भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – ६

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’(Next To Stalin Notes of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
हामी भावी योजना तर्जुमाको लागि लेनिन स्मारक भवनमा पुग्यौँ । निकै गोप्य ढङ्गले स्तालिनले सोभियत सङ्घसँग ५० हजार जगेडा सिपाही भएको सेनाका जनरललाई बताउनुभयो । तर, उहाँले यो खबर लडाइँको मोर्चामा नपु¥याउन निर्देशन दिनुभयो । कदाचित यो खबर लडाइँको मोर्चामा पुगे त्यहाँ नेतृत्व गरिरहेका कमान्डरहरूबीच त्यो जगेडा सिपाही आफ्नो क्षेत्रमा तानातान हुने र त्यसले उनीहरूलाई विभाजित गर्ने उहाँले बताउनुभयो ।
नोभेम्बर ७ को परेड पूर्वयोजनाअनुसार सम्पन्न भयो । मेरो विचारमा निकै चर्को र गौरवपूर्ण परेडले जर्मनहरूको कान खाएको हुनुपर्छ । किनभने परेडमा सोभियत सेनाले निकै ठूलो विस्फोटन गरेका थिए । जर्मनहरूले यसअघि त्यस्तो विस्फोटन कहिल्यै नसुनेको हुनुपर्छ । तर, सेनापतिको चित्त अझै बुझेको थिएन । उहाँले झुकोबलाई बोलाएर सांस्कृतिक कार्यक्रम प्रस्तुतिको लागि कलाकारहरूलाई बोलाउन भन्नुभयो । झुकोबले बोल्शोई थिएटरका कलाकारहरूलाई यसरी आह्वान गरे, “प्रिय कमरेडहरू । शत्रु मस्कोको ढोकामै छ । हामीलाई तपाईँहरूको सहयोगको खाँचो परेको छ । यतिबेला बोल्शोई थिएटरका कलाकारहरूको दायित्व लडाइँको मोर्चामा खटिएका सिपाहीहरूलाई नैतिक बल दिनु हो । त्यसपछि हरेक सिपाहीले दुई जना सिपाही बराबर लड्नेछन् । बोल्शोई थिएटरको यस्तो भूमिका देखेर संसार चकित पर्नेछ । थिएटरको ३०–४० किलोमिटरमात्र पर शत्रु तैनाथ रहँदा पनि युद्ध वा खतराको समयमा समेत थिएटर संसारको कुनै पनि देशमा खुलेको थिएन । आज लडाइँको मोर्चामा खटिएका लडाकुहरूका लागि रोटीजत्तिकै खाँचो परेको छ–थिएटरका सांस्कृतिक कार्यक्रम । जसरी सिपाहीलाई बङ्करभित्र बस्दा सकसक लाग्छ चुरोटको सर्को तान्ने ¤
कलाकार आफै हतास र भोका भए पनि उनीहरूका सांस्कृतिक प्रस्तुतिले दर्शकलाई तरङ्गित बनाइदिन्छ । कलाकार लेमेशेभ कजान रेल स्टेसनबाट कतै सुरक्षित स्थानमा पठाइँदै थिए । उनी रेलको डिब्बाबाट निस्केर चिच्याए,“स्तालिन नै मस्कोमा हुनुहुन्छ भने म किन कुइबिशेभमा जाने ? हामी यहीं बस्नुपर्छ । अनि लडाइँको मोर्चामा मद्दत गर्नुपर्छ । हामी देशको कुनै दुर्गम क्षेत्रमा भाग्नुहुन्न ।”
बोल्शोई थिएटरमै आएर लालसेनाका सिपाहीहरूले सांस्कृतिक कार्यक्रम पक्कै हेरेका थिएनन् । तर, उनीहरूले रेडियोबाट सुनें । उनीहरूले अखबारमा पढे र मस्कोमा सम्पर्क गरिरहने आफ्ना कमान्डरहरूबाट थाहा पाए । हो, यही समयमा मस्कोको प्रतिरक्षाको लागि भइरहेको सङ्घर्षको भविष्य निर्धारण भइसकेको थियो । जर्मनहरू फेरि प्रत्याक्रमणमा फर्किने र मस्कोको द्वारमा आइपुग्ने खतरा थियो ।
पक्कै पनि झुकोब यो अन्तिम युद्धको लागि चौबीसै घण्टा तयारीमा लागेका थिए । झुकोबको दिमाग सधैँ तनावमा थियो । डिसेम्बर ४ मा लडाइँको मोर्चामा खटिएका सेनाका कमान्डरहरूको पहिलो बैठक भएको थियो । स्तालिनले टेलिफोन गर्नुभयो । उहाँको कुरा सुनेर झुकोबले निधार खुम्चाए र रातोपिरो भए । अन्तमा, उनी फोनमै चिच्याए,“म दुई वटा शत्रुका सेनाको सामना गर्दै छु । मुख्यालय (जीएचक्यु) का मान्छेहरूले भन्दा मैले यहाँ बसेर अवस्थाको राम्रो मूल्याङ्कन गर्नसक्छु ।”
सेनापतिको हैसियतमा स्तालिनले झुकोबलाई झपार्नुभयो । पक्कै पनि स्तालिन र सोभियत सङ्घका सबै शत्रुहरूले यो संवादको विषयमा वास्तविकताभन्दा बढी अतिरञ्जितरूपमा प्रस्तुत गर्ने गर्छन् । यो विषयमा यहाँ केही चर्चा गर्नु उपयुक्त हुन्छ ।
कमान्डर ओर्लोभले सन् १९३७ देखि १९५३ सम्म स्तालिनको सेवा गरे । अरू झन्डै ९९ प्रतिशत मानिसको तुलनामा स्तालिनसँग उनको नजिकको सम्बन्ध भएकोले स्तालिनको चित्रण गर्ने उनलाई अधिकार छ । ओर्लोभले भनेका थिए, “तथ्यपूर्ण आधार र तर्कको आधारमा आफ्ना भनाइ नराख्ने मानिसहरूलाई स्तालिन मन पराउनुहुन्नथ्यो । “तपाईँ जे भन्नुहुन्छ म त्यसै गर्छु” भन्ने सोचाइ राख्ने मानिस पनि उहाँ मन पराउनुहुन्नथ्यो । “त्यस्ता सल्लाहकार र सल्लाहकारका सल्लाह मलाई चाहिँदैन”, स्तालिन भन्नुहुन्थ्यो । यो विषयमा म सधैँ उहाँसँग विवाद गर्थेँ र विमति राख्थेँ । मेरो कुरा सुनेपछि स्तालिन भन्नुहुन्थ्यो, “म यो विषयमा विचार गरूँला ।” मानिसहरू उहाँबाट टाढा टाढा गएको अथवा हातमा टोपी बोकेर सङ्कोच मान्दै आएको मनपराउनु हुन्नथ्यो । हामी जो कोही पनि उहाँको अघि खुला भएर जानुपथ्र्यो । उहाँको कार्यालय कहिल्यै बन्द हुन्थेन । यहाँ अर्को एउटा उदाहरणको चर्चा गरौँ ः “स्तालिन झुकोबको दूरदर्शिता र देशभक्तिप्रति उच्च सम्मान र कदर गर्नुहुन्थ्यो । स्तालिनको आँखामा उनी सधैँ सम्मानित आगन्तुक हुन् ।”
अघिल्लो दिन भएको सानो असहमतिबारे विचार गर्न अर्को दिन झुकोब र स्तालिन दुवैले केही समय लिनुभयो । त्यसपछि स्तालिनले झुकोबलाई फोन गरेर सोध्नुभयो, “कमरेड झुकोब ¤ मस्कोको अवस्था के छ ?”
“कमरेड स्तालिन ¤ हामी मस्को छोड्न सक्दैनौँ । जिओर्जी कोन्स्टानटिनोविचको भनाइ पनि त्यही छ ।”
“त्यसो भए म अब एक–दुई घण्टा निदाउँछु”, स्तालिनले भन्नुभयो ।
“हुन्छ कमरेड स्तालिन ।”
हो, स्तालिन युद्धको समयमा आफ्नो वरपरका मानिसहरूलाई पढ्न सक्षम हुनुहुन्थ्यो ।
सन् १९९१ को वसन्त याममा पूर्व जनरल डी.भोल्कोगोनोभको दुई घण्टा लामो टीभी अन्तर्वार्ता आएको थियो । (भोल्कोगोनोभ असामान्य कम्युनिस्टविरोधी धोखेबाज हुन् । उनले रुस र अमेरिकामा बसेर केही पुस्तक लेखेका थिए । उनका ती किताबहरू स्तालिन र समाजवादको विषयमा भ्रम र झूटले भरिपूर्ण थिए–माइकल लुकास) । भोल्कोगोनोभले लडाइँको मोर्चामा एक पल्टमात्र भ्रमण गर्नुभएको बताउनुभएको थियो । रुसी लालसेनाको सेनापति स्तालिनले जम्मा एक पल्टमात्र मस्को छोड्नुभएको उनको भनाइ थियो । त्यो पनि लडाइँको मोर्चाभन्दा ५० किलोमिटर वरै नरम खातमा सुतेर फर्केको उनको बयान थियो । चर्चिल र रुजवेल्टलाई आफू लडाइँको मोर्चामा कसरी खटिरहेको भनी चिट्ठी लेख्नमात्र स्तालिन त्यहाँ गएर कमान्डरलाई भेट्नुभएको उनको भनाइ थियो ।
यिनी जनरल इतिहासकारले स्तालिनको ‘आतङ्क’ बारे एउटा बाक्लो पुस्तक लेखेका छन् । त्यो पुस्तकको नाम ‘ट्रुयुम्प एन्ड ट्रेजिडी’ (विजय र वियोग) हो । पहिले उनी स्तालिन दुई पटक लडाइँको मोर्चामा जानुभएको लेख्नुहुन्थ्यो भने अहिले एक पल्ट गएको भनी लेखेर सन्तोष मानेका छन् । म त्यो व्यक्ति हुँ जो युद्धका वर्षहरूमा सधैँ स्तालिनसँगै थिएँ । खास के भएको थियो, मैले यहाँ लेख्नैपर्छ । स्तालिनकै वरपर रहेका मेरा अन्य सुरक्षाकर्मी साथीहरूले पनि यो कुराको पुस्ट्याइँ गरेका छन् ।
भोल्कोगोनोभ आफैले भनेको कुरा यहाँ उद्धृत गर्न चाहन्छु, “सर्वोच्च नेताले पहिलो पटक दुर्गन्ध सुघ्नुभएको थियो । केही बेर एक्लै उभिनुभयो । अनि, अक्टोबरको त्यो बिहान उज्यालो पनि हुन नपाउँदै लडाइँको मोर्चामा जाने निधो गर्नुभयो ।” (डी.भोल्कोगोनोभ ‘ट्रुयुम्प एन्ड ट्रेजिडी’)
तर, वास्तविकता के हो भने पोलिटब्युरोका कोही पनि सदस्त्न्दा अघि नै स्तालिनले त्यो योजना बनाउनुभएको थियो । भोल्कोगोनोभका अनुसार स्तालिनले लडाइँको मोर्चामा केही साधारण कमान्डरहरूलाई भेटेर फर्किनुभयो । उनकै शब्दमा फर्किँदा स्तालिनको गाडी खाल्डोमा फस्यो । उहाँको साथमा आएका अन्य गाडीहरू सबै अघि बढ्यो । स्तालिन पनि त्यहाँ बसिरहनुभएन । स्तालिन बेरियाको अर्को गाडीमा बसेर त्यहाँबाट जानुभयो । त्यत्तिमै लडाइँ मोर्चामा स्तालिनको यात्रा सकिएको भोल्कोगोनोभको भनाइ थियो ।
तर, म त्यत्तिबेला स्तालिनसँगै भएको हुनाले खास भएको घटना यस्तो थियो ।
सन् १९४१ को अगस्टमा स्तालिन र बुल्गानिन राति लडाइँको वास्तविक अवस्थाबारे बुझ्न मलोयारोस्लाभेट जिल्लाको लडाइँको मोर्चामा जानुभएको थियो । चालक क्रमभचेन्कोले कालो फोर्ड गाडी हाँकिरहेका थिए । गाडीमा जनरल रुमैनत्सेभसँगै म पनि थिएँ ।
स्तालिन र भोरोशिलोभसँगै हामी केही दिन विभिन्न लडाइँको मोर्चामा पुग्यौँ । भेजदेशयु गाउँका केटाकेटीलाई आफ्नो ठाउँमा स्तालिन आएको थाहा पाए । उनीहरू चिच्याइरहेका थिए, “स्तालिन आउनुभयो ! स्तालिन आउनुभयो !”
अक्टोबरको अन्त्यमा स्तालिन र भोरोशोलिोभ जनरल रोकोस्साभ्स्कीको १६ औँ सेनाको निरीक्षण गर्न जानुभयो । त्यहाँ उहाँहरूले ‘कत्युशा’ नामको रकेट प्रक्षेपकको प्रक्षेपण हेर्नुभयो । त्यसपछि जर्मनहरूले त्यहाँ हमला गर्न थाले । त्यही भएर हामी हतारहतार उचाइमा जानुप¥यो । जर्मन विमानहरूले ‘कत्युशा’ ले प्रक्षेपण गरेका ठाउँमै बमबारी गरे । उनीहरूले चरणबद्ध हमला गरे । तर, त्यत्तिञ्जेल हाम्रो ‘कत्युशा’ अर्को ठाउँ पु¥याएर त्यहींबाट जर्मनहरूमाथि हमला थालिसकेको थियो । मस्को फर्किने बेलासम्ममा हाम्रो गाडी पुरै माटो, गोलीका प्वाल, कालो धुवाँसोले पोतिएको थियो ।

लडाइँको मोर्चामा स्तालिन


मध्य नोभेम्बरमा खु्रश्तालेभ, किरिलिन, तुकोभ, ख्रुश्ताशोभसँग स्तालिन मध्य दिनमा भोलोकोलाम्स्कको राजमार्गमा यात्रा गरिरहनुभएको थियो । स्तालिन लेनिनो–लुपोहामा पुग्नुभयो । त्यहाँ रातो क्रस भएको एउटा घरमा हामी रोकियौँ । त्यहाँ लडाइँको मोर्चामा भर्खर घाइते भएका सिपाहीहरूलाई ल्याइएको थियो । जब स्तालिन त्यहाँभित्र पस्नुभयो, घाइते सिपाहीहरूले आफ्नो आँखालाई पत्याउन सकेनन् । सुरुमा त उहाँ उभिएरै कुराकानी गर्दै हुुनुहुन्थ्यो । अनि उहाँ एउटा स्ट्रेचरमा बसेर घाइते लालसेनाका सिपाहीहरूको खात खातमा पुग्नुभएको थियो । स्तालिनले उनीहरूलाई सबै महत्वपूर्ण जिज्ञासा राख्नुभयो । जर्मनी आक्रामण र प्रतिरक्षाका बलिया पक्ष के हुन्, कमजोरी के के हुन् भनी सोध्नुभयो । लडाकु र अधिकारीहरूले जर्मनहरू अझै पनि बलिया भएको तर हमला सुरु गर्दाभन्दा उनीहरू कमजोर भएको जानकारी दिए । उनीहरूले प्रत्याक्रमणको समय भइसकेको भने । स्तालिनले उनीहरूलाई केही समय अझै धैर्य गर्न र प्रत्याक्रमण थाल्ने बेला नआएको बताउनुभयो । उहाँ धेरै चाँडै कुनै ठूलो घटना हुन लागेको पनि भन्नुभयो । लडाइँका सबै मोर्चाको निरीक्षणपछि स्तालिन फर्किनुभयो ।
सन् १९४२ को ग्रीष्ममा स्तालिन लामोई नदी तरेर पश्चिमी मोर्चामा जानुभयो । त्यहाँ उहाँले कमान्डरहरूसँग आकाशबाट भएका हमलाको अवलोकन गर्नुभयो । तुकोभ र खु्रश्तालेभसँगै अस्थायी पुलमा पुग्नुभयो । अनि उहाँ क्रेमलिन फर्किनुभयो ।
स्तालिन लडाइँका विभिन्न मोर्चामा गोप्यरूपमा पुग्नुभयो । शत्रुहरू सधैँ स्तालिन कहाँ गएका छन् भनी सधैँ निगरानी गरिरहेका थिए । मार्सल सोकोलोभस्कीलाई भेटेपछि स्तालिन युखनोभमा मार्सल भोरोनोभलाई भेट्न जानुभयो । त्यहाँ उहाँले हातहतियारको अवस्थाबारे बुझ्नुभयो । जङ्गलै जङ्गल हिँड्दै गर्दा सबै जना चुपचाप थिए । चराको चिरबिर चिरबिरमात्र सुनिन्थ्यो । त्यही बेला स्तालिनले दुःखपूर्वक भने, “कति शान्त छ । यो जङ्गलभन्दा बाहिर भने मृत्यु ताण्डव नाच नाचिरहेको भनी विश्वास गर्नै गाह«ो छ । मानिसहरू मरिरहेका छन् ।”
युखनोभको एउटा निर्धारित रेल बिसौनीमा रेल स्तालिनको प्रतिक्षामा थियो । त्यहाँ स्तालिनले ऐरेमेन्कोलाई भेट्नुभयो । खोरोशेभो गाउँमा त्यो बैठक भएको थियो । त्यहाँ बेरिया सधैँझैँ स्तालिनलाई रिझाउन प्रयासमा लागिसकेका थिए । उनले त्यहाँ राम्रो र आरामदायी खात, झकिझकाउ ओछ्यान, सिरानी आदिको व्यवस्था गरिसकेका थिए । स्तालिनले सधैँझैँ ती सबै ओछ्यान फिर्ता गर्न भन्दै आफू साधारण सिपाहीहरू सुत्ने ठाउँमै आफ्नो लामो कोट लगाएर सुत्नुभयो ।
त्यो साँझ खतरनाक साँझ थियो । बैठक सुरु नहुँदै जर्मनहरूले रेलमार्गमा बमबारी सुरु गरिसकेका थिए । उनीहरूले फेरि पनि स्तालिन बसेको ठाउँको मेसो पाइसकेका थिए । राति स्तालिन सुत्न सक्नुभएन । बाहिर निस्केर ओहोरदोहोर गर्न थाल्नुभयो । आकाशमा युद्धक विमानहरूको लडाइँ नियालिरहनुभयो । बिहान ऐरेमेन्को र पछि भोरोशिलोभ आइपुगे । स्तालिन मस्कोसँग नियमित फोन सम्पर्कमा हुनुहुन्थ्यो । सेनापतिको रूपमा उहाँले कलिनिन मोर्चामा थप सहायताको लागि निर्देशन दिइरहनुभएको थियो ।
दिउँसोसम्ममा हाम्रो सेनाले ओरेल र बेलगोरोडमाथि कब्जा जमाइसकेको खबर प्राप्त भयो । स्तालिन खुसी भएर हामीलाई सँगै खाजा खान बोलाउनुभयो । खाजा खाने त्यो कार्यक्रम सामान्य खालको थियो । तर, त्यो जीवन्त र हर्षले भरिपूर्ण थियो । स्तालिनले ती दुई ठाउँमाथिको विजयको सम्मानमा मस्कोमा दुई वटा सलामी अर्पण गर्न निर्देशन दिनुभयो । हामीले विजयको अवसरमा थोरै पियौँ ।
“सुस्वास्थ्यको कामनासहित कमरेड स्तालिन !”
“कमरेडहरू मेरो लागि होइन, हाम्रो महान् अक्टोबर क्रान्तिका विचार र हाम्रा महान नेता लेनिनका आदर्शको निम्ति पिउनुहोस्”, स्तालिनले भन्नुभयो ।
(अब हामी भोकोगोनोभका कुरा उद्धरण गर्दैनौँ किनभने ती झूट र भ्रम विभिन्न सन्दर्भमा पटक–पटक दोहोरिएका छन् । विदेशी शक्तिलाई खुसी बनाउन आफ्नो देश बेच्ने र बदनाम गर्ने त्यो गद्दारको विषयमा धेरै चर्चा यो पुस्तकमा आवश्यक छैन –सम्पादक)
पाठकलाई अब प्रत्यक्षदर्शीको कुरा र सुनेको भरमा लेखिएको कुरा अथवा प्रस्ट झूटबीच कति भिन्नता छ भनी प्रस्ट भयो होला भन्ने मेरो आशा छ । भोल्कोगोनोभलाई हामी प्रत्यक्षदर्शीलाई जस्तै सबै कुरा बिस्तारमा थाहा नहोला । त्यसो भए स्तालिनले लडाइँको मोर्चामा कमान्डरहरूलाई भेटेका नै थिएनन् भनी किन झूटा प्रचार गरियो ? त्यसो भए सोकोलोभ्स्की, भोरोनोभ र ऐरेमेन्कोमा उहाँले कसलाई भेट्नुभएको थियो र ? यस्तो कुरा गर्नु विशुद्ध मूर्खता मात्र हो । यो गद्दारले कसरी स्तालिनलाई अयोग्य भन्न सकेका होलान् । स्तालिनले सङ्कटको समयमा घातक निर्णय गरेको र घाइते सिपाहीहरूको बेवास्ता गरेको जस्ता आरोप लगाउन उनले किन कति पनि लाज नमानेका ? यस्ता कुनै पनि झूटले स्तालिनको नेतृत्व क्षमतालाई कति पनि धमिल्याउन सक्दैन । … सत्य त्यसको ठीक विपरीत छ । सत्यले उहाँ महान् नेता भएको देखाउँछ । उहाँको रणनीतिक ज्ञान कोही पनि मार्सल र जनरलभन्दा कम नभएको देखाउँछ ।
भोल्कोगोनोभ र उनका आधुनिक पक्षधरहरूका स्तालिनबारे यस्ता धारणा विन्स्टन चर्चिलको धारणासँग ठोकिन पुग्छ । उनी सोभियत पक्षधर वा कम्युनिस्ट पक्षधर भएको कुरा कुनै कल्पना होइन । स्तालिनबारे उनले निकै उच्चतम चरित्र चित्रण गरेका छन् । त्यो कुरा संसारलाई थाहा छ र पढेको पनि छ ।
(स्तालिनको निधनमा चर्चिलले दिएको भाषणमा यसको चर्चा छ । नर्थस्टार कम्पासका विभिन्न अङ्क र इतिहासका पुस्तकहरूमा त्यसबारे चर्चा गरिएको छ – सम्पादक) (‘यदि ब्रह्माण्डका सबै ग्रहको सम्मेलन हुने भए पृथ्वीको तर्फबाट स्तालिन नै एकमात्र योग्य पात्र हुन्’, चर्चिलले भनेका थिए–अनुवादक)
भोल्कोगोनोभ (जसको हाल निधन भइसकेको छ) लाई के चर्चिलको त्यो भाषणबारे थाहा नभएको होला र ? सायद त्यसो नहोला । तर, उनको काम भनेको स्तालिन र प्रकारान्तरले सोभियत सङ्घ, समाजवाद र साम्यवादबारे झूट र भ्रम सिर्जना गर्नु हो । त्यो नै उनको र उनलाई पुस्तक लेख्न र छाप्न मद्दत गर्नेहरूको मूल मनसाय हो । भोल्कोगोनोभको गालीगलौजमा कुनै सत्यता नभएको म भन्न सक्छु । उनको सबभन्दा मुख्य आरोप भनेको ‘व्यक्तिपूजा गरेको’ हो । स्तालिनका शत्रुहरूले समेत उनलाई त्यो काममा हौसला दिए । हाम्रा इतिहासकारहरूबाट हामीले केही वस्तुगत अध्ययनको अपेक्षा गर्नुपर्छ ।
नेपाली अनुवाद : बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *