इलामको उपनिर्वाचनलाई सम्झँदा – १
- जेष्ठ ३, २०८१
फेसबुकको एउटा ग्रुपमा छ्वाली बाल्नु ठीक हो होइन भन्ने सन्दर्भमा बहस भइरहेको देखेँ । कोही ठीक हो, खेतमा मल हुन्छ, पहिलेदेखिको चलन हो आदि भनिरहेका थिए भने कोही ठीक होइन प्रदूषण बढ्छ भनिरहेका थिए । प्रदूषण त इँटाभट्टाले गरे भन्नेहरू पनि थिए । यो पोस्टका कमेन्टहरू पढिरहँदा आफूले जानेका केही कुरा राख्न मन लागेको छ । ताउ ते आँधीका कारण वर्षा हुनुभन्दा अघिका दिनमा भक्तपुरवासीहरूले आफ्नो वरिपरि पहिलेभन्दा बाक्लो धुँवा भएको अनुभूति गरेकै होलान् । यो समय गहुँ काट्ने समय हो । पहिले गहुँ हातले नै चुटिन्थ्यो । अहिले थ्रेसरको प्रयोग बढ्न थालेको छ । दाउरा बाल्ने अगेना छोडेर ग्यास चुलोको प्रयोग भएसँगै हाम्रो जीवनमा छ्वालीको प्रयोग घटेको छ । त्यही भएर पनि थ्रेसरको प्रयोग बढेको छ, जसमा छ्वाली बिग्रिन्छ । यो बिग्रेको धुलो छ्वालीको व्यवस्थापनको समस्या बन्यो र बाल्नु सजिलो समाधानको रूपमा देखियो । यसकारण, छ्वाली बाल्नेको सङ्ख्या र बालिने छ्वालीको मात्रा पहिलेभन्दा बढेको देखिन्छ । तर, के यो साँच्चैको उचित समाधान हो त ?
सामान्यरूपमा हेर्दा बालेको खरानी राम्रो मल हुनेजस्तो देखिए पनि त्यसो होइन । छ्वाली अथवा पराल बाल्दा त्यसमा भएको कार्बन, नाइट्रोजन, सल्फर, फोसफरस र पोटासियम जस्ता बिरुवालाई आवश्यक तत्वहरू नष्ट हुने अध्ययनले पुस्टि गरिसकेको छ । यतिमात्र नभएर छ्वाली अथवा पराल बाल्दा माटोलाई अति आवश्यक कीरा फट्याङ्ग्राको पनि नास गर्छ जसले गर्दा एकातिर माटोको उर्वरा शक्तिको ह्रास हुन्छ भने अर्कोतिर हानिकारक कीराहरूले आफ्नो स्थान पाउँछन् । यसले उत्पादनमा कमी आउँछ र बालीमा रोग लाग्ने सम्भावना बढ्छ ।
छ्वाली अथवा पराल बाल्दा Carbondioxide, Carbonmonoxide, Suplhur oxides, Particulate matter / Black Carbon जस्ता प्रदूषण उत्सर्जन हुन्छ । यसले मान्छेहरूमा रुघाखोकी तथा नाक, घाँटी र आँखाका समस्याहरू उत्पन्न गराउँछ । यसले हिमालमा हिउँ पग्लिने गतिलाई पनि तीव्र बनाउँछ । जहाँसम्म इँटाभट्टाले प्रदूषण गर्ने कुरा छ, त्यसमा कसैको दुईमत नहोला । तर, खेतमा छ्वाली अथवा परालहरू बाल्दा यो पृथ्वीको सतहमा नै हुने हुँदा यसको असर इँटाभट्टाको प्रदूषणभन्दा छिटो, धेरै र बढी हानिकारक हुन्छ । भारतमा खेतमा छ्वाली अथवा पराल बाल्ने कार्यलाई अपराध नै घोषणा गरिएको छ । २०१६ मा पञ्जाब सरकारले त्यहाँका किसानहरूलाई जरिवाना गरेको थियो ।
त्यसो भए अब के गर्ने त ?
१. छ्वाली अथवा पराल कुनै एक ठाउँ जम्मा गरेर अथवा खेतमै छरेर मल बनाउन सकिन्छ ।
२. च्याउ खेतीमा प्रयोग गर्न सकिन्छ ।
३. गाईबाख्रालाई खुवाउन र ओछ्याउन प्रयोग गर्न सकिन्छ ।
४. छ्वाली र परालको ब्रिकेट बनाएर प्रयोग गर्न सकिन्छ ।
५. छ्वाली कला, सुकुल बुन्नेजस्ता हस्तकलाहरूलाई प्रोत्साहन गरी त्यसमा प्रयोग गर्न सकिन्छ ।
६. छ्वाली अथवा पराल खेतमा Mulch ing विधिमा प्रयोग गर्न सकिन्छ ।
(लेखक वातावरण विज्ञानका विद्यार्थी हुनुहुन्छ)
Using ash in field may be beneficial as it increases ph and ash are rich in N,P,K. It would have been better if these point are added and discussed