इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
विश्वमा धेरै किसिमका प्रजातन्त्र अभ्यासमा छन् । देश–देशको इतिहास, सभ्यता, परम्परा र संस्कृतिको आधारमा प्रजातन्त्रको अवधारणा एवम् विशेषता भिन्न या फरक देखिन्छन् । तर, कुनै पनि देशको राजनीतिक प्रणाली वास्तवमै प्रजातान्त्रिक छ वा छैन कसरी मूल्याङ्कन गर्न सकिन्छ ? यो विषयमा चिन्तन आवश्यक छ ।
प्रजातन्त्रले जनतालाई आफ्नो देशको विकास प्रक्रियामा सहभागी हुने अवसर अनिवार्यरूपमा प्रदान गरेको हुनुपर्दछ । प्रभावकारी जनसहभागिता प्रजातन्त्रको प्रमुख सर्त हो । प्रजातन्त्रले जनताको जीवनस्तर माथि उकास्न मद्दत गरेको हुनुपर्दछ । त्यतिमात्र होइन प्रजातन्त्रमा जनता नै आफ्नो राजनीतिक प्रणालीको मालिक या न्यायाधीश हुने गर्छन् ।
चीनले राजनीतिक प्रणालीको सम्पूर्ण प्रक्रियामा जनतालाई सहभागी गराउने जनताको प्रजातन्त्र विकास ग¥यो । सदैव जनतालाई केन्द्रमा राख्ने समाजवादी प्रजातन्त्र हुर्कायो । त्यसकारण चिनियाँ विशेषताको प्रजातन्त्र अत्यन्त व्यावहारिक र व्यवस्थित अवधारणा हो । यो अवधारणा प्रक्रियासङ्गत मात्र छैन सान्दर्भिंक पनि छ । चिनियाँ विशेषताको प्रजातन्त्रले जनताको मत दिने अधिकार मात्र होइन बरु जनसहभागितासमेत सुनिश्चित गर्छ ।
यो वर्ष चीनले दुई महत्वपूर्ण वार्षिक अधिवेशन र राजनीतिक भेला सम्पन्न ग¥यो । ‘दुई अधिवेशन’ भन्नाले चीनको माथिल्लो विधायिका राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक अधिवेशन र चीनको उच्च राजनीतिक सल्लाहकार निकाय – नेसनल कमिटी अफ ड चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को अधिवेशन भन्ने बुझिन्छ । चीनको राजनीतिक इतिहासमा यी दुवै संस्थाको भिन्न तर महत्वपूर्ण भूमिका छ । राष्ट्रिय प्राथमिताहरूबारे छलफल र कार्यक्रम तय गर्न देशभरीबाट दुवै निकायका सदस्यहरूलाई भेला गर्ने बैठक या सभा सामान्यतः मार्च महिनामा बोलाइन्छ ।
स्थानीय तहको शासनका लागि पनि जनकङ्ग्रेस र सीपीपीसीसीका कमिटीहरू अपरिहार्य छन् । प्रत्येक वर्ष जनकङ्ग्रेसका विधायिकाहरू र समाजको हरेक तह–तप्काका व्यक्तित्वहरू भेला भई स्थानीय जीवनमा प्रभाव पार्ने विषयहरूमा छलफल या परामर्श गर्ने गर्छन् ।
चीनको राजनीतिक व्यवस्था या प्रणालीको केन्द्र भने चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व नै हो ।
राजनीतिक प्रणालीलाई मूल्याङ्कन गर्दै गर्दा यसले कसरी काम गर्छ भन्ने आधार या तथ्यमा घोत्लिन जरुरी हुन्छ । चीनले सन् २०२० मा देशभरीबाट निरपेक्ष गरीबीउन्मूलन ग¥यो । विश्वकै लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो, चमत्कार हो । मलाई विश्वास छ, चिनियाँ जनता देशको प्रभावकारी राजनीतिक प्रणाली र यसका उल्लेख्य उपलब्धिहरूबाट निकै सन्तुष्ट र खुसी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीबाहेक चीनमा आठ अन्य पार्टीहरूपनि छन्, जुन कम्युनिस्ट पार्टी होइनन् । चीनको सत्ताशीन पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले अन्य पार्टीहरू र कुनै पार्टीसँग आवद्धता नभएका महत्वपूर्ण व्यक्तिहरूसँग समेत देशका प्रमुख राष्ट्रिय तथा स्थानीय नीति एवम् विषयहरूमा परामर्श गर्दछ । पश्चिममा यसको ठिकविपरीत राजनीतिक प्रणालीसँगै देशका संवेदनशील मुद्दाहरूमा दलीय विभाजन हुन्छ । पश्चिमा प्रजातन्त्रको चरित्रका कारण कहिलेकाहीँ देश र जनताको व्यापक हितविपरीत समेत जाने अवस्था रहन्छ । फरक मतको सम्मान र सारा जनतालाई एकताको सुत्रमा समेट्ने विशेषता भएको चीनको प्रजातन्त्र निकै चाखलाग्दो छ ।
पश्चिमा प्रजातन्त्रमा जनतासँग मताधिकार त रहन्छ, उनीहरूले आफ्नो नेता पनि छान्न पाउँछन् । तर, मतपेटिकामा आफ्नो मत खसाली सकेसँगै उनीहरूको सहभागिता समाप्त हुन्छ अर्थात् निर्वाचनको समयमा केन्द्रमा राखिएका जनता चुनावलगतै किनारा लगाइन्छन् । निर्वाचनको दौरान उम्मेदवारहरूले निर्वाचनका मुद्दाहरूमा ठूल्ठलो स्वरमा भाषण गर्दै जनताको घरदैलो पुग्छन्, जनतालाई ठूल्ठूला आश्वासनका पोकाहरू बाँड्छन् तर जसै निर्वाचित हुन्छन् जनप्रतिनिधिहरूले आफ्ना लागि के गरिरहेका छन् भन्ने जानकारीबाट समेत जनता बेखबर रहन्छन्, जनप्रतिनिधि भेट्ने र आफ्नो समस्या राख्ने सवाल त असम्भव जत्तिकै हुन्छ । यही कारण अहिले पश्चिमा शैलीको प्रजातन्त्रसामु वैधता र विश्वसनीयताको प्रश्न तेर्सिएको छ । पश्चिमा शैलीको प्रजातन्त्र दिनप्रतिदिन असफल मात्र होइन बद्नाम समेत हुँदैछ । पश्चिमा शैलीको प्रजातन्त्रले समाजमा विभाजन बढाउँदै छ । समाजभित्र असमानताको खाडल थप गहिरो बनाउँदै छ । जनतालाई विभाजित बनाई देशमाअशान्ति रोप्ने प्रजातन्त्र के प्रजातन्त्र हो ? जनताको जीवन उज्यालोतिर नडो¥याउन, असमानता र अन्यायको कालो भूमरीमा धकेल्ने राजनीतिक प्रणालीको के अर्थ रहन्छ ?
राजनीतिक प्रणालीका सम्पूर्ण प्रक्रियामा जनसहभागिता रहने चीनको प्रजातन्त्र पश्चिमा प्रजातन्त्रभन्दा निकै फरक छ । चीनको व्यवस्थाले सिंगो देश र जनताको निम्ति काम गर्दैछ । आफूलाई प्रजातन्त्रको हिमायती बताउने पश्चिमा मुलुकहरूले यो बुझ्न जरुरी छ ।
चिनियाँ राष्ट्रपति सि चिन फिङद्वारा लिखित पुस्तक ‘चीनको शासन–प्रशासन’ (The Governance of China) मार्फत चीन र चीनको अद्वितीय शासन दर्शनबारे बुझ्न सकिन्छ । पुस्तकको चौथो भागमा लेखिएको एक वाक्यले प्रजातन्त्रसम्बन्धी अवधारणाको सार प्रस्तुत गर्छः “प्रजातन्त्र प्रदर्शनका निम्ति पहिरिने कुनै गहना होइन, बरु जनताका मुद्दाहरू सम्बोधन गर्ने साधन हो, जनताको सुखको निम्ति काम गर्ने माध्यम हो ।” यो नै जनताको प्रजातन्त्रको अन्तर्य या गुदी तत्व हो ।
(लेखक ब्राजिलको रियो डि जेनेरियोस्थित एफ्.जी.भी.ल स्कूलमा अन्तर्राष्ट्रिय कानून विषयका प्राध्यापक एवम् ब्राजिलस्थित फ्लुमिनेन्स् फेडेरल युनिभर्सिटीमा कानुन विषयका प्राध्यापक हुन् ।)
स्रोतः पेइचिङ रिभ्यू
अनुवादः सुनीति
Leave a Reply