यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
संरा अमेरिकामा डेमोक्रेटिक वा रिपब्लिकन जुनसुकै दलको सरकार आए पनि उसको साम्राज्यवादी चरित्रले विदेशी भूमिउपरको आक्रमण नछोड्ने प्रवृत्ति देखिएको छ । डेमोक्रेटिक राष्ट्रपति जो बाइडेन नेतृत्वको नयाँ सरकारले पनि आफ्नो सेनालाई पूर्वी सिरियामा हमला गर्न निर्देशन दिएर आफ्नो सक्कली परिचय विश्व सामु देखाएको छ । अमेरिकी साम्राज्यवादी सेनाले हमाल ग¥यो । जसमा १७ जनाको हत्या भयो । बाइडेन ह्वाइट हाउस छिरेको केही हप्तामा नै यसरी गोली चल्नु र १७ जना सैनिक मारिनु कम गम्भीर घटना कहाँ हो र ? पेन्टागन दाबी गर्छ, सो क्षेत्रमा इरानको समर्थन प्राप्त लडाकुहरू छन् । नयाँ राष्ट्रपति जो बाइडेन वा जो आए पनि साम्राज्यवादी चरित्रमा आधारभूत परिवर्तन नआउने रहेछ । राष्ट्रपति बाइडेनको निर्देशनमा अमेरिकी सेनाले गत शुक्रबारसम्म पूर्वी सिरियास्थित पूर्वाधारमाथि हवाइ हमला गरी १७ जनाको हत्या ग¥यो । यो सङ्ख्याभन्दा बढीको हत्या भएको हुनसक्छ । त्यो पूर्वाधार इरानी साथ पाएको लडाकू समूहले प्रयोग गर्दै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्मीले एउटा वक्तव्य जारी गर्दै हालै अमेरिकी र गठबन्धन सिपाहीहरूमाथि हवाई हमला भएको र अहिले पनि सिपाहीहरूमाथि धम्की आइरहने हुँदा त्यसैको जवाफमा यो हमलाको औचित्य छ भने । भन्न त जे भने पनि भो । तर, प्रमाणित हुनुप¥यो नि ! साम्राज्यवादको स्वभाव एउटै हुने रहेछ अन्ततः नेतृत्वमा जो आए पनि ।
यकिन भएन बुझाउन सकेँ सकिन
माथिको समाचारको स्रोत रोयटर्स समाचार संस्था हो । सिरियाली सेनाको स्रोतबाट अर्को जानकारी प्राप्त भएको छ । जसअनुसार इराकसँगको सीमावर्ती पूर्वी सिरियाको अबु कमल बन्दरगाह नजिक पटक–पटक हवाइ हमला भएको थियो । बिहीबार झन्डै मध्यरातसम्म भएको थियो । एकजना अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा दिएको जानकारीअनुसार हवाइ हमलाको यो निर्णयमार्फत संरा अमेरिकाले दुइटा प्रमुख सन्देश दिन खोजेको छ जसमध्ये पहिलो हो संरा अमेरिका ती लडाकुहरूलाई सजाय दिन चाहन्छ र ऊ अवस्थालाई अझ ठूलो द्वन्द्वमा लान चाहँदैन । अवस्थालाई अझ ठूलो द्वन्द्वमा नलैजान सत्र जना सिपाहीहरूको निर्मम हत्या ? कुन सिद्धान्त हो यो ? एक जना सिपाहीको पनि परिवार हुन्छ । श्रीमती वा श्रीमान् होलान्, बाबु–आमा होलान् । सामान्य सिपाही गृहस्थ भनेको यही न हो । श्रीमती, छोरा, छोरी, बुहारी, ज्वाइँ हुने सबैलाई बोध हुन्छ यो कुरा परिपक्व ८० वर्षे राष्ट्रपति बाइडेनलाई पक्कै अवगत हुनुपर्ने हो । तर, सिरियालीउपरको गोली वर्षा र हत्या राम्रो होइन मात्र होइन नराम्रो काम हो । जो बाइडेनउपरको जुन बाक्लो समर्थन थियो यस्ता काम भएमा बाइडेनवाद पनि ट्रम्पवादजस्तै लोकप्रिय होइन लोकनिन्दा हँुदै जानेछ । राष्ट्रपति नहुँदासम्म तपाईँको पक्षमा वकालत गर्ने जनमत बनाउने मजस्ता धेरैको सद्भाव गुम्नेछ जुन तपाईँको निम्ति सर्वाधिक हानिकारक हो । भनाइको मर्म मैले बुझाउन सकेँ सकिन, यकिन भएन ।
इरान–इराक अमेरिका होइनन
इरान, इराक, कुवेत, सिरिया, इजिप्ट कुनै पनि मुलुक संरा अमेरिकाका एटलान्टा, मिजौरी, हवाई, न्युयोर्क, ओहायो, टेक्सासजस्ता राज्य होइनन्, सबै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र, स्वायत्त, स्वाधीन राष्ट्र हुन्, संरा सङ्घका सदस्य राष्ट्र हुन् भन्ने वस्तुसत्य राष्ट्रपति बाइडेनले बुझेका छैनन् भन्न मिल्दैन । सिरियामा गोली चलाउन लगाएर १७ जना सिपाही मार्नुको कुनै औचित्य छ, राष्ट्रपति बाइडेनसँग ? पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनबीच के अन्तर रह्यो र ती मारिएका सिपाहीका परिवारजनका लागि ! गएको १५ फेब्रुअरीका दिन इर्विल अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संरा अमेरिकी सैनिक आधारमाथि भएको रकेट हमलामा परी एकजना गैरअमेरिकी भाडाको सुरक्षाकर्मीको निधन हुनुको साथै इराकी राजधानी बगदादको उत्तरमा तैनाथ अमेरिकी सैनिक आधार शिविरमा भएको हमलामा एक भाडाको सुरक्षाकर्मी मारिएको थियो । इराकमा अमेरिकाको सैनिक उपस्थिति किन ? फेरि त्यो हमला कतै हिजबुल्लाह लडाकुहरूबाट भएको रहेछ ।
सिरियालीउपरको गोली वर्षा र हत्या राम्रो होइन मात्र होइन नराम्रो काम हो । जो बाइडेनउपरको जुन बाक्लो समर्थन थियो यस्ता काम भएमा बाइडेनवाद पनि ट्रम्पवादजस्तै लोकप्रिय होइन लोकनिन्दा हँुदै जानेछ । राष्ट्रपति नहुँदासम्म तपाईँको पक्षमा वकालत गर्ने जनमत बनाउने मजस्ता धेरैको सद्भाव गुम्नेछ जुन तपाईँको निम्ति सर्वाधिक हानिकारक हो । भनाइको मर्म मैले बुझाउन सकेँ सकिन, यकिन भएन ।
अमेरिकी अघिल्लो सरकारको पालामा इरानी सैनिक नेता कसिम सलेमनीको हत्यापछि दुईपक्षबीच तनाव बढेको थियो । हत्या भनेकै गम्भीरतम मामला हो । सलेमनीको हत्यापछि त्यसको विरोधमा इरानले इराकस्थित अमेरिकी फौजलाई निशाना बनाई बालास्टिक मिसाइल हमला गरेको थियो । के जो बाइडेन प्रशासन आफ्नो एक कार्यकाल रक्तविहीन बनाउन सक्दैन ? साथै अमेरिकी सत्ताको एउटा कार्यकाल रक्तहीन कार्यकाल पारौँ न !
अमेरिकी नेता छान्ने विधि
संरा अमेरिका एउटा अनौठो खालको देश हो । त्यो राष्ट्रको नेतृत्व एउटा व्यक्तिले आठ वर्ष गर्छ बढीमा । दुई कार्यकाल एउटा व्यक्तिले त्यो विशाल राष्ट्रको नेतृत्व गर्छ । त्यसरी नै चलिआएको छ संरा अमेरिका । अब वर्तमानमा डेमोक्रेटिक पार्टीको नेतृत्व राष्ट्रपति जो बाइडेनले गर्ने भए । उनको उमेर हेर्दा दोस्रो राष्ट्रपतिको कार्यकालका लागि आँट्छन् आँट्दैनन् हेर्न बाँकी नै छ । सारै उमेर घर्केको व्यक्तिलाई रूचाउँछन् रूचाउँदैनन् त्यो अर्को पक्ष हो । एउटा कार्यकालमा अमेरिकीहरूले ६० वर्ष माथिको मान्छेलाई राष्ट्रपति पदको उम्मेदवार बनाउँदैनथे । त्यसपछि उपराष्ट्रपतिमा कम उमेरका छान्थे । तर यसपल्ट ८० वर्षेलाई अमेरिकी जनताले छाने । नेपालजस्तो राजनीतिक पदबाट कहिल्यै अवकाश नलिने नेताहरूबाट शासित हुन अभ्यस्त छौँ हामी । यो सन् १७८९ देखि नै बानी परेका अमेरिकी जनता यसैमा सन्तुष्ट छन् । त्यसैले यस पल्टको राष्ट्रपतिमा ८० वर्षे बाइडेनलाई रूचाए । अमेरिकाको अभ्यास रिपब्लिकन पार्टीको नेताको ? भन्दा उही पराजित बूढो ट्रम्प ? उनी पनि उमेरले नेटो काटिसकेका । अब को आउँछ ट्रम्पको उत्तराधिकारीको रूपमा कति छनक समेत छैन । सन् १७८९ देखि आजसम्मका २३२ वर्षको अमेरिकी राजनीतिक इतिहासमा यस्तो अवस्था पहिलो पल्ट होला । यो प्रत्यक्षतः मेरो सरोकारको विषय होइन । तैपनि प्र्रश्न गरिहालेँ ।
Leave a Reply