तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
- कार्तिक ७, २०८३
वाशिङ्टन, १७ जनवरी । संरा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पदभार ग्रहण गर्ने दिन अब तीन दिनमात्र बाँकी छ । उनीहरूले आगामी जनवरी २० को दिन पदभार ग्रहण गर्नेछन् । राष्ट्रपतिको सपथ ग्रहणको दिन नजिकिएसँगै सम्भावित हिंसात्मक घटनालाई ध्यानमा राखी संरा अमेरिकाभरि सुरक्षा व्यवस्था बलियो बनाइएको छ । क्यालिफोर्निया, मिचिगन, पेन्साल्भानिया, केनटुकी र फ्लोरिडामा गत शनिबारबाट नै सुरक्षा व्यवस्था बलियो बनाइएको छ ।
राजधानी वाशिङ्टनमा पनि सुरक्षा निकायहरूले थप हिंसात्मक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक बन्दोबस्त गरेका छन् । गत जनवरी ६ मा वाशिङ्टनमा आयोजित एक राजनीतिक सभाको क्रममा ट्रम्प समर्थकहरूले त्यहाँको संसद भवनमाथि नै हमला गरेका थिए ।
यसैबीच वाशिङ्टनस्थित क्यापिटोल हिल नजिकै सुरक्षाकर्मीहरूले एउटा गोली भरिएको हाते बन्दुक र ५ सत्न्दा बढी गोलीसहित एक जना व्यक्ति पक्राउ गरेका छन् । भर्जिनिया राज्यका वेस्ले एलन बिलर नामका तिनी व्यक्तिलाई गत शुक्रबार पक्राउ गरिएको थियो । उनले आगामी साता बाइडेनको सपथग्रहण कार्यक्रम हुने स्थानमा पुग्न झूठो परिचय पत्र प्रयोग गरेका सुरक्षाकर्मीहरूले बताएका छन् ।
Leave a Reply