भर्खरै :

स्ववियु निर्वाचन हुनुपर्छ – महर

पोखरा, २८ पुस । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले आगामी फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विगत आठ वर्षयता स्ववियु निर्वाचन हुन नसकेको बताउँदै नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा रहेको यो निर्वाचन जुनसुकै हालतमा हुनुपर्ने बताउनुभयो ।
नैतिकतामा आधारित मानवतावादी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उहाँले आर्थिक रुपमा विपन्न विद्यार्थीले पैसाको अभावमा गुणस्तरीय एवम् प्राविधिक शिक्षाको अभाव भोग्न नपर्ने अवस्था सिर्जना गर्नु राज्यको दायित्व भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *