भर्खरै :

बिस्का जात्रा सहज ढङ्गले सफल होस्

बिस्का (बिस्केट) विश्व विख्यात जात्रा हो । यो जात्रा नेपालको नयाँ वर्षसित पनि सम्बन्धित छ । सांस्कृतिक र ऐतिहासिक महत्वको यो जात्रा गएको वर्ष कोरोना भाइरसको सङ्क्रमणको कारण पूजाआजामा मात्र सीमित भएको थियो । त्यसो त अहिले पनि कोरोना भाइरस अन्त्य भएको छैन । केही समय शिथिल भएको यो रोग छिमेकी देश भारतमा सङ्क्रमितको सङ्ख्या फेरि एकाएक बढेको कारण नेपालमा पनि असर पर्ने विज्ञहरूको राय हो । हुन पनि शिथिल भइसकेको सो रोग अहिले नेपालमा पनि क्रमशः बढिरहेको छ । यसकारण यहाँ परम्परागत जात्रा मनाए तापनि हरेकले सतर्कता अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पालना गर्नेतर्फ सबैको ध्यान जानुपर्छ ।
जात्रा पनि सफल पार्नुपर्छ, कोरोना भाइरसबारे पनि सचेत हुनुपर्छ । बिस्का जात्राको महत्वपूर्ण पक्ष भैरवको रथ तानेर निर्धारित समयमा पु¥याउने र लिङ्गो उभ्याउने र ढाल्ने हो । यसबाहेक अन्य टोल–टोलमा छुट्टै विभिन्न देवी देवताहरूको जात्रा हुन्छ । बिस्का जात्राकै सिलसिलामा नयाँ वर्षको अघिल्लो दिन बिहान तालाक्वमा ल्हा मरु यसिंद्यो (हात नभएको लिङ्गो) बिहान उठाइन्छ भने साँझपख अर्को ठुलो यसिंद्यो (लिङ्गो) योसिंखेलमा उठाइन्छ । योसिंखेलको लिङ्गो नयाँ वर्षको आगमनकै दिन साँझपख ढालिन्छ भने तालाक्वको लिङ्गो बिस्का जात्राको अन्तिम दिन वैशाख ५ गते ढालिन्छ ।
परम्परागत यी सबै जात्रा निर्धारित दिन आ–आफ्नो स्थानमा हुन्छ । जात्रा जहाँ भए पनि शान्तिपूर्ण हुनुपर्छ, संयमताका साथ गरिनुपर्छ । भैरवको रथ पनि सहज ढङ्गले तान्नुपर्छ । भैरवको रथ तान्दा नियमानुसार जुन दिन जहाँ पु¥याउनुपर्ने हो त्यहाँ सहज ढङ्गले पु¥याउन सहयोग गर्नुपर्छ । सुरुदेखि अन्त्यसम्म दुवैतर्फ तानातान गर्नुभन्दा पहिलो दिन माथिल्लो भेगमा लगेर गः हिटीमा पु¥याउने र अन्तिम सदन तल्लो भेगमा लगेर टौमढीमा पु¥याउने काममा एकले अर्कोलाई सहयोग गरे जात्रा समयमा सम्पन्न हुन्छ र शान्तिपूर्ण हुन्छ ।
भैरवनाथको रथ तान्दा तान्दै लान अप्ठ्यारो भयो भने अर्को पट्टिले तानेर मिलाउने काममा रथ तान्ने र रथ तान्न अगुवा गर्नेहरूको ध्यान जानुपर्छ । सबैको ध्यान जात्रा समयमै सफल पार्नेतर्फ जानुपर्छ । जात्राको कारण भैरवनाथको रथ नबिग्रियोस् । कुनै पनि घर, भवन, पाटी, पेटीमा क्षति नपुगोस् । भैरवनाथ बिग्रेर, भैरवनाथ रथले कहीँ ठोकेर कुनै पनि भक्तजन घाइते नहोस् । जात्राको कारण कुनै पनि झगडा नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *