भर्खरै :

बढ्दो पर्यावरणीय सङ्कट र कृतिम मौसम परिवर्तनको सम्भावना

गत चैत महिनाको १३ गतेदेखि अपराह्नको ३ नबज्दै काठमाडौँ उपत्यकाको आकाश तुँवालोले धुम्म परेर दिउँसै अँध्यारो हुनथाल्दा काठमाडौँवासीहरू अचम्म भए । मौसमको हिसाबले अति रमणीय मानिने काठमाडौँ उपत्यका प्राकृतिक एअरकन्डिसन भनेर चिनिन्छ । काठमाडौँमा छाएको तुँवालोलाई मौसमविद्हरूले चरम वायु प्रदूषण भएको बताए । यो प्रदूषणको मापन संसारकै उच्चतम बिन्दुमा पुगेको तथ्य स्विजरल्याडको आईक्यू एअरले तथ्य सार्वजनिक ग¥यो । वातावरणविद् एवम् वातावरणकर्मी, संस्कृतिकर्मी तथा अन्य जलवायुविज्ञहरूले केही वर्षदेखि काठमाडौँ उपत्यकाभित्र भइरहेको अत्यधिक धुलोधुवाँले टुँडिखेलदेखि अन्य खुला ठाउँहरूको अतिक्रमण, वरिपरिका हरिया डाँडाकाडाहरूमाथि विकासको नाममा भइरहेको डोजर आतङ्क र वन अतिक्रमणलाई समयमै नरोके यसको भयावह परिणाम आउने चेतावनी त दिएकै थिए । तर, कमिसनखोर, भूमाफिया, बिचौलियाको घेराबन्दीमा परेको सरकारले यस्तो चेतावनीलाई नसुनेझँै गरिरहयो र आखिरमा उपत्यकावासीलगायत सम्पूर्ण नेपालीले यस्तो समस्या भोग्नुपयो ।

भीडभाडयुक्त सहरमा प्रदूषणको असर जाडो महिनामा अझ बढी देखिने गर्छ । कलकारखाना, इँटा भट्टा आदिमा बालेको इन्धन, गाडीबाट निस्कने धुवाँ र अन्य स्रोतबाट निस्केको धुलो काठमाडौँ उपत्यकाको भौगोलिक बनोटका कारण उपत्यकाभित्रै लामो समयसम्म रहने गर्दछ । नेपालको मध्य भागमा गर्मी मौसमभन्दा हिउँदमा कम वर्षा हुने कारणले वायु प्रदूषणले झन् नराम्रो रूप लिन्छ । श्वासप्रश्वास र मुटुसँग सम्बन्धित रोगहरू वायु प्रदूषणको कारणले हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर बर्सेनि ९० लाखभन्दा बढी मान्छेको मृत्यु यस्ता रोगहरूबाट हुन्छ । हिउँदको समयमा यदि नियमित पानी परेमा वायु प्रदूषण केही मात्रामा भए पनि कम हुने थियो । यस वर्षको जाडोयाममा करिब ७ महिना सुक्खा नै भयो । सुक्खा हिउँद र बाक्लो तुँवालोले निसासिएका उपत्यकावासीको बीचमा एउटा गाइँगुइँ चल्यो –के मान्छेले कृतिमरूपमा पानी पारेर वायु प्रदूषणको असर केही भए पनि कम गर्न सक्छ ? बीसौँ शताब्दीभर संसारमा अनेकाँै चमत्कारिक वैज्ञानिक प्रयोगहरू गरिए । ती नै गाइँगुइँबीच हामीले सन् २००८ को ओलम्पिक खेलको आयोजक चीनले खेलको उद्घाटन हुने दिनमा पानी पर्नसक्ने मौसम भविष्यवाणीबीच एकदिनअगावै राजधानी पेइचिङलाई ढाकिराखेको बादललाई कृतिमरूपमा वर्षा गराई भोलिपल्टको उद्घाटनको दिनमा पर्नसक्ने अप्ठयारोबाट छुटकारा पाई उद्घाटनको दिनलाई सहज बनाएको कुरालाई सम्झ्यौँ । यही मेसोमा कृतिमरूपमा पानी कसरी पारिन्छ वा मौसम फेरबदलको प्राकृतिक लयलाई विज्ञान र प्रविधिले कसरी हस्तक्षेप गरी उसको बाटोलाई बदल्न सक्छ भन्नेबारेमा यस छोटो आलेखमा चर्चा गर्ने जमर्को गरेका छौँ ।
कैयौँ शताब्दीदेखि मान्छेले विभिन्न प्राकृतिक प्रकोपहरूबाट बच्न देवीदेउताको पुकार तथा पूजाआजा गरेको पाइन्छ । सुक्खायाममा पानीको लागि संसारका विभिन्न देशमा ‘पानीनाच’, ‘भ्यागुता र सर्प पूजा’, ‘हरहर महादेव पानी दे’ जस्ता अनेक परम्परा र संस्कृतिको चलन चलाएको सुन्नदेख्न पाइन्छ । तर, कृतिमरूपमा पानी पार्ने ठोस वैज्ञानिक प्रयासहरू भने २० औँ शताब्दीको मध्यतिर मात्रै अमेरिकाले प्रयास गरेको देखिन्छ । यसपश्चात् अन्य देशहरूले पनि यो प्रविधिको प्रयोग गर्दै यसमा नयाँ आयाम थप्दै सुधार गरेको पाइन्छ । ‘क्लाउड सिडिङ्ग’ (cloud seeding) भनिने प्रविधि अमेरिकाले पहिलोपल्ट भियतनाम युद्धमा सन् १९६७ देखि १९७२ को बीचमा प्रयोग गरेर उत्तरी भियतनामका विद्रोहीहरूले प्रयोग गर्ने हो चि मिन्ह आपूर्ति मार्गलाई डुबानमा पार्ने प्रयास गरेको पाइन्छ । त्यसैगरी १९८६ मा तत्कालीन सोभियत सङ्घको आणविक विद्युत् उत्पादन केन्द्रहरूमध्येको चेर्नाेबिल केन्द्रमा भएको विस्फोट (Chernobyl explosion) पछि निष्काशित घातक रेडियोधर्मीयुक्त (radio-active) बादल भई पर्नसक्ने पानी मस्कोमा नपरोस् भन्ने उद्देश्यले रूसले अत्याधुनिक क्लाउड सिडिङ्ग प्रविधि प्रयोग गरेर पानी अन्तै मोडेको आकलन गरिएको थियो ।
केही वैज्ञानिकहरूले कृतिमरूपमा गरिने मौसम परिवर्तनको उपादेयता तथा प्रकृतिको आफ्नै लयलाई मानिसले विज्ञानको नाममा गरिने हस्तक्षेप कुन नैतिक हदसम्म जायज मान्न सकिन्छ भन्ने प्रश्न पनि उठाउने गरेका छन् । यद्यपि, वर्तमान समयमा यस प्रविधिमाथि अझ नयाँनयाँ प्रयोगहरू भएको देखिन्छ । हावामा विभिन्न ग्यासहरूसँगै पानीका थुप्रै कणहरू हुन्छन् । मरुभूमिको सुख्खा हावामा पनि बाफका कणहरू हुन्छन् । हवाईजहाज वा रकेटहरूको प्रयोग गरेर नुन र अन्य रसायनको मिश्रणलाई वायुमण्डलमा बादलमाथि छरिन्छ । यी छरिएका नुन तथा रसायनका कणहरू वाफीय कणहरू (condense) भएर पानीका थोपा बन्ने आधार बन्छन् । बादलमा भएको वाफ पानीको ठुलो थोपामा परिणत भएपछि वर्षाको रूपमा तल झर्छन् । ‘क्लाउड सिडिङ्ग’ भनिने यो प्रविधिले पानी नपरेको ठाउँमा पानी पार्नेमात्र होइन कुनै विशेष बादलबाट पर्ने पानीको मात्रा पनि बढाउन सकिन्छ । ठाउँ र समयअनुसार हरेक बादलमा भएको पानीको मात्रा फरक हुनुका साथै कुनै बादलबाट मानवीय हस्तक्षेपबिना कति पानी पर्छ भन्ने अनुमान लगाउन गा¥हो हुने भएकोले क्लाउड सिडिङ्ग प्रविधिको सफलता नाप्न गा¥हो हुन्छ । यसका साथै संयुक्त अरब एमिरेट्सजस्ता सुक्खा देशहरूले सन् २००० को प्रारम्भदेखि वार्षिकरूपमा सयौँ क्लाउड सिडिङका उडानहरू गरेर कृतिमरूपमा पानी पार्ने गरेका छन् ।

वर्तमान समयमा पृथ्वीको तापक्रम बढ्नुका साथै संसारभर प्रदूषण र मौसम परिवर्तनले विकराल रूप लिएको छ । यसले गर्दा मानव जनजीवन गा¥हो र सङ्कटपूर्ण भएको छ । समुद्र तटीय क्षेत्रमा पानीको सतह बढेर लाखौँ मान्छे विस्थापित हुनुपर्ने अवस्था सृजना भएको छ । बाढी पहिरो, आँधीबेहरी अनि खडेरी पर्ने मात्रालाई हरेक साल ह्वात्तै बढाइदिएको छ । यसका साथै मान्छेहरूमा अनेक रोगव्याधी तथा अन्य प्राणी र बिरुवाहरू लोप हुने क्रम तीव्र छ ।
जलवायु परिर्वतन, भूमण्डीय उष्णीकरण तथा वातावरण प्रदूषण अब प्राकृतिक घटना वा मुद्दाहरूमा मात्र सीमित छैनन् । यिनीहरूको प्रभाव मानव जीवनमा बहुआयामिक छन् ।

मानव समाजको विकास क्रममा मानिसले खनिज इन्धनको प्रयोग गर्न सिकेदेखि नै उसले वायुमण्डलको प्राकृतिक बनोटमा असन्तुलन ल्याउन योगदान दिएको छ । सन् २०२० मै वायुमण्डलको अब Carbondioxide  मात्र ४१७ पीपीएम (parts per million) सायद मानव इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्यादा हो । Carbondioxide र अन्य हरितगृह ग्यासहरू प्राकृतिकरूपमा (वन डढेलो, ज्वालामुखी विस्फोटन आदि) वा मानवीय गतिविधिहरूबाट उत्पति हुनसक्छ । भौगोलिक र ऐतिहासिक अनुसन्धानबाट यी दुवै स्रोतको मात्रा निकाल्न सकिन्छ । संयुक्त राष्ट्र सङ्घका International Panel on Climate Change -IPCC_ का विभिन्न देशका १३०० जना वैज्ञानिकहरूको समूहको निष्कर्षअनुसार अहिले Carbondioxide  को मात्रा बढ्नुमा मुख्यतः मानवीय गतिविधिको कारण नै हो । उनीहरूका अनुसार यी मानव सिर्जित (anthropogenic ) हरितगृह ग्यासहरूको कारणले नै विगत ५० वर्षमा पृथ्वीको तापक्रम बढेको हो ।
मानवनिर्मित कङ्क्रिटका विशाल सहरका संरचनाहरूले सूर्यको तापलाई कम सोस्ने तर उत्सर्जन धेरै गर्ने भएकोले प्राविधिक भाषा यस्ता विशाल सहरलाई ‘उष्ण टापु’ (अर्बन हिट आइल्यान्ड) भनिन्छ । यस्ता उष्ण टापुले स्थानीय मौसमलाई प्रतिकूलरूपमा परिवर्तन गर्न अहम् भूमिका खेलेको हुन्छ । यस्ता टापुमाथि बन्ने हावा हुरी खुला ठाउँमा बन्ने हावाहुरीभन्दा ठुलो तथा तीव्र हुने अध्ययनले देखाएको छ । ठुला खेतीका फाँटहरूले पनि त्यस ठाउँको आर्द्रता (humidity) बढाउन सक्छ । जबकि बाली काटिसकेपछिको खेतले स्थानीय ठाउँको आद्र्रतालाई अत्यधिक मात्रामा घटाइदिन्छ । यसबाहेक बढ्दो सहरीकरणको क्रममा बनाउने बाटा र भवनहरू र जङ्गल फँडानीले गर्दा वर्षाको पानी जमिनमुनि सेचन हुन पाउँदैन । यसले गर्दा बाढीको जोखिम अझ बढ्न जान्छ ।
वर्तमान समयमा पृथ्वीको तापक्रम बढ्नुका साथै संसारभर प्रदूषण र मौसम परिवर्तनले विकराल रूप लिएको छ । यसले गर्दा मानव जनजीवन गा¥हो र सङ्कटपूर्ण भएको छ । समुद्र तटीय क्षेत्रमा पानीको सतह बढेर लाखौँ मान्छे विस्थापित हुनुपर्ने अवस्था सृजना भएको छ । बाढी पहिरो, आँधीबेहरी अनि खडेरी पर्ने मात्रालाई हरेक साल ह्वात्तै बढाइदिएको छ । यसका साथै मान्छेहरूमा अनेक रोगव्याधी तथा अन्य प्राणी र बिरुवाहरू लोप हुने क्रम तीव्र छ ।
जलवायु परिर्वतन, भूमण्डीय उष्णीकरण तथा वातावरण प्रदूषण अब प्राकृतिक घटना वा मुद्दाहरूमा मात्र सीमित छैनन् । यिनीहरूको प्रभाव मानव जीवनमा बहुआयामिक छन् । प्राविधिक भाषामा यसलाई ‘क्रस कटिङ्ग’ (cross- cutting) मुद्दाको रूपमा पनि लिइन्छ । यसको प्रभाव सामाजिक, आर्थिक, सांस्कृतिक, लैङ्गिक पक्षहरूमा हुन्छ । धनीले भन्दा गरिब र पुरुषले भन्दा महिलाले, विकसितभन्दा विकासशील देशहरूले, सहरियाले भन्दा गाउँकाले तथा मूलधारकाले भन्दा सीमान्तकृतले यिनीहरूको दुष्परिणाम भोगिरहनुपरेको आजको विश्वको यथार्थ हो । भागबन्डाको राजनीति र सत्ताको लुछाचँुडीमा डुबेका पार्टी र नेताहरूको अर्कमण्यताले आगामी दिनमा नेपाली जनताले अझ वातावरणीय विषाक्तताको दुष्परिणाम भोगिरहनुपर्ने प्रस्ट छ । सुकुमवासीका नाममा, सुविधायुक्त स्थानको नाममा र अन्य धेरै निहुँमा सत्तहतरै जिल्लाका बासिन्दालाई काठमाडौँको खाल्डोमा थुपार्ने शासकहरूको अदूरदर्शी र निहित स्वार्थको कारणले ‘स्वर्ग’ जस्तो उपत्यकालाई नर्कमा परिणत गरिसकेको कुरालाई अहिले पनि मनन नगर्ने हो भने भोलिका दिन अझै कहालीलाग्दो हुने निश्चित छ ।
 
 

योगेन्द्रमान बिजुक्छेँ


नरेन्द्र कोजु


(लेखक बिजुक्छेँ शिक्षक हुनुहुन्छ भने कोजु फिनलैन्डमा वातावरण विज्ञानमा (अक्वाटिक विज्ञान विज्ञता) स्नात्तकोत्तर हुनुहुन्छ । हाल कोजु फिनलैन्डमै कर्पोरेट वातावरण व्यवस्थापन विषयमा अध्ययनरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *