भर्खरै :

‘त्यो पाटी नबनाउनुस्, बरु आठ–दस लाख रुपैयाँ लिनुस्

शुक्रबारको दिन भएकोले वडामा जनप्रतिनिधिहरूको नियमित बैठक भइरहेको थियो । बैठकमा टोलको एउटा पाटी बनाउने विषयमा छलफल चल्दै थियो । छलफलको क्रममा ज्येष्ठ जनप्रतिनिधिले भन्नुभयो, “हाम्रो वडाको एउटा पाटी जीर्ण अवस्थामा रहेको छ । बटुवाहरू हिँडडुल गर्दा, वडावासी दाजुभाइ किसानहरू खेत जाँदा या अन्य बेलामा बस्नुपर्ने पाटी भत्कने अवस्थामा पुगिसकेको छ । ऐतिहासिक चाँगुनारायण मन्दिर जाने बाटोमा पर्ने भएकोले सबै यात्रुहरू हेर्दै जान्छन् । यो पाटी आजभन्दा ३०।३५ वर्षअगाडि एक जना समाजसेवीले आफ्नो निजी खर्चमा बनाएको थियो । आज ऊ बितिसकेको छ । हाल पाटी भत्कने अवस्थामा छ । त्यसैले वडा बजेटबाट बनाउनुपर्छ ।” उहाँको भनाइमा कसैको बिमति रहेन । उक्त पाटी नापी नक्सामा नभएको र मापदण्डभित्र पर्ने भएकोले मापदण्ड बाहिर बनाउनको लागि पाटी पछाडिको जग्गा धनीलाई अलिकति जग्गा दिनको लागि अनुरोध गर्ने निर्णय पनि भयो । वन्तीमा पाटी बनाउनको लागि ल.ई. तयार गर्न लगाउने, जग्गाको लागि अनुरोध गर्ने र बजेट व्यवस्थापनको लागि पहल गर्नेे निर्णय भयो । त्यसपछि अन्य विभिन्न विषयमा छलफल भई बैठक सम्पन्न भयो ।
त्यसै दिन बैठकको निर्णय कार्यान्वयन गर्नको लागि हाल जग्गा गरिरहेको किसानलाई फोन गरेँ । फोन रिसिभ गर्नेबित्तिकै मैले “नमस्कार दाइ” भन्दै आफू वडाध्यक्ष भएको परिचय दिएँ । उहाँले फोन गर्नुको कारण सोध्नुभयो । मैले तपाईँं एकचोटि वडामा आउनुप¥यो र पाटीको विषयमा कुरा गर्नुप¥यो भनेर बताएँ । उहाँले जग्गा आफ्नो नभएको र जग्गा धनी विदेशमा रहेको बताउनुभयो । मैले नाम, फेसबुक आईडी र मोबाइल नं. मागँे । उहाँले दिन चाहनुभएन र फोन राख्नुभयो । भोलिपल्ट फेरि फोन गरेँ । उहाँले उठाउनुभएन । मैले दुई महिनासम्म फोन कल समय–समयमा गरिरहँे । तर, उहाँले जग्गा धनी विदेशमा भएकोले आफूसँग अरू जानकारी नभएको बताइरहनुभयो । एक दिन म उहाँको घरमा बिहानै पुगँे । उहाँ बाहिर जान लाग्नुभएको रहेछ । मैले तपाईँसँग कुरा गर्नु छ, माथि जाऔँ भनेँ । उहाँ र म पनि सँगै उक्ल्यौँ । सुकुलमा बस्दै कुरा सुरु भयो, “तपार्इंले मलाई दुई महिना झुलाउनुभयो । आज म घरमा आएको छु । मलाई जग्गा धनीको नाम, घरको ठेगाना, फेसबुक आईडी दिनुस् । उहाँले सानो स्वरमा जवाफ फर्काउनुभयो, “जग्गा धनीको नाम राम उपाध्याय हो । उहाँ खरीपाटीमा बस्नुहुन्छ । तपाईँंलाई म अहिले नै फोनमा कुरा गराइदिन्छु ।” फोनमा मैले रामजीलाई आजै वडा कार्यालयमा सम्पर्कमा आउनु अनुरोध गरेँ ।
उक्त दिन खाना खाएर वडा कार्यालय पुगेको थिएँ । एक जना अपरिचित व्यक्ति कार्यालय बाहिरै उभिएको पाएँ । उहाँले सायद मलाई चिन्नुभएन र मैले पनि चिन्न सकिनँ । वडा कार्यालयभित्र छिरेपछि उहाँलाई कार्यालय सहायकले वडाध्यक्ष माथि जानुभयो भने जानकारी दिएपछि नमस्कार गर्दै भित्र छिर्नुभयो । मैले परिचय माग्दै सोफामा बस्न अनुरोध गरेँ । उहाँले आफू राम उपाध्याय भएको जानकारी दिनुभयो । त्यसपछि भन्न थाल्नुभयो, “तपार्इं त भर्खरको हुनुहुँदोरहेछ । तपाईँंको उमेर धेरै भएको छैन होला है । तपाईँंलाई मेरो जग्गा गर्ने मान्छेले अलि दुःख दिएको जस्तो लाग्छ । म क्षमा माग्न चाहन्छु ।”
एक जना अपरिचित मान्छेबाट आफ्नो तारिफ सुनेपछि मलाई अग्रजहरूले राजनीतिक कक्षाहरूमा भनेको कुरा याद आयो । शत्रुदेखि डराउनु पर्दैन, आलोचना गर्नेहरूसँग डराउनु पर्दैन, बरु आफ्नो प्रशंसा गर्नेहरूसँग सचेत हुनुपर्छ भनेर राजनीतिक छलफलमा हुने गरेको कुरा याद आयो । मैले भनेँ, “हामीले वडा बजेटबाट पाटी पुनः निर्माण गर्न लागेका छाँै । ल.ई. पनि तयार भयो । उपभोक्ता समिति पनि तयार भइसकेको छ । पेस्की पनि लगिसकेको छ । तर, पाटी मापदण्डमा परेकोले अलिकति तपाईँको जग्गामा बनाउनुपर्ने भयो । त्यसैले तपाईँंले सहमति दिनुप¥यो ।” मेरो कुरा सुन्नेबित्तिकै उहाँले मलाई जवाफ फर्काउनुभयो, “हुन्छ किन नहुनु, भक्तपुर नगरपालिका देशकै उत्कृष्ट नगरपालिका हो । नगरपालिकाले सम्पदा जीर्णोद्धार गर्न लागेकोमा मलाई खुसी लागेको छ । मपनि जग्गा दिएर योगदान गर्छु । तर, यसको लागि एउटा समस्या छ । पाटी पछाडि मेरो ग्रुपले १२ रोपनी जग्गा किनेको छ । त्यो पाटी भएको जग्गा सायद मेरो होइनजस्तो छ । तर, जग्गा रेखदेख गर्ने जिम्मा मेरो हो । म हजुरलाई सम्बन्धित जग्गा धनी यही वडा कार्यालयमा भोलिसम्ममा हाजिरी गराइदिन्छु ।” आफू जग्गा धनी नभएको बताउने तर जग्गा पाटीलाई पनि दिन्छु भन्ने कुरा बुझ्न गा¥हो भयो । मैले भनँे, “तपाईँं जग्गा धनी नभए वास्तविक जग्गा धनीलाई अहिले बोलाउनु अनिमात्र कुरा गर्छु ।” उहाँले भन्नुभयो, “यसको जग्गा धनी जापानमा हुुनुहुन्छ । छोराको विवाहको लागि जानुभएको छ । १५ दिनपछि आउँछ । उहाँ आएपछि म तपाईँंलाई वडा कार्यालयमा लिएर आउँछु ।” “हुन्छ, तपार्इं अहिले जानुस्, वास्तविक जग्गा धनी नेपाल आएपछि वडा कार्यालयमा लिएर आउनुस्् ।” मैले भनेँ ।
करिब एक महिनापछिको कुरा हो । मैले बीचबीचमा राम उपाध्यायलाई फोन गरिरहेँ । धेरै पटक फोन गरेकोले होला, एक दिन रामजी र अर्को जग्गा धनी वडा कार्यालयमा आइपुग्नुभयो । अनि बिस्तारै कुरा थालनी गर्दै भनँे, “विदेशबाट कहिले आउनुभयो तपार्इं ? यात्रा कस्तो रह्यो ? तपार्इं त निकै व्यस्त हुनुहुँदोरहेछ । तपाईँंहरूको १२ रोपनी जग्गा रहेछ । वडा कार्यालयलाई दुई दाम जति जग्गा आवश्यक प¥यो । पाटी मापदण्डमा परेकोले अलि पछाडि सारेर बनाउनुपर्ने भयो ।” मेरो कुरा सुनेपछि उहाँले भन्नुभयो, “जग्गा मेरो र यहाँकै एक जना व्यक्तिको संयुक्त नाममा छ । लौ हेर्नुस् पुर्जा । तपार्इंको वडाको जग्गा धनीले मान्नुभयो भने म वडा कार्यालयलाई चाहिने जति जग्गा दिन तयार छु ।” उहाँको कुरा सुन्नेबित्तिकै अर्को स्थानीय जग्गा धनीलाई फोन गरँे र वडामा तत्काल आउन अनुरोध गरेँ । उहाँहरू दुवै जनालाई धन्यवाद दिँदै बिदा गरँे । उहाँहरूको कुरा सुनेर मलाई सोच्न बाध्य बनायो ।
