षेत्र, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागरलगायतका नदी र घाटमा स्नान, दान आदि गर्न ठूलो मेला लाग्ने गर्दछ । विभिन्न पुराणहरूमा पनि यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, तरुल, वस्त्र, पानीको भाँडा र मकलसहितको सिदा दान गर्ने चलन छ ।
मकर सङ्क्रान्ति शिशिर ऋतुमा पर्ने हुँदा शरीरमा गर्मीको मात्रा बढाएर तागत दिन घिउ, चाकु र तिल खाने गरिन्छ । साथै तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नास हुने विश्वास गरिन्छ ।
महाभारतका अनुसार भगिरथले सोही दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्तिका दिन गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । यस दिनको स्नान ब्रह्ममूहुर्तमा बिहान सबेरै उज्यालो हुन लाग्दा, सूर्योदय हुनुभन्दा अगाडि र सूर्योदय भइसकेपछि गरी तीन भागमा बाँडी यी तिनै स्नानलाई पुण्यदायक भनिएको पाइन्छ ।

मकर सङ्क्रान्ति पर्वमा विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा गरेपश्चात् घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ । यस दिन नेपालका विभिन्न धार्मिक स्थलहरू देवघाट, बराहक्षेत्र, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागरलगायतका नदी र घाटमा स्नान, दान आदि गर्न ठूलो मेला लाग्ने गर्दछ । विभिन्न पुराणहरूमा पनि यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, तरुल, वस्त्र, पानीको भाँडा र मकलसहितको सिदा दान गर्ने चलन छ ।

नेवार समुदायमा यस मकर सङ्क्रान्तिलाई ‘घ्यू चाकु सँल्हु’ भनिन्छ । यस दिन नेवार समुदायमा विभिन्न परिकार पकाएर घरपरिवारका सदस्यहरू जम्मा भएर मनाउने गरिन्छ । यसै दिन भक्तपुरको टौमढी टोलमा रहेको तिलमाधव नारायणको मन्दिरमा मेला लाग्छ र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ ।
थारु समुदायको सबैभन्दा ठूलो चाड भनेर यस पर्वलाई लिइन्छ । उनीहरू यस पर्वलाई नयाँ वर्षको रूपमा मनाउँछन् । यस समुदायमा माघी पर्वका दिन मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । माघीको दिन तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारु समुदायमा छ । माघीमा नै थारु समुदायमा घरसल्लाह गर्ने पर्व र गाउँको विकास गर्ने अगुवा (बरघर) चुन्ने काम गर्दछन् ।
यो पर्वलाई मगर जातिहरूले तीन दिनसम्म चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वको रूपमा मनाउने गर्दछन् ।
नेवार समुदायमा मौसमअनुरूप पर्व र त्यसैअनुरूपको परिकार पनि खाइन्छ । जस्तैः जनैपूर्णिमामा क्वाटी, तिहारमा सेलरोटी र हेमन्त ऋतुमा योमरी र यस शिशिर ऋतुमा घिउ चाकु खाने गरिन्छ । मकर सङ्क्रान्ति धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । शरीरमा चिसोको मात्रा कम गराउन घिउ र चाकु खाने गरिन्छ । यसले शरिरमा तापक्रमको मात्रा बढाउन मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *