भर्खरै :

आत्मनिर्भर कर्णालीबारे अन्तक्र्रिया

काठमाडौं, ४ माघ । कर्णालीका हरेक व्यक्तिले आर्थिक अवसर नदिएसम्म कर्णालीको विकास हुन नसक्ने भएकाले संविधानमा उल्लेखित समाजवादउन्मुख नेपालको आर्थिक नीति अवलम्बन गर्नुपर्ने कुरा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले कर्णाली विकास आयोगको १० वर्षे विकास योजना अन्तरक्रिया कार्यक्रममा राख्नुभएको छ ।
उहाँले कर्णालीको विकास गर्न कर्णाली क्षेत्रमा उत्पादन हुने वस्तुसँग सम्बन्धित उद्योगधन्दा सरकार आफैले स्थापना गर्नुपर्ने र कर्णालीमा भएको स्रोत उपयोग गर्ने नीति बनाउनुपर्ने विचार राख्नुभएको थियो ।
सांसद काफ्लेले कर्णालीले सधैं माग्ने होइन, कर्णालीमा स्थापना गरिएका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी बनाई विशेषज्ञहरूको व्यवस्था गर्नुपर्छ भन्नुहुँदै कृषि अनुसन्धान केन्द्र जुम्लाले अनुसन्धान गरेका उत्पादनलाई देश–विदेशमा वितरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले कर्णालीमा विश्वविद्यालयको स्थापना गरी आवश्यक जनशक्ति कर्णालीमै उत्पादन गर्नुपर्ने चर्चा गर्नुहँुदै नेपाली जनताको शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने व्यक्त गर्नुभएको थियो । उहाँले कर्णालीको वनपाखामा पाइने गुठी च्याउको अनुसन्धान गरी जनताको खेतबारीमा गुठी च्याउ खेती गरे जनताको आर्थिक उन्नति हुनेमा जोड दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *