भर्खरै :

जनताको समस्या समाधान नगर्ने बजेटको के अर्थ ?

जनताको समस्या समाधान नगर्ने बजेटको के अर्थ ?

असारमा बजेट आउँछ, फेरि अर्को असार आउँछ । बजेट आउँछ यो बिचमा के हुन्छ केही ठेगान छैन । बिचमा काम भएको खबर कहिले पनि आउँदैन । बिचमा सफलता मिलेको समाचार कहिले पनि आउँदैन । भ्रष्टाचार भएको र काम भताभुङ्ग भएको खबर आउँछ । आजको समस्या यही नै हो । यस्तो विडम्बना कहिलेसम्म सहेर बस्ने ? असारमा बजेट आउँछ तर किसानको खेतमा रासायनिक मल आउँदैन । मजदुरको घरमा ज्याला आउँदैन । विद्यालयमा पाठ्यपुस्तक आउँदैन । रोगीको घरमा डाक्टर आउँदैन । औषधि आउँदैन । गरीबको बस्तीमा खाना र नाना आउँदैन । आज जनताका समस्या यी नै हुन् । जनताको समस्या समाधान नगर्ने बजेटको के अर्थ ?
असारमा बजेट आउँछ । भोलिदेखि बजारमा महँगी बढ्छ । सामानहफ्को अभाव हुन्छ । बिचौलियाहफ्को फूर्ति बढ्छ । तस्करहफ्को सान बढ्छ । भ्रष्टाचारी र ठगहफ्को चुरीफुरी बढ्छ । शासक दलका आसेपासेहफ्को घमण्ड बढ्छ । के बजेट भनेको त्यहीँ नै गलत तत्वहफ्को निमित्त हो ? के बजेट खराब मानिसहफ्को निम्ति उपहार हो ? के बजेट सर्वसाधारण जनताको निम्ति सराप हो ? प्रजातन्त्रमा बजेटले तल्लोवर्गका जनतालाई राहत दिनुपर्ने हो । बजेटले गाउँलाई देख्नुपर्छ । बजेटले मजदुरलाई चिन्नुपर्छ । बजेटले किसानको पक्ष लिनुपर्छ । बजेटले पक्षपात गरेको खण्डमा जनताले धिक्कार्नेछन् । आज यही भइरहेको छ । त्यसकारण, वाग्मती सरकारको विरोध चारैतिर हुँदै छ । यो बजेटले मजदुर किसानवर्गका छोराछोरीहफ्लाई शिक्षा दिन अस्वीकार गरेकोले चर्को विरोध हुँदै छ । यो बजेटले नेपाली युवाहफ्लाई श्रम गर्ने अवसर नदिएको हुनाले वाग्मती सरकारविरुद्ध जनता उठ्दै छन् । यो बजेटले वाग्मती गठबन्धन सरकारलाई प्रगतिशील होइन, प्रतिगामी साबित ग¥यो । कृषि उत्पादनमा ध्यान नदिने किसानलाई रासायनिक मल नदिने र बीउबिजन नदिने सरकार प्रगतिशील हुनसक्दैन । यो आरोपमात्र होइन । सरकारको काम र व्यवहार हेरेर प्रतिगामी नै हो भन्न बाध्य छौँ । होइन भने, व्यवहार र कामबाट खण्डन होस् भन्ने चाहन्छु । वाग्मती सरकारले गरेको बजेट विनियोजन डोकोमा पानीझैँ नहोस्, पानीको फोकाझैँ नहोस्, बालुवामा पानीझैँ नहोस् । जनतालाई बारम्बार मूर्ख बनाउने काम सरकारले नगरोस् । विवेक पु¥याउने बुद्धि बेलैमा पु¥याओस् ।
(वाग्मती प्रदेश सभा सदस्य गीता काप्mलेले असार २० गते वाग्मती प्रदेश सरकारको विनियोजन विधेयकमाथि छलफलको क्रममा राख्नुभएको विचार)
असार १९ गतेको शून्य समयमा व्यक्त विचार
देशभरि बाढी–पहिरो गएर जनजीवन अस्तव्यस्त बनेको छ । दर्जनौँ मानिसहफ्को ज्यान गइसकेको छ । धनजनको ठूलो क्षति भएको छ । हाम्रो प्रदेश हाम्रो गाउँ–ठाउँमा पनि वितन्डा मच्चिएको छ । विपत्तिको यो बेला वाग्मती प्रदेश सरकारले छिट्टै आवश्यक तयारी गरोस् । जनताको यो दुःखमा समयमै साथ दिइयोस् भन्ने माग गर्दछु । प्राकृतिक प्रकोप आउनुभन्दा अगाडि तयारी नगरे ठूलो क्षति पुग्ने भएकाले प्रदेश सरकारले गम्भीर भएर लाग्न जोड्दार माग गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *