भर्खरै :

लेनिनको जीवनका पानाहरू

जेनेभा र पेरिसमा लेनिनसँग भेट
१९०४ को वसन्तको सुरुमा पेर्म सामाजिक–जनवादी दलसँग सम्बद्ध भएको आरोपमा आफ्नो भाइ र अन्य साथीहरूसँगै पेर्मको जेलमा सात महिना बसेपछि मलाई रिहा गरियो । आफ्नो रिहाइपछि तुरून्तै मैले क्रान्तिकारी काम सुरु गरेँ। तर मलाई पुनः गिरफ्तार गरिनेछ भन्ने कुरा रिहाइको एक महिनाभित्रै थाहा भयो । तसर्थ, पेर्मका साथीहरूले देशबाट भाग्नमा मेरो सहायता गरे । उनीहरूले मलाई समारा नगरको एक गुप्त ठेगाना दिए, जहाँबाट मलाई सुबाल्की पठाइयो । सुबाल्की एक सीमावर्ती नगर हो । त्यहाँबाट मलाई सीमा पार गराउने व्यवस्था गरियो ।
सीमा पार गर्ने काम आश्चर्यजनकरूपले सजिलो भयो । त्यसमा मात्र १५ रुबल खर्च भयो । यस रकमको ठूलो हिस्सा सीमावर्ती चौकीको कमान्डरले पाउँछ भनी मलाई गाइडले बताए । सीमा–रेखामा तैनाथ नौजवान सैनिकले त एक बोत्तल भोट्काको लागि २० कोपेकमात्र पाए । हामीले बाटोमा पर्ने सानो नदी पार ग¥यौँ र केही मिनेटमा नै जर्मनीको भूभागमा आयौँ । मेरो गाइडले मलाई गोल्डकपसम्म पु¥याए । यो सानो जर्मन नगर हो, जहाँ मैले एकजना जर्मन सामाजिक–जनवादीसँग भेट्नु थियो ।
ती जर्मन सामाजिक–जनवादीले दर्जीको काम गर्थे । उनको ठेगाना मलाई सुबाल्कीका साथीहरूले दिएका थिए । मैले रात उनकै घरमा काटेँ र दोस्रो दिन बिहानै बर्लिन र त्यहाँबाट जेनेभातिर सोझिएँ । रेलगाडीको टिकटको बन्दोबस्त उनै दर्जी साथीले गरेका थिए ।
जेनेभामा आएर मैले लेनिनलाई सिधै भेटिनँ । जब म मलाई दिइएको ‘रुए दे कारुज’ (कारुज नामक एक सडक) ठेगानामा पुगेँ, त्यहाँ बोँच–ब्रुयेभिचले मेरो स्वागत गर्नुभयो । मलाई पहिला त लाग्यो उहाँ नै लेनिन हुनुहुन्छ । तर म गलत ठहरिएँ । उहाँले आफ्नो परिचय दिँदै लेनिन र क्रुप्सकाया यस समय जेनेभामा नभएको तर छिट्टै फर्किदै गरेको कुरा बताउनुभयो ।
ब्रोँच–ब्रुयेभिच मसँग सौहार्दपूर्वक प्रस्तुत हुनुभयो । मलाई उहाँले बोल्शेभिक पार्टीको साहित्य वितरण कार्यालयमा काम गर्ने प्रस्ताव गर्नुभयो । उहाँलाई केन्द्रीय समितिले यस कार्यालयको व्यवस्थापक नियुक्त गरेको थियो । यो कार्यालय पनि रुय दे कारुजमा नै थियो । त्यहाँ बे.मि. बेलीच्किना (बोँच–बु्रयेभिचकी पत्नी), मा.नि. ल्यादोभ र उहाँकी पत्नी ल.प. मान्देलश्ताम, फ.फ इल्यीन, लेपेशीन्स्की दम्पत्ति तथा बोल्शेभिक पार्टीका अन्य सदस्यहरूसँग मेरो भेटघाट भयो । उहाँहरू राम्रा साथीसँगै उत्तम मानिसहरू हुनुहुन्थ्यो । मेरो लागि उहाँहरूको सङ्गत सुखदमात्र होइन, उपयोगी पनि सिद्ध भयो । किनकि उहाँहरूबाट मलाई त्यस परिस्थितिलाई बुझ्न सहज भयो, जसमा त्यस समय राजनीतिक उत्प्रवासीहरूको समुदाय बसिरहेको थियो ।

मैले रात उनकै घरमा काटेँ र दोस्रो दिन बिहानै बर्लिन र त्यहाँबाट जेनेभातिर सोझिएँ । रेलगाडीको टिकटको बन्दोबस्त उनै दर्जी साथीले गरेका थिए । जेनेभामा आएर मैले लेनिनलाई सिधै भेटिनँ । जब म मलाई दिइएको ‘रुए दे कारुज’ (कारुज नामक एक सडक) ठेगानामा पुगेँ, त्यहाँ बोँच–ब्रुयेभिचले मेरो स्वागत गर्नुभयो । मलाई पहिला त लाग्यो उहाँ नै लेनिन हुनुहुन्छ । तर म गलत ठहरिएँ । उहाँले आफ्नो परिचय दिँदै लेनिन र क्रुप्सकाया यस समय जेनेभामा नभएको तर छिट्टै फर्किदै गरेको कुरा बताउनुभयो ।

जेनेभा आउनुपूर्व मलाई बोल्शेभिक र मेन्सेभिकबिच मतभेद ल्याउने मूल मुद्दाहरू के थिए भन्ने कुराको स्पष्ट धारणा थिएन र, त्यो कुन हदसम्म पुगिसकेको थियो, त्यो पनि थाहा थिएन । हुन त हामीले जुन थोरै–धेरै जानकारी पाएका थियौँ, त्यसले हामीलाई बोल्शेभिक पक्षधर बनाइदिएको थियो । यसप्रकार म बोल्शेभिकप्रति पूर्ण सहानुभूति लिएर जेनेभा आएँ । हुनसक्छ, यो सहानुभूति विषयवस्तुको जानकार भएर भन्दा सायद सहजबुद्धिले उत्पन्न भएको थियो । अतः म छिट्टै नै बोल्शेभिकहरूमा सामेल भएँ । जेनेभामा नै पार्टी–साहित्य पढेर, जसमाथि म भोका स्यालहरूजस्तै झम्टिएकी थिएँ, विशेषतः लेनिनको पुस्तक ‘एक कदम अगाडि दुई कदम पछाडि’ पढेर तथा पुराना साथीहरूसँग कुरा गरेर मलाई बोल्शेभिक र मेन्शेभिकको मतभेदहरूको गहिराइ एवम् असाध्यताको पूर्ण ज्ञान प्राप्त भयो ।
जेनेभाका राजनीतिक उत्प्रवासी समुदायको परिस्थिति तनावपूर्ण तथा जटिल थियो । पार्टीको तेस्रो सम्मेलनको खबरले बोल्शेभिक र मेन्सेभिकबिचको सङ्घर्षले तीव्र रूप लिएको थियो । मेन्सेभिकको विचारधारात्मक सिद्धान्तहीनताले रुस तथा विदेशमा राजनीतिक उत्प्रवासी समुदायबिचमा उनीहरूको व्यवहार–पद्धतिलाई निर्धारित गथ्र्यो । उनीहरूले अखबार र सभाहरूमा बोल्शेभिकहरूमाथि झूटा लाञ्छना लगाउँथे । लेनिनमाथि अधिनायकवादी स्थिति अपनाउने, पार्टीमा सम्पूर्ण सत्तामाथि अधिकार जमाउने प्रयास गर्ने, बोनापार्टवाद अपनाउने जस्ता आरोप लगाउदै उहाँलाई सबै भयानक पापको दोषी ठह¥याउँथे ।
१९०४ को गर्मीयाममा जेनेभाका उत्प्रवासी समुदायबिचको परिस्थिति यस्तै अल्झिएको, नाजुक र कठीन थियो । आउनेबित्तिकै त्यसमा म पनि परेँ । केही दिनपछि लेनिन र क्रुप्सकाया जेनेभा फिर्नुभयो । मेरो मनमा उहाँसँगको भेटको अभेद्य छाप प¥यो । लेनिनको धैर्य, उत्साह तथा सङ्कल्पशक्ति देखेर म दङ्ग परेँ । लेनिन यस तुच्छ झगडाबाट कोसौँ टाढा हुनुहुन्थ्यो, धेरै माथि हुनुहुन्थ्यो । मेन्सेभिकहरूको सिद्धान्तहीनताविपरीत उहाँ कडा सिद्धान्तनिष्ठता र आफ्ना विचारहरूको सत्यतामा दृढ विश्वासको उदाहरण प्रस्तुत गर्नुहुन्थ्यो । उहाँले मलाई बोल्शेभिकका विचारको सार तथा मेन्सेभिकका विचारको सैद्धान्तिक आधारहीनता र अवसरवादीताको बारेमा बुझाउनुभयो ।
जेनेभामा बस्दै गर्दा मैले भिन्न–भिन्न परिस्थितिहरूमा लेनिनसँग भेटेँ र बुद्धिमान नेता तथा अद्भूत साथीको रूपमा उहाँलाई देखेर चकित भएँ । उहाँ अत्यन्त शिष्ट स्वभावको हुनुहुन्थ्यो र यस्तो खालको जटिल परिस्थितिमा त उहाँले मानिसहरूप्रति झन् विशेष विनम्रतात्मक व्यवहार अपनाउनुभएको थियो ।
क्रुप्सकायाले बोल्शेभिक समितिहरू र अनेक बोल्शेभिक सङ्गठनबिचमा हुने गोप्य पत्र–व्यवहारको काम गर्नुहुन्थ्यो । ‘तेस्रो अधिवेशन’ आयोजना गर्ने अभियानको क्रममा उहाँले महिनामा तीनतीन सयसम्म पत्र पठाउन पथ्र्यो भनी उहाँ आफ्नो संस्मरणमा पनि भन्नुहुन्छ । पत्र–व्यवहारको काममा आफूलाई सहायता गर्न क्रुप्सकायाले सुझाव दिनुभयो र मैले पनि खुसीसाथ सहमति जनाएँ ।
क्रुप्सकायासँगै काम गर्दा–गर्दै उहाँसँग मेरो लगाव बढ्दै गयो । उहाँ अनौठो हुनुहुन्थो । सधैँ एकनासकी, गम्भीर, मिलनसार, अरूको लागि चिन्तित तथा आफ्ना साथीहरूको सहायतामा तत्पर । क्रुप्सकायाको सैद्धान्तिक ज्ञान गहिरो थियो । उहाँलाई पार्टीको कामको पर्याप्त अनुभव पनि थियो । निर्वासनमा रहँदै गर्दा उहाँले आफ्नो सारा शक्ति रुसमा रहेका गैरकानुनी पार्टी सङ्गठनहरूसँगको पत्र–व्यवहारको जटिल एवम् महत्वपूर्ण काममा लगाउनुभएको थियो । यस काममा उहाँ लेनिनको पथ–प्रदर्शन र प्रत्यक्ष आदेशअनुसार दिनरात लागिरहनुहुन्थ्यो ।
क्रुप्सकायाले रुसदेखि लेनिनको नाममा आएका पत्रहरू खोल्नुहुन्थ्यो, पढ्नुहुन्थ्यो अनि लेनिनलाई हाम्रा गैरकानुनी सङ्गठनहरूको वस्तुस्थितिको बारेमा पूर्ण जानकारी दिइरहनुहुन्थ्यो । उहाँ लेनिनकी खास सहायक हुनुहुन्थ्यो । किनकि, उहाँले पेशेवर क्रान्तिकारी कार्यकर्ताहरूलाई राम्रोसँग चिन्नुहुन्थ्यो । प्रत्येक साथीहरूका नाम र पार्टी गुप्तनामहरूलाई याद राख्नुहुन्थ्यो साथै हरेक पार्टी कार्यकर्ताको असल मूल्य अड्कल्न सक्नुहुन्थ्यो ।
रुसमा पत्र–व्यवहार गर्नु धेरै कठिन र पेचिलो काम थियो । त्यसबेलाको कार्यपद्धति यस्तो थियो ः आउने पत्रहरूलाई क्रमानुसार राख्नु र प्रत्येक पत्रका साङ्केतिक भाषामा लेखिएका हिस्साहरूलाई अनुवाद गरी सामान्य भाषामा लेख्नु । जवाफमा पुलिसको दिमागमा सन्देह उत्पन्न नगरोस् भनी साधारण मसीले पत्रहरू लेखिन्थे । साथै पङ्क्तिहरूबिचका गोपनीय कुराहरूलाई रासायनिक साधनद्वारा साङ्केतिक भाषामा परिवर्तन गरिन्थ्यो । आउने पत्रहरूका साङ्केतिक भाषामा प्रायजसो गल्ति हुन्थे । तिनलाई पढ्न र बुझ्न धौ–धौ पथ्र्यो । त्यसलाई अथ्र्याउन धेरै समय र परिश्रम खर्चिनुपथ्र्यो । डाँकमा कुनै पत्र हराएपछि वा कुनै सङ्गठनको गोप्यता भङ्ग भएपछि अर्को नयाँ अपरिचित साङ्केतिक भाषाको प्रयोग गर्न जरुरी हुन्थ्यो । त्यस्तो पत्रलाई अथ्र्याउन हामीलाई धेरै कठिन पथ्र्यो । कहिलेकाहीँ रासायनिक साधनहरूले लेखिएका पङ्क्तिहरूलाई ‘डेभलप’ गर्नै सकिँदैनथ्यो । त्यस्ता पत्रलाई “लेटर बक्स” बाट पुनः मगाउनुपथ्र्यो ।
रुससँगको पत्र–व्यवहारमा लेनिनले अति ध्यान दिनुहुन्थ्यो । पत्रहरूको प्रारूप या त लेनिन स्वयम् लेख्नुहुन्थ्यो या त उहाँको तर्फबाट क्रुप्सकायाले तयार गर्नुहुन्थ्यो । जेनेभामा बस्दै गर्दा दैनिक काम “प्राविधिक काम” मा मैले क्रुप्सकायालाई मद्दत गर्ने गर्थेँ ।
रुसमा भएका पार्टी समितिहरूको लागि लेखिएका लेनिनका पत्रहरूको महत्वलाई मुस्किलले मूल्याङ्ककन गर्न सकिन्छ । उहाँ पार्टी समितिहरूलाई एकप्रकारको सामान्य निर्देशनले संयुक्त तथा सङ्गठित गर्नुहुन्थ्यो । रुसमा गुप्तरूपमा काम गरिरहेका बोल्शेभिकहरूले अत्यन्त आतुरताले ती पत्रहरूको प्रतिक्षा गर्थे । तिनलाई अति उत्साहले पढ्थे ।
क्रुप्सकायाले ‘लेटर बक्स’ मार्फत आएका सन्देशहरूका शब्दावली तयार गर्न पनि लेनिनको मद्दत गर्नुहुन्थ्यो । ती सन्देश हाम्रा काममा अत्यन्त महत्वपूर्ण हुन्थे । तिनको गोपनियता कायम राख्न पनि उत्तिकै अत्यावश्यक थियो । ती सङ्क्षिप्त र यस्ता शब्दावलीमा लेखिएका हुन्थे कि तिनलाई मात्र तिनैले बुझ्न सक्थे, जसलाई सम्बोधित गरेर लेखिन्थे । पत्रहरूद्वारा आदेश र सुझावहरू दिइन्थे, सूचना मागिन्थे । पत्र पाइएको सूचना दिइन्थे वा धेरै दिनदेखि अनपेक्षित उत्तर नपाएको सङ्केत दिइन्थे । साथै भिन्न–भिन्न पत्रहरूका साङ्केतिक भाषालाई पढ्नमा भएको असमर्थताका सूचना दिइन्थे इत्यादि । त्यस अवधिमा, अर्थात् १९०३ को नोभेम्बरदेखि १९०४ को अन्त्यसम्म बोल्शेभिकहरूसँग आफ्नो कुनै अखबार थिएन । त्यसबेला आफ्ना सन्देशहरूलाई पु¥याउन पत्रबाहेक अरू कुनै साधन थिएन । तर, जब ‘व्येयोर्द’ नामक अखबार निस्किन थाल्यो तब सन्देशलाई प्रायः हरेक अङ्कमा छाप्न थालियो । कहिलेकाहीँ त सन्देश धेरै लामो हुन्थ्यो । उदाहरणको लागि ‘व्येयोर्द’ को ९ अङ्कमा उक्त सन्देश २९ पङ्क्तिको थियो । जस्तैः २१ अप्रिल १९०५ मा ‘व्येयोर्द’ को १५ औँ अङ्कमा प्रकाशित निम्नलिखित “लेटर बक्स” प्रस्तुत छ, जुन धेरै ठूलो होइन ः
“नाता ¤ पत्र ‘डेभलप’ हुन सकेन, घोल धेरै कमजोर छ… स्पीत्सा ¤ त्यो पत्र ‘डेभलप’ गर्न सकिँदैन, जसमा प्रस्ताव छ । कोल्या ¤ पत्रवाहकसँग पत्र र ठेगाना पाएँ । भ्लादीमिर ¤ पत्र पाएँ, धन्यवाद । ओदेस्सा ‘एक जना गाउँलेलाई’ ¤ तिम्रो पत्र धेरै रोचक छ । लेखी राख । त–रा ¤ पत्र सङ्ख्या १,२,३ र ४ पाएँ सङ्ख्या २ र ३ का दुई–दुई प्रतिहरू । पत्रको लागि पुनः ठेगाना पठाउनु । लोला ¤ के तिमीले पैसा र पत्र पायौ ? अन्तोन ¤ पत्र पाएँ । फी.एस. ¤ तेस्रो ठेगाना एकदम ठीक छ । ‘ईस्क्राको विरुद्ध विरोधी लेखक ¤ धन्यवाद, तर त्यो छाप्न योग्य सायद नै छ ः हरेक सानो कुराको जवाफ कसैले दिन सक्दैन । स.स.प ¤ पत्र र प्रस्ताव पाएँ । अन्तोनिना ¤ नियमितरूपले पाइएको छ ।”
भ्ला.द. ब्रोँच–ब्रुयेभिच (१८७३–१९५५) – पुराना बोल्शेभिक । उनी १९०३ देखि जेनेभामा सामाजिक–जनवादी पार्टीको केन्द्रीय समितिको साहित्य–वितरण कार्यालयका व्यवस्थापक थिए । अक्टोबर क्रान्तिका प्रथम दिनहरूदेखि १९२० सम्म जनकमिसार परिषद्का प्रबन्ध कार्यालयका व्यवस्थापक भए ।
नादेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्सकाया (१८६९–१९३९) –बोल्शेभिक पार्टीकी सबैभन्दा पुरानी सदस्यमध्येकी एक, भ्ला.इ. लेनिनकी पत्नी र सहकर्मी ।
रुसी सामाजिक–जनवादी पार्टीको तेस्रो अधिवेशन अप्रिल र मे १९०५ मा लण्डनमा भएको थियो । मेन्सेभिकको विघटनकारी कारबाहीहरूले पार्टीमा एकता ल्याउन तथा रुसमा विकास भइरहेको क्रान्तिकारी परिस्थितिहरूको एक संयुक्त माक्र्सवादी कार्यनीति निकाल्न कठिन बनाएको तथ्यलाई ध्यानमा राखेर बोल्शेभिकले यो अधिवेशन अविलम्ब बोलाउन सङ्घर्ष गरिरहेका थिए ।
अनुवाद ः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *