“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
भक्तपुर, १३ भदौ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले महत्व रहेको यस वर्षको सापारु (गाईजात्रा) सुरु भएको छ । स्थानीयदेखि केन्द्रसम्मको कमी कमजोरी औँल्याउने र घोचपेच हुने यो व्यङ्ग्य जात्रा पनि हो । ‘नाचगानको राजधानी’ भनिएको भक्तपुरमा यो पर्वमा घिन्ताङघिसीमात्र होइन यहाँ रहेका परम्परागत नाचगानहरू पनि प्रदर्शन हुन्छ । यसकारण, यो जात्रा उपदेशमूलक, शिक्षामूलक र मनोरञ्जनात्मक पनि हुन्छ । यहाँको आफ्नै किसिमको नाचगानको शैली, व्यङ्ग्य प्रस्तुति र घिन्ताङघिसी प्रदर्शन हेर्न सापारुको दिन बाहिरबाट हजारौँ मान्छे आउँछन् र हेरेर जान्छन् । अतः जात्रालाई अझ व्यवस्थित गर्ने, अनुशासित ढङ्गले प्रस्तुत गर्ने र उच्छृङ्खल क्रियाकलापलाई निरुत्साही पार्ने काम गर्नुपर्छ ।
सापारुलाई व्यवस्थित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले एक प्रभात फेरी ग¥यो । पर्व मनाउन बाधा हुने गरी बाटामा वारपार गरिएको तारको व्यवस्थापन गर्न, सडकमा थुपारिएको माटो हटाउन, जथाभावी पार्किङ नगर्न आदि आग्रहका साथ भएको सो ¥यालीमा नयाँ पिँढीको उपस्थिति सकारात्मक रह्यो । यहाँको पर्व, संस्कृति र संस्कार नयाँ पुस्तामाझ पु¥याउने लक्ष्य पनि सो ¥यालीको रहेको छ । जात्रामा कुनै पनि उच्छृङ्खल गतिविधि हुन नदिन, भक्तपुरको मौलिक जात्रा सहज ढङ्गले सम्पन्न गर्न, जात्रा स्थलमा सवारी साधन नराख्न, मादक पदार्थ सेवन नगर्न, संस्कृति मनाउन तर विकृति नफैलाउन, सडकको पेटीपेटी र बाटोमा पसल नराख्न पनि भनपाले आग्रह गरेको छ । जात्रा या संस्कृतिको नाउँमा हुने विकृति या पहिलेदेखिको चल्दै आएको मान्यताविपरीत प्रदर्शन नगर्न र नगराउनु पनि ¥यालीको ध्येय रहेको छ ।
सापारु देशभरका नागरिकहरूले अवलोकन गर्ने साझा पर्व हो । देशभरिका नागरिकहरू जात्राको साथै जीवित सङ्ग्रहालयको रूपमा परिचित सुन्दर भक्तपुर नगरको स्थिति बुझ्न पनि यस पर्वमा आउँछन् । यस पर्व अवलोकन गर्न स्वदेशी तथा विदेशी आगन्तुकहरू आउने हुँदा धेरै थोरै यहाँको आयआर्जन पनि हुन्छ । जात्रा आकर्षित भए पछिल्ला दिन पनि उनीहरू यहाँ आउनेछन् र यहाँको आयस्रोत बढ्नेछ । यहाँको जात्रा, पर्व, संस्कार, संस्कृतिबारे नयाँ पुस्तामाझ पु¥याउन र त्यसबारे सुसूचित गराउन भक्तपुर नगरपालिकाले पाठ्यपुस्तक तयार गरेको छ । यो सकारात्मक पक्ष हो । यही पर्वमा प्रस्तुत हुने परम्परागत नाचगान तथा आधुनिक विधामा भनपाले पुरस्कृत गर्ने व्यवस्था गरेको छ । त्यसको लागि नपाले विभिन्न ठाउँमा मूल्याङ्कन गर्ने व्यवस्था मिलाएको छ । यहाँका कुनै नाचगान लोप नहोस्, नाचगान नयाँ पुस्तामा हस्तान्तरण गर्न र गराउन तथा नाचगानको लागि आवश्यक पोशाक, गहना, वाद्यवादनको व्यवस्था होस् भन्ने ध्येय नपाको रहेको छ । यो अर्काे सकारात्मक पक्ष हो ।
भनपाले प्रत्येक वर्ष टोल टोलका सांस्कृतिक गुरुहरूलाई सम्मान गर्दै आएको छ । नाचगान र वाद्यवादनको सीप र अनुभव भएका अग्रजहरूको सम्मान अर्काे राम्रो पक्ष हो । जीवनभर निःस्वार्थपूर्वक विनापारिश्रमिक नयाँ पुस्तालाई नाचगान र वाद्यवादन सिकाउने गुरुहरूको सम्मान स्वागतयोग्य छ । सरकारले गर्नुपर्ने अग्रज गुरुहरूको सम्मान स्थानीय तहले गर्नु उपयुक्त नै मान्नुपर्छ । यहाँका वाद्यवादनको विकास र विस्तार गर्न नयाँ पुस्तामाझ हस्तान्तरण गराउन वाद्यवादनको प्रतियोगिता पनि नपाले गरिरहेको छ । यी विभिन्न पाइलाबाट नाचगान र वाद्यवादन नयाँ पुस्तामा हस्तान्तरण भइरहेको देखिन्छ । यसले यहाँका नाचगान र वाद्यवादनले जीवन्तता पाइरहनेछ । अतः नपाले थालेका यी विभिन्न गतिविधिको निरन्तरता आवश्यक छ ।
राजनीतिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य भक्तपुरको गाईजात्राको विशेषता
भक्तपुरको गाईजात्राको क्रममा परम्परागत घिन्ताङघिसी नाच (लठी जुधाएर खेलिने नाच) सँगै राजनीतिक व्यवस्था र समसामयिक राजनीतिक स्थितिमाथि व्यङ्ग्य भक्तपुरको गाईजात्राको विशेषता बनेको छ । शनिबार सम्पन्न यो वर्षको गाईजात्रामा पनि यस्तै देखिएको छ ।
गाईजात्राको क्रममा पछिल्लो वर्षभरि (यो वर्षको गाईजात्रादेखि अर्को वर्षको गाईजात्रासम्म) जति जना भक्तपुर नगरपालिकावासीको निधन हुन्छ, सामान्यतः उति नै सङ्ख्यामा ताहासाँ (गाईको प्रतीक) लाई बाजागाजाका साथ नगर परिक्रमा गराउने गरिन्छ । जुन घरमा मानिसको मृत्यु भएको हो, त्यही घरबाट निस्केर सुरू हुने जात्रा भक्तपुर नगर परिक्रमा गरी त्यही घरमा पुगेपछि सम्पन्न हुन्छ । परम्परागत घिन्ताङघिसी व्यङ्ग्यात्मक घिन्ताङघिसी सुरू गर्ने गरिन्छ ।
भक्तपुर नगरको गाईजात्रा आठ रात नौ दिनसम्म गर्ने प्रचलन छ । प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरू हुने यहाँको जात्रा कृष्ण अष्टमीसम्म चल्ने गर्दछ । जात्राको यो अवधिमा प्रत्येक दिन साँझ नगरका टोल टोलमा घिन्ताङघिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गर्ने गरिन्छ ।
सापारुको आकर्षक घिन्ताङघिसी
घिन्ताङघिसी नाच यस पर्वको महत्वपूर्ण आकर्षण र विशेषता हो । धाँ, लालाखिं, बाजाको स्वर, ताल र लयमा नाचिने यो घिन्ताङघिसीमा पहिले एकले अर्कासँग मुसल (लुसी जुधाएर नाचिने नाच हो । निर्धारित बाटो भएर नगर परिक्रमा गर्ने यो घिन्ताङघिसी नाच दिनभर नै चल्छ । साना बालबालिकाको साँचा र उमेर पुगेका व्यक्तिहरूको ताहासा (ताहामचा) घुमाइन्छ । साँचा र ताहामचा पुरुषको पुरुष भेषमा र स्त्रीको स्त्रीको भेषमा बनाइन्छ । यसबाहेक अन्य विभिन्न नाचहरू पनि ल्याइएको हुन्छ । विशेषतः सो दिन माक प्याखं र लाखे प्याखं ल्याइन्छ । यही दिन देश विदेशका घटनालाई लिएर पनि घिन्ताङघिसी प्रदर्शन गरिएको हुन्छ । उक्त प्रदर्शनमा व्यङ्ग्यात्मक कार्टुन, व्यङ्ग्यात्मक चित्र र व्यङ्ग्यात्मक दृश्य प्रदर्शन गरिएको हुन्छ । यस अर्थमा सो घिन्ताङघिसी नाच व्यङ्ग्यात्मक या घोचपेच गर्ने सामाजिक र राजनीतिक व्यङ्ग्य प्रदर्शनी पनि हो ।
सापारुको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने भनाइ पनि छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि सहभागिता हुन थालेको छ । नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाचेका थिए ।
घिन्ताङघिसी नाचसँगै हनुमान नाच, लाखे नाच, जङ्गली नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत प्रदर्शन गरिएको छ । जात्रा समापनको क्रममा लाकुलाछेँबाट साँझ परालबाट बनेको भैलद्य र ताहामचा नगर परिक्रमा गरेपछि जात्रा समापन हुने परम्परा छ ।
परालबाट बनेको भैरव र अजिमाको ताहामचा निस्किएपछि अन्य ताहामचा निकाल्न नहुने परम्परा छ ।
Leave a Reply