भर्खरै :

ठूलो सहर विकासले जनता निसासिने

सङ्घ राज्यको मुख्य उद्देश्य एकात्मक चरित्रको उल्टो सबै प्रदेशको समान र सन्तुलित विकास हो । काठमाडौँ उत्पयकामा सहरमाथि सहर थोपेर सहरको विकासको नाउँमा देशलाई अपराधीको केन्द्र बनाइँदै छ । ‘उपत्यकामा चार नयाँ सहर’ अन्नपूर्ण पोष्ट (२०७७ चैत २५) । प्राधिकरणले उपत्यकाको चारकिलामा चार नयाँ सहर बनाउनुको अर्थ प्रदेशमा खर्च गर्नुपर्ने बजेटलाई काठमाडौँमै खर्च गर्नु पुरानो प्रवृत्ति हो ।
काठमाडौँ उपत्यकामा थप चार ओटा नयाँ सहरले सर्वप्रथमतः स्थानीयवासी उठिबास हुनेछन् । सहर विकासको नाउँमा उपत्यकाले धान्नै नसक्ने अवस्थामा उपत्यकावासी र आदिवासी एकएक पाइला गरी उठिवास गर्ने नयाँ जाल गर्दै छ ।
नयाँ सहरले कला, संस्कृति र सम्पदालाई ध्वस्त पार्नेछ र पश्चिमेली संस्कृतिले त्यसलाई, विस्थापित गर्नेछ । हामी खोकना र बुङ्गमतीलाई उदाहरणको रूपमा हेर्नसक्छौँ ।
अहिलेकै सन्दर्भ हेर्ने हो भने पनि, उपत्यकामा सवारी साधनको उचित तरिकाले उपयोग नहुँदा ट्राफिक जाम, ध्वनि प्रदूषणजस्ता समस्या जनताले भोग्दै आएका छन् । थप चार सहरले यसलाई झन् बढावा दिनेछ ।
मनोहराको दायाँबायाँको स–साना बस्ती र सडकको कारण एक एक घण्टा जाम भोग्दै आएका देशवासीलाई चार सहरले देशलाई हाहाकार बनाउने निश्चित छ । सबैतिर जामैजामले गर्दा काठमाडौँ आउने जनता निसासिने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *