अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
गत सोमबार ब्रसेल्समा नाटोको शिखर सम्मेलन सम्पन्न भयो । सम्मेलनपछि जारी वक्तव्यमा ‘चीनको आकाङ्क्षा र मुखर गतिविधि नियम–कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामाथि योजनाबद्ध चुनौती’ भएको उल्लेख छ । वक्तव्यमा रुसमाथि ‘आक्रामक गतिविधि गरेको’ आरोप लगाइएको छ । रुसले युरो–एटलान्टिक क्षेत्रको ‘सुरक्षा’ मा खतरा निम्त्याएको वक्तव्यमा उल्लेख छ । नाटोको सम्मेलनले ‘चुनौती’ र ‘खतरा’ दुई वटा शब्दको प्रयोग गरी चीन र रुसबीच अन्तर गर्न खोजेको छ । त्यसो गर्नुको नाटोको मूल ध्येय संरा अमेरिकी–युरोपेली साझेदारीका स्वार्थ पूरा गर्नु हो । तर, वक्तव्यमा चीनले नाटोमाथि तेर्साएको चुनौती सामना गर्नुपर्नेमा जोड दिइएको छ । नाटोले चीनसँग अर्थपूर्ण संवाद गर्ने भन्दै आएको छ । तथापि, चीनविरुद्ध नाटोले यसअघि यस्तो घोषणा कहिल्यै गरेको थिएन ।
संरा अमेरिकी राष्ट्रपति जो बाइडेन चीनलाई चारैतिरबाट घेर्ने योजना दिमागमा राखेर युरोपको भ्रमणमा निस्केका छन् । चिनियाँ प्रभावको तीव्र विस्तारबारे संरा अमेरिका र युरोपमा भिन्न–भिन्न दृष्टिकोण र बुझाइ छन् । यो अन्तरविरोध जी ७ को शिखर सम्मेलनबाट नाटोको शिखर सम्मेलनमा स¥यो । नाटो सैनिक गठबन्धन हो । जी ७ मार्फत चीनलाई द्वन्द्वको सन्देश पठाउनु र नाटोमार्फत त्यो सन्देश जानुको स्वभावतः फरक अर्थ लाग्छ । तसर्थ, संरा अमेरिकाले खनेको दलदलमा हामफाल्न युरोपेली देशहरू तयार नहुनु उचित हो ।
चीन ‘हाम्रो सुरक्षामा केही चुनौती बनेको छ’ तर ‘चीन हाम्रो विपक्षी हो, शत्रु होइन’–नाटोका महासचिव जेन्स स्टोल्टेन्सवर्गको यो अभिव्यक्ति रोचक छ । उनी चीनप्रति गरम नीतिका विरोधी हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एकातिर चीनलाई ‘मानिसहरू चुनौतीका रूपमा हेर्छन्’ भने । अनि सँगै उनले ‘मानिसहरू (चीनलाई) अवसरको रूपमा पनि हेर्छन्’ र ‘मलाई लाग्दैन कि आजको बैठकले चीनसँग नयाँ शीतयुद्धको तयारी गरेको छ’ जस्ता अभिव्यक्ति दिएका छन् ।
यो नाटो सम्मेलनलाई सुरक्षाको दृष्टिकोणमा चीनप्रति संरा अमेरिका र युरोपेली मनसायको प्रमुख सङ्केतको रूपमा हेर्न सकिन्छ । वाशिङ्टनले चीनसँग रणनीतिक प्रतिस्पर्धाको लागि नाटोलाई उपयोग गर्न राजनीतिक परिचालन गर्न खोजेको वास्तविकता उजागर हुँदै छ ।
वाशिङ्टनको दबाबमा नाटोको शिखर सम्मेलनले चीनले तेर्साएका ‘चुनौती’ सूचिबद्ध बनाएको छ : ‘चीन रुससँगको सैनिक अभ्यासमा सहभागी बनेको छ’, ‘चीनले बारम्बार पारदर्शिताको अभाव देखायो र गलत सूचनाको प्रयोग ग¥यो’, ‘चीनले लगातार आफ्नो आणविक हतियार विस्तार गरिरहेको छ’, र ‘आफ्नो सैनिक आधुनिकीकरण र सार्वजनिकरूपमा घोषित सैनिक–नागरिक सम्मिलन रणनीतिको प्रयोगमा चीनको गतिविधि धमिलो छ ।’
सूचीमा रहेका अधिकांश कुरा कपोलकल्पित छन् । अनि, कतिपय चुनौती भने अवधारणामा सीमित खालका छन् । युरोपेलीहरूको चुनौतीलाई बुझ्ने सुझबुझपूर्ण तरिकाभन्दा नाटोले चीनको सन्दर्भमा देखेका यी चुनौती फरक छन् ।
नाटोका अधिकांश सदस्य देशहरू चीनसँगको मतभिन्नतालाई राजनीतिक र कूटनीतिक तरिकाबाट हल गर्न चाहन्छन् । नाटोको सैनिक शक्तिलाई पश्चिम प्रशान्तमा ल्याउन वाशिङ्टनलाई गाह«ो छ । चीनमाथि दबाब दिने संरा अमेरिकी नीतिको लागि नाटो सहायक शक्तिसम्म हुनसक्छ । तर, वाशिङ्टनलाई भने त्यत्तिले चित्तबुझ्ने छैन ।
पश्चिम प्रशान्त क्षेत्रमा कुनै सैनिक सङ्कट आउने बित्तिकै संरा अमेरिकाले नाटोलाई चीनमाथि थप सघन र विस्तृत दबाब दिन पश्चिमा देशलाई थप परिचालन गर्न खोज्नेछ । अनि त्यही मौकामा चीनको उदयलाई दखल दिन उसले भरपूर प्रयास गर्नेछ । चीनलाई सैनिकरूपमा कब्जा जमाउने संरा अमेरिकाको कुनै योजना नभएको विश्वास गरिन्छ किनभने चीन आफै पनि आणविक शक्ति भएको हुनाले उसले त्यस्तो आँक्न पनि सक्नेछैन । संरा अमेरिकाले वास्तवमा चाहेको के हो भने, चीन र संरा अमेरिकाबीच तनावको अवस्था रहुञ्जेल ‘पश्चिमा एकता’ कायम रहोस् । साथै चीनसँगको द्वन्द्व अझ सघन बनोस् र अन्ततः ‘एक्लो चीन’ ध्वस्त होस् ।
त्यसमा नाटोले अहम् भूमिका खेल्न सक्छ ।
पश्चिमको सामूहिक रणनीतिक गति तथा नाटोसम्बद्ध तीसवटै देशहरूबीच सहमतिमा संरा अमेरिकाले आफ्नो प्रभुत्व जमाउन चाहन्छ । चीनको लागि साझा घृणा व्यक्त गर्न नाटो देशहरू तयार हुञ्जेल पश्चिमा देशहरू र चीनबीच स्वार्थको सम्बन्धले नैतिक आधार गुमाइसक्छ । संरा अमेरिकाले युरोपका साना देशहरूलाई आफ्नो चीन रणनीति सफल बनाउन प्रयोग गर्नसक्छ । संरा अमेरिकी स्वार्थको लागि राजनीतिकरूपमा उनीहरूको दोहन गर्नसक्छ ।
त्यसकारण, नाटोको शिखर सम्मेलनको वक्तव्यमा रुसप्रतिभन्दा चीनप्रतिको भनाइ केही नरम भएजस्तो देखिए पनि चीनले संरा अमेरिकाले बुन्दै गरेको जालसाजीबारे बुझ्न जरुरी छ । हामीले चीन–युरोप सहकार्यलाई विस्तार गर्नुपर्छ । युरोपको लागि चीन कुनै खतरा नभएको कुरा हामीले प्रस्ट पार्नेमात्र होइन, बरु आफ्नो रणनीतिक स्वायत्तता बलियो बनाउन खोजिरहेको युरोपलाई चीन आफ्नो मित्र हुँदाका फाइदाबारे प्रस्ट बनाउनुपर्छ । युरोपको भविष्य वाशिङ्टनको प्रभुत्ववादबाट सानो टुक्रा केक खानेमा मात्र सीमित पक्कै छैन । युरोपले आफ्नो भाग्य आफैले कोर्नुपर्छ । चीनमात्र होइन, बरु रुसले पनि स्वस्थ तरिकाबाट बहुपक्षवादको सिद्धान्तअनुसार युरोपसँग व्यवहार गर्नुपर्छ ।
चीनको विषयमा नाटोले संरा अमेरिकासँग आफ्नो हात मिलाइसकेको छैन । चीनले नाटोमार्फत पश्चिममा चीनविरोधी भावना बलियो बनाउन संरा अमेरिकालाई छुट दिनुहुन्न । संरा अमेरिकाको यो योजना विफल बनाउन हामीले सम्भव सबै उपाय लगाउन जरुरी छ ।
स्रोत :ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुमन
Leave a Reply