भर्खरै :

दुई दशकको असफलताले सिकाएका तीन पाठ

 
बीस वर्षअघि सेप्टेम्बर ११ को दिन संरा अमेरिकामा भएको आतङ्कवादी हमलाले संसारलाई चकित बनाएको थियो । हमलापछि संरा अमेरिकाप्रति ऐक्यबद्धता व्यक्त गर्न संसारले नारा लगाएको थियो–‘हामी सबै अमेरिकी हौँ ।’ शीतयुद्धपछि पश्चिमा विश्व सुरक्षित भएको भन्ने विश्वासलाई त्यो हमलाले भ्रम सावित ग¥यो । त्यतिञ्जेल स्थापित प्रणाली ठानिएको भूमण्डलीकरण र सन् १९९० को दसकबाट बलियो बनेको पश्चिमा ढाँचाको आर्थिक प्रभुत्ववादको अँध्यारो पाटो त्यही बेला उजागर भयो ।
हमला भएको दुई दसकपछि पश्चिम र व्यापक संसारमा त्यसले पारेको परिणामलाई जे हो त्योभन्दा बढी देखाउन गा¥हो छ । ९÷११ को हमलाले हिंसामा विश्वास गर्ने एउटा गैर–राज्य शक्तिले असामान्य हदसम्म अन्तर्राष्ट्रिय मुद्दा निर्धारण गरिदियो । संरा अमेरिका नेतृत्वको पश्चिमा प्रभुत्वादमाथि अझै पनि प्रश्न नउठे पनि सन् १९९० दसकको एकध्रुवीय अवस्था भने अब अन्त्यको दिशातिर उन्मुख छ । ‘आतङ्कवादविरुद्धको विश्वव्यापी युद्ध’ ले आधारभूतरूपमा संरा अमेरिकी विदेश नीतिमा फेरबदल ल्यायो ।
त्यत्तिबेलाको परिस्थितिमा अफगानिस्तानमाथि संरा अमेरिका नेतृत्वको हमलाप्रति व्यापक अन्तर्राष्ट्रिय समर्थन हुनु आश्चर्यको कुरा थिएन । ९÷११ हमला अनुत्तरित रहेन । तालिवानले अल–काएदालाई हमलाको योजना बनाउन, तारतम्य मिलाउन र अन्ततः हमला गर्न मद्दत गरेको थियो ।
तर, अफगानिस्तानमाथि अमेरिकी हमला भने ठुलो असफलतामा टुङ्गियो । अफगानिस्तानमा धेरै पैसा खर्च गरेर ज्यादै न्यून मात्र उपलब्धि हासिल भएपछि अहिले प्रश्न उठेको छः खासमा त्यो हमला केका लागि थियो ? ४८ हजार अफगान नागरिक, कम्तीमा ६६ हजार अफगान सिपाहीं र ३ हजार ५ सय नाटो सेना बीस वर्षे द्वन्द्वमा मारिए । अफगानिस्तानमा राज्य संरचना बनाउन संरा अमेरिकाले २० खर्ब अमेरिकी डलर खर्च ग¥यो । तथापि, संरा अमेरिका तालिवानले देश कब्जा गर्न अघि बढेपछि केही साताभित्रै अफगान भूमि छोडेर कुलेलम ठोक्न बाध्य भयो ।
‘आतङ्कवादविरोधी युद्ध’ वास्तवमै बाटो बिराएको निर्णय थियो भन्ने कुराको थप प्रमाण थियो, काबुलमा तालिवान सरकारको पुनःस्थापना । अफगानहरू, विशेषतः महिला र केटीहरूले फेरि एकपल्ट कट्टरपन्थी शासनमा जीवनका वास्तविकता सामना गर्न बाध्य भएका छन् । पश्चिमाले यो दुःखद् घटनाक्रमबाट पाठ सिक्न जरुरी छ ।
बितेका बीस वर्षको द्वन्द्वको पहिलो पाठ हो– प्रभावकारी र दिगो शासन परिवर्तनको लागि बाह्य सैनिक बल संवेदनशील तरिका हुन सक्दैन । पश्चिमा देशहरू तालिवानको चुनौती सामना गर्न सक्ने आधुनिक, प्रजातान्त्रिक र प्रतिबद्ध अफगान सरकार बनाउन असफल भए । सन् २००३ मा इराकमाथि अवैध हमलापछि पनि संरा अमेरिका उही जालमा फसेको थियो । इराक हमलालगत्तै संरा अमेरिकाले सशस्त्र विद्रोहको सामना गर्नुप¥यो जसले त्यहाँ इस्लामिक राज्यको बीज उमार्ने मद्दत पु¥यायो । लिवियामा पनि उसले त्यही गल्ती दोहो¥यायो । मुअम्मर इल–गद्दाफीलाई सत्ताच्युत गर्ने नाटोको हमलाले त्यो देशलाई अराजकताको दावानलमा धकेल्यो र गृहयुद्धको परिस्थिति बन्यो ।
संक्षेपमा भन्नुपर्दा अफगान युद्धले हामीलाई सिकाएको कुरा के हो भने माथिबाट थोपरेर कुनै राष्ट्र निर्माण सफल भएको देखिएन । माथिबाट थोपर्ने ढाँचाले सैनिक उपस्थिति र स्रोतसाधन खन्याएर सुरक्षा, विकास र प्रजातान्त्रिक शासन व्यवस्था हुने कुरामा विश्वास गर्छ । तर, कुनै पनि राष्ट्र निर्माणको निम्ति जनताको समर्थन चाहिन्छ । वैधानिक स्थानीय प्रतिनिधिहरूमार्फत राष्ट्र निर्माणको काम भए मात्र यो सफल हुन सक्छ ।
अफगानिस्तानमा यो पक्षको अभाव छ । अनेकन नृशंसताको लागि जिम्मेवार अब्दुल रसिद दोस्तमजस्ता युद्धसरदारको आडमा पश्चिमा देशहरूले राष्ट्र निर्माणको काम अघि बढाउन खोजे । तर, अफगान जनतालाई त्यसबाट अलग राख्न खोजे ।
सामान्यतः कुनै पनि देशमा विद्यमान संरचनालाई नयाँ संरचनाबाट सजिलै विस्थापित गर्न खोज्नु उपयुक्त होइन । धेरै राज्यहरू क्रमिक रूपमा बन्छन् । कुनै विदेशी निर्देशनमा होइन, लामो समयावधिको सहकार्य र सम्झौतामार्फत् भित्रैबाट राज्यहरू बन्ने गर्छन् । आपसी सिकाइ र प्रोत्साहन शक्ति वा थोप¥याइभन्दा धेरै गुणा बलियो हुन्छ ।
संरा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुश सरकारले कुटनीतिको सट्टा सैनिक शक्तिको आड लिंदा अवस्था अझ खराब बन्यो । कूटनीति संरा अमेरिकाको लामो समयदेखिको अन्तरनिहीत मूल्यवान सम्पत्ति थियो । संसारको निम्ति संरा अमेरिकी कूटनीतिको आफ्नै आकर्षण थियो । बर्लिनको पर्खाल सैनिक शक्तिले ढालेको थिएन । बरु कथित साम्यवादी देशका जनतामा पश्चिमा आर्थिक प्रणाली आफू बाँचिरहेको आर्थिक प्रणालीभन्दा निकै उच्च कोटी भएको भन्ने भान पारेर त्यो पर्खाल ढालिएको थियो ।
अफगानिस्तानमा बीस वर्ष बसेर संरा अमेरिकाले सिक्नुपर्ने दोस्रो पाठ हो– आन्तरिक राज्य निर्माण क्षेत्रीय रणनीतिसँग मिलाएर लानुपर्छ । प्रमुख क्षेत्रीय शक्तिहरूलाई बेवास्ता गरेर बनाइएको अवधारणा कदापि सफल हुन सक्दैन । विशेषतः बहुधु्रवीय आजको संसारमा यो कुरा अझ बढी सत्य हो । एक्लै हिँडेर पश्चिमाले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको परिवर्तनलाई बुझ्न सकेन ।
अफगानिस्तानका छिमेकीले अघि सारेका सबै अवसर खेर फालियो । युद्धको सुरूवातताका चीन यो विषयमा त्यत्ति धेरै योगदान गर्ने अवस्थामा थिएन । तर, अहिले संसारमा एउटा विश्व शक्तिको रूपमा उदाउँदै गर्दा चीन अफगानिस्तानको लागि उपयोगी साझेदार हुन सक्छ । अफगानिस्तानमा स्थायित्वको लागि संरा अमेरिकाको नेतृत्वमा भइरहेको प्रयास र त्यहाँ चीनको लगानीले स्थानीय जनताका लागि विकास परियोजनाका लाभ अधिकतम बनाउन सकिन्थ्यो ।
त्यस्तै रूसको सहभागिताले पनि उत्तरी वितरण सञ्जालमार्फत् अफगानिस्तानमा थप स्रोतसाधान पु¥याउन सकिन्थ्यो । त्यसो गर्दा पाकिस्तान हुँदै सामान ल्याउनुपर्ने अवस्था सहज हुने थियो । परिणाममा त्यसले ठुलो फरक पार्न सक्थ्यो । संरा अमेरिकी हतियारका ग्राहक र पाकिस्तानका प्रमुख लगानीकर्ता साउदी अरबले क्षेत्रीय विषय समाधानको निम्ति पाकिस्तानलाई अझ बढी रचनात्मक भूमिका खेल्न पाकिस्तानी सरकारलाई चित्त बुझाउन सक्थ्यो ।
अफगान असफलताबाट सिक्न सकिने अन्तिम पाठ युरोपसँग सम्बन्धित छ । कुनै पनि देशले आफ्नो रणनीतिक हितअनुसार आफ्नो क्षमताको विकास गर्नुपर्ने कुरा युरोपलाई अफगान घटनाले सिकाएको हुनुुपर्छ । संसारको प्रहरीको रूपमा काम गर्ने अमेरिकाको विदेश नीतिमा आएको परिवर्तनलाई संरा अमेरिकी क्षमता र नीतिप्रति आफ्नो निर्भरताबारे युरोपलाई निधार खुम्च्याएर सोच्ने बनाएको हुनुपर्छ ।
काबुलबाट अमेरिकी नागरिकको उद्धारले खतराको पेटारोमा अरू के के छ भनी देखाएको छ । संरा अमेरिकी सैनिक विमान नभएको भए अमेरिकी गठबन्धनअन्तर्गत अन्य देशले अफगानिस्तानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सक्ने थिएन । युरोपको सन्दर्भमा एकातिर अहिले शरणार्थी सङ्कटको खतराको घण्टी बजेको छ र अर्कोतिर अफगानिस्तानमा स्वायत्त ढङ्गले काम गर्न नसक्दाको मूल्य पनि उसले चुकाउनैपर्ने अवस्था छ । युरोपेली सङ्घले ‘गर्दै सिक्दै’ को सिद्धान्तअनुसार आफ्नो दैलो नजिक आउँदै गरेको अस्थिरतालाई मोड्न प्रमुख क्षेत्रमा नागरिक–सैनिक गतिविधि गर्नुपर्छ ।
बितेका बीस वर्षमा संसारमा उल्लेख्य परिवर्तन भइसकेको छ । यद्यपि, अन्तर्राष्ट्रिय आतङ्कवादको मुद्दा अझै पनि समाधान हुन सकेको छैन । उदाहरणको लागि सालेहको समस्याग्रस्त सुरक्षा अवस्थाले भविष्यमा कस्तो खालको कदम चाल्ने कुरा निधो गर्नुपर्नेछ । तर, एउटा कुरा प्रष्ट छः ‘सधैँको युद्ध’ कसैले व्यहोर्न सक्दैन । विशेषतः जसले युद्ध सामना गरेको हुन्छ, उसलाई यो कुराको अनुभव हुन्छ । ९÷११ हमलापछि हामी सबै अमेरिकी भन्नेहरूले हामी अफगान पनि हौँ भन्ने कुरा बिर्सन हुन्न ।

(लेखक युरोपेली सङ्घको विदेश मामिला र सुरक्षा नीतिका पूर्व उच्च दूत, नाटोका महासचिव, स्पेनका पूर्व विदेशमन्त्री हुन् ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *