भर्खरै :

भक्तपुरमा नवदुर्गा गणको ङालाकेगु जात्रा

सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक नवदुर्गाको माछा मार्ने जात्रा गत पुुस २९ गतेदेखि भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढी (त्वचा) बाट वापे पाछाकिगु जात्राबाट शुभारम्भ भयो । परापूर्वकालबाट निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगण जात्रा भक्तपुर नगरपालिकामा ८ महिनाभित्र २१ स्थान अर्थात् सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुत्वचा, इनाचो, याछेँ, गोल्मढी, तालाको, मुलाखुई, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, बिलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछेँ, चोछेँ र इच्छुमा गरिन्छ ।

मल्लकालबाट सञ्चालन भएको भने तापनि यसको कुनै ठोस तथ्य प्राप्त गर्न सकिरहेको छैन । यस नवदुर्गाको जात्राबाट मानव समाजको सन्देश दिइरहेको पाइन्छ । कुनै लिपिबद्ध लेख रचना नभएको कारण जात्राको महत्वमा कमी आइरहको देखिन्छ । मानव समाजको बारेमा दिशानिर्देश गराउन यस जात्रा सञ्चालनमा आएको हुनुपर्छ । देवीहरूको पहिरन र मुकुन्डो हुन्छ । बाजाको तालमा यो गीति नाटकको रूपमा नचाइन्छ ।

यस वर्ष कोभिड–१९ को विषम परिस्थितिमा पनि जीवितरूपमा पुजिने नवदुर्गा भवानीको माछा मार्ने जात्रा सञ्चालन गरेर संस्कृतिको संरक्षण र संवद्र्धनमा निरन्तरता दिइएको छ । मानव समाजमा आधारित उक्त संस्कृतिलाई निरन्तरता दिनु आवश्यक छ । जात्रा सञ्चालन गर्न विभिन्न नेवारी जातिहरूमा जतिसुकै समस्या देखिए तापनि जात्रालाई वर्तमान अवस्थासम्म आउनुमा उजाजु (बनमाला) जातिको महत्वपूर्ण भूमिका देखिन्छ । सोही जात्रा सञ्चालनमा लागेर उजाजु जाति सबै क्षेत्रमा पछाडि परेको देवगणहरूको भनाइ छ । हरेक वर्ष ङालाकेगु जात्रा सञ्चालन गरिन्छ ।
मल्लकालबाट सञ्चालन भएको भने तापनि यसको कुनै ठोस तथ्य प्राप्त गर्न सकिरहेको छैन । यस नवदुर्गाको जात्राबाट मानव समाजको सन्देश दिइरहेको पाइन्छ । कुनै लिपिबद्ध लेख रचना नभएको कारण जात्राको महत्वमा कमी आइरहको देखिन्छ । मानव समाजको बारेमा दिशानिर्देश गराउन यस जात्रा सञ्चालनमा आएको हुनुपर्छ । देवीहरूको पहिरन र मुकुन्डो हुन्छ । बाजाको तालमा यो गीति नाटकको रूपमा नचाइन्छ । यस नाचमा खिंबाजा, तंबाजा, कंशबाजा, भैरव, महाकाली, बाराही, कुमारी, गुह्यकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पुजारी नकीं ,बालकुमारी, दुम्हा, सिम्हा, श्वेतभैरव देवगण हुन्छन् । सोहीअनुसार फरक फरक ढङ्गका पाँच रङ्ग (रातो, कालो, सेतो, हरियो र पहेँलो )बाट विभिन्न किसिमको नाच प्रस्तुति हुन्छ । पारिवारिक भूमिकामा सहकार्य, नारीप्रतिको अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेल विवाह, दाम्पतीय जीवनमा हुने रीतिरिवाजसँग सम्बन्धित यस जात्राले दिशाबोध गरिरहेको पाइन्छ ।
यस जात्रामा दैनिक जीवनमा हुने खानपिनबारे पनि जानकारीबोध गराइएको हुन्छ । द्यो ब्वकेगु अथवा प्रसादग्रहण परिकारकोे आधारमा गरिएको हुन्छ । माछा, अन्डा, बारा, चतामारी, योमरी, भटमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दहीचिउराका साथै चौरासी व्यञ्जन पनि यस जात्रामा देखाइन्छ । पञ्चबलिको रूपमा हाँस, कुखुरा, राँगो, बोका, भेँडा बलि दिने गरेको पाइन्छ ।
जात्रामा मुः बाहाँको रूपमा सुँगुर लखेटेर बाहाँ लिकेगु जात्रा गरिन्छ । मानव समाजमा हुने व्रतबन्ध, शुभविवाह, शुभकार्यमा यस नवदुर्गा देवगणको द्यो ब्वकेगु कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुने, कुल स्थिर हुने जनविश्वास छ । कुनै दिन आफ्नो दशा बिग्रेको बेला नवदुर्गाको अमूल्य प्रसाद दहीचिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने भनाइ छ ।
आफ्नो नयाँ घर निर्माण गर्दा घरमा शान्ति हुने, कुनै डर त्रासबाट मुक्त हुने हँुदा नवदुर्गा देवगण घरमा भित्याउने चलन रहेको पाइन्छ । नवदुर्गाको जात्रा भक्तपुरमा मात्र सीमित नभई पशुपति, टोखा, गोकर्ण, साँखु ,चाँगु, थिमि, साँगा, नाला, धुलिखेल, बनेपा, खम्पु, पनौती गरी विभिन्न स्थानमा सञ्चालन हुन्छ । मानव जीवनमा आधारित ऐतिहासिक महत्व बोकेको यस जात्रा जोगाउन सम्बन्धित निकायको ध्यान र जनताको चासो अति आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *