भर्खरै :

नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?

नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?

(नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी भत्किंदा आएको विनाशकारी बाढीका कारण ६१६ जनाभन्दा बढीको मृत्यु भएको छ भने १,५०० बेपत्ता भएका छन् ।)
बुधबार, लाङताङ पर्वतमाला (उत्तरी मोहडा) को माथिल्लो भागमा हिमनदीको एक अंश भत्किँदा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी आयो ।
नेपाल र चीनको तिब्बतमा ३६० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने लगभग १,५०० भन्दा बढी बेपत्ता छन् ।
नेपालमा कम्तीमा ६१४ जनाको मृत्यु भएको छ भने विदेशी नागरिकहरूसहित सयांै बेपत्ता भएका छन् । सीमापारि, चिनियाँ राज्य सञ्चारमाध्यमले भोटको ग्यारोङ काउन्टीमा ५५८ जना बेपत्ता भएको रिपोर्ट गरेको छ, जसमा २६० विदेशी नागरिकहरू पनि छन् ।
यो विपत्ति के कारणले निम्तियो, बाढी कहाँ आयो र द्रुतगतिमा तापक्रम बढ्दै गएको हिमालय क्षेत्रका के जोखिमहरू छन् भन्नबारेमा हामीलाई थाहा भएको कुरा विस्तारित रूपमा चर्चा गरौँ ।
नेपालमा के भयो ?
बुधबार स्थानीय समयअनुसार बिहान ८ः४० बजे नेपाल–तिब्बत सीमाको पहाडी क्षेत्रमा अचानक आएको बाढी र पहिरो आयो ।
ल्हेन्डे खोला–उपत्यकामा पानी, हिलो र ढुङ्गाको ठुलो बाढी आयो, जसले गाउँहरू डुबे, घर र महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पार्यो । बाढीले कम्तीमा १९ वटा पुल र लगभग ४० किलोमिटर सडक बगायो ।
शुक्रबार नेपाल न्युजले रिपोर्ट गरेको छ कि सेनाले खराब मौसम र उच्च नदीको बहावको बिचमा माथिल्लो त्रिशुली जलविद्युत् परियोजनाको सुरुङमा फसेका करिब ३५० कामदार र बासिन्दालाई उद्धार गरेको छ ।
नेपाली सैनिक र उद्धार टोलीहरू हेलिकप्टर, ड्रोन र तालिम प्राप्त कुकुरहरूसहित खटाइएका छन् । तर, नदीको उच्च सतह, क्षतिग्रस्त सडक र हिलोले गर्दा केही सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइ भएको छ ।
तिब्बतको सीमापारि, गहिरो लेदोेका कारण सीमा क्षेत्रमा पुग्न प्रयास गरिरहेका चिनियाँ उद्धार टोलीहरूलाई पनि ढिलाइ भएको छ ।
चिनियाँ प्रधानमन्त्री ली छियाङले बिहीबार तिब्बतको प्रकोप क्षेत्रको आपत्कालीन उद्धार र राहत कार्यको निरीक्षण गर्न भ्रमण गर्नुभएको थियो ।
के कारणले गर्दा पहिरो र अचानक बाढी आयो ?
स्थानीय समाचारदाताहरूका अनुसार, बुधबार झरी नभए पनि आएको बाढीले अधिकारीहरू अचम्मित परेका थिए ।
यो प्रकोप हिमालयको माथिल्लो भागबाट सुरु भएको देखिन्छ, जहाँ हिमनदीको एक भाग भत्कियो, जसले गर्दा पानी र लेदो–मिश्रित शक्तिशालीे लहर तलतिर फैलियो ।
स्याटेलाइट तस्वीरहरूले देखाएको छ कि हिमनदीको तल्लो छेउको एक ठुलो भाग लगभग ५,२०० मिटर (१७,००० फिट) को उचाइमा छुट्टिएर (नदी) उपत्यकाको भुइँमा लगभग १,२०० मिटर (३,९०० फिट) तल खस्यो; अनि खस्दै जाँदा चट्टान र थिग्रो जम्मा गर्दै गयो ।
फलस्वरूप आएको बरफ–चट्टान हिमपहिरोे नेपाल–चीन सीमा नाकाबाट लगभग २० किलोमिटर उत्तरपूर्वमा तिब्बतको ल्हेन्डे नदीमा खस्यो । प्राकृतिक बाँधले बाटो लिनु अघि पहिरोले नदीलाई अस्थायी रूपमा थुन्यो, जसले गर्दा तलतिर शक्तिशाली बाढी छोड्यो ।
प्रारम्भिक रिपोर्टहरूले ४.४ म्याग्निच्युडको भूकम्पका कारण हिमपहिरो खसेको सुझाव दिएको थियो । यद्यपि, संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS) ले पछि आफ्नो मूल्याङ्कनलाई परिमार्जन गर्दै भन्यो कि भूकम्पीय सङ्केत भूकम्पबाट नभई पहिरोबाट उत्पन्न भएको थियो ।
पहिरो अन्ततः ५.२ म्याग्निच्युडको भूकम्पीय घटनाको रूपमा दर्ता भयो ।
बाढी वास्तवमा कहाँ आयो ?
यो विपत्ति नेपाल–तिब्बत सीमावर्ती पहाडी क्षेत्रमा आएको थियो† जसमध्ये चिनियाँ सीमाको ठीक दक्षिणमा रहेको नेपालको रसुवा जिल्लामा सबैभन्दा बढी क्षति भएको छ ।
सुरुवाती बाढी ल्हेन्डे खोलामा प्रवेश ग¥यो, जुन भोटे कोसी र त्यसपछि त्रिशुली नदीमा मिसियो र बाढीको पानी नेपाल हुँदै दक्षिणतिर बग्यो । त्रिशुलीमा पानीको सतह केवल ३० मिनेटमा ९ मिटर (३० फिट) सम्म बढेको बताइएको छ ।
रसुवा जिल्लामा, टिमुरे र स्याप्रुबेँसी प्रभावित बस्तीहरूमध्ये हुन् । अझ तलतिर, बाढीले नुवाकोट र धादिङ जिल्लाका केही भागहरूमा पुग्यो, जसले घर, सडक र अन्य पूर्वाधारहरूलाई क्षति पु¥यायो ।
तिब्बतको सीमापारि, शिगात्से क्षेत्रको केरुङ शुख्खा–बन्दरगाहमा हिलो र लेदोले क्षति ग¥यो ।
त्रिशुली अन्ततः नारायणी नदीमा मिसिन्छ, जुन भारतको बिहार राज्यमा पुग्छ, जहाँ यसलाई गण्डक नदीको रूपमा चिनिन्छ ।
नदीको सतह बढ्दै जाने र गण्डक बेसिनमा थप बाढी आउने चिन्ताका बिच भारतले बिहार, उत्तर प्रदेश र उत्तराखण्डका क्षेत्रहरूबाट हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारेको थियो ।
पीडितहरूको बारेमा हामीलाई के थाहा छ ?
नेपाल र तिब्बतमा ६२० भन्दा बढी मानिसको मृत्यु भइसकेको पुष्टि भएको छ भने नेपाल–तिब्बत सीमाको दुवैतर्फ १,५०० भन्दा बढी बेपत्ता छन् ।
– नेपाल : कम्तीमा ६१६ जनाको मृत्यु भएको छ ।
– तिब्बत : अधिकारीहरूले केरुङ काउन्टीमा कम्तीमा सात जनाको मृत्यु भएको रिपोर्ट गरेका छन्, जहाँ २६० विदेशी नागरिकहरूसहित ५५८ जना बेपत्ता छन् ।
“मेरो सालोको यहाँ रक्सी पसल थियो । आज बिहान मलाई उसको फोन आयो, रोइरहेको थियो र भन्दै थियो कि उसको सम्पूर्ण घर बाढीले बगायो,” नेपालका स्थानीय व्यापारी राजु भदेलले अल जजीरालाई भने ।
शिक्षक मनोज मिश्रले बाढीले सवारी साधन र मानिसहरूलाई बगाएको देखेको वर्णन गरे । “मैले बाढीले लगभग नौ वटा ट्रक बगाएको देखेँ, जसमा मानिसहरू पनि थिए । यो एउटा हृदयविदारक घटना हो,” उनले भने ।
को हराइरहेको छ ?
