लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
असोजको दोस्रो हप्ता काठमाडौँ कपनमा बाटोछेउको ढलमा खस्दा दस वर्षका उज्ज्वल विकको अकालमा ज्यान गयो । असोज १० गते बिहान उज्ज्वलको शव ललितपुरको बाग्मती गाउँपालिकामा भेटियो । राजधानीको ढल र सडकको उचित व्यवस्थापन नहुँदा यस्ता घटना हरेक वर्षजस्तै भइरहेका छन् । सडक छेउको ढलमाथिको स्लाब नछोपिएकोले कीर्तिपुरमा एक जना साइकल यात्रीको निधन भएको धेरैले बिर्सेका छैनन् । भक्तपुरको घलाँटेमा एक जना यातायात मजदुर ढलभित्र खस्दा ज्यान गएको थियो । बारम्बार एउटै कारणले सर्वसाधारणले अनाहकमा ज्यान गुमाउँदा त्यो दुर्घटना हुने गर्दैन । त्यो सम्बन्धित निकायको लापरबाही हुने गर्छ । सडक छेउ ढलमा स्लाबले नछोप्ने, ढल छोपिएका स्लाब फुट्दा वा खुला छोड्दा यस्ता दुर्घटना हुने गरेका छन् । त्यस्तै विभिन्न कारण सडकमा खाल्डो खन्दा, ढल जडान गरी त्यसको उचित व्यवस्थापन नगर्दा यस्ता दुर्घटना हुने गरेका छन् । सरकारी निकायहरू आपसमा दोष पन्छाएर आफू साखुल्ले हुनेतिर लाग्छन् । तर, उनीहरूका कमी कमजोरीका कारण जनताले ज्यान गुमाइरहेका छन् ।
सडक, ढल, खानेपानीसँग सम्बन्धित सरकारी निकायहरूबीच आपसमा तालमेल नहुँदा यस्ता धेरै घटना हुने गरेका छन् । एउटाले आफ्नो काम गर्दा अर्को निकाय चुपचाप बस्ने अनि बनाइसकेको संरचना भत्काएर अर्को निकायले काम गर्ने समन्वयविहीनताको कारण जनता समस्यामा परेका छन् । त्यस्तै ठेक्का लिएका ठेकेदारले तोकिएको समयमा विभिन्न कारण देखाएर काम सम्पन्न नगर्दा जनताले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् । विकास निर्माण जनताको सहजताको निम्ति हुनुपर्नेमा समुचित व्यवस्थापन नहुँदा जनताले अझ दुःख पाएका छन् ।
कतिपय नागरिक भावना नभएका मानिसहरूले आफूले मनपरी खाल्डो खन्ने, बाटो बिगार्ने, ढल राख्ने अनि खाल्डो नपुर्ने, ढल छोपिएको स्लाब फुटाउने गर्दा पनि सडकमा यस्ता दुर्घटना हुने गर्छ । समाजको सदस्य बनेपछि प्रत्येक नागरिकको समाजप्रति केही दायित्व अवश्य हुन्छ । ती दायित्वप्रति सबै नागरिक इमानदार हुनुपर्छ । आफ्नो कामले समाजका अन्य सदस्यलाई हानि नोक्सानी हुनु हुँदैन । आफ्ना स्वार्थ पूरा गर्दै गर्दा समाजको व्यापक हितप्रति हामीले बेवास्ता गर्न सक्दैनौँ ।
जनताले दैनिक अनुभव गर्ने सरकार स्थानीय सरकार हो । जनताको जीवनसँगत्यो पाटी नबनाउनुस्, बरु आठ–दस लाख रुपैयाँ लिनुस् स्थानीय सरकार प्रत्यक्षरूपमा सम्बन्धित र उत्तरदायी हुन्छ । रोक्न सकिने बाटोघाटोमा हुने यस्ता घटना हुन नदिन स्थानीय सरकारले जिम्मेवारीपूर्वक व्यवहार गर्न आवश्यक छ । स्थानीय तहले आफ्ना कर्मचारी परिचालन गरेर वा स्थानीय जनतालाई थप सचेत र जिम्मेवार बनाएर पनि यस्ता घटना रोक्न जरुरी छ ।
जनताको ज्यान नै खतरामा हुने कुनै पनि निकायको कमजोरी क्षम्य हुनसक्दैन । पटक–पटक दोहोरिने यस्ता कमजोरी समाधानको निम्ति सरकारी निकायले सुधार थाल्नुपर्छ । कदाचित फेरि पनि सुधारप्रति कुनै अग्रसरता नभए दोषीमाथि कारबाही गर्न सरकारकै निकायहरू छन् । जनताको जीवनलाई कुनै सरकारी निकाय र नागरिकले हलुकारूपमा लिनुहुन्न । नागरिकको जीवन रक्षाप्रति जिम्मेवार निकायले जनताको जीवन लिने धराप बनाउन प्रोत्साहित गर्ने काम बन्द गरोस् । मानवीय कमी कमजोरी र लापरबाहीको कारण हुने यस्ता घटना रोक्न राज्यका सबै निकाय जिम्मेवार बन्न र नागरिकमा नागरिक भावना हुन अत्यावश्यक छ ।
Leave a Reply