भर्खरै :

‘शासक दल’ तथा ‘शासक नेता’ शब्दावलीमाथि विमर्श

‘शासक दल’ तथा ‘शासक नेता’ शब्दावलीमाथि विमर्श

चर्चा ‘शासक दल’ र ‘शासक नेता’ बारे
योपटक वाग्मती प्रदेश सभाका बैठकहफ्मा ‘शासक दल’ र ‘शासक नेता’ शब्दले विशेष चर्चा पायो । बजेट अधिवेशनका बैठकहफ् पटक–पटक अवरुद्ध हुँदाको बखत होस् या बैठक सुरु भइसकेपछि, यी शब्दको चर्चा चलिरह्यो । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहफ्ले बैठकहफ्मा यी शब्द प्रयोग गरेको पहिलो पटक भने होइन । विगत ५–६ वर्षदेखि हरेकजसो बैठकहफ्मा प्रयोग गर्दै आएको नजिकबाट नियाल्नेहफ्लाई जानकारी हुनैपर्छ । यद्यपि, यो पटक यी शब्दमा धेरैको ध्यान गएको पाइयो । कतिले यी शब्दको प्रयोगप्रति विरोध जनाए भने कतिले समर्थन गरे । कतिले यी शब्द समसामयिक राजनीतिक वृत्तमा अत्यन्त उपयुक्त भएको अभिव्यक्ति संसद्बाटै दिए । नेमकिपाका प्रकाशन पढ्नेहफ्ले यी शब्द नयाँ अनुभव नगर्नु पनि स्वाभाविक हो ।
शासक’ शब्दको अर्थ
‘शासक’ को शाब्दिक अर्थ ‘नेपाली शब्दसागर’ मा यसरी दिइएको छ— नियन्त्रणकर्ता, शासनकर्ता, प्रशासनकर्ता, सरकार….. । प्रज्ञा नेपाली बृहत् शब्दकोष भन्छ— राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार† शासन गर्ने व्यक्ति† शासनकर्ता । नेपाली बृहत् शब्दकोषले पनि ठ्याक्कै यसरी नै अथ्र्याएको छ । तर, ती तीनवटै शब्दकोषमा ‘शासक दल’ र ‘शासक नेता’ शब्दहफ्ले अभैm प्रवेश पाएका छैनन् । तथापि, राजनीतिशास्त्रका विद्यार्थीहफ्द्वारा प्रयोग गरिने शब्द हुन्, यी ।
राजनीतिशास्त्रीहफ् शासन सत्ता दमनकारी हुने मान्यता राख्दछन् । कार्ल माक्र्सका अनुसार सत्ता एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने यन्त्र हो । माक्र्सले मानव समाजलाई राजनीतिकफ्पमा शासकवर्ग र शासितवर्ग अर्थात् शोषक र शोषित भनेर विभाजन गर्नुभयो । आजसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो भन्दै माक्र्सले यी दुई शक्तिबिच द्वन्द्व चल्ने र समाज वर्गविहीनतातर्पm अगाडि बढ्ने विश्लेषण गर्नुभयो । पुँजीवादी व्यवस्थामा जतिसुकै प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्रताको जामा पहिरे तापनि शासक विभेदकारी, अत्याचारी, दमनकारी हुन्छ भन्ने छाप जनमानसमा पाइन्छ । तसर्थ, शासकप्रति हेर्ने नजर नकारात्मक नै बढ्ता पाइन्छ ।
स्वभावगत दृष्टिबाट हेर्दा शासकको विपरीत शब्द के होला ? ठ्याक्कै नमिल्न सक्छ तर व्यावहारिकफ्पमा सोच्ने हो भने ‘सेवक’, ‘जनसेवक’ शब्द उपयुक्त हुनसक्छ । यस आधारमा हेर्दा सेवा नगर्ने, सत्ता र पदलाई मात्र ध्यान दिने, जनताको हितलाई बेवास्ता गर्ने, विकास नगर्ने तर गलत आश्वासनमात्र बाँड्ने, भ्रष्टाचारमा डुब्ने, स्वार्थमा लिप्त रहने व्यक्ति या सरकारलाई सरल भाषा तथा हिजोआजको जनबोलीमा शासकको फ्पमा चित्रण गरिन्छ । जनतालाई शत्रुको व्यवहार गर्दै मनपरी ढङ्गमा शासन गर्नेलाई निरङ्कुश शासक मानिन्छ । यतिखेर संसारमा त्यस्तै शासकहफ्को जगजगी छ ।
शासक शब्द गालीगलौज होइन !
नेमकिपाले सरकारमा रहेका दलहफ् र सरकारमा गएका दलहफ्लाई शासक दल तथा तिनका नेताहफ्लाई शासक नेताहफ् भनी परिभाषित गर्दै आएको हो । यो गालीगलौजको भाषा नभई राजनीतिक शब्दावली हो । राजनीतिक विमति जनाउन र विरोध दर्शाउनसमेत यी शब्द प्रयोग गरिएका हुन् । अझ प्रस्ट पार्नुपर्दा, नेपालमा बहुदल पुनः स्थापनापछि जुन–जुन दल या जो–जो सरकारमा गए तिनलाई इङ्गित गरिएको हो । नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, मधेसकेन्द्रित दलहफ् आदि त्यसमा पर्दछन् । नेपाली राजनीतिक वृत्तमा नेमकिपाबाहेक अन्य कुनै पनि दल या नेताले यी शब्दको प्रयोग गरेको पाइँदैन । निश्चय पनि यो आश्चर्यको विषय होइन किनभने पालैपालो सरकारमा जाने तीनै दलहफ् हुन् र त्यस फोहोरी सत्ताको खेलबाट निकै टाढा बसिरहेको दल नेमकिपा नै मात्र बाँकी छ । नेमकिपा र अन्य पुँजीवादी दलबिच ‘लक्ष्मण रेखा’ कोर्दा कुनै उपयुक्त शब्दावली छन् भने यी जति अफ् कुनै शब्द फेला पर्न गाह्रै हुनेछ ।
कम्युनिस्ट नामधारीहफ्समेत अनेक तर्क दिई दिई पुँजीवादी सरकारमा पुगे । सरकारमा पुग्नेबित्तिकै उनीहफ्ले सिद्धान्त मिल्काए । सरकारमा पुगेर राणा, पञ्चायत, काङ्ग्रेसकै डोब पछ्याए । उस्तै काम गरे । उस्तै चरित्र र व्यवहार देखाए । बोलीसमेत उस्तै बोले । नवसम्भ्रान्त वर्गमा परिणत भए । राजधानीका कुनाकन्दरामा निजी दरबारहफ् ठड्याए । श्रीपेचविहीन राजा बने ! देश परिवर्तन गर्ने भनी हिँडेकाहफ् आपैmँ परिवर्तन भए तर जनताको जीवनमा मौलिक परिवर्तन ल्याउने सामान्य प्रयत्नसम्म गरेनन् ! ‘गाँसेगुसे एकै नासे’ लाई चरितार्थ गरे । ती जम्मै ‘एकै ड्याङका‘‘‘’ साबित भए । ती ‘बेइमानी गर्ने मौका नपाएर मात्र इमानदार बनेका’ साबित भए ! तसर्थ, तिनलाई राजनीतिको शिष्ट शब्दमा एकमुष्ट सम्बोधन गर्नुपर्दा अफ् शब्दभन्दा पनि ‘शासक’ शब्द उपयुक्त भयो । शासक अर्थात् जनता भुलिसकेका ! शासक अर्थात् जनताबाट निकै टाढा पुगिसकेका ! शासक अर्थात् नैतिकता बेचिसकेका ! शासक अर्थात् विवेक बन्धकमा राखिसकेका !
शासक दलका नेताहफ्का कुरा !
वाग्मती प्रदेश सभामा बोल्ने क्रममा एकीकृत समाजवादीका एक सांसदले भने, “एकजना माननीयको शब्द सापट्टी लिन चाहन्छु । शब्द कसैको पेवा हुँदैन । शासक दल । मलाई अत्यन्त मनपर्ने शब्द हो यो । यद्यपि, म कम प्रयोग गर्छु । शासक दलले ल्याएको बजेट सन्तुलित भएन ।” उनले व्यङ्ग्यमिश्रित भावमा अगाडि भने, “यो बजेट ठीक छैन तर हामी शासक दल यो पास गर्छौं ।” ‘हामी शासक नै भयौँ’ र ‘शासकभित्र पनि यहाँ अर्को शासक रहेछ’ भन्ने उनको स्वीकारोक्ति थियो ।
माओवादी केन्द्रका एक सांसदले भने, “यहाँ हामीलाई शासक दल भनियो । त्यसो नभनाँै !” काङ्गे्रसका एक सांसदले भने, “यहाँ बुर्जुवा, आसेपासे, दलाल, शासक आदि शब्द प्रयोग गरियो । हामी लोकतन्त्रवादी हौँ ।” एकजना सांसदले कुराकानीको क्रममा भने, “नेमकिपा एउटाबाहेक सबै शासक दल नै हुन् । यसमा चित्त दुखाउनुपर्ने कुरा के नै छ र ! कोही हिजोका शासक, कोही आजका ! कोही मौका पाएका, कोही मौका नपाएका ! नेमकिपा सदावहार विपक्षी !” अर्कोले थपे, “नेमकिपाको ‘स्पिरिट’ ठीक छ ।” एमालेका एक सांसदले आत्मस्वीकारोक्ती राखे, “हामीसँग विचार, अडान नभएर त आज हामी काङ्ग्रेसले जता घिसा¥यो उतै पुग्दै छौँ ।” माओवादी केन्द्रका एक मुख्य नेताले भने, “हामी सरकारमा छौँ तर हामी सिधिँदै छौँ । अर्को निर्वाचनमा एकल बहुमत त निकै परको कुरा ।”
अन्त्यमा, प्रजातन्त्रका निम्ति सँगै आन्दोलन, सङ्घर्ष, जेलनेल गएका र भोगेका मित्रहफ् जब सत्तामा पुगे तिनले आप्mना मित्र चिनेनन् । मित्रघात गर्न समेत ती पछि हटेनन् । आप्mनै साथीहफ्विरुद्ध युद्धसरदारको भूमिका निर्वाह गरे । जनताको विश्वासलाई लात मारे । पराइका कठपुतली बन्न बरु ती लजाएनन् । ती नयाँ बाबुसाहेब, मैयाँसाहेब काजीसाहेब र नयाँ सम्राट बने । सरल भाषामा ती ढोङ्गी बने । समाज ध्वस्त पारे । देशविरुद्ध नै ती प्रयोग भए । ती मानिस, नेता र दल नै सरल भाषामा वर्तमान सन्दर्भमा शासक हुन् ।
पद, पैसा, शक्ति र सत्ताका निम्ति जे पनि गर्ने र त्यसका आधारमा राजनीतिलाई अपराध र अपराधलाई राजनीतिको खोल ओढाउने तत्व आज समाजमा हाबी छ । राजनीतिको नाममा लुटपाट गर्नेहफ्को हातमा देशको बागडोर पुगेको छ । देशको सुरक्षा, भविष्य र जनताका दुःख तथा समस्या तिनका सरोकारका विषय बनेनन् । देशभरिका बाँदरहफ् आज सिंहदरबार कब्जा गरेर बसेका छन् । ती गलत तत्वको समुच्च नाम नै शासक बनेको छ ।
यस आधारमा नेमकिपाको दृष्टिमा नेका, एमाले, माओवादी केन्द्र आदि दल र दलका नेता ‘शासक दल’ र ‘शासक नेता’ बनेका हुन् । नेपाली राजनीतिक वृत्तमा यो उपमा सुहाउँदो छ । योभन्दा पनि डरलाग्दो तथा अप्रिय उपमा प्रयोग गर्न नदिने या नपर्ने स्थिति बनाउने जिम्मा तिनकै हातमा ! अस्तु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *