अन्तरसदस्यीय उडबल प्रतियोगिता समापन तथा प्रमाणपत्र वितरण
- कार्तिक ९, २०८३
भक्तपुर, ४ माघ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् आठौँ नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आठौँ नगरसभाको बैठक आइतबार पनि चालू रह्यो ।
सभामा नगर प्रमुख प्रजापतिले स्मार्ट सिटीको नाममा काठमाडौँ उपत्यकामा ठूल्ठूला नयाँ सहरहरूको विकासले खानेपानीको अभाव, अपराध सङ्ख्यामा वृद्धि, प्रदूषण, ट्राफिक जामलगायतका समस्याहरू निम्तिने बताउँदै स्मार्ट सिटीको अवधारणाले गरिब जनता विस्थापित हुँदै जाने खतरा भएको बताउनुभयो ।
भनपा भक्तपुरको सार्वजनिक सम्पत्ति तथा पर्ती जग्गा संरक्षणमा निरन्तर लागिरहेको बताउँदै उहाँले भक्तपुरको दरबार क्षेत्रस्थित ९९ चोक संरक्षण गर्ने नीतिअनुरूप नगरपालिका अगाडि बढिरहेको प्रस्ट पार्नुभयो ।
कृषि क्षेत्रमा वैदेशिक लगानी भित्याउने सरकारको निर्णय किसानविरोधी भएको भन्दै उहाँले कृषिमा विदेशी लगानी भित्याउँदा अनेक खालको विकृति र बेरोजगारीका समस्याहरू आउन सक्नेतर्फ सचेत हुनुपर्ने र साम्राज्यवादी देशहरू समाजवादी राज्य व्यवस्था खत्तम पार्न सक्रियरूपमा लागिरहेका छन् भन्नुभयो ।
उहाँले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित धुँवा, धुलो र रसायन फाल्ने उद्योगहरू सरकारी नीतिअनुसार तत्काल स्थानान्तरणको लागि भनपाले पहल गरिरहेको बताउँदै भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारको स्वामित्वमा गएपछि जनताले सस्तो सेवा सुविधा पाउने बताउनुभयो ।
सभाको विशेष समयमा सभासद्हरू श्यामसुन्दर मातां, हरिरत्न गोर्खाली, जितेन्द्र मुनंकर्मी, राजेन्द्र माक, इन्द्रबहादुर प्याठ, शिवप्रसाद बाला, सूर्यप्रसाद श्रेष्ठ, रत्नकाजी नातरी, कृष्णगोपाल चौगुठी, बलराम न्हिसुतु र गोविन्द दुवालले समसामयिक राजनीति, नगरवासीहरूको समस्या र नगरपालिकाले जनताको पक्षमा गर्नुपर्ने कार्यहरूलगायतका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उहाँहरूले सरकारले कृषि क्षेत्रमा नवउदारवादी नीति लागू गर्न खोजेमा आपत्तिजनक भएको र कोभिड नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका उल्लेखनीय हुननसकेको बताउनुभयो । सभासद्हरूले नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयलाई दक्ष जनशक्तिसहितको ई–लाइब्रेरी बनाउनुपर्ने, आधुनिक किसिमको बीउ–बिजन उत्पादनमा जोड दिनुपर्ने, नक्सा पासमा देखिएको जनगुनासो सम्बोधन गर्नुपर्ने, सम्भावित दुर्घटना न्यूनीकरणको लागि पार्किङ व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने, देशमै मल कारखाना स्थापना गर्नुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभएको थियो ।
बैठकमा उठेका जिज्ञासामाथि शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य रवीन्द्र ज्याख्व, निर्माण समितिका संयोजक उकेश कवां, कृषि समितिका संयोजक राजकृष्ण गोरा र देको मिवा इतापाके आवास योजना उपभोक्ता समितिका सदस्य हरिप्रसाद बासुकलाले प्रस्ट पार्नुभयो ।
सभामा न्यायिक समितिका सदस्य हरिराम सुवालले ‘श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन नियमावली – २०७७’ छलफलको लागि प्रस्तुत गर्नुभयो । नगरसभाको अर्को बैठक माघ ६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।
Leave a Reply