भर्खरै :

लेनिनका जीवनका पानाहरू–१९ / हाम्रो विरोधी सर्वहाराको घातक शत्रु

यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी १९०४–१९०५ मा निर्वासनमा थिइन् । त्यहाँ उनले बोल्शेभिक समुदायबिच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्त पत्र–व्यवहारमा उनले क्रुप्सकायालाई सघाइन् । १९०५ को क्रान्ति र महान् अक्टोबर क्रान्तिमा सक्रियतापूर्वक भाग लिइन् । सोभियत सत्ताका सुरुवाती वर्षहरूमा उनले जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद् सँगसँगै लेनिनको सेक्रेटरीको रूपमा काम गरिन् । उनले लेनिनको बारेमा अनेक संस्मरणहरू लेखिन् । प्रस्तुत पुस्तक लेनिनको बारेमा फोतिएभाले लेखेका संस्मरणहरूको सङ्ग्रह हो ।
सुरुदेखि नै लेनिनले आफ्नो ध्यान विद्युतीयकरणको समस्यामाथि केन्द्रित गर्नुभएको थियो । जनकमिसार परिषद्ले अप्रिलमा विज्ञान–एकेडेमीको एउटा प्रस्तावलाई समर्थन गर्ने फैसला ग¥यो । प्राकृतिक सम्पदाको अन्वेषण गर्ने काममा वैज्ञानिकहरूलाई उत्साहित गर्ने र यस सम्बन्धमा एकेडेमीलाई आवश्यक वित्तको व्यवस्था गर्ने प्रस्ताव यसमा थियो । यो फैसलाको सम्बन्धमा लेनिनले एकेडेमीको कामलाई ठोसरूपमा मार्गदर्शन गर्दै ‘वैज्ञानिक तथा प्राविधिक कार्य–योजनाको रूपरेखा’ शीर्षकको पत्र लेख्नुभयो । त्यसमा उहाँले राष्ट्रिय अर्थव्यवस्थाको अखिल रुसी परिषद्ले विज्ञान–एकेडेमीले रुसी उद्योगहरूको पुनर्सङ्गठन र अर्थव्यवस्थाको विकासको लागि एउटा योजना तुरुन्त तयार गर्नका निमित्त आयोगहरूको स्थापना गरोस् भन्ने सुझाव दिनुभयो । त्यस योजनामा विशेषरूपले उद्योग तथा परिवहनको विद्युतीयकरण र कृषिमा विद्युत्को प्रयोगमा ध्यान दिने कुरा थियो । लेनिनको त्यस पत्रले विज्ञान–एकेडेमीको पथ–प्रदर्शकको काम ग¥यो । त्यो रुसको विद्युतीयकरणको योजना (गोएलरो योजना) लाई अगाडी बढाउने आधार बन्यो ।
मार्चमा लेनिनले इन्जिनियर अ.ब. भिन्तेरलाई भेटघाटको लागि बोलाउन पठाउनुभयो । उहाँले शातुरामा बिजुली स्टेसन निर्माण र दलदली पीट–उद्योगको सङ्गठनका बारेमा छलफल गर्नुभयो ।
जनकमिसार परिषद्ले २७ अप्रिलमा स्विर र बोल्खोभ नदीमा जलविद्युत् केन्द्रको निर्माणको सम्बन्धमा एउटा फैसलालाई स्वीकृत ग¥यो ।
सांस्कृतिक समस्याहरूलाई पनि उत्तिकै ध्यान दिइयो । जनकमिसार परिषद्ले १४ अप्रिलमा जारशाही स्मारकहरूलाई हटाउन एक विज्ञप्ति जारी ग¥यो र अक्टोबर क्रान्तिको स्मारकको लागि प्रतियोगितालाई स्वीकृत ग¥यो ।

‘जिन्सीको रूपमा कर’ नामक आफ्नो पम्पलेट (१९२१) मा लेनिनले ती समस्याहरूलाई फेरि उठाउनुभयो, जुन सोभियत सत्ताका प्रारम्भिक अशान्त एवम् कठिन महिनाहरूमा लेखिएका ती दुई लेखमा उठाइएको थियो । अब एउटा यस्तो समय सुरु भयो, जब गृह–युद्ध र वैदेशिक सैनिक हस्तक्षेपका वर्षहरूलाई विजयपूर्वक पार गरी सोभियत राज्यले समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सुरु ग¥यो । अर्थात्, युद्धकालीन कम्युनिज्मको नीतिको अन्त्य गरि नयाँ आर्थिक नीति अपनायो ।

लेनिनका कामकाज धेरै विविधतापूर्ण थिए । उहाँ सार्वजनिक सभाहरूमा प्रायजसो भाषण गर्नुहुन्थ्यो । मस्कोमा परिषद्को काम सुरु भएका पहिला दुई महिनामा उहाँले कम्तीमा दसचोटि भाषण गर्नुभयो । कामदार जनता लेनिनका भाषणहरूलाई तालीको गड्गडाहटसँगै सुन्थे । सोभियत सत्ताका समस्त शत्रुहरूमाथि विजयको बारेमा तथा सम्पूर्ण कठिनाइहरूलाई पन्छाउने सम्बन्धमा लेनिनको विश्वास भाषण सुनेका मानिसहरूमाझ फैलिन्थ्यो ।
मजदुर, किसान र लालसेनाका प्रतिनिधिमाझ मस्को सोभियतको एउटा सभामा भाषण गर्दै उहाँले २३ अप्रिल, १९१८ मा भन्नुभयो, “सारा समस्याहरूमाथि विजय हासिल गर्न र भोकमरी तथा बेरोजगारीको विरुद्धमा सफलतापूर्वक लड्नका लागि हामी राष्ट्रिय महत्वको अदृश्य, अप्रदर्शनात्मक तर कठिन काम गर्नेछौँ । जो कसैले हाम्रो विरोध गर्नेछ, उसलाई विश्व सर्वहाराको घातक शत्रु मानिनेछ… हामी सही बाटोमा छौँ, यो बाटोले हामीलाई समाजवादको पूर्ण विजयसम्म पु¥याउनेछ ।” उपस्थित हरेकले लेनिनका अन्तिम शब्दहरूको जोड–जोडले ताली बजाए ।
त्यही छोटो अवधिमा लेनिनले ‘सोभियत सत्ताका तात्कालिक कार्यभार’ नामक एक महान् सैद्धान्तिक तथा राजनीतिक महत्वको कृति लेख्नुभयो । लेनिन मस्को आएपछि नै, जबकि उहाँ घोडासवार दलको भवनमा बसिरहनुभएको थियो, यस कृतिमाथि काम गर्न सुरु गर्नुभएको थियो । यस असाधारण महत्वपूर्ण कृतिमा उहाँले वर्तमानको प्रमुख कार्यभार श्रम–अनुसन्धान गर्नु, नयाँ उत्पादन सम्बन्धहरूको स्थापना गर्नु, नयाँ समाजवादी अर्थव्यवस्थाको निमार्ण गर्नु तथा समाजवाद निर्माणका समस्याहरूलाई हल गर्नु हुन्न भनी बताउनुभयो । लेनिनको यो कृति पार्टी, सोभियत सरकार र समस्त जनताको कामको कार्यक्रम बन्यो ।
रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को केन्द्रीय समितिले लेनिनका थेसिसहरूको अनुमोदन ग¥यो । २९ अप्रिलमा उहाँले अखिल रुसी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एक रिपोर्ट पेश गर्नुभयो र समापन भाषण दिनुभयो । जसमा उहाँका रिपोर्टका मुख्य सूत्रहरूलाई समावेश गर्ने उहाँका ६ थेसिसहरूलाई प्रस्तावको रूपमा स्वीकार गरियो ।
‘सोभियत सत्ताका तात्कालिक कार्यभार’ पम्पलेटको रूपमा प्रकाशित गरियो ।
“वामपन्थी” मूर्खता र निम्न पुँजीवादी मनोवृत्ति नामको अर्को धेरै महत्वपूर्ण कृतिलाई लेनिनले ५ मे १९१८ मा पूरा गर्नुभयो । यो “वामपन्थी कम्युनिस्टहरू” को विरुद्धमा तथा तिनीहरूको पत्रिका ‘कोम्मुनीस्त’ (सङ्ख्या १, १० अप्रिल १९१८) मा अभिव्यक्त निम्न–पुँजीवादी अनुशासनहिनताको खुला वकालतको विरुद्धमा लेखिएको थियो । यो ‘हाम्रो समयको मुख्य कार्यभार’ शीर्षक लेख छापिएको पम्पलेटमै छापिएको थियो । भूमिकामा लेनिनले लेख्नुभएको थियो : “दुवै लेखले पम्पलेटको शीर्षकमा व्यक्त एउटै विषयलाई भिन्न–भिन्न दृष्टिकोणबाट, विवेचना गर्छन् ।”
‘जिन्सीको रूपमा कर’ नामक आफ्नो पम्पलेट (१९२१) मा लेनिनले ती समस्याहरूलाई फेरि उठाउनुभयो, जुन सोभियत सत्ताका प्रारम्भिक अशान्त एवम् कठिन महिनाहरूमा लेखिएका ती दुई लेखमा उठाइएको थियो । अब एउटा यस्तो समय सुरु भयो, जब गृह–युद्ध र वैदेशिक सैनिक हस्तक्षेपका वर्षहरूलाई विजयपूर्वक पार गरी सोभियत राज्यले समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सुरु ग¥यो । अर्थात्, युद्धकालीन कम्युनिज्मको नीतिको अन्त्य गरि नयाँ आर्थिक नीति अपनायो ।
मे १९१८ को पूर्वाद्धमा सोभियत सत्ताको राजनीतिक स्थिति अति तनावपूर्ण थियो । देशभित्र नवोदित सोभियत राज्यलाई अकाल, समृद्ध किसान (कुलक) तथा समाजवादी क्रान्तिकारीहरूका विद्रोहहरू गाउँ–गाउँका गृह–युद्ध, ‘वामपन्थी’ समाजवादी क्रान्तिकारीहरू एवम् ‘वामपन्थी कम्युनिस्टहरू’ का विरोधी कारबाहीहरू, श्वेत गार्डको विद्रोह र षड्यन्त्रहरू, तथा भूतपूर्व जार निकोलाई रोमानोभ देशबाट भाग्ने सम्बन्धमा तोबोल्स्कका राजतन्त्रवादीहरूद्वारा गरिएका प्रयत्नहरूको सामना गर्नु परिरहेको थियो ।
यसको साथसाथै नवस्थापित सोभियत जनतन्त्र जताततै– उत्तरमा, सुदूरपूर्वमा, ट्रान्स–ककेशियामा, युक्रेनमा र क्रिमियामा– शत्रुहरूबाट घेरिएको थियो ।
श्रम जनकमिसार नोगिनले ९ मे १९१८ मा जनकमिसार परिषद्मा राजनीतिक परिस्थितिका सम्बन्धमा सोधपुछ गरे । जनकमिसार परिषद्ले सूचना दिन लेनिनलाई अधिकार दियो । यसै सम्बन्धमा लेनिनले ‘आधुनिक राजनीतिक परिस्थितिहरूको सम्बन्धमा थेसिस’ लेख्नुभयो । उक्त थेसिसलाई रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को केन्द्रीय समितिले मे १३ मा अनुमोदन ग¥यो । यसले देशको बाह्य र आन्तरिक स्थिति तथा सोभियत सरकारको विदेश–नीति बुझ्नमा सहायता ग¥यो । केन्द्रीय समितिको आदेशमा लेनिनले त्यसलाई त्यसै दिन हुँदै गरेको रुसी कम्युनिस्ट पार्टीको मस्को नगर सम्मेलनमा पेश गर्नुुभयो । सम्मेलनले त्यसलाई प्रस्तावको रूपमा स्वीकार ग¥यो ।
लेनिनले आफ्नो थेसिसमा, बाह्य तथा आन्तरिक दुवै कारणले मे महिनाका पहिला दस दिनहरूमा तीव्ररूपमा गम्भीर बनेका राजनीतिक परिस्थितिको बारेमा बुझाउनुभयो । उहाँले यस गम्भीर राजनीतिक परिस्थितिको लक्षण बताउनुभयो । उहाँले युद्धको आसन्न खतरालाई सकेसम्म पर धकेल्न कस्तो विदेश–नीति हुनुपर्छ भनी बताउनुभयो ।
“सोभियत सत्ताको विदेश–नीति कुनै पनि हालतमा परिवर्तनशील हुनुहुँदैन । हाम्रो सैनिक तयारी अझै पूरा भएको छैन । यसकारण नारा सबैका लागि अपरिवर्तित हुनेछन् ः तयारीमा सारा शक्ति लगाउँदै, हाललाई दाउपेच गर, पछाडि हट, समय घर्काऊ ।”
लेनिनले अन्नको राजकीय एकाधिकारलाई विफल पार्ने कोशिशमा तोड–फोड गर्ने सहरी र ग्रामीण पुँजीपति वर्गको विरुद्धमा निर्मम सङ्घर्ष चलाउनुपर्ने तथा सैनिक तैयारीहरूलाई दृढ गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
१४ र १५ मे मा लेनिनका थेसिसलाई रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को मस्को क्षेत्रीय र प्रादेशिक सम्मेलनहरूले स्वीकृत ग¥यो ।
युद्धको खतरा बढिरहेको थियो । १९१८ को गर्मीयाममा शान्तिको छोटो अवधि समाप्त भयो र सोभियत जनतन्त्रलाई एकचोटि फेरि कटु युद्धमा फसाइयो । राष्ट्रिय प्रतिरक्षाको समस्याले प्राथमिकता पायो । नारा थियो, “सबै कुरा मोर्चाका लागि !” सोभियत राज्यले यस्तो आर्थिक नीति अपनायो, जुन युद्धकालीन कम्युनिज्मको रूपमा सुविख्यात छ ।
कम्युनिस्ट पार्टी र सोभियत राज्यको सामुन्ने अभूतपूर्व कठिनाइहरूले भरिएका अनेक ठुला–ठुला समस्याहरू थिए । आसन्न युद्धको खतरा म डराउँदै गर्दा र युद्धको क्रममा पनि, शत्रुले चौतर्फबाट घेरेको, घरेलु र बाहिरी दुश्मनहरूबाट आफ्नो रक्षा गर्दै, सोभियत देशले मानव जातिको इतिहासमा पहिलोपटक समाजवादको मार्ग प्रशस्त गरिरहेको थियो । सोभियत राजकीय संयन्त्रको स्थापना, राष्ट्रिय अर्थव्यवस्थाको बहाली र समाजवादी तरिकाहरूबाट त्यसको पुनः निर्माण तथा सर्वहारा अधिनायकत्वको जग अर्थात मजदुर–किसान एकतालाई सुदृढीकरण गर्न आफ्ना महान् नेता लेनिनको पथ–प्रदर्शनमा कम्युनिस्ट पार्टी र सोभियत सरकारले आफ्नो महत्वपूर्ण सङ्गठनात्मक आर्थिक र सांस्कृतिक योजनाहरूलाई कार्यान्वयन गरिरहेको थियो । आन्तरिक र बाह्य दुश्मनहरूबाट सोभियत राज्यको रक्षाको लागि सेना निर्माणको समस्या एक प्राथमिक तथा निणर्यात्मक महत्वको समस्या थियो । आन्तरिक स्थितिलाई बलियो बनाउने आधारभूत समस्या पनि प्रमुख थियो । ‘व्यवहारिक धरातलमा’ शीर्षकको आफ्नो लेखमा (१ मार्च, १९१८) लेनिनले लेख्नुभएको थियो “राम्राभन्दा राम्रा फौजहरू पनि क्रान्तिकारी उद्देश्यप्रति अत्याधिक इमानदारिताका साथ निष्ठावान मानिसहरू पनि शत्रुद्वारा तत्काल नष्ट गरिनेछन्, यदि उनीहरूसँग पर्याप्त हतियार नभएमा, यदि उनीहरूलाई पर्याप्त खानाको बन्दोबस्त नभएमा, यदि उनीहरूलाई राम्रोसँग प्रशिक्षित नगरिएमा ।”
लाल फौज युद्धको ज्वालामा गठन भयो । चारैतर्फबाट शत्रुद्धारा घेरिएको भएपनि सोभियत राज्य निरन्तर विकसित र शक्तिशाली हुँदै गयो । लेनिनले देशको रक्षाको सञ्चालन स्वयंंंले गर्नुभयो ।
सोभियत राज्य अत्यन्त कठिन समयमा थियो । तर, त्यसका नेता लेनिन हुनुहुन्थ्यो । लेनिनलाई जुन विशिष्ट स्थान प्राप्त थियो, त्यसलाई आफ्नो विनम्रताका कारण उहाँले कुनै महत्व दिनुहुन्नथ्यो । उहाँ सर्वाधिक बलशाली, सर्वाधिक बुद्धिमान तथा सर्वाधिक निर्भय व्यक्ति हुनुहुन्थ्यो । आफ्ना यी गुणहरूबाट उहाँले अरूलाई प्रेरणा प्रदान गर्नुहुन्थ्यो । उहाँ जुनसुकै कठिनाइमाथि पनि विजय हासिल गर्ने बाटो सधैँ निकाल्नुहुन्थ्यो । उहाँको नेतृत्वमा हिँड्ने पार्टी तथा समस्त सोभियत जनताले उहाँलाई निष्ठापूर्वक प्रेम गर्थे । उहाँ अनेक सूत्रहरूद्वारा आम जनतासँग जोडिनुभएको थियो । लेनिनको नेतृत्वमा अगाडि बढिरहेको पार्टीको पथ–प्रदर्शनमा मजदुर र किसानहरूले मोर्चा तथा मोर्चाको पछाडि दुबै ठाउँमा वीरताका साथ चमत्कारपूर्ण कार्य सम्पन्न गरे ।
१९१८ मा सुरु भएको गृह–युद्ध तथा हतियारयुक्त विदेशी हस्तक्षेप तीन वर्षसम्म जारी रह्यो । सोभियत जनताको विजयसँगै त्यसको अन्त्य भयो । मजदुर र किसानहरूको वीरतालाई इतिहासले कहिल्यै भुल्नेछैन् जसले लेनिनको नेतृत्वमा चलिरहेको पार्टीको पथ–प्रदर्शनमा विदेशी हस्तक्षेपकारीका सेनाहरूलाई असमान युद्धमा पराजित गरे र उनीहरूलाई सोभियत राज्यबाट लखेटे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *