भर्खरै :

अन्तरिक्ष अन्वेषणको नयाँ अवसरको साझा बाँडफाँड

पेइचिङ, १७ जून । जून १७ मा बिहान ९ बजेर २२ मिनेटमा शनचौ १२ मानववाहक अन्तरिक्ष यान बोकेको छाङचङ २ एफ १२ क्यारियर रकेट च्यूछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको छ । मानववाहक अन्तरिक्ष यानले रकेटबाट सफलताका साथ विभाजित भएर निर्धारित लीगमा प्रवेश गरेको छ । ने हाइशङ, लिउ पोयाङ र थाङ हुङपोलगायत तीनजना अन्तरिक्ष यात्री पनि सफलरूपमा अन्तरिक्षमा प्रवेश गरेका छन् ।
गत शताब्दीको ९० औँ दशकदेखि चीनले मानववाहक अन्तरिक्ष परियोजनामा चिनियाँ पाइला राखेको थियो । शनचौ १२ मानववाहक अन्तरिक्ष यानको सफल प्रक्षेपण तेस्रो पाइलाम अर्थात् अन्तरिक्ष स्टेसनको निर्माण गरी ठुलो तथा दीर्घकालीन अनुप्रयोगको समस्या समाधान गर्ने महत्वपूर्ण चरण हो । निर्धारित योजनामा चीनको अन्तरिक्ष स्टेसन सन् २०२२ मा पूरा भएर राष्ट्रिय अन्तरिक्ष प्रयोगशाला बन्नेछ ।
बीबीसी, रायटरले शनचौ १२ मानववाहक अन्तरिक्ष यानको बारेमा सक्रिय जानकारी दिए तापनि ‘चीनले आफ्नो अन्तरिक्ष महत्वाकाङ्क्षा नलुकाएको’ कुरा व्यक्त गरेका छन् । यी सञ्चारमाध्यमका अनुसार, ‘चीन एक्लैले अन्तरिक्ष स्टेसन विकास गर्नुपर्छ, किनभने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन कार्यक्रमबाट चीनलाई हटाइएको छ । अमेरिकाले कानुनी रुपमा नासालाई चीनसँग कुनै पनि सहयोग प्रतिबन्धित गरेको छ । अल जजीराको आधिकारिक वेभसाइटमा पेइचिङको लक्ष्य सन् २०३० सम्म चीनलाई अन्तरिक्षमा ठुलो देश र अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने पछिल्लो क्षेत्र बनाउनु हो भनी उल्लेख गरेको छ ।
चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयका प्रमुख जी छी मिङले जून १६ मा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना सधैँ ‘शान्तिपूर्ण सदुपयोग हुने, समान आपसी हित पु¥याउने र साझा विकास गर्ने’ नियमअनुसार, विश्वमा सबै शान्तिपूर्ण बाहिरी अन्तरिक्षलाई प्रयोग गर्ने मुलुक र क्षेत्रसँग अन्तर्राष्ट्रिय सहयोग र आदानप्रदान गर्ने इच्छा लिएको बताउनुभयो ।
चिनियाँ अन्तरिक्ष केन्द्रको स्थापना गरिएपछि माथिल्लो नियमअनुसार विश्वका विभिन्न मुलुक र क्षेत्रसँग सहयोग गर्ने योजना छ । सन् २०१६ यता, चीनले संयुक्त राष्ट्र सङ्घको बाहिरी अन्तरिक्ष विभागसँग सहयोग गरी संयुक्त राष्ट्र सङ्घका सबै सदस्यतर्फ चिनियाँ अन्तरिक्ष केन्द्रमा चल्ने सहयोगात्मक प्रयोगशाला परियोजनाको सङ्कलन गरेर १७ वटा मुलुकका ९ वटा परियोजना चयन गरेको छ । यसका साथै चीन र रूस, फ्रान्स, इटाली, पाकिस्तान आदि मुलुकले अन्तरिक्ष केन्द्रमा विभिन्न क्षेत्रमा सहयोग र आदानप्रदान गर्ने योजना छ ।
बाहिरीय अन्तरिक्ष विश्वको साझा सम्पत्ति हो । ब्रह्माण्डको अन्वेषण मानवको साझा कार्य हो । अन्तरिक्ष प्रविधिले हरेक व्यक्तिको जीवनमा परिवर्तन गर्दै आएको छ । चिकित्सा तथा औषधिको अनुसन्धान, स्वचालित ड्रात्, जैविक विज्ञान, इन्टरनेट तथा सञ्चार आदि अनेकौँ क्षेत्रहरूको प्राविधिक अनुसन्धान अन्तरिक्ष प्रविधिसित सम्बन्धित छ । शनचौ १२ मानववाहक अन्तरिक्ष यानको प्रक्षेपण भएको साथसाथै चीन र अन्तरिक्ष स्टेसनको निर्माण गर्ने लक्ष्यसित अझै घनिष्ठ बनेको छ । त्यसपछि सम्बन्धित प्रविधिमध्ये केही प्रविधि प्रत्यक्षरूपमा नयाँ प्रविधि बन्ने, केही प्रविधिले भविष्यमा हाम्रो जीवनमा परिवर्तन गर्नेछ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एसिया प्रशान्त अन्तरिक्ष सहयोग सङ्गठनको स्थापनाको दशौँ वार्षिकोत्सवलाई शुभकामना दिँदै बाहिरी अन्तरिक्ष मानवको साझा सम्पत्ति रहेको र बाहिरी अन्तरिक्षको अन्वेषण, विकास र शान्तिपूर्ण प्रयोग मानवको साझा इच्छा रहेको कुरा व्यक्त गर्नुभयो । चीनले विश्वको विभिन्न मुलुकसँग मिलेर मानव भाग्य समुदायको सिर्जना गर्ने प्रस्ताव प्रस्तुत गरेको, समान र पारस्परिक हित, शान्तिपूर्ण प्रयोग, समाविष्टिक विकासको आधारमा अन्तरिक्ष क्षेत्रको अन्तर्राष्ट्रिय आदान–प्रदान र सहकार्य गर्ने आशा लिएको कुरामा जोड दिनुभयो । उहाँले उचितरूपमा अन्तरिक्ष स्रोत साधनको विकास र प्रयोग गर्ने, अन्तरिक्ष वातावरणको संरक्षण गर्ने, अन्तरिक्ष कार्यलाई मानवमा लाभान्वित हुन अगाडि बढाउने अडान लिएको पनि उल्लेख गर्नुभयो ।
‘मानव भाग्य समुदाय’ अवधारणा पालना गर्ने चीनले गरेको अन्तरिक्ष अन्वेषण निजी हितको लागि होइन । यसले अन्तरिक्ष अन्वेषण कार्यका लागि मद्दत दिने र बाहिरी अन्तरिक्षमा मानवको साझा घर बन्ने छ ।
स्रोत : सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *