भर्खरै :

प्राध्यापक माणिकलाल श्रेष्ठ अस्पताल भर्ना

काठमाडौँ, १३ फागुन । वरिष्ठ बामपन्थी वुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठ गम्भीररूपमा अस्वस्थ हुनुभएको छ ।
केही दिनअगाडि स्वास्थ्य स्थिति गम्भीर भएपछि आकस्मिकरूपमा मेडिसिटी अस्पताल भर्ना गरिएको उहाँका छोरा सितुलालले बताउनुभयो ।
बिरामी श्रेष्ठलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उहाँको पूर्णरूपमा होस खुलेको छैन । श्रेष्ठ लामो समयदेखि अस्वस्थ हुनुहन्छ । दुई वर्षअगाडि निमोनियालगायत अन्य विभिन्न सङ्क्रमणले ग्रस्त भएपछि उहाँलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । अलि विसेक भएपछि उहाँलाई घरमै राखी उपचार गरिँदै आएको थियो । मिर्गौला रोगको कारण उहाँलाई नियमित रूपमा डाइलोसिस समेत गरिँदै आएको छोरा सितुलालले बताउनुभयो । श्रेष्ठको जन्म विसं १९८९ मा भएको थियो । करिब १ वर्षअगाडि उहाँका श्रीमति सिलु सिंहको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *