भर्खरै :

संसारलाई सत्य जान्ने हक छ

चीनको हुपे प्रान्तको उहान सहर पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को विशेष अध्ययन टोलीले त्यहाँको हैनान समुद्री खाना बेच्ने बजारबाट कोभिड– १९ को उत्पत्ति नभएको पुष्टि गरेको छ । कोभिड– १९ को सुरूवात कुन ठाउँबाट भएको भनी वास्तविकता पत्ता लगाउन विश्व जनस्वास्थ्यको निम्ति जिम्मेवार संयुक्त राष्ट्र सङ्घीय निकाय डब्ल्यूएचओका विज्ञ टोली दुई साताअघि उहान पुगेको थियो । डब्ल्यूएचओ र चीनको प्रावधानअनुसार चौध दिनको क्वारेन्टिन बसाइपछि उनीहरूले उहानको समुद्री खाना बेच्ने हैनान बजारको अनुगमन गरेका थिए । अध्ययनपछि उनीहरूले त्यहाँबाट कोभिड– १९ को सङ्क्रमण उत्पत्ति नभएको निष्कर्ष निकालेका छन् ।
डब्ल्यूएचओको यो निष्कर्षसँगै स्वभावतः धेरै प्रश्नहरू उठेका छन् अनि धेरैलाई यो निष्कर्षले कठघरामा पनि उभ्याएको छ ।
गत वर्ष चीनको उहान सहरमा कोभिड– १९ को सङ्क्रमणले महामारीको रूप लिएसँगै चीनविरोधी शक्तिहरूले त्यसलाई चीनको खेदो खन्ने र विशेषतः चीनको आर्थिक प्रगतिको गति रोक्ने सुवर्ण मौका मानेका थिए । पश्चिमा सञ्चारमाध्यमहरूले उहानमा फैलिएको रोगलाई लिएर धेरै अतिरञ्जनापूर्ण प्रचार गरेर चीनको बदनाम गरेका थिए । उनीहरूका त्यस्ता जातिवादी र घृणा फैलाउने प्रचारबाजीको कारण विभिन्न देशमा काम गरिरहेका र पढिरहेका चिनियाँ र अन्य एसियाली मूलका व्यक्तिहरूमाथि अपमानपूर्ण दुव्र्यवहार भएका थिए । पश्चिमा देशहरूमा चिनियाँलगायत पूर्वी एसियाली देशका पहेंलो रङका जनतामाथि ‘असभ्य’, ‘रोगको घर’, ‘फोहोरी’ र ‘जेसुकै पनि खाने’ जस्ता अपमानजनक शब्दको प्रयोग गरी भौतिक र मानसिक हमला भएका थिए । संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत संसारका अनुदार राजनीतिक नेतृत्वले कोभिड– १९ भाइरसलाई नै ‘चिनियाँ भाइरस’ को संज्ञा दिएर घृणाको राजनीति गरेका थिए । सत्य, तथ्य र निष्पक्षताको मन्त्र जपेर नथाक्ने सञ्चारमाध्यमहरूले पनि त्यो भाइरसलाई ‘चाइना भाइरस’ पनि प्रचार गरेका थिए । तर, आज घडीको सुई अन्यत्र घुम्दै छ । उहानको समुद्री खाना बेच्ने बजारबाट फैलिएको भनी प्रचार गरिएको कुरा विज्ञ टोलीको अन्वेषणले खण्डन गरेको छ । त्यसो भए कोभिड–१९ को उत्पत्ति कहाँ भएको थियो त ?

महामारी निवारणको लागि आज संसारले खोप आविष्कार गरिसकेको र प्रयोग पनि गर्न थालेको छ । तर, संसारलाई झन्डै एक वर्ष ठप्प बनाएको र दसौँ लाख मानिसको मृत्युको कारण बनेको भाइरसको मूल उत्पत्ति र त्यसको निम्ति जिम्मेवार पक्षको खोज भने चालू नै रहनुपर्छ । संसारलाई वास्तविकता बुझ्ने हक छ ।

यसअघि षड्यन्त्र सिद्धान्त ठानिएको सन् २०१९ को नोभेम्बरमा उहानमा भएको विश्व सैनिक खेलकुद मेलामा सहभागी अमेरिकी सिपाहीहरूबाट नै यो रोग उहान पुगेको भनाइतिर सुई मोडिएको छ । संरा अमेरिकाको संसदीय सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नको उत्तरमा सङ्क्रामक रोग नियन्त्रण केन्द्र (सीडीसी) का अधिकारीहरूले त्यसअघि निमोनिया भन्ठानिएको सङ्क्रामक रोग नै कोभिड– १९ हुनसक्ने बताएका थिए । सो रोगको कारण अमेरिकामा धेरै मानिसहरूको नोभेम्बरअघि नै बिरामी र निधन भएको थियो । तर, अमेरिकी सरकारले त्यो निमोनिया वा अरू रूघाखोकी नभई नयाँ भाइरसले सङ्क्रमण गरेको नयाँ खालको रोग भन्ने कुरा लुकाएको थियो । अमेरिकाले सुरूमै रोगको पहिचान गरी नियन्त्रणमा कडाइ नगरेको कारण त्यो भाइरस विभिन्न देशमा फैलिन पायो । खेल मेलामा भाग लिन आएका अमेरिकी सिपाहीहरूमार्फत भाइरस उहान पुगेको हुनुपर्छ । त्यहीँबाट उहानमा महामारीको रूप लियो । तर, अमेरिकाले आफ्नो कमजोरी छोप्न चीनको बदनाम ग¥यो । त्यस अर्थमा केही विश्लेषकहरू यसलाई चीनविरूद्ध संरा अमेरिकाको किटाणु युद्ध पनि भन्छन् । अमेरिकाको डेट्रोटमा बन्द गरिएको सैनिक प्रयोगशाला खासमा किन हतारमा बन्द गरिएको थियो ? यसको जवाफ अझै पनि रहस्यको गर्भमै छ ।
महामारी निवारणको लागि आज संसारले खोप आविष्कार गरिसकेको र प्रयोग पनि गर्न थालेको छ । तर, संसारलाई झन्डै एक वर्ष ठप्प बनाएको र दसौँ लाख मानिसको मृत्युको कारण बनेको भाइरसको मूल उत्पत्ति र त्यसको निम्ति जिम्मेवार पक्षको खोज भने चालू नै रहनुपर्छ । संसारलाई वास्तविकता बुझ्ने हक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *