जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, ३ जेठ । प्रतिनिधिसभाको बिहीबार ११ बजे सुरू हुने गरी स्थगित भएको बैठक अपरान्ह १२ बजे सूचना ताँसेर साँझ ४ बजेको लागि सारियो । साँझ ४ बजेको बैठक साँझ ६ बजे सुरू गरियो । सभामुख देवराज घिमिरेले बैठक सुरू भएको घोषणा गर्न लाग्दा नेकाका सांसदहरू सभामुखको अगाडि पुगेर नारा लगाए ।
नेकाका सांसदहरूले गृहमन्त्री रवि लामिछानेलाई सङ्केत गर्दै ‘सहकारी ठगलाई कारबाही गर’ ‘संसदीय छानबिन समिति गठन गर’ लगायत नारा लगाए । राजमोका चित्रबहादुर केसी आफ्नो स्थानमा उभेर बैठक अवरोधमा सामेल भए । सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएका खाद्य स्वच्छता विधेयकबारे बैठकलाई जानकारी दिनुभयो । जसपा नेपालका उपेन्द्र यादव, जनमत, लोसपा, राप्रपाका सांसदहरू पनि आ–आफ्नो स्थानमा उभेर नेकाको संसद् अवरोधलाई साथ दिए । सभामुख घिमिरे केही बेर मौन रहनुभयो र नेकाको नारा लागिरहेको थियो । सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रअनुसार जसपा (अशोक राई) का प्रदीप यादव स्वास्थ्यमन्त्री र हसिना खाणलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरिएको वाचन गर्नुभयो । नेकाको नारा लागिरहेको बेला सभामुख घिमिरले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभयो । नेकाका सांसदहरू गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जान नदिन परिपरि घेरेर बसे ।
एकछिन अघि एमालेका केपी ओली बैठकमा पुगेका थिए । नेकाका सांसदहरू गृहमन्त्रीलाई रोक्न घेरा दिन पुगे । नेकाका सांसदहरूको एमालेका केपी ओलीसँग पनि भनाभन भयो । लोसपाका सांसद पनि सभामुखको अगाडि पुगेर नेकासँग मिसियो । सत्तापक्षले गृहमन्त्रीलाई बोल्न रोष्ट्रममा पठाउने र प्रमुख विपक्षीले रोक्ने प्रयास भइरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो स्थानमा थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच धक्कमधक्का हुने अवस्था आएपछि सभामुख घिमिरेले गृहमन्त्रीलाई आफ्नो स्थानमा बस्न आग्रह गर्नुभयो । तत्पश्चात् सभामुख घिमिरेले बैठक जेठ ४ गते बिहान ११ बजेको लागि स्थगित गर्नुभयो । तर, सत्तापक्ष र प्रमुख विपक्षीबिच भनाभन चालु नै थियो । सत्तापक्षले प्रमुख विपक्षीलाई आफ्नो क्षेत्रको कुर्सीतर्फ आएर गृहमन्त्रीलाई रोक्न आएको उचित नभएको विषय उठाए भने प्रमुख विपक्षीले सत्ता पक्षले जबरजस्त बैठक चलाउन लागेको आरोप लगायो । बैठक स्थगित भएको २ मिनेटपछि मात्र तनाव घटेको थियो ।
देशको यो अराजक अवस्थाको मूल कारण सिद्धान्तहीन निर्वाचन गठबन्धन नै हो । २०७४ सालको स्थानीय निर्वाचनमा नेका र माओवादीको सिद्धान्तहीन निर्वाचन गठबन्धन गरियो भने २०७४ सालकै सङ्घीय संसद्को निर्वाचनमा एमाले र माओवादीको सिद्धान्तहीन निर्वाचन गठबन्धन भयो । २०७९ को स्थानीय र सङ्घीय निर्वाचनमा नेका र माओवादीको सिद्धान्तहीन गठबन्धन भयो । सिद्धान्तहीन निर्वाचन गठबन्धन गराउने निर्वाचन आयोग पनि अहिलेको अराजकताको जिम्मेवार हो । सत्तापक्ष र प्रमुख विपक्षीका अधिकांश सांसदहरूले काठमाडौँ उपत्यकामा घर–जग्गा किनेका छन् । निर्वाचनको बेला आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई ‘स्वर्ग’ बनाउने बाचा गरेका सांसदहरू आफ्ना मतदातालाई बेवास्ता गरी सङ्घ र प्रदेश राजधानीमा घर–जग्गा किन्ने होडबाजीमा लागिरहेका छन् । युवालाई विदेश पठाउने र रेमिट्यान्सबाट भारतसँग दाल, चामल, तरकारी किनेर खाने सरकारहरूको कुबुद्धिको परिणाम अहिले नेपाली जनता दुःख पीडामा छन् । सङ्घीय राजधानी दाङ जिल्लामा सारेर देशको सन्तुलित विकास गरिए अहिलेको अराजकता कम हुने विश्वास गर्न सकिन्छ ।
राष्ट्रियसभाको बैठक पनि नेकाको अवरोधपछि स्थगित गरिएको थियो ।
Leave a Reply