भोलिपल्ट बिहानै ७ बजे वडा कार्यालय पुगेँ । म पुगेको आधा घण्टापछि स्थानीय जग्गा धनी आइपुगे । मैले जग्गाबारे कुरो उठाएँ । उहाँले वडा कार्यालयलाई जग्गा दान दिन तयार भएको जानकारी दिनुभयो र भन्नुभयो, ‘अर्को जग्गा धनी सूर्य भट्टराईजीको मन्जुरीनामा ल्याउनुभयो भने त्यही दिन म आफू पनि मन्जुरीनामा दिन तयार छु ।” मैले भनँे, “त्यसो भए तपार्इं पहिले मन्जुरीनामा दिनुस् अनि उहाँलाई मन्जुरीनामा लेखाउँछु ।” तर उहाँ मान्नुभएन । मैले सूर्यजीलाई फोन गरेँ र मन्जुरीनामा ल्याउन अनुरोध गरँे । उहाँले दिउँसो मन्जुरीनामा ल्याउँछु भन्नुभयो । तर पछि उहाँको फोन पनि लागेन र वडाको सम्पर्कमा आउनुभएन । स्थानीय जग्गा धनीलाई बारम्बार फोन गर्दा मन्जुरीनामा दिन्छु भन्नेबाहेक अरू जवाफ आएन । मलाई अचम्म लाग्यो । मौखिकरूपमा जग्गा दिन्छु भन्ने तर कागज नगरिदिने अनि उसले उसलाई पहिला लिनुस् भनेर दिन कटाउने । कतै वडा कार्यालयलाई यिनीहरूले झूट त बोल्दै छैन भन्ने लाग्यो ।
केही महिनापछि राति खाना खाँदै गर्दा सूर्यजीको फोन आयो । उहाँले फोनमा आफू अचानक जापान जानुपरेकोले वडामा आउन नसकेको जानकारी दिँदै क्षमा माग्नुभयो । मैले वडामा आउन अनुरोध गरेपछि उहाँले वडा बाहिर विशेष कुरा गर्नु छ भन्नुभयो । मैले हुन्छ, जहाँ भए पनि भेटौँला भनँे । भोलिपल्ट उहाँले आफू सूर्यविनायक पुगेको र मलाई पनि सूर्यविनायक आउन अनुरोध गर्नुभयो । म तुरुन्त सूर्यविनायक पुगेँ । हामी दुवै जना एउटा होटेलमा पुग्यौँ । होटेलको कुर्सीमा बस्नेबित्तिकै उहाँले जापानबाट ल्याएको भन्दै उपहार दिनुभयो । तर, आफू वडाध्यक्ष भएकोले लिन नमिल्ने बताएँ । त्यसपछि उहाँले बताउनुभयो, “हेर्नुस् वडाध्यक्षज्यू, तपाईँसँग आज सीधा सीधा कुरा गर्छु । तपाईँ नरिसाउनु है । त्यही भएर वडा बाहिर भेट्न खोजेको हुँ । तपाईँले त्यो पाटी नबनाउनुस् । त्यसको सट्टा तपाईँलाई आठ दश लाख चाहियो भने भन्नुस् । अझ बढी चाहिन्छ भन्ने भनुस् । म दिन तयार छु । त्यो पाटी बनाएपछि मेरो जग्गा धेरै जान्छ र फेरि पाटीको मापदण्ड दुई मिटर छोड्नुपर्ने हुन्छ । त्यही भएर तपाईँ पैसा लिनुस् ।” मलाई वडा कार्यालय बाहिर बोलाएर भेट्ने भनेपछि कुराको भेउ त अलि अलि भइसकेको थियो । मैले रिसलाई नियन्त्रण गर्दै उहाँलाई भनेँ, “तपाईँले मलाई घूस दिन लाग्नुभएको रहेछ । म पार्टीको कार्यकर्ता हुँ । तपाईँलाई भक्तपुर नगरपालिकाको पृष्ठभूमि थाहा रहेनछ । तपाईँले जग्गा नदिने भए अहिलेकै ठाउँमा पाटी बनाउछौँ । तर भोलि बाटो सडक विभागले चौडा गर्दा यसको जिम्मेवारी तपाईँले लिनुपर्ने हुन्छ ।” त्यसपछि म त्यहाँबाट उठेर हिँडे ।
शुक्रबारको नियमित बैठकमा वन्ती पाटी बनाउन गरेको प्रयास सम्बन्धमा ब्रिफिङ्ग गरेँ । साथीहरूले एक दैनिक पत्रिकामा सरोकारवाला जग्गा धनीलाई जग्गा छोड्नको लागि अनुरोध गरी सूचना निकाल्ने निर्णय गरे । त्यही निर्णयअनुसार १५ दिने सूचना भोलिपल्ट नै निक्लियो । उहाँहरूले हुलाकमार्फत जग्गा दिन नसकिने जानकारी दिनुभयो । त्यसपछि यथास्थानमै पाटी पुनःनिर्माण गर्ने निर्णय गरी कामको थालनी भयो । हाल उक्त पाटी राम्रोसँग निर्माण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *