आक्रमणकारी अमेरिकाको इरानमाथि युद्धविराम उल्लङ्घनको आरोप
- जेष्ठ १४, २०८३
काभ्रे, ४ माघ । आगामी माघ २८ देखि ३० गते हुने नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको सिलसिलामा जिल्ला जिल्लामा भेला तथा सम्मेलन जारी छ । यसैबीच मंगलबार बनेपामा किसान भेला भएको छ ।
भेलामा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सरकारले विदेशीको इशारामा काम गर्दा देशको सार्वभौमिकता र स्वाधीनता खतरामा परेको बताउँदै देशी पूँजीपति वर्गसमेत विस्थापित हुनुपरेको धारणा राख्नुभयो ।
उहाँले विदेशी दलालहरूको विरोधमा राष्ट्रिय पूँजीपति वर्ग र किसान एक भई सङ्घर्ष गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले स्वदेशमा रोजगारी नहुँदा युवा विदेशिन बाध्य भएको भन्दै रोजगारी सृजना गर्न अहिलेसम्मका सरकार चुकेको उल्लेख गर्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य एनवी दुवालले किसानबीच राजनीतिक चेतना फैलाई समाजको परिवर्तन गर्न सकिने धारणा राख्नुभयो ।
भेलाले ऋषिराम दुलालको अध्यक्षतामा नेक्राकिसङ्घको काभ्रे जिल्ला समिति पुनःगठन गरेको छ ।
Leave a Reply