नेपालमा अझै सयौँ मानिस बेपत्ता छन् । पर्यटन विभागले बिहीबार बताएअनुसार बुधबार बिहानदेखि ३४ देशका ६६८ पर्यटक सम्पर्कविहीन भएका छन्, जसमध्ये धेरैजसो पदयात्रा अभियानमा थिए ।
पेइचिङको विदेश मन्त्रालयले नेपालमा बेपत्ता हुनेहरूमा १०० जना चिनियाँ नागरिक रहेको बताएको छ ।
नेपालमा बेपत्ता भएका रिपोर्ट गरिएकाहरूमध्ये निम्न छन् :
– भारत : १७७
– संयुक्त राज्य अमेरिका : ९०
– अस्ट्रेलिया :३४
– संयुक्त अधिराज्य : ३३
– क्यानाडा : २५
अधिकारीहरूले अझैसम्म सबै बेपत्ता विदेशी नागरिकहरूको पूर्ण राष्ट्रियता विवरण प्रदान गरेका छैनन् ।
अमेरिकी ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूलाई भनेकी छिन् कि वासिङटनले “मुट्ठीभर अमेरिकीहरूलाई उद्धार गरेको छ,” साथसाथै “हामीले मद्दत र सहयोगको प्रस्ताव गरेका छौँ” र “सकेसम्म हरेक अमेरिकीलाई उद्धार गर्नमा केन्द्रित छौँ” ।
सीमापारि, चिनियाँ राज्य प्रसारक सीसीटीभीले तिब्बतको केरुङ काउन्टीमा ५५८ जना बेपत्ता भएको बताएको छ, जसमा २६० विदेशी नागरिकहरू पनि छन् ।
विपत्तिमा फसेका धेरैजसो तिब्बतको कैलाश पर्वत र मानसरोवर तालतर्फ यात्रा गरिरहेका तीर्थयात्री थिए ।
घाइते र उद्धार गरिएकाहरू
स्थानीय अस्पताल र काठमाडौँमा घाइते भएका कम्तीमा ६५ जनाको उपचार भइरहेको छ । खोजी तथा उद्धार कार्य जारी छ, अधिकारीहरूले चेतावनी दिएका छन् कि टोलीहरू पहुँचयोग्य नभएका क्षेत्रहरूमा पुग्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने सम्भावना छ ।
नराम्ररी प्रभावित क्षेत्रहरूबाट बाँचेकाहरूलाई पनि सैन्य हेलिकप्टरबाट उद्धार गरिएको छ, जसमध्ये केहीलाई काठमाडौँका अस्पतालहरूमा लगिएको छ ।
अन्तर्राष्ट्रिय संस्था र नेताहरूले यस सङ्कटको प्रतिक्रिया दिइरहेका छन् ?
विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले आपत्कालीन सहयोग, कोष र प्राविधिक सहयोग प्रदान गरेका छन् ।
मानवीय र आर्थिक सहायता
भारतले नेपालमा अस्थायी आश्रय, कम्बल, सरसफाइ किट, सौर्य बत्ती र औषधि सहित लगभग १० टन आपतकालीन सामग्री बोकेको उद्धार विमान पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा गर्नुभयो र भारतको सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (IFRC) ले आपत्कालीन कोषमा १० लाख स्विस फ्र्याङ्क (१२ लाख डलर) जम्मा गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले नेपालमा राहत प्रयासहरूलाई सहयोग गर्न आफ्नो केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (CERF) बाट २० लाख डलर विनियोजन गरेको छ ।
अस्ट्रेलियाले ३६ लाख डलर सहयोगको घोषणा गरेको छ । यस क्षेत्रमा थप कन्सुलर कर्मचारी पठाउने बताएको छ ।
अन्तर्राष्ट्रिय समन्वय र उपग्रह सहायता
संयुक्त राष्ट्र सङ्घले नेपालमा सरकारको नेतृत्वमा राहत प्रयासहरूलाई सहयोग गर्न कर्मचारीहरू खटाएको छ भने चीनस्थित आफ्नो कार्यालयमार्फत तिब्बतमा उद्धार कार्यमा सहयोग गर्न तयार रहेको बताएको थियो ।
युरोपेली सङ्घले आफ्नो कोपर्निकस आपत्कालीन व्यवस्थापन सेवा सक्रिय गरेको छ, जसले क्षतिको आकलन गर्न र उद्धार कार्यहरू समन्वय गर्न मद्दत गर्ने प्रकोप क्षेत्रहरूका नक्सा बनाउन उपग्रहद्वारा कैद तस्वीरहरू प्रयोग गर्दछ ।
खोज र उद्धार प्रयासहरू
जलविद्युत् परियोजनामा काम गर्ने धेरै दक्षिण कोरियाली नागरिकहरू बेपत्ता भएको रिपोर्ट आएपछि दक्षिण कोरियाले सरकारी कार्यदल स्थापना गरेको छ । सियोलले सरकार, अग्निनियन्त्रक र प्रहरी कर्मचारीहरू सम्मिलित द्रुत प्रतिक्रिया टोली नेपाल पठाउने योजना बनाएको बताएको छ ।
संयुक्त राज्य अमेरिकाले विपद् प्रतिक्रिया सल्लाहकार पठाउने र ५ लाख डलर सहयोग उपलब्ध गराउने बताएको छ ।
चिनियाँ पक्षबाट, राष्ट्रपति सी चिनफिङले भोटमा बेपत्ता भएका व्यक्तिहरूको लागि ‘सर्वव्यापी’ खोजी र उद्धार अभियानको आदेश दिनुभयो र थप प्रकोपहरू रोक्न प्रयास गर्न आह्वान गर्नुभयो ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले बाढीको अवस्थाको मूल्याङ्कन गर्न सबैभन्दा बढी प्रभावित जिल्लाहरूमध्ये एक नुवाकोटको बिदुरको भ्रमण गरे ।
यस प्रकोपमा जलवायु परिवर्तनले कस्तो भूमिका खेल्यो ?
वैज्ञानिकहरूले अझै हिमनदी भन्किनुको कारण के हो भनेर अनुसन्धान गरिरहेका छन् । यस विशेष घटनामा जलवायु परिवर्तनले कति योगदान पु¥यायो भनेर निर्धारण गर्न धेरै चाँडो हुनेछ ।
यद्यपि, यो विपत्ति हिमालयमा तीव्र तापक्रम वृद्धि र हिमनदीको क्षतिको पृष्ठभूमिमा आएको छ । अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानसम्म फैलिएको हिन्दूकुश हिमालय पर्वत शृङ्खलाका हिमनदीहरूले सन् २०११ देखि २०२० को बिचमा अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले छिटो बरफ गुमाए । नेपालका हिमनदीहरूले लगभग तीन दशकमा आफ्नो बरफको परिमाण (Snow Cover) को लगभग एकतिहाइ हिउँ गुमाइसकेका छन् ।
हिमनदीहरू पछि हट्दै जाँदा, पहाडी भिरालोहरू बढ्दो रूपमा अस्थिर हुन सक्छन् भने पग्लिएको पानी हिमनदीहरूमा वा वरपर जम्मा हुन सक्छ, जसले गर्दा अचानक बाढीको सम्भावना बढ्छ ।
भूउपग्रह अवलोकनबाट हिमनदी पतन हुनुभन्दा पहिले नै प्रभावित हिमनदी वरिपरि असामान्य रूपमा न्यानो अवस्था देखाएको र हिउँले धाकिएको क्षेत्र (क्लयध ऋयखभच) उल्लेखनीय रूपमा घट्दै गएको र अझ नाङ्गो बरफ उजागर भएको देखाउँछ ।
अनुसन्धानकर्ताहरूले हिमनदीको अस्थिरतामा पग्लने कामले योगदान पु¥यायो कि पु¥याएन भनेर अनुसन्धान गरिरहेका छन्, तर जलवायु परिवर्तन र यस हप्ताको (हिमनदी) पतनबिचको प्रत्यक्ष सम्बन्ध स्थापित भएको भने छैन ।
अहिले कस्तो अवस्था छ ?
पाँच हजारभन्दा बढी नेपाली सेना र प्रहरी कर्मचारीहरूले बाँचेकाहरूको खोजी गरिरहेका छन् र शवहरू निकालिरहेका छन्, जबकि हेलिकप्टरले बाढीबाट काटिएका समुदायहरूलाई पाल, खाना र अन्य आपतकालीन सामग्रीहरू पु¥याइरहेका छन् । उद्धारकर्ताहरू पहुँचयोग्य नभएका क्षेत्रहरूमा पुग्दा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।
अधिकारीहरूले मूल प्रकोपको स्थानमा नयाँ खतराको पनि निगरानी गरिरहेका छन् ।
नेपालको विपद् प्राधिकरणले बाढी आएको स्थानमा ताल बनेको र पानी बढ्दै गएको बताएको छ । यसले गर्दा यो फुटेर तल्लो तटीय क्षेत्रमा थप बाढी आउन सक्ने चिन्ता बढेको छ ।
यो चेतावनीको कारण त्रिशुली र गण्डक नदी प्रणालीमा रहेका समुदायहरू, जसमा भारतको सीमापारिका क्षेत्रहरू पनि पर्छन† त्यहाँ चिन्ता थपिएको छ ।
– एलिजावेथ मेलिमोपोउलस र अन्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *